अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८३-०२-२५
- A
- A-
- A+
काठमाडौं, टोखा
नगरपालिका-१० टोकियो बजार टोल बस्ने सुनसरी धरान उपमहानगरपालिका-१५ घर भएका ३८
वर्षीय युगसाङ राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्राम ६ सय
४० मिलिग्राम, डिजिटल
तराजु १ थान, नगद
१ लाख १५ हजार रूपैयाँ र भारतीय रूपैयाँ २ हजार २ सय सहित आइतबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग गोंगबुका खटिएको
प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।