अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने व्यक्ति पक्राउ
२०८३-०४-२६
- A
- A-
- A+
काठमाडौं, अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरूपयोग
गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२२ बस्ने रौतहट
चन्द्रपुर नगरपालिका-२ घर भएका २९ वर्षीय दिपेन्द्र कर्माचार्यलाई शुक्रबार
प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई
काठमाडौं महानगरपालिका-२२ टेवहालबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको
क्रममा उनले नेपाल सरकारको स्विकृती नलिई आर्थिक लाभ लिने उद्देश्यले
सर्वसाधारणलाई झुक्यानमा पारी नेपाल सरकारबाट मान्यता प्राप्त जिपिएस ट्रर्याकर
डिभाइस रहेको भनि झुठ्ठा प्रचार प्रसार गरी व्यवसायिक प्रयोजनको लागि चीनबाट आयात
हुने जिपिएस ट्रर्याकर डिभाइसमा नेपाल सरकारको निशान छाप राख्न लगाई, निशान छापको दुरूपयोग गरी जिपिएस ट्रर्याकर बिक्री वितरण गरेको खुल्न
आएको छ । प्रहरीले उनको साथबाट नेपाल सरकारको निशान छाप अंकित ५२ थान जिपिएस ट्रर्याकर
डिभाइस बरामद गरेको छ । उनलाई थप आवश्यक अनुसन्धान तथा
कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।