प्रहरी कन्ट्रोल : १००
नेपा
EN

पेस्तोल सहित १ जना पक्राउ

२०८२-११-०१

  • A
  • A-
  • A+
Share

प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित नागढुङ्गा चेक प्वाईन्टबाट आज १ जनालाई नियन्त्रणमा लिएको छ ।

      चितवन देखी काठमाण्डौ तर्फ आउदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा हतियार फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाण्डौ किर्तिपुर नगरपालिका वडा नं.२ बस्ने ३० बर्षिय केयुर पुरी रहेका छन ।

     पुरीको झोलाबाट Made in USA  लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ४ (चार ) राउण्ड गोली फेला पारेको र घटनाको समबन्धमा आवस्यक अनुसन्धान भै रहेको छ । 

सम्बन्धित समाचार
सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर २०८३-०२-०७
२०८३-०२-०७

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र चन्द्रागरी नगरपालिका प्रमुख घनश्याम गिरी बिच चन्द्रागिरी नगरपालिका क्षेत्र भित्र सि.सि.टि.भि. जडान गर्ने  सम्बन्धमा समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ ।      सो कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो नाका नागढुङगा भएकोले यस  क्षेत्रको शान्तिसुरक्षा प्रभाबकारी बनाउन  नेपाल प्रहरीसँग सहकार्य गरि सि.सि क्यामेरा जडान गर्न लागिएको बताउनु भयो ।          सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सुरक्षा भनेको सवैको सामुहिक प्रयासबाट मात्र सम्भव हुने भएकाले नागरिकहरूको सुरक्षालाई मध्यनजर गरी स्थानिय सरकारले सुरक्षामा गरेको लगानीमा आफुहरुले पुर्ण रुपमा सहयोग गरि समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।       कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरु, चन्द्रागिरी नगरपालिकाका प्रशासकिय अधिकृत, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०२-०७

काठमाडौं महानगरपालिका-२६ मित्रनगर बस्ने सुनसरी घर भएका ४० वर्षीय देवेन्द्र राईलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३४ ग्राम ७ सय २० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका-९ गोंगबुबाट २ ग्राम ८ सय १० मिलिग्राम र नगद २५ हजार रूपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो । साथै थप अनुसन्धानको क्रममा काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित राई बसेको श्रमिक गेष्ट हाउसको २०२ नम्बरको कोठा तलासी गर्दा थप ३१ ग्राम ९ सय १० मिलिग्राम उक्त पदार्थ फेला परेको हो ।             यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-१ बस्ने ३८ वर्षीय मायोज भन्ने दिनेश महर्जनलाई नियन्त्रित लागूऔषध डाइजेपाम ६४७ एम्पुल, फेनारगन ६४७ एम्पुल, नोर्फिन ६४७ एम्पुल र नगद २० हजार ५० रूपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने चितवन भरतपुर महानगरपालिका-१ घर भएका ५२ वर्षीय आकाश लामालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई जना पक्राउ
२०८३-०२-०७

काठमाडौं, स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा तपस्या एचआर प्रालिका संचालक काठमाडौं महानगरपालिका-२६ बस्ने इलाम घर भएका ४८ वर्षीय मुकेश भण्डारी र बुढानिलकण्ठ नगरपालिका-३ बस्ने सिराहा घर भएका ४८ वर्षीय अजित श्रेष्ठ रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका अजितको साथबाट विभिन्न व्यक्तिहरूको राहदानी ३७ थान फेला पारी पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उक्त राहदानीहरू मुकेशले रोमानिया देशको भिषा प्रोसेसिङका लागि भारत पठाएको खुल्न आएपछि मुकेशलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा मुकेशले राहदानी विदेश लैजान वैदेशिक रोजगार विभागबाट अनुमति लिनु पर्नेमा विभागबाट अनुमति समेत नलिएको खुल्न आएको छ । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ
२०८३-०२-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा रामेछाप, रामेछाप नगरपालिका-८ घर भएका ३३ वर्षीय रमेश कुमार विश्वकर्मा, काठमाडौं महानगरपालिका-१० बस्ने गोरखा घर भएका ३५ वर्षीय चन्द्र बहादुर गुरूङ, काठमाडौं महानगरपालिका-२६ बस्ने गोरखा घर भएका ३० वर्षीय दिपेश गुरूङ, गोरखा घर भएका २४ वर्षीय सौगात गुरूङ, ललितपुर गोदावरी नगरपालिका-२२ बस्ने पाँचथर घर भएका ४८ वर्षीय सुर्य प्रकाश खेजुम र भक्तपुर सूर्यविनायक नगरपालिका-३ बस्ने काभ्रे घर भएका ३३ वर्षीया शान्ती श्रेष्ठ रहेका  छन् । पक्राउ मध्ये रमेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख २५ हजार रूपैयाँ, चन्द्र बहादुरले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ९५ हजार रूपैयाँ, दिपेश र सौगातले टर्की पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ८६ लाख २२ हजार ५ सय ७० रूपैयाँ, सुर्य प्रकाशले साइप्रस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ५० हजार रूपैयाँ र शान्तीले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ९३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई कास्कीबाट, चन्द्र बहादुरलाई काठमाडौं महानगरपालिका-१० बाट र शान्तीलाई काठमाडौं महानगरपालिका-३० बाट बुधबार तथा दिपेश र सौगातलाई काठमाडौं महानगरपालिका-२६ बाट र सुर्यलाई ललितपुर गोदावरी नगरपालिका-२२ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८३-०२-०५

काठमाडौं महानगरपालिका-८ पशुपति नजिकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय ५० ग्राम सहित ललितपुर बालकुमारी बस्ने सुर्खेत भेरीगंगा नगरपालिका-१२ घर भएका २५ वर्षीय खिमराज कठायतलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ६० वर्षीया साईली तामाङलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।              यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१२ बाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, नोर्फिन ५ एम्पुल र फेनारगन ५ एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बस्ने ३६ वर्षीय विशाल आङ्देम्बे र काभ्रे चौरीदेउराली गाउँपालिका-६ घर भएका २५ वर्षीय नवराज नेपाली रहेका छन् । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले विशालको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

दर्ज्यानी चिन्ह सुशोभन तथा बिदाई कार्यक्रम सम्पन्न ।
२०८३-०२-०५

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीज्यूको समुपस्थितिमा प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका प्रहरी निरीक्षक कुमार थापालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।        साथै सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा मिति २०८३।०२।०१ गतेबाट सेवा अवधीको आधारमा अनिवार्य अवकाश भएका पूर्व प्रहरी निरीक्षक काजिमान लामालाई आज काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा एक कार्यक्रम बिच बिदाई गर्नुभएको छ ।     कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।