प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी वरिष्‍ठ उपरीक्षक बीर बहादुर बुढामगरको बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न ।

२०८१-१०-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, १४ माघ

   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा मिति २०८०।०५।२५ गतेदेखि करिब १७ महिना यस कार्यालयमा कार्यरत रहनु भई तालुक नेपाल सरकार गृह-मन्त्रालय (माननिय गृहमन्त्रीस्तर) को मिति २०८१।१०।०९ गतेको निर्णयानुसार प्रहरी उपरीक्षक पदबाट प्रहरी वरिष्‍ठ उपरीक्षक पदमा पदोन्नती भई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी कैलाली पदस्थापन हुनु भई नयाँ कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी वरिष्‍ठ उपरीक्षक बीर बहादुर बुढामगरको बिदाई तथा फेरि भेटौंला कार्यक्रम सम्पन्न भएको छ ।

   बिदाई तथा फेरी भेटौंला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बिदाई भएर जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर बुढामगरले यस कार्यालयमा कार्यरत रहँदा  प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना व्यक्त गर्नु भयो । साथै पदोन्नती सगैं  पदस्थापन हुनु भएको नयाँ कार्यक्षेत्रमा समेत कुशल तथा व्यवसायिक रुपमा प्रहरी कार्य सम्पादन गरी आफ्नो दक्षता प्रस्तुत गर्नुहुनेछ भन्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

   प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर बुढामगरले यस कार्यालयमा आफू रहँदा बस्दाको अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ध्रुब राज राउत, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
टर्की र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपिका-७ बस्ने बारा निजगढ नगरपालिका-१३ घर भएका ४९ वर्षीय सुरेश गिरी र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने संखुवासभा चैनपुर नगरपालिका-३ घर भएका ७० वर्षीय बिर बहादुर श्रेष्ठ रहेका छन् । पक्राउ मध्ये सुरेशलाई टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९० हजार रूपैयाँ र बिर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुरेशलाई काठमाडौं महानगरपालिका-१२ बाट र बिर बहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइको छ । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
२०८३-०३-०९

काठमाडौं, बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने ५६ वर्षीय माधव श्रेष्ठ र काठमाडौं महानगरपालिका-४ बसुन्धारा बस्ने तनहुँ भानु नगरपालिका-८ घर भएका ४३ वर्षीय रामचन्द्र अधिकारी रहेका छन् ।  उच्च अदालत पाटनको २०७९ माघ २९ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत २ वर्ष कैद सजाय ठहर भई फरार रहेका माधवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टोखा नगरपालिका-९ बाट पक्राउ गरेको हो । यसैगरी जिल्ला अदालत काठमाडौंको २०८२ साउन ११ गतेको फैसलाले उक्त मुद्दामा विगो वापत १ महिना १५ दिन कैद सजाय र २ लाख २५ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका रामचन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बालाजुबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८३-०३-०९

भक्तपुर, भक्तपुर नगरपालिका-१ नगरकोटमोड बस्ने महोत्तरी मिथिला नगरपालिका-९ घर भएका २८ वर्षीय आकाश रसाईलीको हत्या गरेको अभियोगमा ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका ३१ वर्षीय आयष कार्की, झापा घर भएका २७ वर्षीय दोर्जे शेर्पा र गुल्मी घर भएका ३५ वर्षीय रमेश कुवँर रहेका छन् । उनीहरूले धारिलो हतियार चक्कु प्रहार गर्दा आकाश गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग दुधपाटीबाट खटिएको खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका आकाशको केएमसी अस्पताल सिनामंगलमा थप उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०३-०९

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६६ ट्याब्लेट र  अवैध लागूऔषध गाँजा ५० ग्राम सहित सर्लाही घर भएका २७ वर्षीय अजय कुमारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०२-०५२ प ०५७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-१३ बङ्गलामुखी मन्दिर नजिक बस्ने १८ वर्षीय किशोरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ४० ट्याब्लेट, गाँजा ४ सय ग्राम, पोलेन ३० ग्राम र नाइट्रोभेट ११ ट्याब्लेट सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरीले उनको घर तालासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।           यसैगरी काठमाडौं महानगरपालिका-२६ ठमेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याब्लेट, स्पास्पेन ४ ट्याब्लेट र स्पास्मो ४ ट्याब्लेट सहित काठमाडौं डल्लु बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ घर भएका २३ वर्षीय निशान्त सुन्दासलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराध नियन्त्रण र अनुसन्धान सम्बन्धी सरोकार निकायहरूसँग एक दिवसीय अन्तरक्रिया सम्पन्न
२०८३-०२-३१

अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराधहरू बढ्दै गएकोले त्यस्ता प्रकृतीका अपराध नियन्त्रण र अनुसन्धानलाई वस्तुनिष्ठ र परिणाममुखि  बनाउनका लागि सम्बन्धित निकायहरूले अपराध नियन्त्रण र अनुसन्धान कार्यमा थप ज्ञान, सिप र क्षमता प्रदान गर्ने उद्देश्यले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित अभौतिक मुद्रा तथा प्रविधिजन्य अपराधको नियन्त्रण, रोकथाम तथा प्रभावकारी अनुसन्धानमा सरोकारवाला निकायहरूबीच एक दिवसीय अन्तरक्रिया कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयका, प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्‍वर कार्कीज्यूको प्रमुख आतिथ्यमा  नेपाल पुलिस क्लव भृकुटीमण्डलमा सम्पन्न भएको छ ।        कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका, प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी,प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धिताल,प्रहरी उपरीक्षक, महान्यायधिवक्ताको कार्यालय, उच्च सरकारी वकील कार्यालय पाटन, विशेष सरकारी वकील कार्यालय काठमाडौं, काठमाडौं उपत्यका स्थित तीन वटै जिल्लाका जिल्ला सरकारी वकील कार्यालयबाट पाल्नु भएका प्रतिनिधिहरू, नेपाल राष्ट्र बैंक प्रतिनिधी, अन्य बैंकबाट पाल्नु भएका प्रतिनिधीहरू, ईन्टरनेट सेवा प्रदायक संस्था, विभिन्न डिजिटल वालेट कार्यालयका प्रतिनिधीहरू, सरकारी निकाय प्रतिनिधीहरू, प्रहरीका अनुसन्धान अधिकृतहरू, विभिन्न क्षेत्रका विज्ञ तथा अन्य सरोकारवाला निकायका प्रतिनिधीहरूको सहभागिता रहेको थियो ।