प्रहरी कन्ट्रोल : १००
नेपा
EN

का.उ.प्र.का रानीपोखरीद्वारा २०८० सालको चाडपर्व लक्षित सुरक्षा योजना जारी गरिएको

२०८०-०६-२२

  • A
  • A-
  • A+
Share

काठमाण्डौ असोज

         नेपाली हिन्दुहरुको महान चाडपर्व बडा दशैँशुभ दीपावलीनेपाल सम्वत र छठ पर्वको पावन अवसरमा ‘सुरक्षित उपत्यकाहाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,  काठमाण्डौललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवनबाट संयुक्तरुपमा तयार पारिएको सुरक्षा योजना अनुरुप प्रविधिसमेतको उच्चतम प्रयोग गरी अति प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गरी समाजमा शान्तिसुरक्षा, अमय चयन कायम गरिने छ ।

 क)        चाडपर्वमा शान्तिसुरक्षा तथा अमन चयन कार्यका लागि खटिने प्रहरी:

१.    यो सुरक्षा योजना मिति २०८०।०६।२१ गतेदेखि बडा दशैँशुभ दीपावलीनेपाल सम्वत र छठपर्वसम्म कायम रहने छ ।

२.   काठमाण्डौ उपत्यकास्थित ३ वटै जिल्लाहरुमा पैदल गश्तीमोवाइल गश्तीक्यूआरटिसिआरभीकर्डनसादा पोशाकपिकेटिङस्ट्राइकिङरिजर्भआकश्मिक चेकजाँच, CCTV, Walk Through Gate, Drone, Body worn camera बाट निगरानीट्राफिक व्यवस्थापनविपद व्यवस्थापन लगायतका Pro-active Policing को माध्यमद्वारा चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।

३.     बैंकवित्तीय संस्था तथा नगद र बहुमूल्य गर-गहनाको कारोवार हुने स्थानहरुमा सादा पोशाकमा सञ्‍चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिने छ ।

४.    यात्रुहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १७ (काठमाण्डौ-१२ल.पु.-३ र भ.पु-२) स्थानमा जनपद प्रहरी र १४ स्थानमा ट्राफिक प्रहरीद्वारा गरी जम्मा ३१ स्थानमा यात्रु सहायता कक्ष (Help Desk) स्थापना गरिएको छ ।

५.   काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमल- मार्टहरु र मुख्य-मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साथै केनाइन    कार्यालयबाट तालीमप्राप्‍त कुकुरबाट चेकजाँच (Dog sniffing and search) गरिनेछ ।

६.     उक्त कार्यका लागि ५८३३ जना प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:

          १. सवारी साधनको टिकटको कालो बजारी बढ्न सक्नेएउटै टिकट पनि धेरैजनालाई बेचिन सक्नेआरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्नेयात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाई हुन सक्नेछतमा यात्रु र सामान राखिन सक्नेअपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्नेलामोदुरीका सवारी साधनहरुमा दुई वटा चालक नराखिन सक्नेमादक पदार्थ सेवन (मापसे)लागु पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउन सक्नेतीब्र गतिमा सवारी साधन चलाउन सक्ने जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउने ।

            २.  उक्त कार्यका लागि १८०० जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

ग)        चाडपर्वमा जम्मा खटिने प्रहरी सुरक्षाकर्मीहरुको संख्या ७६३३ हुनेछ ।

प्रहरी सम्पर्कको लागि:-

•           कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गरौँ,

•           प्रहरी कन्ट्रोल- १०००१-४२२८४३५ र ९८५१२८३०२६,

•           ट्राफिक प्रहरी कन्ट्रोल-१०३,

•           महिला तथा बालबालिका खोज तलास केन्द्रभृकुटीमण्डप -१०४ ।

साथै चाडपर्वमा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफूआफ्नो परिवारछिमेकसमाजर समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ:

निम्न:

१.         अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।

२.         नगदवहुमूल्य सामानगर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔँ ।

३.         घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ / छैन एकिन गरौँ र सकेसम्म साइरन जडित ताल्चा जडान गरौँ ।

४.         लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गर्ने गरौँ ।

५.         सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोवार गर्ने गरौँ । आफ्नो मोवाइल बैंकिङको One time password (OTP) हरदम गोप्य राखौँ । चेकबाट कारोबार गर्नु पर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्ने गरौँ ।

६.         सामाजिक सञ्‍जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य कदापि नगरौँ ।

७.         लङ्गुरबुर्जातासजुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बनौँ ।

८.         मादक पदार्थ सेवन (मापसे)लागु पदार्थ सेवन (लापसे) गरी कदापि सवारी नचलाऔँ ।

९.         ट्राफिक नियमको सदैव पालना गरौँ ।

१०.       हर्षोल्लास सहित चाडपर्व मनाऔँअपराध कार्यलाई भगाऔँ ।

अन्त्यमा,

“यहाँहरु ढुक्कले चाडपर्व मनाउनुहोसप्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैँछ नि”!

सम्बन्धित समाचार
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८३-०१-०२

बैशाख, ०२ गते बुधबार        काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यूको समुपस्थितिमा प्राविधिक प्रहरीतर्फ प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक टिका प्रसाद सापकोटालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।     कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०१-०१

काठमाडौं, ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्क  बस्ने ३१ वर्षीय लोब्साङ बोम्जनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीमा पीडितलाई २०८२ साउन १२ गते खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परी हिरासतमा रहेका र २०८२ भदौ २४ गतेको आन्दोलनमा प्रहरी वृत्त बौद्धको हिरासतबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कबाट पक्राउ गरेको हो । निजलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

सर्विया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०१-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्विया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका-३  घर भएका ३४ वर्षीय रामलाल राजवंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  रामलालले सर्विया पठाइदिन्छु भनी १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो । निजलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक ईश्‍वर कार्कीको प्रमुख आतिथ्यतामा “नागरिक सुनुवाई” सम्बन्धी अन्तर्कृया कार्यक्रम सम्पन्न ।
२०८२-१२-२९

काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्‍वर कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी वृत्त गौशाला, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलले आयोजना गरेको “नागरिक सुनुवाई” तथा नयाँ बर्ष २०८३ सालको शुभकामना आदन प्रदान कार्यक्रम आईतबार काठमाडौं महानगरपालिका ९  अनुपम फुडल्यान्ड बतिसपुतलीमा सम्पन्न भएको छ ।“नागरिक सुनुवाई” कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक ईश्‍वर कार्कीले सभ्य सुरक्षित समाज निर्माण गर्न हामी सबैको दायित्व भएकाले नागरिक समाज र नेपाल प्रहरी हातेमालो गरी  समाजमा रहेको विकृती-विसंगतीहरुलाई न्यूनीकरण गर्न समुदायसँग सहकार्य गर्ने बताउनुभयो । साथै आउदै गरेको नयाँ बर्ष २०८३ सालको समेत उपस्थित सबैलाई शुभकामना ब्यक्त गर्नुभयो ।        उक्त अवसरमा उपस्थित विभिन्न सहभागीहरूले शान्ति र सुरक्षाबारे आफ्ना अनुभव, सुझाव र जिज्ञासाहरु  प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रमुख, पूर्व प्रहरी कर्मचारीहरू, पशुपति क्षेत्र विकाश कोषका पदाधिकारी,  सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र चावहिलका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, स्थानीय समाजसेवी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।