प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

का.उ.प्र.का रानीपोखरीद्वारा २०८० सालको चाडपर्व लक्षित सुरक्षा योजना जारी गरिएको

२०८०-०६-२२

  • A
  • A-
  • A+
Share

काठमाण्डौ असोज

         नेपाली हिन्दुहरुको महान चाडपर्व बडा दशैँशुभ दीपावलीनेपाल सम्वत र छठ पर्वको पावन अवसरमा ‘सुरक्षित उपत्यकाहाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,  काठमाण्डौललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवनबाट संयुक्तरुपमा तयार पारिएको सुरक्षा योजना अनुरुप प्रविधिसमेतको उच्चतम प्रयोग गरी अति प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गरी समाजमा शान्तिसुरक्षा, अमय चयन कायम गरिने छ ।

 क)        चाडपर्वमा शान्तिसुरक्षा तथा अमन चयन कार्यका लागि खटिने प्रहरी:

१.    यो सुरक्षा योजना मिति २०८०।०६।२१ गतेदेखि बडा दशैँशुभ दीपावलीनेपाल सम्वत र छठपर्वसम्म कायम रहने छ ।

२.   काठमाण्डौ उपत्यकास्थित ३ वटै जिल्लाहरुमा पैदल गश्तीमोवाइल गश्तीक्यूआरटिसिआरभीकर्डनसादा पोशाकपिकेटिङस्ट्राइकिङरिजर्भआकश्मिक चेकजाँच, CCTV, Walk Through Gate, Drone, Body worn camera बाट निगरानीट्राफिक व्यवस्थापनविपद व्यवस्थापन लगायतका Pro-active Policing को माध्यमद्वारा चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।

३.     बैंकवित्तीय संस्था तथा नगद र बहुमूल्य गर-गहनाको कारोवार हुने स्थानहरुमा सादा पोशाकमा सञ्‍चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिने छ ।

४.    यात्रुहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १७ (काठमाण्डौ-१२ल.पु.-३ र भ.पु-२) स्थानमा जनपद प्रहरी र १४ स्थानमा ट्राफिक प्रहरीद्वारा गरी जम्मा ३१ स्थानमा यात्रु सहायता कक्ष (Help Desk) स्थापना गरिएको छ ।

५.   काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरुमल- मार्टहरु र मुख्य-मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साथै केनाइन    कार्यालयबाट तालीमप्राप्‍त कुकुरबाट चेकजाँच (Dog sniffing and search) गरिनेछ ।

६.     उक्त कार्यका लागि ५८३३ जना प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:

          १. सवारी साधनको टिकटको कालो बजारी बढ्न सक्नेएउटै टिकट पनि धेरैजनालाई बेचिन सक्नेआरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्नेयात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाई हुन सक्नेछतमा यात्रु र सामान राखिन सक्नेअपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्नेलामोदुरीका सवारी साधनहरुमा दुई वटा चालक नराखिन सक्नेमादक पदार्थ सेवन (मापसे)लागु पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउन सक्नेतीब्र गतिमा सवारी साधन चलाउन सक्ने जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउने ।

            २.  उक्त कार्यका लागि १८०० जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।

ग)        चाडपर्वमा जम्मा खटिने प्रहरी सुरक्षाकर्मीहरुको संख्या ७६३३ हुनेछ ।

प्रहरी सम्पर्कको लागि:-

•           कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गरौँ,

•           प्रहरी कन्ट्रोल- १०००१-४२२८४३५ र ९८५१२८३०२६,

•           ट्राफिक प्रहरी कन्ट्रोल-१०३,

•           महिला तथा बालबालिका खोज तलास केन्द्रभृकुटीमण्डप -१०४ ।

साथै चाडपर्वमा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफूआफ्नो परिवारछिमेकसमाजर समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ:

निम्न:

१.         अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।

२.         नगदवहुमूल्य सामानगर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔँ ।

३.         घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ / छैन एकिन गरौँ र सकेसम्म साइरन जडित ताल्चा जडान गरौँ ।

४.         लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गर्ने गरौँ ।

५.         सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोवार गर्ने गरौँ । आफ्नो मोवाइल बैंकिङको One time password (OTP) हरदम गोप्य राखौँ । चेकबाट कारोबार गर्नु पर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्ने गरौँ ।

६.         सामाजिक सञ्‍जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य कदापि नगरौँ ।

७.         लङ्गुरबुर्जातासजुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बनौँ ।

८.         मादक पदार्थ सेवन (मापसे)लागु पदार्थ सेवन (लापसे) गरी कदापि सवारी नचलाऔँ ।

९.         ट्राफिक नियमको सदैव पालना गरौँ ।

१०.       हर्षोल्लास सहित चाडपर्व मनाऔँअपराध कार्यलाई भगाऔँ ।

अन्त्यमा,

“यहाँहरु ढुक्कले चाडपर्व मनाउनुहोसप्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैँछ नि”!

सम्बन्धित समाचार
सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२२

आज मिति २०८२/०३/२२ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल, टुडालदेवी, नीलसरस्वती एवम् नक्साल अन्तर्गतका कुल ५९ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागी काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास शुरु गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ ।
२०८२-०३-२१

काठमाडौं, २१ असार     बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने सिन्धुली दुधौली नगरपालिका-८ घर भएका ३० वर्षीय प्रलाद खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ३६ वर्षीय सुनिल लामा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका-७ चावहिल गंगाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरी नगरपालिका-५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ ।     

लक्जेम्बर्ग पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-२१

काठमाडौं, २१ असार     वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्ज्योसोम गाउँपालिका-४ बस्ने नवलपरासी पश्चिम सरावल गाउँपालिका-२ घर भएका ४० वर्षीय भुप नारायण चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्‍न ।
२०८२-०३-१६

मिति २०८२/०३/१६ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८२।०३।१५ गतेको निर्णयानुसार मिति २०८२।०३।१५ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी निरीक्षक रामेश्वर खरेललाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।               दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।         प्रहरी निरीक्षक रामेश्वर खरेलले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०३-१२

काठमाडौं, १२ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Kedia Sewa Foundation का तर्फबाट १ थान रबर बोट, ६ थान प्याडल र १५ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।     काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसले जल उत्पन्न प्रकोपको अवस्थामा उद्दार कार्यलाई सहज मात्र नभई उद्धारकर्ता र जल उत्पन्न प्रकोपको प्रभावितलाई सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै Kedia Sewa Foundation को तर्फबाट उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले  काठमाडौं  उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशललाई अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ४८७ जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण प्रदान गरि सकिएको र उपत्यका स्थित विभिन्न प्रहरी गणहरुमा प्रहरी कर्मचारीहरु विपद्को समयमा तत्काल परिचालन हुने अवस्थामा राखिएको बताउनु भयो । हरेक वर्ष जल उत्पन्न प्रकोपले उपत्यकामा ठुलो मात्रमा क्षति गर्ने गरेको विगतलाई मध्यनजर गर्दै साधन श्रोतको कमीलाई महशुस गरि लाईफ ज्याकेट र रबर बोट तथा अन्य विपद् उद्दार सामाग्रीहरु सहयोगको रुपमा बिभिन्न निकायहरुबाट प्राप्त गरिरहेको जानकारी दिनु भयो । साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्ने सेवाभावको कार्यमा सहयोग पुर्‍याउने Kedia Sewa Foundation लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्दै प्राप्त सामग्रीको सुरक्षित भण्डारण  तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।     कार्यक्रममा Kedia Sewa Foundation का (अध्यक्ष) सुमित केडियाले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, Kedia Sewa Foundation का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।