प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्‍न ।
२०८२-०३-१६

मिति २०८२/०३/१६ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८२।०३।१५ गतेको निर्णयानुसार मिति २०८२।०३।१५ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी निरीक्षक रामेश्वर खरेललाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।               दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।         प्रहरी निरीक्षक रामेश्वर खरेलले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, १२ असारवैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-११ बस्ने रूकुम पश्चिम त्रिवेणी गाउँपालिका-१ घर भएका ४० वर्षीय जगदिश महर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने नवलपरासी पूर्व बुलिङटार गाउँपालिका-४ घर भएका ३७ वर्षीय डिल बहादुर आले मगर र काठमाडौं महानगरपालिका-२६ बस्ने सिन्धुली घ्याङलेख गाउँपालिका-६ घर भएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठ रहेका छन् ।             पक्राउ मध्ये जगदिशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ, डिल बहादुरले सर्बिया पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ५ लाख १० हजार रूपैयाँ र प्रेम कुमारले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जगदिशथलाई काठमाडौं महानगरपालिका-७ बाट, डिल बहादुरलाई काठमाडौं महानगरपालिका-४ बाट र प्रेम कुमारलाई काठमाडौं टोखा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।              उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सामाजिक सञ्जाल मार्फत ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-१२

काठमाडौं, १२ असारसामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् । फेसबुक पेज तथा टेलिग्राम ग्रुप मार्फत समिर तामाङ नाम गरेको एकाउन्टबाट विदेशमा सञ्चालित फर्निचर कम्पनीमा लगानी गर्दा फाइदा हुने तथा अनलाइन जब लगाइदिने जस्ता पोष्ट गरी प्रलोभनमा पारी विभिन्न बैंक खातामा नगद २३ लाख १५ हजार रूपैयाँ जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं माइतीघरबाट पक्राउ गरेको हो । साथै प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले १ करोड ३१ लाख ६२ हजार ६ सय ७५ रूपैयाँ बराबरको अभौतिक मुद्राको कारोबार समेत गरेको खुल्न आएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

लागूऔषध दुर्व्यसन रहित घर अभियान शुभारम्भ
२०८२-०३-१२

ललितपुर, १२ असारललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक दिपक थापाको समुपस्थितिमा ललितपुर सानेपामा बिहीबार आयोजित विशेष समारोहबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ शुभारम्भ भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितपुर महानगरपालिका, जिल्ला प्रहरी परिसर ललितपुर र सामुदायिक सेवा केन्द्र सानेपाको संयुक्त आयोजनामा लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा उक्त अभियान शुभारम्भ भएको हो ।  सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच लागूऔषध दुर्व्यसन रहित घर अभियान, २०८२ सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको छ । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लागूऔषध दुरूपयोग एवम् ओसारपसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अन्तर विद्यालय स्तरीय फुटसल प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै सोही अवसरमा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक गोबिन्द थापा र ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले चित्रकला र निबन्ध प्रतियोगिताका विजेताहरूलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले समाजमा शान्ति सुव्यवस्था कायम गर्न, अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान लगायत हरेक क्रियाकलापमा नेपाल प्रहरीले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । आज शुभारम्भ भएको यस अभियानलाई सफल बनाउन ललितपुर महानगरपालिकाले सबै सरोकारवाला पक्षहरूसँग सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापाले कानूनको प्रभावकारी कार्यान्वयनको साथसाथै समाजमा घटित हुने हरतरहका अपराधको नियन्त्रण, रोकथाम र अनुसन्धानको प्रमुख जिम्मेवारी नेपाल प्रहरीले प्राप्त गरेको उल्लेख गर्दै सुरक्षित, स्वस्थ र लागूऔषध रहित समाज निर्माणमा नेपाल प्रहरी सदैव कटिवद्ध रहँदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । लागूऔषध दुर्व्यसन र कारोबारमा देखिएका प्रवृत्ति र प्रभावलाई निस्तेज पार्न प्रहरी कर्मचारीहरूलाई थप दक्ष, नविनतम् प्रविधि र स्रोतसाधन युक्त बनाउँदै लैजाने उल्लेख गर्दै उहाँले लागूऔषध विरूद्धको अभियानमा निर्ममतापूर्वक अगाडि बढ्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । समारोहमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेश कुमार महर्जन र सामुदायिक सेवा केन्द्र सानेपाका सचिव सुरेन्द्र खड्काले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयले लागूऔषध दुर्व्यसन विरूद्ध सचेतनामूलक नाटक प्रस्तुती एवम् समुदाय-प्रहरी साझेदारी सम्बन्धी नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ललितपुर महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको   थियो । 

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०३-१२

काठमाडौं, १२ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Kedia Sewa Foundation का तर्फबाट १ थान रबर बोट, ६ थान प्याडल र १५ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।     काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसले जल उत्पन्न प्रकोपको अवस्थामा उद्दार कार्यलाई सहज मात्र नभई उद्धारकर्ता र जल उत्पन्न प्रकोपको प्रभावितलाई सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै Kedia Sewa Foundation को तर्फबाट उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले  काठमाडौं  उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशललाई अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ४८७ जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण प्रदान गरि सकिएको र उपत्यका स्थित विभिन्न प्रहरी गणहरुमा प्रहरी कर्मचारीहरु विपद्को समयमा तत्काल परिचालन हुने अवस्थामा राखिएको बताउनु भयो । हरेक वर्ष जल उत्पन्न प्रकोपले उपत्यकामा ठुलो मात्रमा क्षति गर्ने गरेको विगतलाई मध्यनजर गर्दै साधन श्रोतको कमीलाई महशुस गरि लाईफ ज्याकेट र रबर बोट तथा अन्य विपद् उद्दार सामाग्रीहरु सहयोगको रुपमा बिभिन्न निकायहरुबाट प्राप्त गरिरहेको जानकारी दिनु भयो । साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्ने सेवाभावको कार्यमा सहयोग पुर्‍याउने Kedia Sewa Foundation लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्दै प्राप्त सामग्रीको सुरक्षित भण्डारण  तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।     कार्यक्रममा Kedia Sewa Foundation का (अध्यक्ष) सुमित केडियाले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, Kedia Sewa Foundation का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८२-०३-११

मिति २०८२/०३/११ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८२।०३।१० गतेको पत्रले २०८२/०३।०९ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्‍ठ हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी वरिष्‍ठ हवल्दार अमृत कुमार श्रेष्‍ठ, प्रहरी वरिष्‍ठ हवल्दार मान बहादुर ठगुन्ना र प्रहरी वरिष्‍ठ हवल्दार गोपाल सिंह बुढाथोकीलाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।               दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।              कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०३-०९

काठमाडौं, ९ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Global IME Bank limited तर्फबाट १ थान रबर बोट र ८ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।     काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसले उद्दार कार्यलाई सहज मात्र नभई जल उत्पन्न प्रकोपको अवस्थामा सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै Global IME Bank limited को सहयोगमा १ थान रबर बोट र ८ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको हो ।   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले  काठमाडौँ उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ४८७ जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण प्रदान गरि सकिएको जानकारी दिनु भयो । साथै हरेक वर्ष जल उत्पन्न प्रकोपले उपत्यकामा ठुलो मात्रमा क्षति गर्ने गरेको विगतलाई मध्यनजर गर्दै साधन श्रोतको कमीलाई महशुस गरि हाल सम्म ७०० वटा  लाईफ ज्याकेट र निजि क्षेत्रबाट १ वटा  रबर बोट प्राप्त गरिसकेको जानकारी दिनु भयो । साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने Global IME Bank limited लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्दै यसको सुरक्षित भण्डारण  तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।     कार्यक्रममा Global IME Bank limited का प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । साथै Global IME Bank limited आगामी दिनहरुमा पनि समन्वय,सहकार्य र सहयोगका लागी सधै तयार रहेको बताउनु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, Global IME Bank limited का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र SENTINEL LAB PVT LTD बिच Memorandum Of Understanding (MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न ।
२०८२-०३-०९

काठमाडौं, ९ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र SENTINEL LAB PVT LTD का Director अनिता देवकोटा बिच Memorandum Of Understanding(MOU) हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।   दुई पाङ्ग्रे सवारी साधन चोरी हुनबाट रोक्न सवारी साधनमा जडान गरिने Device बाट सवारी साधनको Real Time Location पहिचान गरी सवारी साधनहरूको चोरी नियन्त्रण तथा अनुसन्धानका साथै  दुई पाङ्ग्रे सवारी साधनहरूमा विशेष गरी रातको समयमा सवार गर्ने महिलाहरूको लागि सुरक्षित यात्राको वातावरण सृजना गरी सवारी साधन र सवारी धनिहरुलाई सुरक्षा प्रदान गर्ने लगायत ट्राफिक जाम तथा यसको कारण पत्ता लगाई  प्रहरी कारबाहीको क्रममा प्रमाणको रुपमा प्रयोग गर्ने उद्देश्य सहित यस सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।  Memorandum Of Understanding (MOU) हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने कार्यमा यस Geographic Information System (GIS) प्रविधि सहितको LOCOMO Device बाट अपेक्षित लाभ हासिल हुन सक्ने अपेक्षा गर्नु भयो । साथै आधुनिक समयमा प्रविधिको प्रयोग गरी नेपाल प्रहरीले विभिन्न आपराधिक घटनाहरूको नियन्त्रण तथा अनुसन्धान गरिरहेको चर्चा गर्दै आगामी दिनहरुमा थप प्रविधियुक्त बनाई प्रभावकारी रुपमा सुरक्षा प्रदान गरिने बताउनु भयो ।      कार्यक्रममा SENTINEL LAB PVT LTD का निर्देशक अनिता देवकोटाले आफ्नो  मन्तव्य व्यक्त गर्दै वर्तमान समयमा प्रविधिको महत्वलाई चर्चा गर्दै नागरिकहरु बिना वर्दीका प्रहरी हुने भएकाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा आफ्नो र संस्थाको तर्फबाट सदैव सहयोग हुने प्रतिवद्दता जनाउनु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, SENTINEL LAB PVT LTD का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न
२०८२-०३-०६

काठमाडौं, ६ असार            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम गोङ्गबु स्थित नयाँबसपार्कमा शुक्रबार सम्पन्न भएको छ ।              मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्ने, यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने र सडकप्रतिको नागरिक चेतना अभिवृद्धि गर्ने उद्देश्य सहित  सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ गरिएको हो । जस अन्तर्गत काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनका सदस्यहरु तथा  यात्रुहरुको लागि बसपार्क लगायत विभिन्न १२ वटा स्थानमा नागरिक सहायता कक्ष स्थापना गरि मनसुन सम्बन्धी जानकारी दिने व्यवस्था गरिएकोमा आजै नागरिक सहायता कक्षको समेत समुद्‍घाटन गरिएको छ ।            कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले वर्षाको समयमा मनसुनसँगै विभिन्न प्राकृतिक विपदहरूको जोखिम विशेष गरी बाढी, पहिरो र डुबानले  सडक अवरोध, सवारी दुर्घटना र जनधनको क्षति जस्ता घटनाहरू घट्ने हुदा मनसुन सम्बन्धी सूचना लिएर मात्र यात्रा गर्दा सुरक्षित हुने कुरामा जोड दिनुभयो । साथै मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीको एकल प्रयासले मात्र पर्याप्त नहुनेहुदा सबै नागरिकको सजगता, सहभागिता र सहकार्य अपरिहार्य भएकाले सडक सुरक्षा सुनिश्चिताका लागि सबै सरोकारवाला पक्षको एक्यवद्धताको लागि अपिल समेत गर्नुभयो ।         कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वर्षातको समय नजिकिएसँगै मनसुनका कारण सडक र सवारी आवागमनमा यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो ।            कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द थापा,   नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, ट्राफिक व्यवस्थापन एवं सडक सुरक्षासँग आवद्ध सरोकारवाला निकाय एवं संघ-संस्थाका प्रतिनिधीहरु, नेपाल प्रहरीका कर्मचारीहरु, यातायात व्यवसायीहरु, नागरिक समाजका प्रतिनिधिहरु र सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।  

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न ।
२०८२-०३-०५

काठमाडौं, ५ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालय को आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा  मिति २०८२/०२/२९ गतेदेखि ०३/०५ गतेसम्म सञ्चालित जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङको बिषेश आतिथ्यतामा सम्पन्न भएको छ ।     काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ दह तथा काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका स्थित रानीपोखरीमा ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रम सञ्चालन गरी ४८७ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको थियो ।    जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाभित्र आइपर्ने प्रकोपहरुको समयमा उद्धारका लागि विपद् सम्बन्धी पूर्वाभ्यास स्वरुप यस्ता अनुशिक्षण कार्यक्रमले मनसुनजन्य विपद्को समयमा उद्दारकर्तालाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका प्रकोप उद्दार प्रतिकार्यको लागी सहयोग, समन्वय र सहकार्यको लागि सधै तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।     अनुशिक्षण तालिम समापन कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां काठमाण्डौ उपत्यका प्रहरी कार्यालय सिमित साधनका बावजुत जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्यका लागि साधान-स्रोत जुटाएर विपद्को समयमा नागरिकको उद्धारका लागि प्रहरी जनशक्ति तयारी हालतमा राख्न निरन्तर प्रयास गरिरहेको जानकारी दिदै आगामी दिनहरुमा विपद् उद्दारको लागी जनशक्ति तयार गर्न “तालिम पाठयक्रम” नै तयार गरेर अगाडि बढ्न आफूहरुले योजना बनाइरहेको समेत बताउनु भयो । जनताले विपद् पर्दा सबैभन्दा नजिक रहेको प्रहरी बिट तथा प्रहरी चौकी तत्पश्चात स्थानीय निकायलाई सम्झिने हुँदा प्रहरी र स्थानिय सरकारको सहकार्य गरेर अघि बढ्नु वर्तमान आवश्यकता रहेको औल्याउँदै सबै सरोकारबाला निकायहरुसँग सहकार्य गरेर अघि बढ्न नेपाल प्रहरी सधै प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।      सबै किसिमका विपद्-जोखिममा सबैले हातेमालो गरेर अघि बढ्दा जोखिमबाट राहत महसुस हुने चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले उद्दारको समयमा सुरक्षाकर्मीहरूको साथमा समुदायको सक्रिय सहभागिताको आवश्यकलाई महशुस गरी समुदायका स्थानीय नागरिकहरूलाई विपद् व्यवस्थापनको पूर्वतयारी, प्रतिक्रिया, र पुनर्स्थापना प्रक्रियामा प्रशिक्षित गर्ने उद्देश्यका साथ सामुदायिक विपद् स्वयमसेवक (Community Disaster Volunteer Programme (CDVP)) कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिदै आगामी दिनहरुमा सामुदायिक विपद् स्वयमसेवकहरुलाई समेत विपद् प्रतिकार्य अनुशिक्षण प्रदान गर्ने उपत्यका प्रहरी कार्यालयको योजना रहेको बताउनु भयो ।       कार्यक्रममा , Nepal Association of Rafting Agencies का अध्यक्ष कमल बहादुर ठकुरीले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । सोही अवसरमा विभिन्न उद्दारको समयमा प्रहरी परिचालन को परिस्थितिजन्य लाईभ डेमो अभ्यास समेत प्रस्तुत गरिएको थियो । साथै जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिमलाई सफल बनाउन भूमिका खेल्ने केही व्यक्तित्वहरुलाई प्रशंसापत्र समेत वितरण गरिएको थियो ।    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिकग्राम शर्माले  तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, काठमाडौं महानगरपालिका-२७ का वडा अध्यक्ष योगेश खड्गी, शंखधर उधान रत्नपार्क तथा रानीपोखरी इकाइका प्रमुख दामोदार लामा, नागराजा-नागरानी बासस्थान समाज टौदह कीर्तिपुरका अध्यक्ष श्रीराम खड्का काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरु, Nepal Association of Rafting Agencies का प्रशिक्षकहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०४

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका स्थित रानीपोखरीमा‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज मिति २०८२/०३/०४ गते सम्म ४८७ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०४

काठमाडौं, ४ असार            बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१४ घर भएका ६१ वर्षीय श्याम कुमार कार्की र काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-७ घर भएका ३४ वर्षीया अस्मिता तामाङ रहेका छन् ।             काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्याम कुमारलाई काठमाडौं महानगरपालिका-१४ खसीबजारबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख ३१ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी अस्मितालाई काठमाडौं महानगरपालिका-१६ बाट प्रहरीले पक्राउ गरेको हो ।             पक्राउ मध्ये श्याम कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अस्मितालाई  प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-०४

काठमाडौं, ४ असार            वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका-३ बस्ने सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका ३४ वर्षीय दिपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका-१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् ।              पक्राउ मध्ये सुजनी कुमारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनी कुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा दिपक कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।              उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको   छ । 

सुन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ
२०८२-०३-०४

काठमाडौं, ४ असार            त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब १ किलो १ सय ५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस पदार्थ सहित भारतीय नागरिक ५३ वर्षीया MEENA SURJEET SINGH KHEMANI मंगलबार राति पक्राउ परेकी छिन् ।             एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौं आएकी उनलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकले र्‍याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।              यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०३-०३

काठमाडौं, ३ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई सिप्रदी Trading Private Limited तर्फबाट २०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।     काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसमध्ये लाईफ ज्याकेटलाई महत्वपूर्ण उद्दार सामाग्री मानिन्छ जसले उद्दार कार्यलाई सहज मात्र नभई जल उत्पन्न प्रकोपको अवस्थामा सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै सिप्रदी Trading Private Limited को सहयोगमा २०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको हो ।   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले उक्त प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने सिप्रदी Trading Private Limited लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्नु भयो ।  काठमाडौं उपत्यका मातहत काठमाडौं उपत्यका बिशेष सुरक्षा गण त्रिपुरेश्वर, काठमाडौ उपत्यका सशस्त्र प्रहरी गण नं.२ महाराजगंञ्ज र पहरा गण सामाखुसीलाई तत्काल ५०/५० थान हस्तान्तरण  गरी  कुनै पनि समय परिचालन हुने अवस्थामा रहेने गरी स्टयान्ड वाईका रुपमा राख्ने समेत बताउनु भयो ।   साथै काठमाडौँ उपत्यकामा हुने  मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम  सञ्चालन गरिरहेको समेत जानकारी दिनु भयो ।    कार्यक्रममा सिप्रदी Trading Private Limited का प्रमुख कार्यकारी अधिकृत राजिब बाबु श्रेष्ठले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, सिप्रदी Trading Private Limited का COO (Chief Operating Officer) राजेश प्रसाद गिरी, सिप्रदी Trading Private Limited का VP (Vice President) सौरभ राज थपलिया साथै सिप्रदी Trading Private Limited का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०३

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज मिति २०८२/०३/०३ गते सम्म ३७८ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०२

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज मिति २०८२/०३/०२ गते सम्म २७९ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०१

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज निति २०८२/०३/०१ गते सम्म २२३ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

विपद् सम्बन्धी १ दिने अनुशिक्षण अभ्यास कार्यक्रम सम्पन्न ।
२०८२-०२-३०

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ५५ जना प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ दहमा आज मिति २०८२।०२।३० गते ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास सञ्चालन गरिएको छ ।

विपद् सम्बन्धी १ दिने अनुशिक्षण अभ्यास कार्यक्रम सम्पन्न ।
२०८२-०२-२९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत  ५९ जना प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ दहमा आज मिति २०८२।०२।२९ गते ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास सञ्चालन गरिएको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।
२०८२-०२-२६

काठमाडौं, २६ जेठ        प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालयको  निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।  निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले परिचालन कक्ष, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, अपराध अनुसन्धान शाखा लगायतका शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।    निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई काम गर्नुपर्ने बताउनुभयो । उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।             प्रहरी महानिरीक्षक थापाले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप क्रियाशील हुनपर्ने बताउँदै हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी विगतमा देखिएका कमीकमजोरीलाई मनन गर्दै भरपर्दो सुरक्षा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।              प्रहरी महानिरीक्षक थापाले संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै सभ्य बोलीवचन, शिष्ट व्यवहार र सामुहिक भावनाका साथ व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो ।     काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुहुदैसंगठन प्रमुखज्यूबाट प्राप्त निर्देशनहरु तरारुकताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।    उक्त कार्यक्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले मानवश्रोत व्यवस्थापन, कार्यालय व्यवस्थापन, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट गरिएका प्रयासहरू, सृजनशील कार्य, समस्या र चुनौतिहरू, आगामी कार्य दिशा/योजनाहरू र तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।             कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी गीतकार सङ्घ नेपाल, सङ्गीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८२-०२-२६

काठमाडौं, २६ जेठ             प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी गीतकार सङ्घ नेपाल, संगीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिच अन्तरक्रिया कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा सोमबार सम्पन्न भएको छ ।        काठमाडौं उपत्यका प्रहरी कार्यलयको सहकार्यमा गीतकार सङ्घ नेपाल, संगीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिचमा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी संयुक्त अन्तरक्रिया कार्यक्रमको अवसरमा अधिवक्ता संगित ढुङ्गानाले “प्रतिलिपि अधिकार ऐन २०५९” सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।    कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कला, साहित्य, ज्ञानविज्ञान, सूचनाप्रबिधी तथा अन्य क्षेत्रमा मौलिक एंब बौद्दिक रुपले सिर्जना गरिएका रचनालाई प्रस्तुति एवम् प्रसारणमा स्रष्टालाई बौद्धिक सम्पत्तिका रुपमा कानूनद्वारा प्रदान गरिएको “प्रतिलिपि अधिकार” सम्बन्धी व्यवस्थालाई बुझाइमा एकरुपता ल्याउन यस कार्यक्रमले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।    कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सङ्गीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश चन्द्र अधिकारी, गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष अष्ट लामा, रोयल्टी सङ्कलन समाजका राम कुमार नेपाली, रोयल्टी सङ्कलन समाजका कृष्ण नेपाली, रोयल्टी संकलन समाजका बाल कुमार राई, गीतकार सङ्घ नेपालका महासचिव टीका राई (शिव) लगायत अन्य प्रतिनिधीहरु, उपत्यका प्रहरी कार्यालय तथा मातहतका कार्यालयका सिनियर प्रहरी अधिकृतहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सामुदायिक विपद् स्वयमसेवक परिचालन सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।
२०८२-०२-२५

काठमाडौं, २५ जेठ    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सामुदायिक विपद् स्वयमसेवक परिचालन सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सभाहलमा सम्पन्न भएको छ ।       काठमाडौं उपत्यकामा हुने विपद् जस्तै भूकम्प, बाढी, पहिरो, आगलागी, र मानवजनित आपतकालीन अवस्थाहरू (जस्तै महामारी, दुर्घटना, र हिंसात्मक घटना) को अवस्थामा सुरक्षाकर्मीहरूको साथमा समुदायको सक्रिय सहभागिताको आवश्यकलाई महशुस गरी समुदायका स्थानीय नागरिकहरूलाई विपद् व्यवस्थापनको पूर्वतयारी, प्रतिक्रिया, र पुनर्स्थापना प्रक्रियामा प्रशिक्षित गर्ने उद्देश्यका साथ Community Disaster Volunteer Programme (CDVP) कार्यक्रम सञ्चालन गरिएको हो जस अन्तर्गत सामुदायिक विपद् स्वयमसेवक बन्न ईच्छुक नागरिकले सामुदायिक प्रहरी सेवा केन्द्र वा नजिकको प्रहरी बृत्त वा प्रभागमा नाम दर्ता गर्न सक्नेछन् ।    कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले विपद् व्यवस्थापनको समयमा सूचना संकलन र आपसी समन्वय महत्वपूर्ण हुने चर्चा गर्दै समुदाय र सुरक्षाकर्मीहरूको एक्यवद्धताले मात्र विपद् उद्धार कार्यको लक्ष्य प्राप्ति हुने  महशुस गरी यस कार्यक्रम कार्यान्वयनमा ल्याएको बताउनुभयो । साथै मनसुनको समय सुरु हुन लागेकाले मनसुनको समयमा हुने जन धनको क्षतीलाई न्यूनिकरणको निम्ति नेपाल प्रहरीले स्थानिय सरकार साथै अन्य सरोकारवाला निकायससंगको समन्वयमा विपत प्रतिकार्य तयारी अभ्यासहरु गरिरहेको जानकारी समेत दिनुभयो ।    सो अवसरमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय अन्तर्गगतका सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुले विपद्को समयमा अपनाउन सक्ने सुरक्षा सावधानि तथा विपद् उद्धारमा आपसी सहयोग, समन्वय र सहकार्य लगायतका विषयहरुमा जिज्ञासा तथा सुझावहरु समेत राख्नुभएको थियो ।     काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिकग्राम शर्माले सामुदायिक विपद् स्वयमसेवक परिचालन  कार्यक्रमको परिचय, यसको उद्देश्य, प्रमुख गतिविधिहरु तथा अपेक्षित उपलब्धिहरू सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रतिनिधिहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न ।
२०८२-०२-२३

काठमाडौं, २३ जेठ            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।               काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत गोदावरी नगरपालिका र जिल्ला प्रहरी परिसर ललितपुरको संयुक्त आयोजना एवम् प्रहरी वृत्त चापागाँउको सहकार्यमा बाराही हेरिटेज पार्टी प्यालेसमा लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।             सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र गोदावरी  नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन बीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।             कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल प्रहरीले अपराध अनुसन्धान गर्ने फौजदारी अपराध अन्तर्गत लागूऔषध दुर्व्यसनको तथ्याङ्क दिन प्रतिदिन बढ्दो रुपमा रहेको वर्तमान अवस्थामा यसको नियन्त्रणका निम्ति काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाअभियानको रुपमा सञ्चालन गरेका विभिन्न कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सञ्चालनमा ल्याइएको बताउनुभयो । लागूऔषध दुर्व्यसन रहित घर अभियानमा गोदावरी नगरपालिकामा गरिने पर्चा टाँस हरेक भित्तामा मात्र नभई नगरवासी हरेक नागरिकको मनमा बस्नेमा विश्वास व्यक्त गर्नुभयो । साथै मनसुनको समय सुरु हुन लागेकाले मनसुनको समयमा हुने जन धनको क्षतीलाई न्यूनिकरणको निम्ति नेपाल प्रहरीले स्थानिय सरकार साथै अन्य सरोकारवाला निकायससंगको समन्वयमा विपत प्रतिकार्य तयारी तथा विपतको समयमा उद्वार गर्ने बताउनुभयो ।            कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बिभिन्न मुलुकहुदै काठमाडौ उपत्यकामा आउने नजिकको नाकाको रूपमा रहेको भट्टेडाडा नाकाबाट लागूपदार्थको ओसारपसारमा बढी प्रयोगमा रहेको उल्लेख गर्दै लागूऔषध ओसारपसार, दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि नगरपालिकाले प्रहरीसँग थप संवेदनशील भई सहकार्य र समन्वय गर्ने बताउनुभयो ।            कार्यक्रममा गोदावरी नगरपालिकाका उप-प्रमुख मुना अधिकारी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण  अधिकारी, सुधार गृहकोको प्रतिनिधी उत्तम श्रेष्ठले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।               उक्त कार्यक्रममा गोदावरी नगरपालिकाका नगर प्रवक्ता मिलन सिलवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । लागूऔषध दुर्व्यसनरहित घर अभियानको स्टिकर समेत सार्वजनिक गरिएको थियो ।               कार्यक्रममा लागूऔषध नियन्त्रण व्यूरो काठमाडौंका प्रहरी उपरीक्षक जनक शाही, जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक चक्रराज जोशी,प्रहरी वृत्त चापागाँउका प्रमुख प्रहरी नायव उपरीक्षक यम बहादुर श्रेष्ठ, गोदावरी नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू, स्वास्थ्यकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

आत्महत्या रोकथाम र लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न ।
२०८२-०२-२३

काठमाडौं, २३ जेठ काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालको प्रमुख आतिथ्यतामा आत्महत्या रोकथाम र लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत तारकेश्वर नगरपालिका वडा नं. १० र परिवर्तनका निम्ति सहकार्य नेपालको संयुक्त आयोजना एवम् सामुदायिक प्रहरी सेवा केन्द्र बोहराटारको सहकार्यमा त्रिवेणी  बैंक्वेट मनमैजुमा आत्महत्या रोकथाम र लागूऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।      कार्यक्रममा  प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले आजका विद्यार्थी भोलिको राष्ट्र निर्माणका खम्बाका रुपमा रहेकाले आफ्नो अभिभावकको सन्तान प्रति गरेको समर्पणलाई सम्मान गरी लागू औषध जस्तो गम्भीर कुलतमा नफस्नको निम्ति गलत नीयतका साथीभाई तथा लागूऔषध कारोबारीको प्रलोभनमा नपर्न स्वयम सचेत हुनुपर्नेमा जोड दिनुभयो ।  साथै अपराध भएको वा हुन लागेको आफुले देखेमा नेपाल प्रहरी हटलाइन नम्बर १०० (सय) मा फोन गरी तुरुन्त सूचना दिन समेत अनुरोध गर्नुभयो ।  कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं. १० का अध्यक्ष कुमार राई, मानसिंह धर्म मा.वि. का प्रधानाध्यापक केदार गजुरेल ले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साथै कार्यक्रमका सभापति परिवर्तनका निम्ति सहकार्य नेपालका अध्यक्ष रबिन प्रसाद थपलियाले धन्यवाद मन्तव्य व्यक्त गर्दै सभा विसर्जन गर्नुभएको थियो ।            काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिकग्राम शर्माले लागूऔषधको परिचय, वर्गीकरण, असरहरू, लागूऔषध ओसारपसार र सेवनको तथ्याङ्क, कानूनी प्रावधान लगायतका विषयमा र प्रहरी निरीक्षक शैलेजा पाण्डेले आत्महत्या न्यूनीकरण सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रस्तुत गरिएको थियो ।   कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविराज थपलिया, प्रहरी बृत्त बालाजुका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञान बहादुर विष्ट, नगरपालिकाका जनप्रतिनिधि तथा पदाधिकारीहरू, शिक्षक तथा विद्यार्थीहरू, अभिभावकहरू, समाजसेवीहरू,  विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा “मकालु हिमालमा फहराइएको ट्राफिक सन्देशमूलक ब्यानर हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०२-२२

काठमाडौं, २२ जेठ    विश्वको पाँचौं सर्वोच्च शिखर मकालु हिमालमा फहराइएको “ट्राफिक नियमको पालना गरौं, दुर्घटनाबाट आफू बचौं र अरूलाई पनि बचाऔं” भन्ने नारा अंकित सन्देशमूलक ब्यानर हस्तान्तरण गरिएको छ ।  काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई मकालु हिमाल आरोही दोलखा गौरीशङ्कर गाउँपालिका-९ बस्ने दाबुटी शेर्पाले उक्त ब्यानर हस्तान्तरण गर्नुभएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रदान गरेको उक्त सन्देशमूलक ब्यानर शेर्पाले सन् २०२५ मे ९ मा मकालु हिमालको सफलतापूर्वक आरोहरण गरी शिखरमा फहराउनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले मकालु हिमालको सफलतापूर्वक आरोहण गरी सडक सुरक्षा र ट्राफिक नियमको पालना सम्बन्धी सन्देश विश्व सामु पुर्‍याउनु भएकोमा आरोही दाबुटी शेर्पालाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । यस्ता प्रयासले सडक सुरक्षाको महत्वलाई प्रचार गर्नुका साथै ट्राफिक नियमको पालना गर्न र दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विचार उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ लगायत उपस्थित प्रहरी अधिकृतहरूले आरोही दाबुटीलाई खादा तथा Token Of Appreciation द्वारा सम्मान समेत गर्नुभएको थियो ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा आरोही दाबुटी शेर्पाले आरोहणका क्रममा भोगेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आरोही दाबुटीको जिवनी र हिमाल आरोहण सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवान एवम् सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।   

रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ
२०८२-०२-२०

ललितपुर, २० जेठ            ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित सदर चिडियाखाना भित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातीको रेड पाण्डा (हाब्रे) चोरी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरूङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना-३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिक रहका छन् ।             सदर चिडियाखानामा रहेको उक्त रेड पाण्डा गत वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।             उनीहरू उपर चोरी उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-२०

काठमाडौं, २० जेठ             डलर देखाई रकम ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय तारा बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।             नवलपरासी पूर्व गैंडाकोट नगरपालिका-३ ढोडेनीमा विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छु भनि प्रलोभन देखाई पीडितलाई डलरको आकारमा काटिएको कागजको बिटो रूमालमा पोको पारेर दिएर  नेपाली ३० लाख रूपैयाँ लिई ठगी गर्ने कार्यमा संलग्न तारा बहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोटबाट पक्राउ गरेको हो ।             उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व पठाइएको छ । 

क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०२-२०

काठमाडौं, २० जेठ             वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-१ घर भएकी ३५ वर्षीया मेनुका पुडासैनीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।             मेनुकाले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।             उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०२-२०

काठमाडौं, २० जेठ             काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलो ४ सय २० ग्राम सहित २ जना सोमबार राति पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा थाइल्याण्डका नागरिक ४३ वर्षीय  SOMSAK PATCHA र भारतीय नागरिक २९ वर्षीय PEREIRA GIFFIN रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरूलाई जाँच गर्ने क्रममा SOMSAK PATCHA  को साथबाट ७ किलो ३ सय १० ग्राम र PEREIRA GIFFIN  को साथबाट ३ किलो १ सय १० ग्राम गाँजा जस्तो देखिने वस्तु फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।