प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।

२०८२-०२-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, २६ जेठ

        प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालयको  निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।  निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले परिचालन कक्ष, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, अपराध अनुसन्धान शाखा लगायतका शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।

    निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई काम गर्नुपर्ने बताउनुभयो । उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

            प्रहरी महानिरीक्षक थापाले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप क्रियाशील हुनपर्ने बताउँदै हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी विगतमा देखिएका कमीकमजोरीलाई मनन गर्दै भरपर्दो सुरक्षा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो । 

            प्रहरी महानिरीक्षक थापाले संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै सभ्य बोलीवचन, शिष्ट व्यवहार र सामुहिक भावनाका साथ व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो । 

   काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुहुदै

संगठन प्रमुखज्यूबाट प्राप्त निर्देशनहरु तरारुकताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    उक्त कार्यक्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले मानवश्रोत व्यवस्थापन, कार्यालय व्यवस्थापन, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट गरिएका प्रयासहरू, सृजनशील कार्य, समस्या र चुनौतिहरू, आगामी कार्य दिशा/योजनाहरू र तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

            कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-३०

आज मिति २०८२/०३/३० गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरश्वर एवम् नगर प्रहरी काठमाडौं अन्तर्गतका कुल ६० जना प्रहरी कर्मचारीहरुलाई काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा विपद् सम्बन्धी अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२९

आज मिति २०८२/०३/२९ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा बानेश्वर-१० एवम् कोटेश्वर अन्तर्गतका कुल ३८ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणमा हाल सम्म कुल ३६२ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुले अनुशिक्षण प्राप्त गर्नु भएको छ भने यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२६

आज मिति २०८२/०३/२६ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण , गोंगबु, कृतिपुर, जोरपाटी एवम् बुढानिलकण्ठ अन्तर्गतका कुल ४४ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणमा हाल सम्म कुल २९० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुले अनुशिक्षण प्राप्त गर्नु भएको छ भने यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्‍न ।
२०८२-०३-२४

मिति २०८२/०३/२४ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२।०३।१६ गतेको पत्रले जनपद प्रहरी समूह तर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार पदम राज भट्ट, भक्त बहादुर मगर, हेम राज पाण्डेय, रमेश बहादुर खड्का, गोपाल के.सी., रामकृष्ण थापा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी सहायक हवल्दार पदम बहादुर जि.सी. र सम्झना कुमाललाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।               दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले पदोन्नति हुनु भएका सम्पूर्ण प्रहरी कर्मचारीहरुले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।         कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।  

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२३

आज मिति २०८२/०३/२३ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्र बालाजु, बौद्ध, जनसेवा, ठमेल एवम् स्वयम्भु अन्तर्गतका कुल ६२ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणमा हाल सम्म कुल १२१ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुले अनुशिक्षण प्राप्त गर्नु भएको छ भने यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२२

आज मिति २०८२/०३/२२ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल, टुडालदेवी, नीलसरस्वती एवम् नक्साल अन्तर्गतका कुल ५९ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागी काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास शुरु गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।