प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पिक आवरको समयमा जेब्रा क्रसिङ तथा आकाशे पुलमा सामुदायिक प्रहरी परिचालन सम्बन्धमा समिक्षा र आगामी दिनहरुमा थप प्रभावकारी बनाउने सम्बन्धमा अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१-०२-०८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ०८ जेठ

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीद्वारा काठमाण्डौ उपत्यका स्थित विभिन्न २५ स्थानमा, सामुदायिक प्रहरी सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई पिक आवरको समयमा (बिहान ०९:००-११:०० बजे र १६:००-१८:०० बजे) महिला बालबालिका तथा जेष्ठ नागरिकलाई सडक वारपार गर्न र ट्राफिक प्रहरीलाई सहयोग गर्न २०८०/०३/०७ गतेबाट डिउटी परिचालन गरिएकोमा सो सम्बन्धी समिक्षा र आगामी दिनहरुमा थप प्रभावकारी बनाउने सन्बन्धमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०२-०५

काठमाडौं, ५ जेठ             काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १ किलो ५ सय ग्राम सहित भारतीय नागरिक २७ वर्षीय ARUN PALATHINGAL SOMAN शुक्रबार राति पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।            यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो २ सय १५ ग्राम सहित भारतीय नागरिक ३५ वर्षीया SUMAIYA MEHBOOB SHAIKH शनिबार पक्राउ परेकी छिन् । थाई एयरवेजको उडानद्वारा बैङ्ककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको सुटकेशबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।            यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ट्याब्लेट सहित सर्लाही बागमती नगरपालिका-१२ बस्ने २८ वर्षीय सागर बम्जनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७१०१ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।                         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-०५

काठमाडौं, ५ जेठ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ७६ वर्षीय नरबिर राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । राईले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नक्कली सुनको मुर्ति देखाई ठगी गर्ने व्यक्ति
२०८२-०२-०५

काठमाडौं, ३ जेठ    नक्कली सुनको मुर्ति देखाई ठगी गरेको अभियोगमा संखुवासभा धर्मदेवी नगरपालिका-३ बाइसजोरे बस्ने ४९ वर्षीय काशीनाथ पौडेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । नक्कली सुनको (बुद्ध भगवानको) मुर्ति सस्तो दर भाउमा मिलाई दिन्छु भनी प्रलोभनमा पारी भक्तपुर मध्यपुर थिमी नगरपालिका-६ बस्ने धनकुटा, धनकुटा नगरपालिका-४ घर भएका ३९ वर्षीय पुरूषसँग गत मंसिर ८ गते १० लाख रूपैयाँ र काठमाडौं न्यूरोड बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-१ घर भएका २४ वर्षीय पुरूषसँग गत चैत ११ गते ११ लाख ८५ हजार रूपैयाँ लिई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ  ।  

उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०२-०४

काठमाडौं, ४ जेठ           काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी महानिरीक्षक दिपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने चर्चा गर्दै सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ । व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढिकरण एवम् शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह, प्रहरी संगठनको प्राथमिकता रहेको बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगरी संगठनको नीति, निर्देशन र प्राथमिकतालाई मनन गरी व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्ने  समेत उहाँले बताउनुभयो ।              प्रहरी महानिरीक्षक थापाले हालसम्म उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई सुरक्षित उपत्यकाको अवधारणा अनुरूप कार्य गर्न निर्देशन दिनुभयो । सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ थप संयमित एवम् अनुशासित भई आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्दै सामुहिक भावनामा केन्द्रित भएर प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।             प्रहरी महानिरीक्षक थापाले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने उल्लेख गर्दै अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्दै कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न बल प्रयोगको सिद्धान्त अनुरूप थप संवेदनशील भई कार्य गर्नुपर्नेमा जोड दिँदै सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी उचित रणनीति तयार गरी मजबुद सुरक्षा व्यवस्थापनको लागि प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउँदै फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप सक्रिय हुनपर्ने एवम् ट्राफिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूलाई सम्बोधन गर्दै निष्पक्ष सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।      प्रहरी महानिरीक्षक थापाले नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी जनपक्षीय प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । साथै नागरिकका समस्यालाई सम्बोधन गर्न स्थानीय तहका सबै सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी उच्च मनोबल सहित थप उत्प्रेरित बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।              काठमाडौं उपत्यका कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।