प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि अभिभावक शिक्षा सम्बन्धी अन्तक्रिया कार्यक्रम

२०८१-०५-२७

  • A
  • A-
  • A+
Share

   काठमाण्डौ, २७ भदौ         

      ओमेगा कलेज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, तिखेदेवल ललितपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि अभिभावक शिक्षा सम्बन्धी अन्तक्रिया कार्यक्रम ललितपुर महानगरपालिका -०५, ओमेगा कलेजमा सम्पन्न भएको छ ।

      विभिन्न अपराध र अपराधिक घटनाको बारेमा सचेतना बढाउनु, कानूनको अज्ञानता क्षमा नहुने भन्ने बारे जानकारी प्रदान गर्नु साथै प्रहरी-शैक्षिक संस्था – अभिभावक बिचको सम्बन्ध स्थापित गर्नु प्रमुख उद्धेश्यका साथ आयोजित उक्त कार्यक्रममा उठेका जिज्ञाशाहरुको सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरी भय नभई भरोसा भएको भन्ने हरेक नागरीक तथा विद्यार्थीहरुलाई प्रत्याभुती दिलाउन सक्नु नेपाल प्रहरीको अभिलाषा बमोजिम काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहतले सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै  जनचेतना मूलक पाठ्यपुस्तक नै तयार गरी विभिन्न स्थानिय तहसग सम्झौता समेत गरिसकेको बताउनुभयो ।

       प्रारम्भिक सूचनानै अपराध अनुसन्धानको मूल श्रोत हुनाले  समुदायका हरेक नागरिक पनि बिना वर्दीको प्रहरी भएको हुदा समयमै सूचना प्रहरीलाई दिन अनुरोध गदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले हरेक अभिभाभकले आफ्नो बाल- बालिकाको बारेमा बिषेश ख्याल गर्दै उनीहरुको मानसिक तथा शारिरीक परिवर्तनको सहयात्री बन्न अनुरोध गर्नुभयो । साथै नजिकै आउँदै गरेका शुभ विजया दशमी, दिपावली, छठ साथै नेपाल संवत् ११४५ को हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वहरूलाई सुरक्षित साथ मनाउनका लागि समेत अनुरोध गर्नुभयो ।

         कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनाल, प्रहरी कर्मचारीहरू, शिक्षक/शिक्षिकाहरु, अभिभावकहरु, विद्यार्थीहरु  लगायतको उपस्थिति रहेको थियो ।

   

सम्बन्धित समाचार
विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०२

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज मिति २०८२/०३/०२ गते सम्म २७९ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०१

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज निति २०८२/०३/०१ गते सम्म २२३ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

विपद् सम्बन्धी १ दिने अनुशिक्षण अभ्यास कार्यक्रम सम्पन्न ।
२०८२-०२-३०

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ५५ जना प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ दहमा आज मिति २०८२।०२।३० गते ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास सञ्चालन गरिएको छ ।

विपद् सम्बन्धी १ दिने अनुशिक्षण अभ्यास कार्यक्रम सम्पन्न ।
२०८२-०२-२९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत  ५९ जना प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ दहमा आज मिति २०८२।०२।२९ गते ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास सञ्चालन गरिएको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।
२०८२-०२-२६

काठमाडौं, २६ जेठ        प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालयको  निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।  निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले परिचालन कक्ष, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, अपराध अनुसन्धान शाखा लगायतका शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।    निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई काम गर्नुपर्ने बताउनुभयो । उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।             प्रहरी महानिरीक्षक थापाले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप क्रियाशील हुनपर्ने बताउँदै हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी विगतमा देखिएका कमीकमजोरीलाई मनन गर्दै भरपर्दो सुरक्षा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।              प्रहरी महानिरीक्षक थापाले संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै सभ्य बोलीवचन, शिष्ट व्यवहार र सामुहिक भावनाका साथ व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो ।     काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुहुदैसंगठन प्रमुखज्यूबाट प्राप्त निर्देशनहरु तरारुकताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।    उक्त कार्यक्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले मानवश्रोत व्यवस्थापन, कार्यालय व्यवस्थापन, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट गरिएका प्रयासहरू, सृजनशील कार्य, समस्या र चुनौतिहरू, आगामी कार्य दिशा/योजनाहरू र तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।             कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी गीतकार सङ्घ नेपाल, सङ्गीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८२-०२-२६

काठमाडौं, २६ जेठ             प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी गीतकार सङ्घ नेपाल, संगीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिच अन्तरक्रिया कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा सोमबार सम्पन्न भएको छ ।        काठमाडौं उपत्यका प्रहरी कार्यलयको सहकार्यमा गीतकार सङ्घ नेपाल, संगीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिचमा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी संयुक्त अन्तरक्रिया कार्यक्रमको अवसरमा अधिवक्ता संगित ढुङ्गानाले “प्रतिलिपि अधिकार ऐन २०५९” सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।    कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कला, साहित्य, ज्ञानविज्ञान, सूचनाप्रबिधी तथा अन्य क्षेत्रमा मौलिक एंब बौद्दिक रुपले सिर्जना गरिएका रचनालाई प्रस्तुति एवम् प्रसारणमा स्रष्टालाई बौद्धिक सम्पत्तिका रुपमा कानूनद्वारा प्रदान गरिएको “प्रतिलिपि अधिकार” सम्बन्धी व्यवस्थालाई बुझाइमा एकरुपता ल्याउन यस कार्यक्रमले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।    कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सङ्गीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश चन्द्र अधिकारी, गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष अष्ट लामा, रोयल्टी सङ्कलन समाजका राम कुमार नेपाली, रोयल्टी सङ्कलन समाजका कृष्ण नेपाली, रोयल्टी संकलन समाजका बाल कुमार राई, गीतकार सङ्घ नेपालका महासचिव टीका राई (शिव) लगायत अन्य प्रतिनिधीहरु, उपत्यका प्रहरी कार्यालय तथा मातहतका कार्यालयका सिनियर प्रहरी अधिकृतहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।