"सत्य, सेवा सुरक्षणम्"
काठमाण्डौ, २१ असोज नेपाली हिन्दुहरुको महान चाडपर्व बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाण्डौ, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट संयुक्तरुपमा तयार पारिएको सुरक्षा योजना अनुरुप प्रविधिसमेतको उच्चतम प्रयोग गरी अति प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गरी समाजमा …
झुटो समाचारको खण्डन गरिएको बारे (२०८०।०३।१३)
प्रेस बिज्ञप्ति
काठमाडौं, २९ चैतअबैध रुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १ सय २९ सहित २ जना बंगलादेशी नागरिक र १ जना भारीय नागरिक गरी ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडि मोफिजुल ईस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार रहेका छन् …
काठमाडौं महानगरपालिका-२२ प्युखाँबाट स्रोत नखुलेको नगद १२ लाख ५० हजार रूपैयाँसहित ललितपुर गोदावरी नगरपालिका-२ बस्ने ५२ वर्षीय राजेन्द्र सिलवाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, १० चैत सेवा अवधि पुरा गरी सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँ को शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूले फूलमाला लगाई हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई …
काठमाडौं, ४ फागुन काठमाडौं महानगरपालिका-१४ कलकीस्थित गणपति गेष्ट हाउसा जुवातास खेलिरहेको अवस्थामा सोही गेष्ट हाउसका संचालक काठमाडौं कलंकी बस्ने ५२ वर्षीय केशव थापा समेत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई जुवातास खेल्न प्रयोग भएको नगद ६३ हजार रूपैयाँ र १ बुक तास सहित फेला …
सम्मानित अदालतहरूको आदेशले विभिन्न मुद्दामा कैद र जरिवाना फैसला भई फरार रहेका अपराधीलाई कानून बमोजिम पक्राउ गर्ने कार्यलाई उपत्यका प्रहरी कार्यालयले तिव्रता दिएको छ । चालु आर्थिक बर्ष ०७९।०८० को श्रावण देखि फागुन ३ गते सम्म ११६३ जना फरार अपराधी पक्राउ गरिएको छ । उनिहरूबाट १३७ बर्ष १ महिना ९ दिन कैद र जरिवाना वापत १७ करोड ३८ लाख ८ हजार ५० रुपैया …