सीसीटीभी जडान सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर
२०८३-०८-०९
- A
- A-
- A+
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर र नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख शुसिला अधिकारीबिच नागार्जुन नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गर्ने सम्बन्धमा सम्झौता-पत्रमा हस्ताक्षर भई सम्झौता-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक नगर प्रमुख शुसिला अधिकारीले समाजमा
अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सीसीटीभीको महत्व उल्लेख गर्दै
नेपाल प्रहरीसंगको सहकार्यमा नागार्जुन नगरपालिका क्षेत्रभित्र सीसीटीभी जडान गरी
अपराध रोकथाम र नियन्त्रण गर्ने कार्यमा मद्दत पुग्ने भएकाले आगामी दिनहरुमा समेत नेपाल
प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।
सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयकाका प्रमुख, प्रहरी
अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले शान्ति सुरक्षा, अपराध
नियन्त्रण तथा अनुसन्धानलाई प्रमाणमुखी बनाउन सीसीटीभीको महत्वपूर्ण भूमिका रहनुका
साथै स्थानीय नागरिकले समेत आ-आफ्नो घरमा सीसीटीभी जडान गर्नेपर्नेमा जोड दिनु भयो
। साथै प्रविधीमैत्री प्रहरी निर्माणमा सहयोगी नागार्जुन नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो
।
उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया, प्रहरी
वरिष्ठ उपरीक्षक, नागार्जुन नगरपालिकाका प्रशासकीय अधिकृत,
प्रहरी उपरीक्षकहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको
थियो ।