अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८३-०८-०८
- A
- A-
- A+
काठमाडौं, तारकेश्वर नगरपालिका-५ लोलाङ धितालथोक डेरा गरी बस्ने नुवाकोट सुर्यगढी
गाउँपालिका-२ घर भएका २२ वर्षीय धिरज तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो
देखिने पदार्थ करिब ९७ ग्राम ६ सय ७० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले
पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंबाट खटिएको प्रहरीले
धिरजको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ गोकर्ण
शिवपुरी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित सोही नगरपालिका-४
गोकर्ण बस्ने सिन्धुली घर भएका ३० वर्षीय कृष्ण बहादुर भुजेल समेत ३ जनालाई सोमबार
राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले
उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।