"सत्य, सेवा सुरक्षणम्"
काठमाडौं: २४ वर्षीया महिलालाई जबरजस्ती करणी पश्चात पीडितकै नगद र गहना लुटपाट गरी फरार रहेको अभियोगमा काभ्रे तिमाल गाउँपालिका-९ घर भई बनेपा डेरा गरी बस्ने भोटे, जय, आशिष भन्ने ३० वर्षीय बिश्व तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।ती महिलालाई जेठ २९ गते आफूलाई भोटे बताउने व्यक्तिले ललाई फकाई बिबाह गर्छु भनी प्रलोभनमा पारी काठमाडौं महानगरपालिका-११ भोटेबहालस्थित एक गेष्ट हाउसमा राखी लठ्ठिने पदार्थ पेय पदार्थमा मिसाएर खुवाई जबरजस्ती करणी पश्चात ती महिलाको नगद १ लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल समेत लुटी फरार भएका थिए । उक्त घटनाको सूचना प्राप्त भएको तर अभियुक्त अपरिचित भई शून्यकै अवस्थामा रहेको अनुसन्धानलाई अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी अभियुक्तको पहिचान हुनासाथ प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।उनी उपर जबर्जस्ती करणी गर्न नहुने र चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइहेको छ ।
काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित प्रशंसा ज्वलेर्सबाट २ तोला सुनको सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा तारकेश्वर नगरपालिका-६ शेषमती बस्ने नुवाकोट विदुर नगरपालिका-१० भैसे घर भएका २२ वर्षीय सुरेश नगरकोटी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।उक्त ज्वलेर्समा बैशाख २३ गते दिउँसो सुनको सिक्री किन्छु भनि २ तोलाको २ वटा सुनको सिक्री मागी सिक्री हेर्दा हेर्दै चोरी भएको घटनाको अनुसन्धानको क्रममा चोरीमा संलग्न सुरेश र चोरीको सिक्री खरिदमा संलग्न व्यक्ति समेतलाई चोरी भएको सुनको सिक्री गाली सकेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको छ ।