दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ ।
२०८३-०५-१९
- A
- A-
- A+
काठमाडौं, १९ भदौ
काठमाडौं, वैदेशिक रोजगारीमा
आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा
काठमाडौं महानगरपालिका-८ बस्ने महोत्तरी बलवा नगरपालिका-९ घर भएका ४० वर्षीय अंसगर
नदाफलाई प्रहरीले पक्राउ गरेको छ ।
अंसगरले दुबई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख १२ हजार रूपैयाँ
लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ बाट पक्राउ गरेको
हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल
काठमाडौं पठाइएको छ ।