प्रहरी कन्ट्रोल : १००
नेपा
EN

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८३-०३-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, लागूऔषध मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने मकवानपुर थाहा नगपालिका-७ घर भएका ४९ वर्षीय देवेन्द्र थापा मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको २०७७ चैत १६ गतेको फैसलाले उक्त मुद्दामा ६ महिना कैद र २ हजार ५ सय रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ कालिमाटीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
२०८३-०३-२४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-९ बस्ने लमजुङ घर भएका ४५ वर्षीय पुर्ण बहादुर दुरा, काठमाडौं महानगरपालिका-३२ बस्ने दोलखा घर भएकी ४२ वर्षीया कमला खत्री, ललितपुर महालक्ष्मी नगरपालिका-१३ बस्ने सुर्खेत घर भएकी २४  वर्षीया सरस्वती गिरी, भक्तपुर सूर्यबिनायक नगरपालिका-८ बस्ने दोलखा घर भएका २७ वर्षीय राम कुमार श्रेष्ठ र  काठमाडौं महानगरपालिका-२६ बस्ने बागलुङ घर भएका ३७ वर्षीय अमर सिंह घर्ती रहेका छन् । पक्राउ मध्ये पुर्ण बहादुरले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ, कमलाले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ४५ हजार रूपैयाँ, सरस्वतीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ,  राम कुमारले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र अमर सिंहले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पुर्ण बहादुरलाई काठमाडौं महानगरपालिका-२८ बाट, कमलालाई काठमाडौं महानगरपालिका-३२ बाट सरस्वतीलाई महालक्ष्मी नगरपालिका-१३ बाट सोमबार तथा राम कुमारलाई काठमाडौं महानगरपालिका-२२ बाट र अमर सिंहलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सीसीटीभी जडान सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर
२०८३-०३-२४

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र तारकेश्‍वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनबिच तारकेश्‍वर नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गर्ने  सम्बन्धमा सम्झौता-पत्रमा हस्ताक्षर भई सम्झौता-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा तारकेश्‍वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न सीसीटिभीको महत्वपूर्ण भूमिका रहने भएकाले  सीसीटिभी जडान गर्न लागिएको बताउनु भयो ।सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयकाका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले स्थानीय सरकार हामीहरूको अभिभावक भएकाले नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिई सुरक्षा क्षेत्रमा गरेको लगानीको प्रशंसा गर्नुभयो । यसै गरी शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रमाणमुखी बनाउन सीसीटीभी को महत्वपूर्ण भूमिका रहने कुरामा जोड दिनु भयो । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षक, तारकेश्वर नगरपालिकाका प्रशासकीय अधिकृत, प्रहरी उपरीक्षक लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८३-०३-२४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ मसिनेबाट अवैध लागूऔषध गाँजा ८५ ग्राम सहित कैलाली टीकापुर नगरपालिका-३ घर भएका २५ वर्षीय अर्जुन विक समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.४८ प ३७४६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।          भक्तपुर नगरपालिका-८ हनुमानघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय १० मिलिग्राम सहित सोही नगरपालिका-६ डेकोचा बस्ने ३४ वर्षीय बिजय बैजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।           यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-२ झौखेल पिपलबोटबाट अवैध लागूऔषध पोलेन करिब ६ सय ग्राम सहित सोही नगरपालिका-२ झौखेल बस्ने ६८ वर्षीय राम थापा समेत ६ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।           ललितपुर, ललितपुर महानगरपालिका-७ ग्वार्कोबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने १९ वर्षीय आयुष पुडासैनी र सोही नगरपालिका-६ बुद्ध पोखरी बस्ने १९ वर्षीय अनिस मगर रहेका छन् । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले बा.९९ प ३४७५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
२०८३-०३-२३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ बस्ने झापा घर भएका ४८ वर्षीय टिका कार्की, काठमाडौं महानगरपालिका-१६ बस्ने सुनसरी घर भएकी ४६ वर्षीया सरिता बान्तवा राई, टोखा नगरपालिका-६ बस्ने नुवाकोट घर भएका २५ वर्षीय अग्रीम बिक्रम तिमोथी, काठमाडौं महानगरपालिका-१५ बस्ने धादिङ घर भएका ४९ वर्षीय दिपक चन्द्र गौतम, काठमाडौं महानगरपालिका-२६ बस्ने मोरङ घर भएका ४४ वर्षीय धन प्रसाद काफ्ले, काठमाडौं महानगरपालिका-११ बस्ने रूपन्देही घर भएकी ४० वर्षीया रूपा सुनार र भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ बस्ने जुम्ला घर भएका २९ वर्षीय रमेश स्वाँर रहेका छन् । पक्राउ मध्ये टिकाले साईप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५० हजार रूपैयाँ, सरिताले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३० लाख रूपैयाँ, अग्रीम बिक्रमले दक्षिण अफ्रिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ८५ हजार रूपैयाँ, दिपक चन्द्रले ग्रिस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ९४ हजार रूपैयाँ, धन प्रसादले युएइ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८० हजार रूपैयाँ, रूपाले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २१ लाख रूपैयाँ र रमेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले टिकालाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार, सरितालाई काठमाडौं महानगरपालिका-२८ बाट आइतबार तथा अग्रीम बिक्रमलाई टोखा नगरपालिका-६ बाट, दिपक चन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट, धन प्रसाद र रूपालाई काठमाडौं महानगरपालिका-२६ बाट एवम् रमेशलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८३-०३-२३

काठमाडौं उपत्यका प्रहरी कार्यालयका, प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको उपस्थितिमा तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८३।०३।१९ गतेको पत्रद्वारा जनपद तर्फको प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ । उक्त दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया,  प्रहरी वरिष्ठ उपरीक्षक,  प्रहरी उपरीक्षक लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।