सुन जस्तो देखिने पदार्थ सहित २ जना चिनियाँ नागरिक पक्राउ
२०८३-०८-०९
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ४८ ग्राम तौल बराबरको
सुन जस्तो देखिने अर्धठोस पदार्थ ८ थान सहित २ जना चिनियाँ नागरिकहरूलाई मंगलबार
राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा CHINA GUANGDONG घर भएकी ४५ वर्षीया LIN LINA र ३५ वर्षीया LIN
XINPING रहेका छन् । त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले क्याथे प्यासिफिक
एयरलाइन्सद्वारा हङकङबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा LIN
LINA को साथबाट १ किलो ३ सय ४० ग्राम र LIN XINPING को साथबाट १ किलो ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।