बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०२-०४
- A
- A-
- A+
काठमाडौं,
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१७
खुसिबु बस्ने नुवाकोट म्यागङ गाउँपालिका-६ घर भएका ५३ वर्षीय सुवास प्रधानलाई आइतबार
प्रहरीले पक्राउ गरेको छ ।
उक्त
मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट
खटिएको प्रहरीले काठमाडौं महानगरपलिका-१६ नयाँबजारबाट पक्राउ गरेको हो ।
उनलाई
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।