जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८३-०५-०१
- A
- A-
- A+
भक्तपुर, सूर्यविनायक नगरपालिका-१० भातेढिकुरस्थित होटल
भ्यू भक्तपुरमा जुवातास खेलिरहेको अवस्थामा भक्तपुर नगरपालिका-८ जगाती बस्ने ४७
वर्षीय हरीकृष्ण सिन्ताकला समेत ५ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २० रूपैयाँ र १ सय
२८ पत्ती तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।