मौरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०५-०३
- A
- A-
- A+
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी
मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले काठमाडौं गोकर्णेश्वर
नगरपालिका-८ बस्ने ओखलढुङ्गा सुनकोशी गाउँपालिका-२ घर भएका ५१ वर्षीय फुलमान
तामाङलाई मंगलबार पक्राउ गरेको छ । फुलमानले मौरिसस
पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने
पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको
प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-६ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल
काठमाडौं पठाइएको छ ।