प्रहरी कन्ट्रोल : १००
नेपा
EN

यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १५ जना नियन्त्रणमा

२०७९-०९-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, १८ पुस

 यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने १३ जना विचौलियाहरू र नक्कली परिक्षार्थी २ जना समेत गरि १५ जनालाई आज सोमबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था कार्यालय, एकान्तकुना ललितपुर, ठुलोभर्‍याङ, चाबहिलबाट १३ जनालाई र भक्तपुर स्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) राधे राधे, भक्तपुरमा अर्कैको नाममा मेडिकल परिक्षा दिन आएका तथा परिक्षा दिन पठाउने २ जनालाई प्रहरीले  नियन्त्रणमा लिएको हो । निजहरूले बिभिन्न यातायात कार्यालयहरुमा सेवाग्राहीहरुलाई सहजिकरण गरिदिन्छौ, छिटो छरितो रुपमा काम गरिदिन्छौ, नपुगेका कागजातहरु पुर्‍याईदिन्छौ भनि प्रलोभनमा पारि हैरानी दिने  गरेका थिए ।  

पुनश्च:   कुनै पनि सरकारी कार्यालयहरुमा नियमसंगत रुपमा हुने काम कारवाहीमा सेवाग्राहीलाई अनावश्यक हैरानी दिई नियमित काम कारवाहीलाई प्रभावित पार्ने बिचौलिया प्रवृत्तिका व्यक्ति तथा समुह उपर प्रहरीले निगरानी तथा कारवाही बढाएको हुँदा यस किसिमको कुनै पनि जानकारी  भएमा प्रहरी हटलाईन १००, १०३, वा फोन नं. ०१-४२२८४३५, ९८५१२८३०२६ मा जानकारी गराउनहुन समेत काठमाडौं उपत्यका प्रहरी कार्यालय सबैमा अनुरोध गर्दछ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।  पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-२७

     काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।