प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
अवैध लागूऔषध सहित पक्राउ
२०८०-०२-१२

काठमाडौं, १२ जेठ             काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट  अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ केजी ६ सय २० ग्रामसहित सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ स्थायी वतन भएका ४१ वर्षीय तेम्बा शेर्पालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । थाई लिओन एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट थाईल्याण्डको बैंककतर्फ प्रस्थान गर्न लगेका शेर्पालाई विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

डाँका-चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८०-०२-०८

काठमाडौं, ८ जेठ भारतीय पर्यटकहरुलाई जबरजस्ती डर त्रास देखाई उनीहरूको साथमा भएको नगद लुट्ने तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट तारकेश्वर गाउँपालिका-४ सिम्ले घर भई काठमाडौं महानगरपालिका- १६ बालाजु माछापोखरी बस्ने ३२ वर्षीय पदम बहादुर शाही र कैलाली धनगढी उमहानगरपालिका-३ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ३३ वर्षीय पुरन भन्ने ओम प्रकाश ऐरी रहेका छन् । गत जेठ ३ गते राति काठमाडौं कोटेश्वरस्थित डान्सबारमा भारतीय पर्यटकहरूको साथबाट नगद लुटपाट तथा मोबाइल फोनबाट रकम ट्रान्सफर गराई डाँका-चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न उनीहरूलाई काठमाडौं महानगरपालिका-२९ सिंहदरबार दक्षिणगेट अगाडिबाट फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ४ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बानेश्वर काठमाडौंबाट थप अनुसन्धान भइरहेको छ । 

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०२-०८

काठमाडौं, ८ जेठ वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रिमाल समेतले १७ जना पीडितलाई वैदेशिक रोजगारका लागि दुबई पठाई कुखुरा फर्ममा काम लगाईदिन्छु मासिक ५० हजार रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ९ लाख ५० हजार रूपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०२-०८

काठमाडौं, ८ जेठ बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुली हरिहरगढी गाउँपालिका-३ ठेगाना भई काठमाडौं महानगरपालिका-१० बस्ने ५२ वर्षीय हेम कुमार श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०८० बैशाख ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ लाख रूपैयाँ जरिवाना, क्षतिपूर्ति शुल्क २४ हजार रूपैयाँ राहत कोषमा जम्मा गराउनुपर्ने र २ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ । 

सबै समाचार
कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-३१

काठमाडौं, ३१ वैशाख             कतार पुलिसमा रोजगारीको लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१० थापागाउँ बस्ने ४९ वर्षीय रूद्र बहादुर लिम्बुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।             लिम्बु समेतले १९ जनालाई वैदेशिक रोजगारीको लागि कतारमा पठाई कतार पुलिसमा १ लाख रुपैयाँ भन्दा बढी तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ६९ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं धुम्बराहीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध गाँजासहित पक्राउ तथा बरामद
२०८०-०१-३१

काठमाडौं, ३१ वैशाख             काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ देउराली भञ्जाङबाट अवैध लागूऔषध गाँजा १ किलो २० ग्रामसहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ टुक्टिन बस्ने ३४ वर्षीय बिराज लामा र सोही ठाउँ बस्ने २८ वर्षीय शान्ताराज तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.३-०२-००९ प ४६८५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी मोटरसाइकलमा सवार दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 

झुठ्ठा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकहरू पक्राउ
२०८०-०१-२४

काठमाडौं, २४ वैशाख      झुठ्ठा विवरण पेश गरी विभिन्न मितिमा नेपाली नागरिकता लिएको अभियोगमा १० जना भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार जिल्ला बलिया उत्तर प्रदेश राज्य घर भएकाहरु काठमाडौं शंखमुल बस्ने ५५ वर्षीय भरत प्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता, ३९ वर्षीय वर्षीय गोपाल गुप्ता, ललितपुर लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, काठमाडौं गोंगबु बस्ने ४३ वर्षीय राम प्रबेश गुप्ता, काठमाडौं कलंकी बस्नेहरू ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेह लता गुप्ता, ४९ वर्षीया मिना देवी गुप्ता र ५२ वर्षीय राजेश कुमार गुप्ता रहेका छन् । भारत उत्तर प्रदेशका भारतीय नागरिकहरुको समूहले नेपालका विभिन्न जिल्लाबाट विभिन्न समयमा विशेष गरी नागरिकता बनाउन टोली स्थलगत रुपमा खटिएको समय पारी झुट्टा विवरण पेश गरी नेपालको तराईका जिल्लाहरु सिराहा, बारा, पर्सा, रुपन्देही लगायतका स्थानबाट नेपाली नागरिकता प्राप्त गरी नेपालका विभिन्न स्थानमा घर-जग्गा खरिद गरी व्यापार व्यवसाय समेत गरी बसेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले थप अनुसन्धानको क्रममा उनीहरूले झुठ्ठा विवरण पेश गरी बिभिन्न मितिमा सक्कलै नेपाली नागरिकता प्राप्त गरेको खुल्न आएपछि काठमाडौंको शंखमुल, कलंकी, वागबजार, गोंगबु, बानेश्वर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै व्यक्तिको सन् २०२१ देखि हालसम्म पनि भारतीय मतदाता नामावली विवरण अद्यावधिक  भएको खुल्न आएको छ । साथै भरत प्रसाद गुप्ता, राहुल गुप्ता र ज्ञानमति देवी गुप्ताको नाममा रहेको मतदाता परिचय पत्र, नेपाली नागरीकताको प्रमाणपत्र, काठमाडौंमा बसाईसराई भएको प्रमाणपत्र, भारतिय राजदुतावास भारतीय नागरिक भएको सिफारिसपत्र, भारतीय सवारी चालक अनुमतिपत्र, भारत सरकार आयकर विभागको कार्ड, भारतीय पासपोर्ट, भारतीय आधार कार्ड लगायतका कागजातहरु, पक्राउ परेका व्यक्तिहरुको नेपाली नागरिकताको प्रमाणपत्र ७ थान, मतदाता परिचयपत्र ५ थान र मोबाइल फोन ९ थानसमेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई नागरिकता ऐन तथा लिखत सम्बन्धि कसूरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको  उक्त महाशाखाले जनाएको छ ।

अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-२४

काठमाडौं, २४ वैशाख     अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकोट, नगरकोट बस्ने ६८ वर्षीय सिताराम बास्तोलालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।बास्तोला समेतले १०१ जनालाई  वैदेशिक रोजगारका लागि अमेरिका, जर्मनी, बेलायत तथा जापान लगायतका देशहरूमा पठाइ प्रतिष्ठित कम्पनीहरूमा ४ लाख रूपैयाँ  बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी  पीडितहरुबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार बिभागबाट  पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-२ दरबारस्क्वायरबाट पक्राउ गरेको हो ।उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ । 

कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-२४

काठमाडौं, २४ वैशाख     वैदेशिक रोजगारीका लागि कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोरखा पृथ्वीनारायण नगरपालिका-१० घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३१ वर्षीय सुदिप लामा तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।सुदिपले तीन जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा २ लाख रुपैयाँ भन्दा बढी तलबमा काम  लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३१ लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

नक्कली नोटसहित दुई जना पक्राउ
२०८०-०१-२२

काठमाडौं, २२ वैशाख    काठमाडौं, काठमाडौंका विभिन्न स्थानबाट नक्कली नोटसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जाजरकोट घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३१ वर्षीया सम्झना गहतराज र बाँके नेपालगंज घर भई काठमाडौं बागबजारस्थित होटलमा बस्ने ३२ वर्षीय सादाय हलुवाई रहेका छन् । गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती क्षेत्रमा नक्कली नोटहरुबाट सामान किनबेच हुने गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले सम्झना गहतराजलाई एक हजारको १ थान नक्कली नोटसहित फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा काठमाडौं बागबजारस्थित सादाय हलुवाईको कोठाबाट एक हजार दरको ४९ थान नक्कली नोट, प्रिन्ट गरेको काट्न बाँकी एकहजार दरको नोट १ सय २६ थान, पाँच सय दरको नोट २ थान, प्रिन्ट गरेको काट्न बाँकी पाँच सय दरको नोट ६० थान, प्रिन्टर मेसिन १ थान, बैंकको चेक बुक १ थान, नेपाली नागरिकता १ थान, फलामको रूलर १ थान, मसि ५ थान, रंगिन पेपर ५० थान, फोटोकपि पेपर र मोबाइल २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ । 

कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-१९

काठमाडौं, १९ वैशाख    वैदेशिक रोजगारीका लागि कम्बोडीया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन राप्ती नगरपालिका-९ लालपुर घर भई भक्तपुर जगाती बस्ने ३१ वर्षीय राजु श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।            श्रेष्ठले एक जना व्यक्तिलाई वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइ आरएफसि सेक्युरिटि गार्डमा १ लाख रुपैयाँ भन्दा बढी तलबमा काम  लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ७ लाख रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।            उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

मोटरसाइकल चोरी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०१-१९

काठमाडौं, १९ वैशाख    मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुर भैँसेपाटी बस्ने २५ वर्षीय विजय भन्ने लोकबहादुर पाख्रिन र काभ्रे तिमाल गाउँपालिका-७ धुल्खु घर भई काठमाडौं बौद्ध नयाँवस्ती बस्ने २८ वर्षीय हेमा भन्ने सुजन तामाङ रहेका छन् ।             काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुबाट मोटरसाइकलहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लोक बहादुरलाई बाग्मती प्रदेश ०२-०२८ प ४४४८ नम्बरको मोटारसाईकल सहित पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त मोटरसाइकल सुजनले दिएको भन्ने खुल्न आएपछि वास्तविक बा.प्र.०२ ०२१ प ४१७२ नम्बर भएको उक्त मोटरसाइकलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।उनीहरूलाई मोरसाइकलसहित थप अनुसन्धानको लागि प्रहरी वृत चापागाउँ पठाइएको छ ।

मुस्ताङमा चोरी गरी फरार रहेका व्यक्ति भक्तपुरबाट पक्राउ
२०८०-०१-१९

काठमाडौं, १९ वैशाख    मुस्ताङ वारागुङ गाउँपालिका-१  स्थित छिरिङ खाजाघरबाट नगद ५ लाख रूपैयाँ चोरी गरेको अभियोगमा रामेछाप सुनापती गाउँपालिका-२ लामाटोल ठेगाना भएका ३२ वर्षीय राजकुमार मोक्तानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।उक्त खाजाघरको झ्यालबाट प्रवेश गरी गत पुस १२ गते उक्त नगद चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायक नगरपालिका-५ जगातिबाट पक्राउ गरेको हो ।उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।

अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गर्ने व्यक्ति पक्राउ
२०८०-०१-१९

काठमाडौं, १९ वैशाख    अखाद्य वस्तु मिसावट गरी अवैध रूपमा मह उत्पादन गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ५७ वर्षीय पवन सत्याललई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।            बूढानीलकण्ठ नगरपालिका-२ स्थित पवनले संचालन गरेको गार्डेन अपिएरि उद्योग प्रालिमा अखाद्य मिसावट गरी अबैध रुपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अखाद्य वस्तु मिसावट गरिएको तयारी मह र मह बनाउन प्रयोग हुने कच्चा पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो । उक्त उद्योगबाट तयारी मह करिब ७ सय बट्टा र कच्चा पदार्थ ४० बाल्टिन प्रहरीले बरामद गरेको छ ।            कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ । 

अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-१७

काठमाडौं, १७ वैशाख    अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१ लाजिम्पाट बस्ने २७ वर्षीय सञ्जय रेग्मीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-१ लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक रेग्मी समेतले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि अष्ट्रलिया पठाइ प्रतिष्ठित कम्पनीमा ३ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३० लाख रूपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्न व्यक्ति पक्राउ
२०८०-०१-१७

काठमाडौं, १७ वैशाख    दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्ने २६ वर्षीय मन बहादुर कुमाललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।कठमाडौं महानगरपालिका-२६ स्थित यूरो टेक कन्सलटेन्सी प्रालिका मार्केटिङ मेनेजर कुमालले एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि दुबइ पठाइ प्रतिष्ठित कम्पनीमा ६० हजार रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ५० हजार रुपैयाँ लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली द्वारा जिल्ला प्रहरी परिसर काठमाडौँको निरिक्षण सम्पन्न
२०८०-०१-१७

काठमाडौं,१७ वैशाख काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार जिल्ला प्रहरी परिसर काठमाडौंको  निरिक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको विभिन्न शाखाहरुको निरीक्षण गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले  प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पुर्ण संयन्त्रहरुले प्रत्यक्ष निगरानी गरि रहने हुनाले संयमित भई उत्कृष्ट ढङ्गबाट कार्य सम्पादन गर्न साथै वर्तमान समयमा बैङ्किङ् कसूरका घटनाहरु वृद्दि भएकाले त्यस सम्बन्धमा बिशेष ध्यान दिन निर्देशन दिदै, प्रहरीको गरीमानै मिठो बोलिमा भएकाले सम्पुर्ण नागरीक प्रति नरम व्यबहार गर्न समेत निर्देशन दिनुभयो । सोहि क्रममा परिसर काठमाडौँ तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनुका साथै प्रहरी संगठन प्रति बफादर हुदै नागरीक प्रति शिष्ठता पुर्वक प्रस्तुत भई,मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत निर्देशन दिनु भएको थियो ।

ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
२०८०-०१-१३

काठमाडौं, १३ वैशाख    ईजरायल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाडौं कपन बस्ने ३२ वर्षीया हरीकला दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।वैदेशिक रोजगारीको लागि ईजरायल पठाई कन्सट्रकसनको काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी जम्मा ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-७ चावहिलबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।  

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
२०८०-०१-१२

काठमाडौं, १२ वैशाख    क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१८ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीया विपना कुँवरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।वैदेशिक रोजगारीको लागि क्यानडा पठाई वयटरमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा  ९ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णश्वर जुम्बुडाँडाबाट पक्राउ गरेको हो ।उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ । 

सिङगापुर पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
२०८०-०१-१२

काठमाडौं, १२ वैशाख      सिङगापुर पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-१ घर भई काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ४१ वर्षीय ओमनाथ मैनालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।वैदेशिक रोजगारीको लागि सिङगापुर पठाई होटलमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ६ लाख ४० हजार रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो ।उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।  

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र बुढानिलकण्ठ नगरपालिका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८०-०१-१२

काठमाडौं, १२ वैशाखकाठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बुढानिलकण्ठ नगरपालिकाबीच बुढानिकण्ठ नगरपालिकाको क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ । बुढानिलकण्ठ नगरपालिकाको कार्यालय हात्तीगौडामा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र बुढानिलकण्ठ नगरपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो । सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सिसिटिभि जडानले घटित अपराधहरूको छिटो छरितो तवरबाट अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दर्घुटना, छुटेका सामानको पहिचान लगायत विभिन्न अपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताउनुभयो । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो । सो कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गर्न एवम् नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताउनुभयो । सिसिटिभि जडान पश्चात त्यसको उचित रेखदेख र  मर्मत सम्भार पनि हुनेपर्नेमा उहाँले जोड दिँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम आर्यालले सम्झौताको महत्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी दिनुभयो । बुढानिकण्ठ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि दुवै पक्षबीच सम्झौता भएको हो । बुढानिकण्ठ नगरपालिकाको क्षेत्रभित्र सिसिटिभि जडानको लागि लागत ईस्टिमेट बमोजिम ५ करोड रूपैयाँको बोलपत्र आव्हान गरी चालू आ.ब. २०७९/८० मा २ करोड ५० लाख विनियोजित रकम पेश्किवापत उपत्यका प्रहरी कार्यालयलाई उपलब्ध हुने र ठेक्का सम्झौता बमोजिम हुने बाँकी रकम आगामी आ.ब.२०८०/०८१ मा भुक्तानी हुने गरी बुढानिलकण्ठ नगरपालिकाले उपलब्ध गराउने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा उच्चतम प्रविधिको क्यामेरा प्रयोग गर्ने, संख्या निर्धारण गरिने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८०-०१-०७

काठमाडौं, ७ वैशाख  काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिकाबीच काठमाडौं महानगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, संचालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।काठमाडौं महानगरपालिकाको सम्पर्क कार्यालय राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली र काठमाडौं महानगरपालिकाको तर्फबाट महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो । सो अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले नेपाल प्रहरीसँग आगामी दिनमा समेत सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो । सो कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत महानगरपालिकासँग सहकार्य गर्दै जाने बताउनुभयो । कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सम्झौताको महत्व, प्रभावकारी उपयोग सम्बन्धी जानकारी दिनुभयो । काठमाडौं क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई ६ करोड रूपैयाँ उपलब्ध गराउने सम्झौता-पत्रमा उल्लेख  गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

राहदानी बनाई दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८०-०१-०७

काठमाडौं, ७ वैशाख      विभिन्न व्यक्तिहरूलाई प्रतिव्यक्ति २८ हजार रुपैया दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-२ मगर गाउँ  बस्ने ३४ वर्षीय स्माईल स्टार पुनसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।          काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित श्री फ्रिया ट्राभल्स एण्ड टुर्स प्रालि संचालन गर्ने पुन लगायतका व्यक्तिहरूले उक्त रूपैयाँ दिए राहदानी बनाइ दिन्छु भन्दै ठगी गरेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उक्त प्रालि तलासी गर्दा कम्पनीबाट विभिन्न नाम गरेको व्यक्तिहरुको राहदानी ५ थान, सिपीयू १ थान, मनिटर १ थान र  विभिन्न महत्वपूर्ण डकुमेन्ट लगायतका सामानसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।                यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-०६

काठमाडौं, ६ वैशाख     पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-६ पाखरटोल घर भई हाल काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी प्रलोभनमा पारी  १० जना पीडितहरूबाट १५ लाख रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई  काठमाडौं महानगरपालिका- १३ ताहाचलबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।

अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-०६

काठमाडौं, ६ वैशाख  अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु, मासिक ४ लाख तलब हुन्छ भन्दै प्रलोभनमा पारी २० जना पीडितहरूबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई रौतहट चन्द्रपुर नगरपालिका-४ चपुरबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको छ ।

ईटाली, दक्षिण कोरिया लगायतका देशहरूमा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
२०८०-०१-०४

काठमाडौं, ४ वैशाख    वैदेशिक रोजगारीको लागि ईटाली, दक्षिण कोरिया, न्युजिल्याण्ड तथा पोर्चुगल लगायतका देशहरूमा पठाईदिन्छु भन्दै नगद ६६ लाख ३७ हजार रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ टाउनप्लानिङस्थित ग्रिनलिफ इन्टरनेशनल कन्सलटेन्सी प्रालि र काठमाडौं ठमेलस्थित नेपाल स्नोफल माउण्टेन्स ट्रेक एण्ड एक्सपेडिसन प्रालिका संचालक कालीकोट सान्नी त्रिवेणी गाउँपालिका-५ घर भएका २८ वर्षीय सुधन कुमार शाही र मेनेजिङ डाईरेक्टर सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-१ घर भई हाल काठमाडौं टोखा नगरपालिका ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय अनिल श्रेष्ठ रहेका छन् ।    उनीहरूले २२ जना पीडितलाई सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाईदिन्छु, मासिक १ लाख रुपैयाँ भन्दा बढी कमाई हुन्छ र प्रति व्यक्ति ५ लाख रूपैयाँ लाग्छ भन्दै प्रलोभनमा पारी पटकपटक गरी उक्त रकम ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।    उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौमा पठाइएको छ ।         

अमेरिकी डलर साट्ने बाहानामा लुटपाट गर्ने तीन जना पक्राउ
२०८०-०१-०४

काठमाडौं, ४ वैशाख    काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर साट्ने बाहानामा लुटपाट गर्ने ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुर टिकाथली बस्ने २९ वर्षीय सुकलाल पाईन, २५ वर्षीय ईनकुमार पाख्रिन र २२ वर्षीय सूर्य बहादुर पाईन रहेका छन् ।    विभिन्न व्यक्तिहरुलाई सम्पर्क गरी सस्तो दरमा अमेरिकी डलर साटीदिन्छु भनि प्रलोभन देखाई ललितपुर हरिसिद्धिबाट १८ लाख रूपैयाँ, काठमाडौं चोभारबाट १८ लाख रूपैयाँ र ललितपुर ईमाडोलबाट १० लाख रूपैयाँ ठगी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर ढुङ्गेली बसपार्क नजिकबाट पक्राउ गरेको हो ।    उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ ।  

मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०१-०४

काठमाडौं, ४ वैशाख     मलेसिया पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१० बानेश्वर थापागाउँ बस्ने ५१ वर्षीया बिमला थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।    वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु, राम्रो कम्पनीमा काम लगाईदिन्छु भन्दै पीडितलाई प्रलोभनमा पारी रकम लिई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वर थापागाउँबाट पक्राउ गरेको हो ।    उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौमा पठाईएको छ । 

साउदी अरब रियाल देखाई सुनको ब्रासलेट ठगी गर्ने दुई जना पक्राउ
२०८०-०१-०४

काठमाडौं, ४ वैशाखवैदेशिक रोजगारीबाट फर्किएका एक पीडितलाई साउदी अरब रियाल देखाई पीडितको साथबाट ५० ग्रामको सुनको ब्रासलेट ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१० नसिथौंली घर भई काठमाडौं मुलपानी बस्ने ३६ वर्षीय जहरसिंह घिसिङ र ३४ वर्षीय पानीसिंह घिसिङ रहेका छन् । पासपोर्ट नभएका कारणले साउदी अरब रियाल साट्न मिलेको छैन तपाईले लगेर साट्नु भन्दै पीडितलाई प्रलोभनमा पारी पीडितको साथबाट सुनको ब्रासलेट लिई फरार भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई काठमाडौं चाबाहिलबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।  

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवाली द्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरिक्षण सम्पन्न
२०८०-०१-०३

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा आइतबार जिल्ला प्रहरी परिसर ललितपुरको  निरिक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरको विभिन्न शाखाहरुको निरीक्षण गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले  प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पुर्ण संयन्त्रहरुले प्रत्यक्ष निगरानी गरि रहने हुनाले संयमित भई उत्कृष्ट ढङबाट कार्य सम्पादन गर्न र प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीलाई समान व्यवहार गर्न निर्देशन दिनुभयो । सोहि क्रममा परिसर ललितपुर तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनुका साथै प्रहरी संगठन प्रति बफादार रहि कानून सम्मत ढङ्गबाट निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत निर्देशन दिनु भएको थियो । 

अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-१२-३०

काठमाडौं, २९ चैत  अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ घर भई बुढानिलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             उनले सयौँजना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाईदिन सक्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट करोडौँ रकम लिएर सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ कपनबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि उक्त विभागमा पठाइएको छ ।             

ईजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०७९-१२-३०

काठमाडौं, २९ चैत  जिटुजी सम्झौतामार्फत ईजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बर्दिया गुलरिया नगरपालिका-३ खैरापुर टोल घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने २६ वर्षीय सुनिल कुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।             वैदेशिक रोजगारीको लागि नेपाल सरकार र ईजरायलबीच हुने जिटुजी सम्झौतामार्फत् सरकारी कोटामा ईजरायल पठाइदिने र त्यहाँ पुगेपछि कृषि कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी २ जना पीडितहरुबाट पटकपटक गरी ३१ लाख रुपैयाँ रकम ठगी गरेकोले उनलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं लाजिम्पाटबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि उक्त विभागमा पठाइएको छ ।

ठगी सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा एक जना महिला पक्राउ
२०७९-१२-३०

काठमाडौं, २९ चैत    ठगी सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका-१७ घर भएका ३५ वर्षीया जुनुकला राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।            काठमाडौं महानगरपालिका-७ चावहिल गंगाहिटीस्थित भिजन ड्रिमरी प्रालिका संचालक राई समेतले नेपाली कला र सिपबाट विभिन्न प्रकारका सामानहरू उत्पादन तथा बिक्री वितरण गराउन लिएको ईजाजतको उल्लङ्घन गरी कम उमेर समूह समेतका युवायुवतीहरुलाई विभिन्न प्रलोभन दखाई सदस्यता लिन लगाएर नेटवर्किङ व्यवसाय सम्बन्धि ३ दिने प्रशिक्षण दिई ५० जनाबाट करिब ५५ लाख २२ हजार ८ सय रूपैयाँ ठगी गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।             उनी उपर ठगी सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित तीन जना पक्राउ
२०७९-१२-२९

काठमाडौं, २९ चैतअबैध रुपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित २ जना बंगलादेशी नागरिक र १ जना भारीय नागरिक गरी ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडि मोफिजुल ईस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार रहेका छन् ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बंगलादेशको उडानद्वारा बंगलादेशको ढाकातर्फ जान लागेका  बंगलादेशी नागरिकहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा दुवै जनाको साथबाट १०/१० हजार गरी जम्मा २० हजार अमेरिकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको हो । साथै फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै युएसए जान लागेका भारतीय नागरिक सन्दिप कुमारलाई विभिन्न दरको अमेरिकी डलर ७ हजार १ सय २९ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व http://192.168.12.54:8000/dashboard/news/#nepalihttp://192.168.12.54:8000/dashboard/news/#nepaliNepaliअनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको छ ।

सालकको खपेटासहित दुई जना पक्राउ
२०७९-१२-२७

ललितपुर, २७ चैत ललितपुर महानगरपालिका-१७ ग्वार्कोबाट ५ सय ग्राम तौल भएको सालकको खपेटासहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका-९ घर भई ललितपुर गोदावरी नगरपालिका-११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावारी नगरपालिका-२ घर भई सोही नगरपालिका-७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावारी ललितपुरमा पठाइएको छ ।

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०७९-१२-२२

काठमाडौं, २२ चैत          काठमाडौं, टोखा नगरपालिका-३ बानियाँटार धमालटार बस्ने ३९ वर्षीय युवराज कडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा कडेलसहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १३ हजार ७ सय रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।            यसैगरी काठमाडौं महानगरपालिका-१६ बोहोराटारस्थित पुरानो सामुदायिक भवनमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय राजन बोहरा समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ५ सय रूपैयाँ र २ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सालकको खपेटासहित दुई जना पक्राउ
२०७९-१२-२२

भक्तपुर, २२ चैत चाँगुनारायण नगरपालिका-२ बर्खेबाट अन्दाजी ९ सय ९८ ग्राम तौल भएको सालकको खपेटासहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका-२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले बाग्मती प्रदेश ०२-०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायब महानिरीक्षकको बिदाइ
२०७९-१२-१०

काठमाडौं, १० चैत     सेवा अवधि पुरा गरी सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँ को  शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।             बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले  संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति धन्यबाद व्यक्त गर्नुभयो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीहरू आम नागरिकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको श्रीवृद्धिका लागि केन्द्रीत भई ईमान्दारीपूर्वक निर्वाह गरेको समेत बताउनु भयो ।             धन्यवाद मन्तव्य व्यक्त गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक दिल्ली राज पन्तले संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि उहाँहरूको योगदानको स्मरण गर्दै अवकाश पश्चात पनि सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रमुख  प्रहरी नायव महानिरीक्षक मिरा चौधरी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँलाई कार्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो । सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अधिकृतहरू २०४९ चैत ११ गते प्रहरी सेवामा प्रवेश गरी अनवरत रुपमा ३० बर्ष प्रहरी सेवामा आबद्ध भई अनिवार्य अवकाश हुनु भएको हो । 

बिचौलियाको काम गरेको अभियोगमा तीन जना पक्राउ
२०७९-११-०४

काठमाडौं, ४ फागुन             काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भनि रकम माग गरी बिचौलियाको काम गरी सर्वसाधारणलाई दुखः हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने ५१ वर्षीय क्षेत्र बहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका-९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका-५ घर भई भक्तपुर मधयपुर ठिमी नगरपालिका-१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो-हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरेको हो ।             उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ । 

चोरी तथा डाँका सम्बन्धी कसूरमा तीन जना पक्राउ
२०७९-११-०४

काठमाडौं, ४ फागुन             चोरी तथा डाँका सम्बन्धी कसूरमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी दोगडा केदार गाउँपालिका-२ घर भई काठमाडौं कालिमाटी बस्ने २१ वर्षीय निराजन महरा, काठमाडौं माईतीघरस्थित युएममि मोवाइल ग्यालरीका संचालक तेह्रथुम अठराई गाउँपालिका-२ घर भएका २४ वर्षीय शिशिर लिम्बु र काठमाडौं न्यूरोडस्थित ल्यापटप सर्भिस नेपालका संचालक कपिलवस्तु बाडगंगा नगरपालिका-१ घर भएका ३४ वर्षीय बिनोद पौडेल रहेका छन् ।             काठमाडौं महानगरपालिका-२९ घट्टेकुलोस्थित दिपक भण्डारीको डेरा कोठाबाट ल्यापटप २ थान, मोवाइल २ थान, नगद ७ हजार समेत भएको ब्याग माघ २६ गते चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले फागुन २ गते निराजनलाई पक्राउ गरेको थियो । थप अनुसन्धान गर्दा दिपकको कोठाबाट चोरी गरेको ल्यापटप र अन्य स्थानमा समेत चोरी गरेको जम्मा ४ थान ल्यापटपहरु शिशिर लिम्बुको मोवाइल ग्यालरीमा बिक्री गरेको खुल्न आएपछि लिम्बुको पसलबाट चोरीको ल्यापटप २ थान, मोवाइल १ थान र ब्याग १ थान फेला पारी उनलाई पक्राउ गरेको हो । साथै लिम्बुलाई थप सोधपुछ गर्दा २ थान ल्यापटप बिनोद पौडेलको पसलमा बिक्री गरेको खुल्न आएपछि पौडेलको पसलबाट चोरीको ल्यापटप २ थान फेला पारी उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।             उनीहरू उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

११६३ जना फरार अपराधी पक्राउ
२०७९-११-०४

सम्मानित अदालतहरूको आदेशले विभिन्न मुद्दामा कैद र जरिवाना फैसला भई फरार रहेका अपराधीलाई कानून बमोजिम पक्राउ गर्ने कार्यलाई उपत्यका प्रहरी कार्यालयले तिव्रता दिएको छ । चालु आर्थिक बर्ष ०७९।०८० को श्रावण देखि फागुन ३ गते सम्म ११६३ जना फरार अपराधी पक्राउ गरिएको छ । उनिहरूबाट १३७ बर्ष १ महिना ९ दिन कैद र जरिवाना वापत १७ करोड ३८ लाख ८ हजार ५० रुपैया ९ पैसा असुल उपर गर्नु पर्ने फैसला भएको थियो ।पिडितलाई न्यायको प्रत्याभुती र अपराधीलाई कानून बमोजिम सजाय दिलाउन उपत्यका प्रहरी कार्यालय रानीपोखरीले २०७९ मंसिर २८ गते प्रहरी उपरीक्षकको नेतृत्वमा सात सदस्यिय टोली गठन गरी  फैसला कार्यान्वयनलाई तिव्रता दिएको छ । चालू आ.व २०७९।८० को श्रावण देखी मंसिर सम्म १६६ जना र टोली गठन भएपश्चात थप ९९७ जनालाई पक्राउ गरिएको हो ।गत आ.व.२०७८।०७९ मा जम्मा २९१ फरार व्यक्तिहरू पक्राउ परेका थिए र उनीहरूबाट ४८ बर्ष १५ दिन कैद भुक्तानका साथै बिगो बापत कुल १० करोड ५३ लाख ५२ हजार ४० रुपैया ३४ पैसा असुल उपर गर्नको लागी सम्बन्धित निकायमा बुझाइएको थियो ।दोषी ठहर भएका अपराधी समाजमा खुलेआम हिँडडुल गर्दा समाजमा दण्डहिनता मौलाउने, अपराधिहरुको मनोबल वृद्धि हुने र पीडितलाई मानसिक र शारीरिक रुपमा गम्भिर असर समेत पर्ने भएकाले फरार अपराधीहरुको पक्राउका लागि यो अभियान चलाइएको हो र फैसला कार्यान्वयन गर्ने कार्य निरन्तर रहने छ ।  

जुवातास खेलरहेको अवस्थामा १९ जना पक्राउ
२०७९-१०-२२

काठमाडौं, २२ माघ            नागार्जुन नगरपालिका-४ सितापाईला डेरा गरी बस्ने भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१० घर भएका ४४ वर्षीय दिल कुमार शाहीको कोठामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ६२ वर्षीय गौतम सिंह महर्जन समेत १९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।             विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद  १० लाख १२ हजार २ सय १५ रुपैयाँ, ३३ थान कौडा र २ बुक तास सहित पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चेकिङको क्रममा अभद्र व्यवहार गर्ने सवारी चालकहरू उपर कारवाही
२०७९-१०-१८

काठमाडौं, १८ माघ          काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ तथा मातहत समेत बाट २०७९ षौष १७ गते देखी ऐ. माघ १७ गते सम्म (एक महिनाको अवधिमा) मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३६५ जना चालकलाई जरिवाना तथा १२४०३ जनालाई सचेतना कक्षामा सहभागी गराईएको छ ।           साथै मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने र चेकिङको क्रममा चेकिङमा खटिएका प्रहरी कर्मचारी सँग अभद्र व्यवहार गर्ने १ जना विदेशी नागरीक सहित १४ जनालाई अभद्र व्यवहारमा मुद्दा समेत चलाईएको छ ।           सोही क्रममा मिति २०७९/१०/१० गते का.जि.का.म.पा.वडा नं.०६ बौद्ध पिपलबोट स्थित सडक खण्डमा जोरपाटीबाट चुच्चेपाटी तर्फ जादै गरेको बा.२ ख १५७३ नं.को बसले जथाभावी यात्रु चढाउने र ओराल्ने गर्दै गरेको अवस्थामा ट्राफिक प्रहरीले  कारवाही गर्न खोज्दा डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई हातपात गरी ज्याकेट र पुर्जी समेत च्यातिदिई डिउटीमा अवरोध गरेको हुँदा सो सवारीका चालक ईश्वरमान श्रेष्ठ उपर मिति २०७९।१०।१० गतेबाट लागु हुने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहारमा मुद्दामा म्यादथप गरी अनुसन्धान पश्चात मिति २०७९।१०।१५ गते रु. ७,०००।- धरौटीमा तारीखमा छाडिएको छ ।           केहि दिन देखि सामाजिक संजालमा सम्प्रेषित भिडियोमा एकजना महिलाले जिल्ला प्रशासन कार्यालय बबरमहल, काठमाडौं अगाडी प्रहरीलाई आफ्नो श्रीमानलाई कारवाही नगर्न अनुरोध गरेको र निजलाई प्रहरीले प्रहरी भ्यानमा राखेको सम्बन्धमा उक्त महिला सो सवारीका चालक ईश्वरमान श्रेष्ठको श्रीमती नम्रता श्रेष्ठ रहेको र वहाँलाई प्रहरीले सोहि दिन समझाई बुझाई छाडिसकेको व्यहोरा समेत जानकारी गराईन्छ ।  

विभिन्न दुर्घटना तथा घटनाको अनुसन्धानमा महत्त्वपूर्ण बन्दै सिसिटिभि फुटेज
२०७९-०९-२४

काठमाडौं, २४ पुस, गत साउन २४ गते दिउँसो काठमाडौं लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा नफर्किएको र सम्पर्क विहिन भएको सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङबाट उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लगाई चालकलाई सोधपुछ र अनुसन्धान गर्दा किशोरीलाई फेला पार्न प्रहरी सफल भयो ।            यसैगरी गत भदौ २० गते दिउँसो काठमाडौं पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा मिरा लामाको ५० हजार रुपैयाँ हराएकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामेरा फलोअप गर्दा पुतलीसडकको क्यामेरामा एक मोटरसाइकल  चालकले टिपी लगेको देखिए पश्चात चालकलाई झिकाई उक्त रकम महिलालाई फिर्ता दिलाउन प्रहरी सफल भयो ।            विदेश जानका लागि गत मंसिर १७ गते सिरहाबाट कोटेश्वर आई नम्बर नखुलेको भाडाको बसमा कोटेश्वरदेखि कलंकी खसीबजारसम्म जाने क्रममा सिरहाका २८ वर्षीय पाण्डव दोङको नगद २ लाख रुपैयाँ र मोबाइल १ थान सहितको झोला छुटेकोमा सिसिटिभि मनिटरिङबाट बिभिन्न क्यामारा फलोअप गर्दा कलंकी खसीबजारमा पीडित ओर्लिएको गाडी नम्बर पत्ता लगाई चालकलाई सम्पर्कमा ल्याएर पीडितलाई नगद सहितको झोला बुझाउन प्रहरी सफल भयो ।            यी त केही प्रतिनिधि घटना हुन् । यसरी काठमाडौं उपत्यका प्रहरी कार्यालयको सिसिटिभि मनिटरिङ कक्षमा दैनिकै विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषण गर्न त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरू तल्लीन हुन्छन् । साथै सिसिटिभि मनिटरिङ कक्षले पिक आवरमा हुने दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदङ्गा गर्ने समूहलाई निगरानी गरी प्रभावकारी प्रहरी परिचालन गर्ने गर्दछ ।             काठमाडौं उपत्यकामा सिसिटिभि क्यामेराको बढ्दो प्रयोगले विभिन्न प्रकारका आपराधिक तथा गैरकानुनी कार्यलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । साथै उपत्यकाका मुख्य-मुख्य सडकहरू र महत्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनिकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापनका निमित्त सिसिटिभि क्यामेराको प्रभावकारिता बढ्दै गएको छ ।             नेपाल प्रहरीले आफ्नै अप्टिकल फाईबर प्रयोग गरी २०६३ सालमा जम्मा ११ वटा क्यामेरा मार्फत प्रहरी कन्ट्रोल रुमबाट मनिटरिङ गर्दै आएकोमा हाल आईपी क्यामराहरू १०५१ वटा रहेका छन् भने उपत्यका प्रहरी कार्यालयका मातहत कार्यालयहरुमा समेत गरी  जम्मा ३२३१ वटा क्यामेराहरु संचालित छन् ।            समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनिकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारवाही गर्न, चोरी डकैती लगायतका आपराधिक क्रियाकलापलाई न्यूनिकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौं उपत्यका लगायत देशभरका विभिन्न सहरहरूमा सिसिटिभि क्यामेरा जडान बृद्धि हुँदै गएको पाईन्छ ।             कुनै पनि सवारी दुर्घटना वा घटना पश्चात पीडितले सिसिटिभि फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ । निवेदन प्राप्त पश्चात सम्बन्धित प्रहरी कार्यालयहरूले सिसिटिभि फुटेज प्राप्तिका लागि कारण सहित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरे पश्चात मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ । कतिपय अवस्थामा पीडित आफै काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उपस्थित भई सिसिटिभि फुटेज हेर्न चाहेमा घटनाको गाम्भिर्यताका आधारमा फुटेज देखाई घटना अनुसन्धानमा सहयोगी हुने अवस्थामा सम्बन्धित प्रहरी कार्यालयमा फुटेज उपलब्ध गराउने गरिन्छ ।             गत आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको/ हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगाएत अन्य विभिन्न घटनाहरुमा कुल २१७६ र चालु आर्थिक वर्षको पहिलो पाँच महिना मंसिर मसान्तसम्म ८६८ फुटेज माग भएकोमा गत वर्ष १२६४ र चालु आर्थिक वर्षमा ४६२ फुटेजहरु उपलब्ध गराईएको छ । सोही फुटेजहरुको आधारमा गत वर्ष ७८२ र चालु आर्थिक वर्षमा २६८ वटा घटनाहरुमा फुटेजको सहायताले घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । यसैगरी आर्थिक वर्ष ०७८/०८९ मा उपलब्ध गराईएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लंघन गरी फरार ७४०७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही ३८४० जना र चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी फरार ३९८७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही १८५७ जनालाई  सिसिटिभिकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ ।             काठमाडौं उपत्यका प्रहरी कार्यालयले सिसिटिभि क्यामेराको प्रभावकारिताको लागि VMS (Video Management Software) सहितको क्यामराहरुको संचालनलाई थप विस्तार गर्दै अझ बढी प्रभावकारी बनाउने उद्देश्य लिएको छ भने राजधानी प्रवेश गर्ने तथा बाहिरीने मुख्य नाकाहरुमा Lane Alignment सहितको सर्भिलेन्स सिष्टमको संचालन र सहरको मूख्य चोकहरुमा सिसिटिभिको मेरुदण्डको रुपमा रहेको अप्टिकल फाईबर प्रयोग गरी Public Address System समेत संचालनमा ल्याउने योजना रहेको छ ।  

यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ७ जना नियन्त्रणमा
२०७९-०९-१९

काठमाडौं, १९ पुस, यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ५ जना विचौलियाहरू र फर्जि स्वास्थ्य परिक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जना समेत गरि ७ जनालाई आज मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्‍याङ र चाबहिलबाट ५ जनालाई र फर्जि स्वास्थ्य परिक्षण रिपोट बनाउने कार्यमा संलग्न २ जनालाई  यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । निजहरूले बिभिन्न यातायात कार्यालयहरुमा सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्‍याईदिन्छौ भनि विभिन्न प्रलोभनमा पारि हैरानी दिने  गरेका थिए  ।   पुनश्च:   कुनै पनि सरकारी कार्यालयहरुमा नियमसंगत रुपमा हुने काम कारवाहीमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारवाहीलाई प्रभावित पार्ने बिचौलिया प्रवृत्तिका व्यक्ति तथा समुह उपर प्रहरीले निगरानी तथा कारवाही बढाएको हुँदा यस किसिमको कुनै पनि जानकारी  भएमा प्रहरी हटलाईन १००, १०३, वा फोन नं. ०१-४२२८४३५, ९८५१२८३०२६ मा जानकारी गराउनहुन समेत काठमाडौं उपत्यका प्रहरी कार्यालय सबैमा अनुरोध गर्दछ ।

यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १५ जना नियन्त्रणमा
२०७९-०९-१८

काठमाडौं, १८ पुस यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १३ जना विचौलियाहरू र नक्कली परिक्षार्थी २ जना समेत गरि १५ जनालाई आज सोमबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्‍याङ, चाबहिलबाट १३ जनालाई र भक्तपुर स्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधे राधे, भक्तपुरमा अर्कैको नाममा मेडिकल परिक्षा दिन आएका तथा परिक्षा दिन पठाउने २ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको हो । निजहरूले बिभिन्न यातायात कार्यालयहरुमा सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्‍याईदिन्छौ भनि प्रलोभनमा पारि हैरानी दिने  गरेका थिए ।  पुनश्च:   कुनै पनि सरकारी कार्यालयहरुमा नियमसंगत रुपमा हुने काम कारवाहीमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारवाहीलाई प्रभावित पार्ने बिचौलिया प्रवृत्तिका व्यक्ति तथा समुह उपर प्रहरीले निगरानी तथा कारवाही बढाएको हुँदा यस किसिमको कुनै पनि जानकारी  भएमा प्रहरी हटलाईन १००, १०३, वा फोन नं. ०१-४२२८४३५, ९८५१२८३०२६ मा जानकारी गराउनहुन समेत काठमाडौं उपत्यका प्रहरी कार्यालय सबैमा अनुरोध गर्दछ ।

सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
२०७९-०९-१४

कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपिएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाईन वेटिङ मार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधर समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत बिराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा मोवाईल फोनको प्रयोग गरी हार-जितको लागि अनलाईन वेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागू औषध सहित पक्राउ
२०७९-०९-१४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध कोरेक्स एकसय एमएलको ४८ बोतल सहित सर्लाही चक्रघटा गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा प्र ०३-००१ ख २५४७ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।                    भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ मनहराबाट अवैध लागूऔषध गाँजा करिब २५ ग्राम सहित जाजरकोट कुशे गाउँपालिका-५ घर भई हाल काठमाडौं जडिबुटि बस्ने २१ वर्षीय हिरा खत्री लगायत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

४ थान नक्कली नेपाली नोट सहित पक्राउ
२०७९-०९-१४

तारकेश्वर नगरपालिका-४ बाट १ हजार दरको ४ थान नक्कली नोट सहित बारा आदर्श कोटवाल गाउँपालिका-५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-४ रातोपुल बस्ने पप्पु भन्ने ४९ वर्षीय शेख निसम अख्तरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं तारकेश्वर सानोपुल एरियाको आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाई सद्दे सरह चल्तीमा ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । उनीलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु काठमाडौं पठाइएको छ । 

‘वन एक्स बेट’ मार्फत सट्टाबाजी गराउने दुई जना पक्राउ
२०७९-०९-०४

काठमाडौं, ४ पुस ‘वन एक्स बेट’ लगायतका बेटिङ एप्लिकेसनमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-१६ घर भई चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र भक्तपुर नगरपालिका-१२ घर भई सूर्यबिनायक नगरपालिका-८ आदर्शटोल बस्ने २५ वर्षीय अजय भेले रहेका छन् ।फिफा बिश्वकप २०२२ लगायत विभिन्न खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्ने प्रयोग हुने बेटिङ एपमार्फत सट्टेबाजी लगाउन रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरु सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ‘वन एक्स बेट’का एजेन्टको रुपमा सक्रिय रहेका उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले बिभिन्न प्रलोभन देखाई एजेन्ट बन्नका लागि प्रोत्साहित गर्ने गरेको, एजेन्टको रुपमा १ वर्षदेखि कार्य गर्न थालेको, ‘रिडि’ नामक एप्लिकेसन बनाई कारोबार गर्ने गरेको र बढी रकम संकलन तथा भुक्तानी गर्ने एजेन्टहरु प्रोत्साहित हुने गरेको तथ्य खुलेको छ । साथै सुनिलको २३ वटा बैंकमा रहेका २५ वटा खाताहरुमध्ये ७ वटा बैंक खाताहरुबाट करिब १ वर्षको अवधिमा २ करोड ४५ लाख ७१ हजार ८ सय ९९ रूपैयाँ र अजयको विभिन्न १९ वटा बैंक खाताहरूमध्ये ५ वटा बैंक खाताहरुबाट करिब ६ महिनाको अवधिमा ६० लाख २९ हजार  ९ सय १५ रुपैयाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । 

सट्टाबाजी गराउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०७९-०८-२८

‘रसियन बेटिङ एप्लिकेसन वन एक्स बेट’मार्फत सट्टाबाजी गराउने कार्यमा संलग्न रहेको अभियोगमा महोत्तरी, महोत्तरी गाउँपालिका-१ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२ सानेपा बस्ने २० वर्षीय आदर्श ठाकुरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।            फिफा विश्वकप २०२२ लगायत विश्वमा संचालन हुने खेल तथा गतिविधिहरुमा सट्टाबाजी गर्न प्रयोग हुने उक्त एप्लिकेसनमार्फत सट्टाबाजी लगाउने रकम संकलन गर्ने गराउने कार्यमा एजेन्टहरू सक्रिय रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।             उनले विगत ८ महिनादेखि सट्टाबाजी गर्ने गरेको, बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट एकाउन्ट कारोबार गरेको, विभिन्न व्यक्तिका नागरिकताको प्रतिलिपि समेत खरिद गरी सोबाट विभिन्न सेवा प्रदायकहरुको सिमकार्ड समेत खरिद गरेको, वालेटमा संकलन गरेको रकम आफ्नो खाता रहेको विभिन्न बैंकमा रकमान्तर गरेको र उनले नविल, सिद्दार्थ र एन.आई.सी. एसिया बैंकमा क्रमश ६९ लाख ६ हजार ७ सय ७० रुपैयाँ, ४५ लाख ५३ हजार ५ सय २३ रुपैयाँ र ८८ लाख २४ हजार १ सय ५५ रुपैयाँ गरी जम्मा २ करोड २ लाख ८४ हजार ४ सय ४८ रुपैयाँ वालेटबाट रकमान्तरण गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।              उनलाई सट्टाबाजी गर्न गराउन नहुने कसूर अन्तर्गत थप अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

अनलाईन मार्फत सट्टाबाजी गर्ने दुई जना पक्राउ
२०७९-०८-२६

काठमाडौं, २६ मंसिरअनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् ।काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी अनलाईन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले रुद्र प्रसाद पोखरेललाई काठमाडौं महानगरपालिका-१ जमलबाट शनिबार र पवन कुमार शर्मालाई काठमाडौं महानगरपालिका नरदेवीबाट आइतबार विभिन्न गेमहरुमा अनलाईन सट्टाबाजी गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 

प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई निर्देशन
२०७९-०७-२२

काठमाडौं, २२ कात्तिक           प्रहरी नायव महानिरीक्षक किरण राणाबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा मंगलबार निर्देशन सम्बोधन गर्नुभएको छ ।           प्रहरी नायव महानिरीक्षक राणाले निर्वाचनको समयमा हुन सक्ने चुनौतिहरूको बिश्लेषण गरी सोही अनुसार कार्ययोजना बनाई अगाडि बढ्न निर्देशन दिनुभयो । सम्पूर्ण देश चुनावी माहोलमा रहेको अवस्थामा प्रहरी अझै थप सक्रिय भई प्रहरीको दैनिक काम कारवाहीलाई समेत निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।           प्रहरी नायव महानिरीक्षक राणाले आफू मातहतका प्रहरी कर्मचारीहरुलाई थप उर्जाशील बनाउनका लागि सम्पूर्ण कार्यालयका प्रमुखहरूले आवश्यकता अनुसार सम-सामायिक विषयमा प्रहरी कर्मचारीलाई निर्देशन दिनुपर्ने बताउनुभयो । संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामुहिक भावना र एकिकृत भई कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै 'Helping Hand' का रुपमा रहेका म्यादी प्रहरीको समेत प्रभावकारी रूपमा परिचालन गरी निर्वाचनको समयमा शान्ति सुरक्षालाई थप सुदृढ एवं मजबुद बनाउन उपस्थित कार्यालयका प्रमुखहरूलाई प्रहरी नायव महानिरीक्षक राणाले निर्देशन दिनुभयो । 

सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकको बिदाइ
२०७९-०७-२२

काठमाडौं, २२ कात्तिक             सेवा अवधि पुरा गरी सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकलाई मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँलाई प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो ।             बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारी आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक प्रहरी कर्मचारीले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।             धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक किरण राणाले संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा प्रहरी नायव महानरीक्षकहरूले सेवानिबृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकलाई मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।     उक्त अवसरमा, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

निर्वाचन केन्द्रित सुरक्षा समन्वयात्मक बैठक सम्पन्न
२०७९-०७-०२

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, २०७९ केन्द्रित सुरक्षा समन्वयात्मक बैठक उपत्यका कमाण्ड हेडक्वाटर नारायणहिटी काठमाडौंमा बुधबार सम्पन्न भएको छ । निर्वाचनको सुरक्षा चुनौती र काठमाडौं उपत्यकाको समग्र शान्ति सुरक्षाको सम्बन्धमा  उपत्यका पृतनापति उपरथी योगराज शर्मा, काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक, सशस्त्र प्रहरी बल नेपाल, श्री नं.९ पशुपतिनाथ बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुसन्धान विभागका सह- अनुसन्धान निर्देशक भूमी पाठक र अन्य सुरक्षा अधिकृतहरूको उपस्थिति रहेको थियो । बैठकले सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै सुरक्षा योजना बमोजिम सबै सुरक्षा निकायको समन्वयमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने तथा  नियमित तथा आकस्मिक रूपमा  छलफल एवम् समन्वय गरी उपत्यकाको निर्वाचन लाई निष्पक्ष, त्रुटिरहित, भयरहित एवम् शान्तपुर्ण वातारणमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्देशन सम्बोधन
२०७९-०६-२८

प्रहरी  महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका कार्यालय प्रमुखहरूलाई शुक्रबार विहान निर्देशन दिनुका साथै परिचालन कक्ष र CCTV मनिटरिङ कक्षको अवलोकन गर्नु भएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ-आफ्नो इलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजवुत बनाउन निर्देशन दिनु भयो  । निर्वाचन संवेदनशिल भएको स्मरण गराउदै सुरक्षा योजना अनुसार Search Operation बढाई अपराधिक घटना रोकथाम तथा न्यूनीकरण गर्नको लागी गुण्डा गर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लवहरू लगाएतमा हुन सक्ने ग्याङफाइटहरूलाई पुर्ण रूपमा नियन्त्रण गर्न निर्देशन दिदै काठमाडौं उपत्यकाको प्रहरी देशकै Role model को रुपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सवै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि निर्देशन दिनु भयो । सिंहले गुण्डा गर्दी,ग्याङ फाइटहरू तथा विभिन्न अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनु भन्दै संगठन र बिभागीय नीति बमोजिम कानून सम्वत ढङ्गबाट सम्पादित प्रहरी कारवाहीको जिम्मेवारी आफुले लिने भन्दै निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत निर्देशन दिनु भयो । आर्थिक प्रलोभनमा परी नाजायज कार्य गर्ने कुनै पनि प्रहरी कर्मचारीहरूलाई क्षम्य नगरी कठोर कारवाही गर्ने समेत बताउनु भयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक रबिन्द्र बहादुर धानुकले समसामयिक विषयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उपत्यकाका कार्यालय प्रमुखहरूलाई महत्वपुर्ण निर्देशन दिनु भएकोमा धन्यवाद दिदै निर्देशनलाई अक्षरंस पालना गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नु भयो ।  निर्वाचनलाई सफल बनाउन उपत्यका निर्वाचन सेल र जिल्ला निर्वाचन सेलले कार्य गरीरहेको जानकारी दिनुका साथै आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसामा शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न प्रहरी महानिरीक्षकबाट समय समयमा भएका निर्देशन पालना गरिरहेको र   मातहत समेतमा आवश्यक निर्देशन दिइने  गरेको र सोही अनुसार कार्य गरिरहको बताउनु भयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक , प्रहरी नायव महानिरीक्षक, प्रहरी बरिष्ठ उपरिक्षक तथा  सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९” अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन सम्पन्न
२०७९-०६-०५

नेपाल प्रहरी कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९ को पुर्व निर्धारित कार्यक्रम अनुसार बुधबार विहान काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । “कार्यदक्षता मुल्याङकन (Police Baton) २०७९” केन्द्रीय मुल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदी सहितको मुल्याङकन टोलीले कार्यालयको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।  सो क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयको भौतिक पुर्वाधारहरूको स्तर , उपलब्ध स्रोत साधनहरूको व्यवस्थापन, प्रहरी कार्य ,मानवस्रोत व्यवस्थापन, परिचालन कक्ष, लगाएत विभिन्न शाखाहरूको काम कारवाहीको निरीक्षण गर्नु का साथै उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नु भएको थियो । सोही अबसरमा काठमाडौ उपत्यका प्रहरी कार्यालयको काम कारवाहीको बारेमा प्रहरी वरिष्ठ उपरीक्षक हिमालय कुमार श्रेष्ठले प्रस्तुतीकरण गर्नु भएको थियो ।  

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न
२०७९-०६-०२

गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त कार्यक्रमको शुरुमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारीअन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट शुभारम्भ भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो ।            गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन तथा गमलामा जल सिंचन गरी उद्‍घाटन भएको उक्त कार्यक्रममा समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको एवम् नेपाल प्रहरीले जन धनको रक्षा, शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक बलिदानीपूर्ण कार्य गरिरहेको बताउनुभयो ।            राष्ट्रका कर्णधार युवा भाइबहिनीहरूको सहभागिताले प्रतिबद्धता र सचेतना थपेको चर्चा गर्दै गृहमन्त्री खाणले भन्नुभयो, “यो कार्यक्रमको माध्यमबाट देशभरिकै आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ, जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ, आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ ।” सहभागी युवाहरूले समाजमा सचेतना जगाउन तथा नेपालमा आत्महत्याको घटनालाई न्यूनीकरण गर्ने र रोक्ने प्रतिवद्धता गर्न उहाँले आग्रह गर्नुभयो । नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनीकिकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिवद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्चास उहाँले व्यक्त गर्नुभयो ।            कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो ।            उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आत्महत्याको मुख्य कारकको रूपमा डिप्रेसन पनि भएको उल्लेख गर्दै आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।            कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप देशभर आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्य एवम् नेपाल प्रहरीको एकल प्रयासमा आत्महत्या रोकथाममा उल्लेखनीय सफलता हासिल गर्न नसकिने भएकोले सरोकारवाला निकायहरूको बृहत् सहभागितामा यो कार्यक्रम संचालन गरिएको बताउनुभयो  ।            आत्महत्या पछाडि व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू हुने सक्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले आत्महत्या रोकथामलाई सदैव प्राथमिकतामा राख्दै आएको बताउनुभयो । आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।            कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, गृहमन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै आत्महत्या रोकथाम तथा न्यूनीकरणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।              काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक प्रहरी उपरीक्षक डा. आशिस दत्तले आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।            कार्यक्रममा सामुदायिक सेवा केन्द्रहरूको तर्फबाट सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह, विद्यालयकोतर्फबाट अरनिको ईन्टरनेश्नल सेकेण्डरी स्कुल एण्ड कलेज ताल्छिखेलका किरण जंग बिष्टले आत्महत्या न्यूनीकरणमा सचेतना कार्यक्रमको महत्व बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।            कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।              विश्वभर बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न सर्वपक्षीय सहभागितामा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले सन् २०२१ देखि सन् २०२३ सम्मको लागि तय गरिएको विश्व आत्महत्या रोकथाम दिवस सम्बन्धी अन्तर्राष्ट्रिय नारा ‘कर्म मार्फत आशाको सृजना गरौं’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

प्र.अ.म.नि रबिन्द्र बहादुर धानुकबाट मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन
२०७९-०५-३१

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले मातहत कार्यालयका प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा शुक्रवार विहान निर्देशन दिनु भएको छ ।उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखी चाडपर्व लक्षित भरपर्दो सुरक्षा योजना तयार गरि लागु गर्न निर्देशन दिनु भयो । विशेष गरी चाड पर्वमा, पाकेटमारी, चोरी, डकैती र लुटपाटका घटना हुन सक्ने तथा बैंकवित्तीय संस्था, अति भीडभाड हुने स्थान, मेला लाग्ने मठमन्दिर लगायत क्षेत्रहरूमा भरपर्दो सुरक्षा व्यबस्था मिलाउन मातहत कार्यालयलाई निर्देशन दिनु भयो ।समुदाय संगको सहकार्यले अपराध रोकथाम र नियन्त्रणमा उल्लेखनीय भुमिका खेल्ने बताउदै विद्यालत तथा समाजमा प्रहरीको काम कर्तव्य लगाएत साइवर क्राइम,लागुऔषध, ट्राफिक व्यवस्थापन लगाएतका सचेतनामुलक कार्यक्रमहरू अझ बढि संचालन गर्न पनि निर्देशन दिनु भयो ।Punishment र Reward तत्कालै गर्ने भन्दै राम्रो काम गर्ने लाई तत्काल पुरस्कृत गर्ने र कोही कसैले प्रहरी आचरण विरुद्ध प्रहरी संगठनको आँच आउने कार्य गरेमा तत्कालै सजाय गर्न पनि उहाले बताउनु भयो । साथै उहाँले आफ्नो अधिकार क्षेत्र भित्र रहेर सोही अनुसार गर्न  मातहत कार्यालय प्रमुखहरूलाई समेत निर्देशन दिनु भयो ।  आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई योजना बनाई कार्यन्वयन गर्न तथा नागरिकहरूसंग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ
२०७९-०५-२१

काठमाडौं, टिकटक बनाउने बहाना बनाई मोटरसाइकल चोरी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँ ठेगाना भएका १८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले रहेका छन् ।            काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने, पार्टपुर्जा विक्री वितरण गर्ने र चोरीको सामान किन्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाउने र टिकटक बनाउने भन्दै मोटरसाइकल मागेर फरार हुने गरेको, चोरी गरी ल्याएको मोटरसाइकलहरू सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१३ स्थित रावल लेथ एण्ड इन्जिनिरिङ वर्कसपमा लगिदिने गरेको र मोटरसाइकलको पार्टपुर्जा अर्को मोटरसाइकलमा फेर्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

मातहत कार्यालयका प्रमुखहरुसंग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर
२०७९-०५-१२

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसंग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ  ।संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकबीच गत श्रावण २५ गते बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरू संग कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक श्यामलाल ज्ञावली, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरत बहादुर बोहरा, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञ विनोद पोखरेल र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.बीच हस्ताक्षर भएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुखले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू अक्षरंस पालना गरि कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई समेत निर्देशन दिनुहुदै आफ्नो मातहतलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन करार उपलब्धीमूलक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ
२०७९-०५-०९

रामेछाप जिल्ला तिलपुङग गा.पा. वडा न.२ स्थायी ठेगाना भई हाल कर्तव्य ज्यान मुद्धाको कैदी बन्दीको रुपमा नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खु ललितपुरको कारागारमा रहेका बर्ष ३१ को भोला बुढाथोकी मिति २०७९/०५/०८ गते उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजबाट १६:१० बजेको समयमा फरार भएकोमा फरार कैदीको खोजतलास गर्ने क्रममा मिति २०७९/०५/०९ गते बिहान ०६:४५ बजेको समयमा ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा न. ०८ लुभु बसपार्क नजिकबाट जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले हतकडी सहित पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको छ । 

उपत्यका स्तरीय अपराध अनुसन्धान सुरक्षा गोष्ठी २०७९ सम्पन्न
२०७९-०५-०८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ बुधबार सम्पन्न भएको छ ।           उक्त अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले अपराध अनुसन्धानमा भएका समस्याहरू विश्लषण गरी सफल अपराध अनुसन्धानका लागि आवश्यक रणनीति तय गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको बताउनुभयो । विभिन्न जिल्लामा भएका सफल अनुसन्धानका घटना एक आपसमा आदान प्रदान हुने र त्यस्ता सफल अनुसन्धानका पद्धतिहरूलाई अन्य जिल्लामा समेत लागु गर्ने उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह समेत उहाँले गर्नुभयो ।           शान्ति सुरक्षा स्थापना तथा अपराध अनुसन्धान एवं नियन्त्रणमा अझ बढी सवेदनशील र निडर भएर कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानको क्षेत्रमा काम गर्न हरेक प्रहरी कर्मचारीहरूले सबै सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । संगठनको श्रीवृद्धि एवं संगठनको लक्ष्य तथा उद्देश्य हासिलका लागि सबै प्रहरी कर्मचारीहरू इमान्दारीताका साथ कार्यसम्पदान गर्नुपर्ने बताउँदै आउँदै गरेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित तवरमा सम्पन्न गर्न आवश्यक सुरक्षा योजनाहरू अवलम्बन गर्नुपर्ने उहाँले बताउनुभयो ।            काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र धानुकले धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरीक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धान सम्बन्धि बिषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।            नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, साइबर ब्यूरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय,  जिल्ला प्रहरी कार्यालयहरू काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोक र दोलखा, जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख तथा प्रतिनिधिहरूले अपराध अनुसन्धान क्षेत्रको विद्यमान अवस्था, साइबर अपराधको समस्या, फैसला कार्यान्वयनको अवस्थामा, हिरासत व्यवस्थापनको अवस्थामा, समस्या र समाधानका उपायहरू, अपराधको नयाँ ट्रेन्डहरुको अवस्था, भौतिक सबुत संकलनका समस्या र समाधानका उपायहरू, पेण्डिङ केशहरूको अवस्था लगायतका विषयमा  प्रस्तुतीकरण गर्नुका साथै उक्त विषयहरूमा अन्तरक्रिया एवं छलफल समेत भएको थियो ।  

प्र.अ.म.नि. रबिन्द्र बहादुर धानुकबाट निर्देशन सम्बोधन
२०७९-०५-०६

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले सोमबार विहान काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा  यस कार्यालय तथा मातहत कार्यालय  प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबिम्बको रुपमा रहने हुनाले उपत्यका प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।निर्देशनकै क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरि भरपर्दो सुरक्षा योजना तयार गरि लागु गर्न जिल्ला प्रहरी परिसरहरुलाई निर्देशन दिनु भयो साथै नेपाल सरकारले प्रतिनिधि सभा र  प्रदेश सभाको निर्वाचनको घोषणा गरिसकेको र निर्वाचन आयोगले समेत कार्यतालिका प्रकाशित गरिसकेको हुनाले सबै राजनितिक दलहरु संग समन्वय र सहकार्य गर्दै स्वतन्त्र ,निस्पक्ष र भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने गरी तयारी गर्न पनि निर्देशन दिनु भयो ।गैरकानूनी लाभ वा हानी पुर्‍याउने उद्देश्यले कुनै पनि व्यक्ति वा व्यवसायीले प्रहरीलाई प्रलोभनमा पारी आफ्नो स्वार्थ पुर्ति गर्न सक्ने तर्फ सदैव सतर्क हुनु भन्दै कसैको लोभ, प्रलोभन वा आश्वासनमा नपरि गैरकानूनी क्रियाकलापलाई कडाइका साथ कानूनी दायरामा ल्याउन निर्देशन दिनु भयो । धानुक भन्नु हुन्छ ‘प्रहरीले असल नियतले कानून सम्वत गरेका राम्रो कुराहरुको बारेमा आफुले जो सुकै संग स्पष्टिकरण दिनु परे पनि सदा तयार रहेको, प्रहरीको शिर झुक्ने काम आफुले कदापि नगर्ने र कोही कसैले प्रहरी संगठनको आँच आउने कार्य गरेमा कसैलाई क्षमा नगर्ने  बताउनु भयो ।   आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसालाई शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई योजना बनाई कार्यन्वयन गर्न तथा नागरिकहरूसंग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सुन जस्तो देखिने पहेलो धातु सहित पक्राउ
२०७९-०५-०१

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट करिब ४९ ग्रामको २ थान सुनको बेरुवा औठी र १ थान आईफोन-१३ सहित मंगलबार दिउँसो ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपलिका-१२ घर भएका २६ वर्षीय शिखर कुमार उपाध्याय, मकवानपुर हेटौंडा उपमहानगरपालिका-९ घर भएका ४६ वर्षीय बुद्धी बहादुर थिङ, रामेछाप दोरम्बा गाउँपालिका-३ घर भएका २० वर्षीय नारायण थापा मगर र रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका ३२ वर्षीय राज कुमार योन्जन तामाङ रहेका छन् ।             फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका शिखरलाई जाँच गर्ने क्रममा उक्त औंठी र मोबाइल सहित फेला पारी पक्राउ गरेको प्रहरीले उक्त औठी र मोबाइल लिन विमास्थलमा आएका अन्य तीन जना समेतलाई पक्राउ गरेको हो ।              यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु सहित पक्राउ
२०७९-०५-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने धादिङ धुनिवेशी नगरपालिका-९ घर भएका २३ वर्षीय विजय तामाङलाई काठमाडौं महानगरपालिका-२६ कपुरधारा स्थित सार्वजनिक यात्रु प्रतिक्षालयबाट दुर्लभ वन्यजन्तु सालकको खपेटा जस्तो देखिने वस्तु २ केजी सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              उक्त स्थानमा दुर्लभ वन्यजन्तुको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले तलासी गर्ने क्रममा उक्त परिमाणको खपेटा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-२६

भक्तपुर, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ४४ वर्षीय शिवराज थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             उच्च अदालत पाटन र जिल्ला अदालत भक्तपुरबाट समेत गरी बैंकिङ कसूर तथा चेक अनादर मुद्दामा १ महिना १५ दिन कैद र ५८ लाख ९६ हजार ५ सय रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।              उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा अदालतको आदेशले तोकिएको कैद र जरिवाना भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाइएको छ ।

अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न ६ जना पक्राउ
२०७९-०४-२०

काठमाडौं, अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा संलग्न रहेको अभियोगमा ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको  छ । पक्राउ पर्नेहरूमा काठमाडौं रानीबारी बस्ने गोरखा आरुघाट गाउँपालिका-७ घर भएका ३७ वर्षीय कर्ण बहादुर गुरुङ, काठमाडौं धापासी बस्ने गोरखा सिरानचोक गाउँपालिका-५ घर भएका २८ वर्षीय लक्ष्मण गुरुङ,  काठमाडौं मित्रनगरस्थित सिन्धुली गेष्टहाउसमा बस्ने सर्लाही लालबन्दी नगरपालिका-११ घर भएका २९ वर्षीय रोहित मगर, काठमाडौं मित्रनगर बस्ने प्यूठान, प्यूठान नगरपालिका-८ बागदुला घर भएका २८ वर्षीय बिशाल मगर, काठमाडौं बानियाँटार बस्ने नुवाकोट शिबपुरी गाउँपालिका-६ पालथोक घर भएका २७ वर्षीय बिनोद केसी र काठमाडौं बालाजु बस्ने बर्दिया राजापुर नगरपालिका-१० घर भएका २८ वर्षीय शिब सुनार रहेका छन् ।   काठमाडौं कपुरधारास्थित सडकबाट बनस्थली बस्ने ओखलढुङ्गा चिसाङ्खुगढी गाउँपालिका-५ चिसापानी घर भएका १ जना नेपाली नागरिक र काठमाडौं लाजिम्पाटस्थित खरेलटोलबाट १ जना चिनियाँ नागरिक समेत गरी दुबै जनालाई केही व्यक्तिहरूले लिई गएको र चिनियाँ नागरिकलाई सुरक्षित साथ फिर्ता लैजाने भए एक करोड नगद लिएर आउन भनेको सूचना प्राप्त भएको थियो ।  घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले प्रहरी वृत्त दरवारमार्ग, लैनचौर, महाराजगञ्ज, मालीगाउँ समेतको सहयोगमा खोजी गर्ने क्रममा दुवै जनालाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कस्थित न्यू स्वर्गद्वारी प्यूठान होटल एण्ड लजबाट फेला पारी सकुसल उद्दार गरेको थियो । साथै घटनामा संलग्न उनीहरूलाई नगद ८ लाख रुपैयाँ, विभिन्न कम्पनीको २६ थान मोबाइल र १ थान हतकडी सहित पक्राउ गरेको हो ।              उनीहरू उपर अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमती लिई जिल्ला प्रहरी परिसर काठमाडौबाट थप अनुसन्धान भइरहेको छ ।

नक्कली परीक्षार्थी पक्राउ
२०७९-०४-२०

भक्तपुर, नक्कली परिक्षार्थी बनि अर्काको नाममा परीक्षा दिएको अभियोगमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१० घर भएका २१ वर्षीय सुजन भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।               मध्यपुर ठिमी नगरपालिका-९ राधेराधे ईजिवे ट्रायल सेन्टरमा यातायात व्यवस्था कार्यालयद्वारा सञ्चालित दुई पाङ्ग्रे सवारी साधनको प्रयोगात्मक परिक्षामा ललितपुर महालक्ष्मी नगरपालिका-६ बस्ने २९ वर्षीय सन्तोष थापाको नाममा परीक्षा दिने उनलाई यातायात व्यवस्था कार्यालय भक्तपुर र उपत्यका ट्राफिक कार्यालयबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।              यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०७९-०४-२०

काठमाडौं, काठमाडौं महानगरपालिका-४ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा खोटाङ रावावेशी गाउँपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-४ गणेशवस्ती बस्ने ४७ वर्षीय प्रेम कुमार गुरुङ समेत १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २७ हजार रूपैयाँ र ३० बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।            यसैगरी बुढानिलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोक बस्ने अर्जुन प्रसाद अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा अधिकारी समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।              यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

राजस्व छलि ल्याएको सुर्तीजन्य पदार्थ भण्डारण गरी कारोबार गर्ने चार जना पक्राउ
२०७९-०४-१९

काठमाडौं, भारतबाट कच्चा सुर्ती राजस्व छलि ल्याई भण्डारण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भएका ५६ वर्षीय पोष्टराज गौतम, ललितपुर महानगरपालिका-३ धोवीघाट बस्ने मोरङ विराटनगर महानगरपालिका-१२ घर भएका ५३ वर्षीय सुरेश पोख्रेल, काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने सर्लाही बिष्णु गाउँपालिका-३ घर भएका ४४ वर्षीय दिनेश चौधरी र काठमाडौं सिनामंगल घर भएका ३८ वर्षीय अरबिन्द अग्रवाल रहेका छन् ।            काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न पोष्टराजलाई काठमाडौं पेप्ससीकोला र दिनेशलाई काठमाडौ कुलेश्वरबाट पक्राउ गरेको हो । थप अनुसन्धानका क्रममा उनीहरूले भारतबाट राजस्व छली गरी ल्याएको सुर्ती जन्य कच्चा पदार्थ अरबिन्द र सुरेशले संचालन गरेको ललितपुर महानगरपालिका-२१ खोकनास्थित न्यू शुभ लक्ष्मी सुर्ती उद्योग तथा उपत्यकाका बिभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने खुल्न आएपछि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको संयुक्त टोलीले उक्त उद्योग, नख्खुस्थित फुलबारी मार्ग, भैँसेपाटीस्थित पञ्चकन्या मार्गमा रहेको २ वटा गोदाम र अफिस तलासी गर्दा राजश्व छली गरी राखेका सुर्ती बनाउन प्रयोग हुने कच्चा सुर्ती करिब २० हजार २ सय केजी र तयारी सुर्ती करिब ८ हजार केजी भण्डारण गरी राखेको अवस्थामा फेला पारेको हो । उक्त गोदाम राजस्व अनुसन्धान विभाग र स्थानीय जनप्रतिनिधिको रोहवरमा सिल गरिएको छ ।              पक्राउ परेका सवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

नवनिर्मित भवनहरूको उद्‍घाटन
२०७९-०४-१८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।            कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले उक्त गणमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिएको विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो ।             अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले अविरल वर्षा, डुबान, बाढी, पहिरो लगायत विपद्का जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरेर आवश्यक स्रोत साधन सहित पूर्व तयारी गरी तत्काल परिचालित हुन सक्ने अवस्थामा रहन सोही गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।             मानव अधिकारको उच्च सम्मानका साथ बल प्रयोगको सिद्धान्तलाई पूर्ण पालना गरी भीड नियन्त्रण तथा व्यवस्थापनमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण अझ व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले ठूलो मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नु परेको दृष्टान्तहरू हामी माझ प्रशस्तै छन् । त्यसकारण परिस्थिती अनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट गरिने कानूनसम्मत प्रहरी कारवाही तर्कसंगत हुने हुँदा हामी सबैले यी विषयहरूतर्फ ध्यान दिन जरूरी छ ।’              प्रहरी महानिरीक्षक सिंहले व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने देखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको तथा भौतिक पूर्वाधार र संरचनाहरू निर्माण गरी प्रहरी सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयलाई समेत प्रहरी प्रधान कार्यालयले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।              उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनहरूले गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई थप हौसला प्राप्त हुनुको साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गर्नुभयो ।             कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले समसामयिक परिस्थिति अनुसार कार्यसम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने उल्लेख गर्दै उपत्यकामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।             काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ईन्जिनियर रोशन सारूले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कूल २२ करोड ९० लाख ७१ हजार १ सय ९२ रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।              उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०७९-०४-१७

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत बिकास बिभाग कर्मचारी प्रशासन शाखाको विभिन्न मितिको निर्णयले प्राविधिक तथा जनपदतर्फका विभिन्न पदमा पदोन्नति भएका १० जना प्रहरी कर्मचारीहरूलाई  प्रहरी नायव महानिरीक्षक किरण राणाले काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा  मंगलबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ हवल्दारबाट सोही समुहको प्रहरी सहायक निरीक्षक २ जना, प्राविधिकतर्फका प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा ३ जना  र जनपद तर्फ प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा ५ जना  रहनुभएको छ ।  पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना दिनु हुदै पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम
२०७९-०४-१२

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यमा आज मिति २०७९ श्रावण १२ गते एक समारोहका बिच यस कार्यालयको सभाहलमा उपत्यका स्थित जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा जिल्ला स्तरीय लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरूले  राखेका जिज्ञासा निरुपण गर्दै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक किरण राणाले धन्यवाद व्यक्त गर्नुभयो । सो कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर राना लगाएत अन्य प्रहरी कर्मचारीहरू, लैंगिक हिंसा नियन्त्रण संजालका पदाधिकारीहरू र विभिन्न संघ सस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०४-०९

काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी मनहरा नगरपालिका-६ कागेश्वरी बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-५ घर भएका ५२ वर्षीय नेमा मेन्जन लामालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             उच्च अदालत पाटन ललिरपुरको २०७९ जेठ ३१ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ दिन कैद, ७ लाख रुपैयाँ जरिवाना र २८ हजार रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने गरी फैसला भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा जावलाखेल ललितपुरबाट खटिएको प्रहरीले काठमाडौं पेप्सीकोलाबाट पक्राउ गरेको हो ।    उनलाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालत लगनखेल पठाइएको छ ।   

मेट्रो ट्राफिक एफएमको १०औं वार्षिकोत्सवको अवसरमा ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम
२०७९-०४-०६

काठमाडौं, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको प्रमुख आतिथ्यमा काठमाडौं बसन्तपुर डबलीमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।             कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सवारी दुर्घटना हुनुको मूख्य कारण जनचेतनाको कमी भएको उल्लेख गर्दै ट्राफिक, लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जगाउन विशेष पहल गर्नुपर्ने बताउनुभयो । त्यसका लागि काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग सहकार्य गर्दै आएको र आगामी दिनमा समेत सहकार्य गर्दै जाने उहाँले चर्चा गर्नुभयो । साथै उहाँले ट्राफिक व्यवस्थापन तथा पार्किङ व्यवस्थापनका लागि महानगरपालिकाले ट्राफिक प्रहरीको समन्वयमा आवश्यक पहल गरिरहेको बताउनुभयो ।         कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कार्यक्रम आयोजना गर्न सहयोग पुर्‍याउने विभिन्न संस्था तथा महानुभावहरुलाई कदरपत्र प्रदान गर्नुभयो ।             प्रहरी महानिरीक्षक सिंहले ट्राफिक एफएमलाई १०औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै विशेषगरी अपराध र ट्राफिक सम्बन्धी प्रभावकारी र प्रशंसनीय सचेतनामूलक जानकारी दिने एफएम सुन्नका लागि सबैमा आग्रह गर्नुभयो । साथै उहाँले सांगितिक प्रस्तुतीबाट मनोरञ्जन समेत दिँदै आएको एफएमलाई यो स्थानमा पुर्‍याउन स्रोता र विशेष गरी महानगरपालिकाको सहयोग रहेको उल्लेख गर्नुभयो ।             कार्यक्रममा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख विद्या सुन्दर शाक्यले आफ्नो मन्तव्य व्यक्त गर्दै प्रहरी र महानगरपालिकाले आ-आफ्नो क्षेत्रमा सहकार्य गरेर आफूले संचालन गर्ने कार्यमा सफलता हासिल गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । विगतमा महानरगपालिका, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ट्राफिक प्रहरीले संचालन गर्दै आएका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।             काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।            साँस्कृतिक कार्यक्रमको माध्यमबाट सडक सुरक्षा र ट्राफिक सचेतना फैलाउने उद्देश्यले मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपाल प्रहरी संगीत विद्यालयद्वारा गायन, नृत्य, नाटक लगायत विभिन्न सांगितिक प्रस्तुती गरिएको थियो ।              कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सडक विभाग, यातायात व्यवस्था विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरीवेक्षण कार्यालयका प्रमुखहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, काठमाडौं महानगरपालिकाका १२ वटा वडाका प्रमुख तथा प्रतिनिधिहरू, उपत्यकास्थित सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी, स्थानीय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०४-०१

         काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७ सय एम्पुल डाईजेपाम, ७ सय एम्पुल नुफिन र ७ सय एम्पुल फेनारगन सहित महोत्तरी सग्रामपुर गाउँपालिका-२ बस्ने १९ वर्षीय विवेक कुमार यादवलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको गौशालाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५१४४ नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरोको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नाटकीय अपहरणमा २० लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा पक्राउ
२०७९-०३-०७

काठमाडौं: नाटकीय अपहरणको नाममा २० लाख रुपैयाँ फिरौती माग गरेको अभियोगमा ललितपुर ईमाडोल डेरा गरी बस्ने सप्तरी राजगढ गाउँपालिका-३ ठेगाना भएका ३१ वर्षीय कृष्ण कुमार शर्मालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । आईएमईबाट रकम पठाउन भन्दै गत बुधबार डेरा कोठाबाट निस्केका कृष्ण कुमार मोबाईल स्वीच अफ भई सम्पर्क विहिन भएको र खोजी गर्दा फेला नपरेको भनि प्रहरी वृत्त सातदोबाटोमा निवेदन दिएकोमा निजले प्रयोग गर्ने सामाजिक सञ्जाल ईमोबाट कृष्ण कुमार अपहरणमा परेको र २० लाख रुपैयाँ फिरौती दिए अपहरण मुक्त गरिदिने र घटनाबारे प्रहरीलाई खबर गरेमा वा २ दिनभित्र मागेको रकम नदिएमा ज्यान मार्ने धम्की पूर्ण म्यासेज र अपहरण परेको भिडियो बनाइ डरत्रास देखाइएको थियो ।घटनाको जानकारी पश्चात काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्दै जाँदा आफ्नो घर परिवारलाई डरत्रास देखाई दबाब दिन आफूलाई अपहरण गरेको म्यासेज तथा भिडियो आफ्नो परिवारलाई पठाई कृष्ण कुमारले नै नाटकीय अपहरण गरेको म्यासेज तथा भिडियो बनाएको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा विराटनगरबाट उनलाई पक्राउ गरेको हो ।उनीलाई सार्वजनिक उपद्रयाई गर्न नहुने कसूर अन्तर्गत थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

नगद ठगी गरी फरार एक जना पक्राउ
२०७९-०३-०७

काठमाडौं: डलर साटिदिन्छु भन्दै डलरको आकारमा काटिएका कागजका टुक्राहरु राखेर दिई झुक्काई नगद ८ लाख रुपैयाँ ठगी गरी फरार रहेको अभियोगमा काठमाडौं नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित सीता पेट्रोल पम्प नजिक ललितपुर महानगरपालिका-१८ नख्खु बस्ने ६२ वर्षीय पुरुषलाई अपरिचित व्यक्तिले आफ्नो आमा गम्भीर बिरामी भई अस्पतालमा भर्ना भएको र उपचारको लागि पैसाको अत्यन्तै अभाव रहेकोले डलरका केही नोटहरु साटिदिन अनुरोध गरी उक्त नगद ठगी गरी फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले सुक्ष्म अनुसन्धान गरी ठगी गर्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुल्न आएपछि प्रहरी बृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं कलंकीबाट उनलाई पक्राउ गरेको हो ।कुमार उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरी बृत्त कालीमाटीबाट थप अनुसन्धान भइरहेको छ । 

जबरजस्ती करणी पश्चात नगद र गहना लुटपाट गरी फरार रहेका व्यक्ति पक्राउ
२०७९-०३-०७

काठमाडौं: २४ वर्षीया महिलालाई जबरजस्ती करणी पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार रहेको अभियोगमा काभ्रे तिमाल गाउँपालिका-९ घर भई बनेपा डेरा गरी बस्ने भोटे, जय, आशिष भन्ने ३० वर्षीय बिश्व तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।ती महिलालाई जेठ २९ गते आफूलाई भोटे बताउने व्यक्तिले ललाई फकाई बिबाह गर्छु भनी प्रलोभनमा पारी काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित एक गेष्ट हाउसमा राखी लठ्ठिने पदार्थ पेय पदार्थमा मिसाएर खुवाई जबरजस्ती करणी पश्चात ती महिलाको नगद १ लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए । उक्त घटनाको सूचना प्राप्त भएको तर अभियुक्त अपरिचित भई शून्यकै अवस्थामा रहेको अनुसन्धानलाई अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी अभियुक्तको पहिचान हुनासाथ प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।उनी उपर जबर्जस्ती करणी गर्न नहुने र चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइहेको छ ।

एक राउण्ड गोली सहित पक्राउ
२०७९-०३-०१

काठमाण्डौ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिई आएको झोला ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । 

पोर्चुगल पठाइ दिन्छु भनी नक्कली कागजात दिई ठगी गर्ने पक्राउ
२०७९-०३-०१

काठमाण्डौ: पोर्चुगल पठाई दिन्छु भनी नक्कली कागजात समेत दिई ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-४ बालुवाटार घर भई टोखा नगरपालिका-६ ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने ३५ वर्षीय रोजित श्रेष्ठलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । रोजितले काठमाडौं महानगरपालिका-४ बालुवाटारमा संयुक्त नेपाल अनाथ आश्रम असहाय समाज संस्था संचालन गरेका छु, आफू उक्त संस्थाको केन्द्रीय अध्यक्ष हुँ, पोर्चुगलमा संस्थाको सेमिनार हुन लागेकोले तपाई लगायत तपाईको आफन्तहरु जाने भए म पोर्चुगल पठाईदिन्छु, काम लगाई दिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी भिषा प्रोसेसिङ एवं हवाई टिकटको लागि ८ जना पीडितहरूबाट ३३ लाख ५० हजार रुपैयाँ रकम लिई ठगी गरेको भन्ने जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रोहितलाई बालुवाटारबाट पक्राउ गरेको हो । साथै पीडितहरूको नाममा जारी गरिएका हवाई टिकट तथा भिषाहरू नक्कली भएको अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-०२-३०

काठमाडौं: बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७७ मंसिर २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, १० लाख ५० हजार रुपैयाँ जरिवाना र विगो रुकम १० लाख ५० हजार रुपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं धुम्बाराहीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकज्यूबाट निर्देशन
२०७९-०२-२७

मिति २०७९-०२-२७ गते काठमाण्डौ:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकज्यूले आज एक समारोहका बिच यस कार्यालय तथा मातहत कार्यालय  प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।निर्देशन सम्बोधनका क्रममा काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूलाई आपसी भाईचारा अभिवृद्धी गरी एक जुट भएर उपत्यकाको शान्तिसुरक्षा कायम गर्न व्यावसायीक ढंगबाट अगाडी बढ्न निर्देशन दिनुहुँदै भ्रष्टचारमा सुन्य सहनशिलता, गुण्डागर्दीसंगको अवैध साँठगाँठलाई पुर्णरुपले बन्द गर्न र  आफ्नो आचरण व्यवहारलाई सुधार गरी प्रहरी बर्दिको मर्यादालाई समेत ख्याल राखी उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभयो ।उपत्यका प्रहरीको कार्यशैलीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा नेपाल सरकारकै शासकिय तथा शान्तिसुरक्षाको अवस्थाको बारेमा झ-झल्को दिने हुनाले उपत्यकाको प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने र  उपत्यकामा जुनसुकै वेला जस्तोसुकै घटना पनि घट्न सक्ने हुनाले सम्पुर्ण प्रहरी ईकाइहरुले आ-आफ्नो आपतकालिन प्रहरी परिचालन योजना बनाई कार्यान्वय गर्न, फरार अपराधिहरुको तथ्याङ अद्यावधिक गरी योजना बद्द ढंगले कार्यान्वयन गर्दै यौनजन्य हिंसालाई सुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई योजना बनाई कार्यन्वयन गरी सबै क्षमता र ओहदाका नागरिकहरूसंग ट्राफिक प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा यस कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक,प्रहरी उपरीक्षकहरू, काठमाण्डौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका,  प्रमुख, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरका निमित्त प्रमुख, काठमाण्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका प्रमुख, जिल्ला प्रहरी परिसर, काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुखहरू,  काठमाण्डौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगंजका प्रमुख, गणका प्रमुखहरू, सर्वोच्च/विशेष अदालत समन्वय तथा सुरक्षा प्रहरी ईकाई, रामशाहपथका प्रमुख,  घुम्ती पर्यटक प्रहरी कार्यालयका प्रमुख,  नेपाल प्रहरी सिंहदरवार सुरक्षा गणका, प्रमुख, नेपाल प्रहरी अनाश्रित गुल्म, जगन्नाथदेवलका प्रमुख लगायत बृत्तका प्रमुखहरूको समेत सहभागिता रहेको थियो  । 

प्रहरी अतिरिक्त महानिरीक्षकको पदभार ग्रहण तथा बिदाई कार्यक्रम सम्पन्न
२०७९-०२-२६

नेपाल सरकार, (मन्त्रिपरिषद) को मिति २०७९/०२/२३ गतेको निर्णय अनुसार तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग नक्सालबाट काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरूवा भई आउनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकज्यूले यस कार्यालयमा पदभार ग्रहण गर्नुभएको छ ।साथै  नेपाल सरकार, (मन्त्रिपरिषद) को सोही मितिको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंमा पदस्थापना हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीज्यूलाई  आज एक समारोहका बिच बिदाई गरिएको छ ।उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकज्यूले यस कार्यालयको तर्फबाट “मायाको चिनो” प्रदान  गर्नु भयो र विदाई भई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजमा जान लाग्नु भएका  प्रहरी अतिरिक्त महानिरीक्षकलाई उहाँको कार्यकाल  शुभ तथा सफल रहोस भनि शुभकामना दिनुभयो ।सम्बोधनका क्रममा नेपाल प्रहरीको प्रमुख दायित्व मुलुकको शान्तिसुरक्षा व्यवस्थापन गरी आम नागरिकको जिउधन र स्वतन्त्रको रक्षा गरी कानुन बमोजिम निर्दिष्ट गरिएका जिम्मेवारीहरू  कानुन सम्मत तरिकाले कार्यान्वयन गर्न मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुदै वहाँले उपत्यका प्रहरीले सम्पादन गर्ने कार्यको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा समेत चासो रहने हुनाले सम्रग राष्ट्र तथा संगठनको छवी उच्च राख्ने गरि अनुशासित र निष्पक्ष ढंगबाट कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।कार्यक्रमको अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीज्यूले बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा सम्पुर्ण प्रहरी कर्माचारीहरु प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।कार्यक्रममा यस कार्यालय तथा मातहतबाट  प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, प्रहरी उपरीक्षकज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, जुनियर प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको समेत सहभागिता रहेको थियो  । 

स्रोत नखुलेको नगद सहित पाँच जना पक्राउ
२०७९-०२-२४

काठमाडौं: चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको बोरामा लुकाई छिपाई ल्याएको उक्त नगद फेला पारी चालक गुरुङ लगायत ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सुनको सिक्री चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०२-१३

काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट २ तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्‍वर नगरपालिका-६ शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका-१० भैसे घर भएका २२ वर्षीय सुरेश नगरकोटी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।उक्त ज्वलेर्समा बैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भनि २ तोलाको २ वटा सुनको सिक्री मागी सिक्री हेर्दा हेर्दै चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न सुरेश र चोरीको सिक्री खरिदमा संलग्न व्यक्ति समेतलाई चोरी भएको सुनको सिक्री गाली सकेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।

विदेश पठाई दिन्छु भनि ठगी गर्ने ब्यक्ति पक्राउ
२०७९-०२-१२

जेठ १२ काठमाडौं:  विदेश पठाई दिन्छु भनि ठगी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका-८ बस्ने चितवन भरतपुर महानगरपालिका-९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सुजनराजले टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिन्छु भनि हंगेरीको लागि नक्कली भिषा समेत निकाली पीडितबाट २५ लाख  रूपैयाँ ठगी गरेको भन्ने सूचना प्राप्त हुनासाथ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बानेश्वरबाट पक्राउ गरेको हो । उनीलाई ठगी कसूर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूको बिदाई
२०७९-०१-१८

सेवा निवृत्त हुन लाग्नु भएका काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूको बिदाई: नेपाल प्रहरी संगठनमा आफ्नो ३० बर्ष सेवा अवधि पुरा गरी सेवा निवृत्त हुन लाग्नु भएका काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूलाई आइतबार आयोजित विशेष  समारोहबीच बिदाइ गरिएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालज्यूले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई नयाँ जिवनको यात्रा तथा निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय तथा मातहत प्रहरी कार्यालय प्रति हार्दिक आभार प्रकट गर्नुभयो । आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार प्रकट  गर्दै प्रहरी संगठनले आफ्नो परिचय दिएको हुनाले सेवा निवृत्तपछि पनि संगठनप्रति सदैव सकारात्मक सोच रहने उल्लेख गर्दै संगठन हितको लागि सदैव क्रियाशील हुने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस पवित्र नेपाल प्रहरी संगठनमा रहि देशका विभिन्न स्थानहरुमा आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी संगठनलाई पुर्‍याउनु भएको योगदानको उच्च कदर गर्दै  काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको तर्फबाट “मायाको चिनो प्रदान  गर्नुहुदै प्रहरी नायव महानिरीक्षक श्रीमान् उत्तम राज सुवेदीले हार्दिक बधाई तथा धन्यवाद दिदै सेवा निवृत जिवनको शुभकामना दिनुभयो । कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयबाट  प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, प्रहरी उपरीक्षकज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू तथा जुप्रअ प्रहरी कर्मचारीहरू लगायतका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो  । 

प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालबाट सिसिटिभी क्यामेरा जडान उद्‌घाटन
२०७८-०३-१८

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले महानगरीय प्रहरी परिसर भक्तपुरमा शुक्रबार आयोजित एक कार्यक्रम बिच भक्तपुर क्षेत्रमा जडान गरिएका ६४ वटा आधुनिक सिसिटिभी क्यामेराको उद्‍घाटन गर्नुभयो । भक्तपुरस्थित अरनिको राजमार्गमा पर्ने जडीबुटीदेखि पलासेसम्मको सडक खण्ड र महानगरीय प्रहरी परिसर भक्तपुर लगायतका स्थानहरूमा स्थानीय तह, विभिन्न बैंक तथा वित्तिय संस्था र उद्योगी व्यवसायीहरूको सहयोगमा उक्त सिसिटिभी जडान गरिएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पालले सिसिटिभी क्यामेरा जडान गर्न सहयोग गर्ने दाताहरू, जडान समितिका पदाधिकारीहरू, पूर्व प्रहरी उपरीक्षक ध्रुब रत्न हाडा तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा उहाँले समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न सिसिटिभीले ठूलो सहयोग पुर्‍याउने चर्चा गर्दै आगामी दिनमा समेत यस्ता कार्यहरूलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । कुनै पनि घटनाको सफल अनुसन्धानका लागि सिसिटिभी क्यामेराले सहजता प्रदान गर्ने उहाँले चर्चा गर्नुभयो ।  कार्यक्रमका विशेष अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले समाजमा लगानी गरेको कुरा कुनै समयमा पनि नष्ट नहुने भएकाले सिसिटिभी जडानमा आर्थिक सहयोग पुर्‍याउने दाताहरूलाई धन्यवाद दिनुभयो । सिसिटिभीले अपराधीलाई निरुत्साहित बनाउन सहयोग पुग्ने उहाँले चर्चा गर्नुभयो ।  भक्तपुर जिल्ला सिसिटिभी जडान समितिका संयोजक तथा कार्यक्रमका अध्यक्ष प्रदिप श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारा देवि थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै प्राईम कमर्सियल बैंक लिमिटेडका जनरल म्यानेजर संजिव मानन्धर, भक्तपुर जिल्ला पत्रकार महासंघका अध्यक्ष जगत प्रजापती, सिसिटिभी क्यामेरा जडान समितिका ईन्जिनियर मेनसन लाखेमरू, जडान समितिका कोषाध्यक्ष नविन प्रजापति लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

चक्कु प्रहार गरी नगद लुटपाट गरेको अभियोगमा पक्राउ
२०७८-०१-२८

बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी साप्रेढुङ्गा नजिक रेमिट संचालन गरी बस्ने एक २० वर्षीया महिलालाई चक्कु प्रहार गरी नगद १ लाख ४ हजार ९ सय ४० रुपैयाँ लुटपाट गरेको अभियोगमा काठमाडौं भंगाल बस्ने कञ्चनपुर भाँसी घर भएका ३६ वर्षीय सन्तोष बिष्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सन्तोषले ती महिलालाई चक्कु प्रहार गरी घाईते बनाई रेमिटबाट उक्त नगद लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । चक्कु प्रहारबाट घाइते भएकी उनलाई उपचारका लागि भंगाल करुणा अस्पताल पठाइएको र अवस्था सामान्य रहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ जना पक्राउ
२०७८-०१-२८

शरीरको पल्स र अक्सिजनको मात्रा नाप्नको लागि प्रयोग हुने अक्सिमिटरको कालोबजारी गरेको अभियोगमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जनालाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ बल्खु बस्ने सिन्धुली कमलामाई नगरपालिका-४ घर भएका बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, ललितपुर महानगरपालिका-५ कुपण्डोल बस्ने बाजुरा खप्तड गाउँपालिका-६ घर भएका २१ वर्षीय थुमराज उपाध्याय, ललितपुर ग्वार्को बस्ने स्याङजा पंचमुल गाउँपालिका-६ घर भएका नानोटेक फर्मा थापाथलीका संचालक २७ वर्षीय शेषकान्त अधिकारी, काठमाडौं भिमसेनगोला बस्ने सुनसरी ईनरुवा नगरपालिका-६ घर भएका चिरायु केडी ग्रुप प्रालिमा काम गर्ने ३९ वर्षीय पुष्कर घिमिरे, काठमाडौं अनामनगर बस्ने मोरङ बिराटनगर महानगरपालिका-२ घर भएका आहा इन्डस्ट्रियल कम्पनी प्रालिमा कार्यरत ४४ वर्षीय बिशाल आचार्य, काठमाडौं बागबजार बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय सन्तोष भण्डारी र काठमाडौं ढुङगेअड्डा बस्ने भारत राजस्थान झुन्झुनु घर भएका ५५ वर्षीय जगदिश प्रसाद रानासरिया रहेका छन् ।अक्सिमिटरको अत्यधिक माग भइरहेको अवस्थाको फाइदा उठाउँदै औषधिजन्य पसल एवं फर्माहरुले सर्वसाधरण नागरिकहरुलाई बजार मूल्य भन्दा बढी मूल्य लिई अक्सिमिटर खरिद ब्रिक्री गरी कालोबजारी गरेको सूचना प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उत्पादन मिति, म्याद समाप्त मिति, बिक्री मूल्य, उत्पादक कम्पनीको नाम लगायत केही उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्य भएका अक्सिमिटर फेला पारी बरामद गरेको हो । उक्त अक्सिमिटर बरामद भएपश्चात तत्काल जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमखु जिल्ला अधिकारी, औषधि व्यवस्था बिभाग, बाणिज्य बिभाग र प्रहरी समेतको संयुक्त टोलीको सहभागितामा उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-२८ बस्ने मोरङ बिराटनगर महानगरपालिका-२ तिनपैनी घर भएका आहा इन्डस्ट्रियल कम्पनी प्रालिमा काम गर्ने ४४ वर्षीय बिशाल आचार्यले डि एण्ड डि इन्टरप्राइजेज न्यूरोड मार्फत चिनबाट मास्कको तुना ल्याउँदा सोही तुनाको बक्साभित्र लुकाई उक्त अक्सिमिटर ल्याएको तथा बजार मूल्य ७ सय पर्ने उक्त अक्सिमिटरहरु २ हजार २ सय २० रुपैयाँसम्म अधिक मुल्यमा उनीहरुले बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको छ ।उनीहरुलाई कालोबजारी ऐन अन्तर्गत आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ ।

मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधन सम्पन्न
२०७७-१२-०९

महानगरीय प्रहरी कार्यालयको आयोजनामा  राष्ट्रिय सभा गृह भृकुटीमण्डप काठमाण्डौमा  विहिवार मातहत कार्यालयका कार्यालय प्रमुख सहित ३३१ प्रहरी अधिकृत तथा जवानहरुलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले  निर्देशन सम्बोधन गर्नु भएको हो । निर्देशन कार्यक्रम लाई सम्वोधन गर्नुहुँदै कार्यालय प्रमुख पालले समाजमा हुने कानून विपरितका गतिविधिलाई नियन्त्रण गर्न प्रभावकारी सुरक्षा योजना बनाएर लागु गर्नुपर्ने बताउनु भयो । प्रहरीले गर्ने व्यवहारबाट नै  नागरिकले प्रहरी प्रतिको धारणा बनाउने हुदाँ आम नागरिक प्रति उत्तरदायी भई  पिडीतमैत्री व्यवहार गरि सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो । महिला तथा बालबालिका, बृद्ध, फरक क्षमता भएकाहरू संलग्न घटनालाई संबेदनशिल भई प्राथमिकताका साथ अनुसन्धान गर्नु पर्ने, मातहतका कर्मचारीहरूले गरेको गल्तीको जिम्मेवारी कार्यालय प्रमुखले लिनु पर्ने भन्दै मातहतका कर्मचारीहरूको काम कारबाही, आचरण व्यवहार तर्फ विशेष ध्यान दिई आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तता दिई जनतासँगको सम्बन्धलाई सुदृढ गर्दै समाजमा लुकेका अपराधहरूको सुचना संकलन गरी त्यस्ता अपराधलाई कानूनी दायरामा ल्याउने र  प्रहरी कारवाही गर्दा मानवअधिकारको सम्मान गर्दै कानून बमोजिम मात्र वल प्रयोग गरि निर्दिष्ट कानूनको पालना गरी  हिरासत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा विशेष ध्यान  दिंदै  प्रहरी कार्यालयबाट सुचना प्रवाह गर्दा “नेपाल प्रहरीको मिडिया नीति २०६०”  बमोजिम मात्र  गर्न तथा प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा प्रहरीको Uniform को प्रयोग नगर्न समेत निर्देशन दिनु भयो ।सोही क्रममा आउँदै गरेको फागु पुर्णिमा (होली) लाई सुव्यवस्थित र मर्यादित बनाउन सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन मार्फत पर्वहरूको व्यवस्थापन गराउन पनि विशेष निर्देशन दिनु भयो ।

अन्दाजी साढे दुई किलो युरेनियम सहित चार जना पक्राउ
२०७७-११-२८

अन्दाजी साढे दुई किलो युरेनियम सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले आज शुक्रबार यस कार्यालयमा, पत्रकार सम्मेलन गरी जानकारी दिनुभएको थियो । युरेनियम २३८ को गैर कानुनी कारोवार भईरहेको छ भन्‍ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरी टोलीले मिति २०७७/११/२७ गते रामेछाप जिल्ला लिखु तामाकोशी- ५ बस्ने वर्ष ४० को नारायण सिंह तामाङ, जिल्ला रामेछाप, लिखु तामाकोशी ५ स्थायी ठेगाना भई जिल्ला काठमाण्डौं, बौद्ध-६ बस्ने वर्ष ४० की जानुका तामाङ, जिल्ला रामेछाप, मन्थली नगरपालिका- ४ बस्ने वर्ष २० को प्रकाश चौहान, जिल्ला सिन्धुली, सुनकोशी-४ बस्ने वर्ष २० को मनोज न्यौपानेलाई पक्राउ गरिएको हो । अन्दाजी साढे दुई किलो युरेनियम सहित निजहरूलाई काठमाण्डौं, टुसाल - ६ बौद्धबाट पक्राउ गरी थियो । नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना हो । बरामद भएको वस्तु प्रशोधन नगरिएको युरेनिययम भएको परीक्षणबाट पुष्टि भएको छ । उनीहरुलाई विस्फोटक पदार्थ सम्बन्धी कसुर अनुसार अनुसन्धान भई रहेको छ ।साथै पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक पालले यस कार्यालयबाट भएका त्रैमासिक प्रहरी कारवाहीका मुख्य मुख्य उपलब्धीहरू, शान्ति सुरक्षा व्यवस्थापनमा परिचालित जनशक्ति, कारवाही तथा पुरस्कार सम्बन्धि विवरण, मुद्दा दर्ता संख्या, पक्राउ परेका व्यक्तिहरू लगायतका विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।

अधिक लोड >>
कम देखाउनुहोस्