प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

काठमाडौं, २४ माघ

         काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

      काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको निरुपण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालयको दैनिक काम, कर्तव्य र  अधिकार लगायत काठमाडौं उपत्यकाको सुरक्षा चुनौतीहरु र त्यसको समाधानको निम्ति चालिएका कदमहरुको सम्बन्धमा जानकारि दिनुका साथै आगामी कार्यदिशा र भावी योजनाहरुको सम्बन्धमा जानकारी गराउनु भएको थियो  । साथै प्रहरी कर्मचारीलाई प्रहरी कार्यमा प्रभावकारिता अभिवृद्धि गर्नको निमित्त हात- हतियार लगायत अपराध अनुसन्धानको अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न गरिएको र आगामी दिनहरुमा सूचना प्रविधि सम्बन्धि अनुशिक्षण प्रदान गर्ने योजना रहेको समेत बताउनु भयो ।

           काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न भए गरेका कार्यहरु लगायत सृजनशील कार्यहरुका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले प्रस्तुतीकरण गर्नु भएको उक्त कार्यक्रममा विभिन्न संचार माध्यमबाट संचारकर्मीहरुको उपस्थिती रहेको थियो । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।  पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-२७

     काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।