चारित्रिक प्रमाणपत्र
नेपाल प्रहरीले बिभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र उपलब्ध गराई पाऊ भनी अनलाईन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई चारीत्रिक प्रमाणपत्र उपलब्ध गराउने गर्दछ ।
आकस्मिक सेवाका नम्बरहरू
प्रहरी कन्ट्रोल - १००
ट्राफिक कन्ट्रोल - १०३
बालबालिका हराएमा वा भेटिएमा - १०४
मानव बेचबिखन उजुरी - ११७७
Hot Line:
+९७७-९८५१२८३०२६
+९७७-०१५७२१०१७
-
नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट विदाई कार्यक्रम सम्पन्न ।
२०८२-०७-२६काठमाडौं, २६ कार्तिकमिति २०८२/०७/२४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार, २०८२/०७/२७ गतेबाट लागु हुने गरी यस उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षकका रुपमा नियुक्त गरेकोमा यस कार्यालय तथा मातहतका कर्मचारीहरुद्वारा विदाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहदा राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति धन्यवाद व्यक्त गर्दै काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरुमा विषेश कार्य कुशलताका साथै बोलि व्यवहारमा विनम्रता तथा कानून कार्यान्वयनमा कठोरता हुनु पर्नेमा जोड दिनु भयो ।कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीले नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले यस कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहदा देशको विषम् परिस्थितिमा समेत मातहत प्रहरी कर्मचारीहरुलाई प्रहरी कार्य सम्पादनमा उच्च मनोबल प्रदान गर्नु भएको स्मरण गर्दै आगामी दिनहरुमा समेत संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नागरिक मैत्री बनाउनमा संगठन प्रमुखका रुपमा निर्देशन निरन्तर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा प्रहरी नायब महानिरीक्षक अधिकारी तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरुले समेत नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई खादा, माला तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायब उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु, लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
[ विस्तृतमा ] -
अवैध लागूऔषध र हातहतियार सहित दुई जना पक्राउ
२०८२-०७-२३काठमाडौं, २३ कात्तिककाठमाडौं महानगरपालिका-१२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्राम, नगद ३२ हजार रूपैयाँ र मोवाइल ५ थान सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाही रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अमरको घर पछाडी लुकाई राखेको रिभल्वर १ थान र गोली २ राउण्ड तथा सुजनको घरमा लुकाई राखेको रिभल्वर १ थान र गोली ४ राउण्ड फेला पारी शनिबार दिउँसो बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
[ विस्तृतमा ] -
प्रहरी प्रभाग नयाँ बसपार्कको भवन विभिन्न संघ संस्थाहरुको सहयोगमा पुनः निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०७-२१२०८२ कार्तिक २१ मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति ग्रस्त भएको प्रहरी प्रभाग नयाँबसपार्क काठमाडौंको प्रहरी भवन विभिन्न संघ संस्थाहरुको सहयोगमा पुनःनिर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई आज शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । उक्त कार्यक्रममा प्रहरी भवन पुनः निर्माणमा सहयोग गर्नुहुने संघसंस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण कार्यक्रम पश्चात प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षाको आवश्यक प्रत्याभुतिलाई महशुस गरी आन्दोलनबाट पूर्ण रूपमा क्षति भएको प्रहरी प्रभाग नयाँबसपार्कको भवन पुनःनिर्माण गरि हरेक समयमा शान्ति सूरक्षाको लागि अग्र पङ्क्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग पुर्याएकोमा प्रहरी प्रभाग नयाँबसपार्क भवन पुनःनिर्माण गर्ने बिभिन्न सहयोगीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयका साथै नेपाल प्रहरीको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो । नागरिकको अपेक्षा अनुरुप स्वच्छ, व्यावसायिक आचरण व्यवहार प्रस्तुत गर्दै मिठो बोली वचनसगैं नागरिक मैत्री प्रहरी सेवा प्रदान गरी सभ्य र शान्तिपूर्ण समाज निर्माण गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुदै शान्तिपूर्ण समाज निर्माणमा प्रहरी र नागरिक समाजको ऐक्यबद्धता अत्यावश्यक भएकाले समाजमा हुने आपराधिक गतिविधिलाई निरुत्साहित गर्न सम्पूर्ण नागरिक र नेपाल प्रहरीको सामूहिक संकल्पको लागि अपिल समेत गर्नु भयो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी टोखा नगरपालिकाका उप-प्रमुख मुरारी तामाङ भारतिय गोरखा पूर्व सैनिकहरू, नेपाल बैदेशिक रोजगार ब्यवसायी एकता समिती, लायन्स अर्न्तराष्ट्रिय ३२५ के. क्लब, स्थानिय जनप्रतिनिधिहरु,विभिन्न व्यवसायीहरू सहयोगी संघसंस्थाका महानुभावहरु, संचारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानिय बासिन्दाहरु, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
[ विस्तृतमा ]
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०८०-१०-०३ | प्राचार्य नियुक्तिका लागि दरखास्त आव्हान सम्बन्धी सूचना | |
| २०८०-०९-०२ | Invitation for Bids | |
| २०८०-०३-१७ | Invitation for Bids | |
| २०७९-०५-१० | काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रवक्ता/ सुचना अधिकारीमा प्रहरी उपरीक्षक सीताराम रिजाल | |
| २०७९-०४-०१ | प्रेस विज्ञप्ती | |
| २०७८-०६-१५ | महानगरीय प्रहरी शिक्षालय, महाराजगञ्जद्वारा प्रकाशित तालिम बुलेटिन - अङ्क १ |
| प्रकाशित मिति | शीर्षक | कार्यहरु |
|---|---|---|
| २०७९-०५-२७ | म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना (२०७९-०५-२६) |
हाईलाईटहरु
- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं महानगरपालिका वडा नं. ६ बौद्ध बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
- प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी) भवन पुनः निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
- पुनर्निर्मित प्रहरी वृत्त जगाती भवन निर्माण समितिद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
- प्रहरी उपरीक्षक रविन कार्कीको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
- प्रहरी निरीक्षक रमेश सापकोटाको बिदाई कार्यक्रम सम्पन्न ।
- आन्दोलनका क्रममा क्षति भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयको कार्यालय सञ्चालनका लागी कम्प्युटर, प्रिन्टर तथा युपिएस हस्तान्तरण कार्यक्रम सम्पन्न ।
- प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।