प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
नेपाल प्रहरीमा १ हजार २ सय २३ जनाका लागि नयाँ भर्ना आव्हान
२०८१-०८-२१

काठमाण्डौ, २१ मंसिर नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त रहेका विभिन्न पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न कूल १ हजार २ सय २३ जनाको लागि नयाँ भर्ना दरखास्त आव्हान गरिएको छ । नयाँ भर्नामध्ये प्रहरी जवान पदमा १ हजार १ सय ६५ जना र प्रहरी कार्यालय सहयोगीतर्फ ५८ जनाका लागि दरखास्त आव्हान गरिएको हो । जसमध्ये प्रहरी कार्यालय सहयोगीतर्फ भान्छेतर्फ ४७ जना र कुचीकारतर्फ ११ जनाका लागि दरखास्त आव्हान गरिएको हो ।प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाण्डौ, भक्तपुर र ललितपुर, प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम लिन र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले मंसिर २७ गतेदेखि माघ ७ गतेसम्म सम्बन्धित कार्यालयहरूमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्नेछन् । दरखास्त आव्हान सम्बन्धि विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८१-०८-२०

  काठमाण्डौ, २० मंसिर    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा बिहिबार काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भयो ।    प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण पश्चात निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्‍जले विगतको विषम् परिस्थितिको समयमा गरेको उद्दारको कार्यलाई प्रशंसा गर्दै , आगामी दिनहरुमा समेत काठमाण्डौ उपत्यका जस्तो अति संबेदनशिल क्षेत्रमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, विशेष समारोह, राजनैतिक कार्यक्रमहरुको सुरक्षा तथा हरेक विपद्को धडीमा ड्यूटीमा खटिनु पर्ने हुँदा सदैव तयारी ( Stand By)  अवस्थामा रहन निर्देशन दिनुभयो ।     काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ रिजर्भ युनिट भएकाले यहाँ कार्यरत प्रहरी कर्मचारीहरुलाई हतियार तथा लाठी प्रयोग सम्बन्धमा दक्षता प्रदानको निमित्त समय समयमा अनुशिक्षण गर्न निर्देशन दिनु हुदै भीड नियन्त्रण गर्नु पर्ने अवस्था आएको खण्डमा न्युनतम बल प्रयोगको सिद्दान्त अनुरुप सिलसिलेवार तवरले शक्तिको प्रयोग गर्न र मानव अधिकारको बिषयमा सदैव अति संवेदनशील भई पूर्ण व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनु भयो ।   आधुनिक समयमा नेपाल प्रहरी कर्मचारी समेत प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका प्रहरी शिक्षालयले प्रविधिमैत्री अनुसन्धानलाई समेत प्राथमिकतामा राखी प्रहरी कर्मचारीलाई तालीमको समयमा प्राविधिकको समेत ज्ञान प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिन बताउनु हुदै हरेक प्रहरी कर्मचारीले तालीमको समयमा प्राप्‍त सीप तथा कौशललाई व्यवहारमा लागु गर्न समेत निर्देशन दिनु भयो ।  सेवा प्रवाहको स्तरमा प्रहरी कर्मचारीहरुको आचरणले प्रभाव पार्ने हुदा बोलि, वचन र व्यवहारमा सुधार गर्दै दुरुस्त पोशाकको प्रयोग गरी स्मार्ट प्रहरीको परिचय दिन समेत निर्देशन दिनु भयो ।    प्रहरी उपरीक्षकद्वय रन्जु सिग्देल र राजेन्द्र प्रशाद धमलाले सम्बन्धित कार्यालयको काम कार्वाहीको सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न
२०८१-०८-१३

काठमाण्डौ, १३ मंसिर         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकाश समाज कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाण्डौ महानगरपालिका वडा नं.३२, कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७,८ र ९  तथा गान्धि आदर्श मा.वि. को सयुक्त आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न भयो । हरेक बर्ष 25 Nov (अन्तराष्ट्रिय महिला हिंसा उन्मुलन दिवस)-10 Dec (मानव अधिकार दिवस) सम्म लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालमा पनी “हामी सबैको प्रतिबद्दता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यवद्धता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।         कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले नेपाल प्रहरी वर्षमा १६ दिन मात्र नभएर ३६५ दिन नै अभियानको रुपमा संवेदनशील भई लागेकाले कुनै पनि पिडा तथा हिंसामा परेका महिला,पुरुष, बालबालिका तथा लैंगिक अल्पसंख्यकहरुलाई खुलेर आफ्नो हिंसालाई कानुनी दायरामा ल्याउन आह्वान गर्नुभयो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा बिरुद्ध स्कुल स्तरमा विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई सहभागी गराई  कक्षाहरु सञ्‍चालन गरी सचेतना फैलारहेको साथै सामुदायिक स्तरमा जन चेतना फैलाउन जनचेतना मूलक पाठ्यपुस्तक  तयार गरी विभिन्न स्थानिय तहसगँ सम्झौता समेत गरिसकेको बताउनुभयो ।   उपत्यका प्रहरी कार्यालयले लैङ्गिक संवेदनशीलता लाई मध्येनजर गर्दै मुद्दा चल्ने प्रहरी इकाइ सम्म अनिवार्य रुपमा महिला प्रहरी कर्मचारीद्वारा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना गरी सो सम्बन्धी सेवा प्रदान गदै आएको जानकारी दिनुहुदै महिला, बालबालिका, फरक क्षमता भएका व्यक्तिहरु तथा लैंगिक अल्पसंख्यक सगँ गर्ने व्यवहारका सम्बन्धमा प्रहरी कर्मचारीहरुलाई नै सचेत गराउन नेपाल प्रहरीले विषेश तालिम समेत प्रदान गराउदै आइरहेको साथै लैङ्गिक विभेदको सम्बन्धमा शून्य सहनशीलतालाई अंगिकार गरेको समेत बताउनुभयो ।             नेपाल प्रहरी संगित विद्यालयका प्रहरी कर्मचारीले सचेतनामूलक प्रस्तुती प्रस्तुत गरेको उक्त कार्यक्रम काठमाण्डौ महानगरपालिका ३२ पेप्सीकोला फुटबल मैदान देखि विरेन्द्र चोक हुदै गान्धी आदर्श मा.वि.सम्म प्रभात फेरी पश्चात सभा सञ्चालन गरिएको थियो । सामुदायिक सेवा तथा विकाश समाज, कोटेश्वरका अध्यक्ष रविन्द्र थापा सभापति रहेको कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाको उपमेयर शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारी, सिनियर प्रहरी अधिकृत विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, गान्धि आदर्श मा.वि.का शिक्षक तथा विद्यार्थीहरु र स्थानीय भद्र भलादमीहरू लगायत अ.६०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०८-१२

काठमाण्डौ, १२ मंसिर वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकनवानपुर बकैया गाउँपालिका-५ घर भई काठमाडौं नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका-३ घर भई काठमाण्डौ टोखा नगरपालिका-८ बस्ने २८ वर्षीया मनिषा कुमारी रहेका छन् ।             पक्राउ मध्ये सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुवई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुवर्णलाई काठमाण्डौ बाफलबाट सोमबार र मनिषालाई काठमाण्डौ नयाँबसपार्कबाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तण
२०८१-०८-०९

काठमाण्डौ, ९ मंसिर            डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।             नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले उक्त मोबाइल फोन हस्तान्तरण गर्नुभएको हो ।             हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज हस्तान्तरण भएका स्रोत साधनहरू डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताउनुभयो । यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।             कार्यक्रममा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसाथ गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो ।              कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, ई-सेवाका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८१-०८-०२

काठमाण्डौ, २ मंसिर         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा आइतवार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।              प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र  व्यवहारमा बढी गुनासो आउने गरेको हुदा “मुस्कान सहितको प्रहरी सेवा”  व्यवहारमा अवलम्वन गर्न निर्देशन दिनुभयो   ।     सोही क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा सो मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई सम्वोधन गर्दै काठमाण्डौ उपत्यकामा खटिने ट्राफिक प्रहरी प्रति हरेक निकायको ध्यान पुग्ने हुदा मानव अधिकारको प्रत्याभूति दिलाउदै उपत्यकामा सेवा प्रवाह गर्ने अवसरको पूर्ण व्यवसायिक निष्ठाका साथ जिम्मेवारी निर्वाह गर्दै कानून प्रति वफादार रही निर्धक्क भएर उच्च मनोवलका साथ विवेकपूर्ण रुपले कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरी संगठनलाई चलायमान गराउन हरेक प्रहरी इकाईका कार्यालय प्रमुखको महत्वपूर्ण भूमिका हुने हुदाँ हरेक प्रहरी कार्यालयका कार्यालय प्रमुखले पुरस्कृत तथा कार्वाही गर्दा प्रहरी कर्मचारीको आचरण, क्षमता, व्यवहार र प्रहरी कर्मचारीको व्यवसायिक निष्ठा मूल्यांकन गरी अंगिकार गर्न समेत निर्देशन दिनुभएको थियो ।      साथै, प्र.अ.म.नि. बज्राचार्यले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले समयानुकुल प्रविधिको प्रयोग गरि ट्राफिक व्यवस्थापन गर्दै आईरहेको अबस्थामा दुर्घटना तथा ट्राफिक नियम उलङ्घन पश्चात समेत सि.सि.टि.भि. मनिटरिङ्को सहायताले सफल अनुसन्धान तथा कार्वाही गरिएको बताउदै आगामी दिनहरुमा समेत समय सापेक्ष रुपले थप प्रविधिमैत्री भई विभिन्न तालुक  निकायसँग समन्वय गरी उच्च मनोवलका साथ ट्राफिक प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिनु भयो ।    कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहरा, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०७-३०

काठमाण्डौ, ३० कात्तिकवैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोलुखुम्बु नेचासल्यान गाउँपालिका-३ घर भई भक्तपुर बालकोट बस्ने २२ वर्षीया प्रितिका बास्तोला, चितवन भरतपुर महानगरपालिका-१० ज्ञानदर्शनटोल ठेगाना भएका ३६ वर्षीय शारदा सुवेदी र चितवन भरतपुर महानगरपालिका-४ त्रिचोक ठेगाना भएका २५ वर्षीय सुरज कँडेल रहेका छन् । पक्राउ मध्ये प्रितिकाले दुबई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, शारदाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र सुरजले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौ टेकुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको  छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०७-२७

काठमाण्डौ, २७ कार्तिक      तालुक श्री गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।०७।२३ गतेको निर्णयानुसार मिति २०८१।०७।२७ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएकी प्रहरी निरीक्षक सिता देवी भट्टराईलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज मंगलवार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।           दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सुशोभन समारोहलाई सम्बोधन गर्नु हुदै पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।             कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम
२०८१-०७-२६

 काठमाण्डौ, २६ कार्तिक            काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।     कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी कर्मचारीको सानो कमजोरीले पनि अपराध अनुसन्धान जस्तो गम्भिर कार्यमा प्रभावित पुग्ने हुदाँ अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीले प्रचलित कानूनका प्रावधानहरुलाई पालना गरी ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाई नागरीकलाई कानूनी राज्यको प्रत्याभूती दिलाउन निर्देशन दिनु भयो ।  साथै नागरीक केन्द्रित प्रहरी सेवा प्रवाह गरी सेवाग्राहीहरुको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखी राष्ट्र र नागरीकको सेवा जस्तो गरीमामय कार्यलाई सफल पार्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो ।      यस कार्यालयबाट बिभिन्न मितिमा मातहतका मुद्दा चल्ने प्रहरी युनिटहरुमा गरिएको अनुगमनबाट देखिएका कमिकमजोरीहरुको विषयमा प्रहरी उपरीक्षक प्रबिण धितालले  प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत सम्पूर्ण मुद्दा चल्ने २१ वटा  प्रहरी इकाइका अपराध अनुसन्धान शाखा प्रमुख, सहायक साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीहरु लगायत अन्य प्रहरी कर्मचारीको समेत उपस्थिति रहेको थियो ।

क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०७-२५

काठमाण्डौ, २४ कात्तिक क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराईदिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ घर भई हाल भक्तपुर बस्ने ४३ वर्षीय गोकर्ण पराजुलीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । अध्ययनको सिलसिलामा क्यानडामा रहेको छोराको कलेज शुल्क तिर्नको लागि ह्वाट्सएप मार्फत क्यानडामा रहेको बताउने मनिष परियारसँग कुराकानी भई निजले क्यानडामा रहेको आफ्नो साथी गोकर्णले पीडितको छोराको कलेज शुल्क बुझाईदिने भनी सम्पर्क गराई ८ लाख १७ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न गोकर्णलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनी उपर ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकाली पठाइएको छ । 

दुबई पठाइन्दिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०७-२५

काठमाण्डौ, २४ कात्तिक वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-४ घर भई काठमाण्डौ तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोल बस्ने ३० वर्षीय सन्जिव गुरूङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गुरूङले दुबई पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट नगद १९ लाख ७० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई तार्केश्वर नगरपालिका-१० मनमैजु हिलेटोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको निरीक्षण कार्यक्रम सम्पन्न ।
२०८१-०७-०८

काठमाण्डौ, ८ कार्तिक         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा बिहिवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।             काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले सादा पोशाकमा खटिने प्रहरी कर्मचारीहरू प्रहरी संगठनका अत्यन्त जिम्मेवार प्रहरी कर्मचारी भएकाले कुनैपनी लोभ लालच र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न निर्देशन दिदै आर्थिक प्रलोभनमा परि संगठनको छवीमा आचँ आउने कार्य गरेमा कसैलाई क्षम्य नहुने बताउनु भयो ।       अपराध अनुसन्धान नेपाल प्रहरी संगठनले प्राप्त गरेको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी भएको बताउदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले अपराध अनुसन्धानमा खटिने हरेक प्रहरी कर्मचारीहरुले सूचना संकलनलाई बिशेष प्राथमिकतामा राखि आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादार र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य सम्पादन गर्न निर्देशन दिनु भयो ।             उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

धाक धम्की दिई पैसा माग गर्ने व्यक्ति पक्राउ
२०८१-०७-०७

काठमाण्डौ, ७ कात्तिकएसएमएस मार्फत धाक धम्की दिई पैसा माग गरेको अभियोगमा सिन्धुपाल्चोक ज्यामिरे गाविस-८ घर भई हाल काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ३२ वर्षीय पदम भन्ने आकाश तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चिनीयाँ नागरिकले सञ्चालन गरेको Xishuan Yang textile pvt Ltd कम्पनीको म्यानेजरको मोवाइलमा एसएमएस गरी रकम माग गरेको, रकम नदिएमा कम्पनीमा बम बिष्फोट गरी ध्वस्त बनाई दिने भनी धम्की दिएको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न तामाङलाई काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित सोही कम्पनीबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा असोज २१ गते राति उक्त कम्पनीमा लेवरको काम गर्ने तामाङले अपरिचित मोवाइल नम्बरबाट पाटीलाई १ लाख ५० हजार देखि २ लाख रूपैयाँ सम्म सहयोग गर्नु पर्‍यो सो रकम नदिएमा बम बिष्फोट गराई क्षति गराई दिने भन्ने व्यहोराको एसएमएस गरेको खुल्न आएको हो । उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ भद्रकाली पठाइएको छ । 

गृहमन्त्री रमेश लेखकबाट ई-चलान (डिजिटल चिट) को शुभारम्भ
२०८१-०७-०४

काठमाण्डौ, ४ कात्तिक गृहमन्त्री रमेश लेखकले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित समारोह बिच Traffic Violation Record System (TVRS), ई-चलान (डिजिटल चिट) को शुभारम्भ गर्नुभएको छ । साथै उहाँले ई-चलानको प्रयोग सम्बन्धी स्थलगत अवलोकन समेत गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले राज्यको तर्फबाट सबै सेवाग्राहीलाई सरल, सुलभ, पारदर्शी, झन्झटिलो र जटिलता रहित सेवा प्रवाह गर्नु सरकारको मुख्य उद्देश्य रहेको चर्चा गर्दै आज शुभारम्भ भएको प्रविधिले सबै सेवाग्राहीलाई सरल एवम् सुलभ रूपमा सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै ट्राफिक प्रहरीले यस प्रविधिको सफल प्रयोग गर्दै उदाहरणीय कार्यसम्पादनको लागि उहाँले शुभकामना समेत दिनुभयो । सबै सेवाप्रदायक प्रशासनलाई प्रविधियुक्त बनाउँदै लैजाने र सुशासन स्थापना गर्ने विषयमा सरकार अगाडी बढेको उहाँले बताउनुभयो ।गृहमन्त्री लेखकले सरकारसँग नागरिकलाई जोड्ने पहिलो अंग प्रहरी भएको उल्लेख गर्दै सबै प्रहरी कर्मचारीहरूले थप संयमित एवम् इमानदार भएर नागरिकलाई सेवा प्रदान गर्न अग्रसर हुनुपर्ने बताउनुभयो । सवारी दुर्घटना ठूलो चुनौतिको रूपमा देखा परेको बताउँदै उहाँले त्यसको न्यूनिकरण गर्न सरोकारवाला सबै निकायहरूले आ-आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बोध गरेर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । दुर्घटना न्यूनिकरण, ट्राफिक नियमको पालना लगायतका विषयमा अझ बढि सचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई-चलानको शुभारम्भ स्वागत योग्य रहेको चर्चा सहित आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन सम्बन्धमा नविनतम प्रविधिको माध्यमबाट आम नागरिकमा सहज, सरल, पारदर्शी र गुनासो रहित ढंगको सेवा प्रवाहलाई प्रवर्द्धन गर्ने हेतुले यस प्रविधिको शुभारम्भ भएको बताउनुभयो । त्रुटिरहित तवरबाट यसको कार्यान्वयनका लागि नेपाल प्रहरी सदैव कटिवद्ध रहने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले सडक सुरक्षा एवम् ट्राफिक व्यवस्थापन नेपाल प्रहरीको जिम्मेवारी अन्तर्गत रहेको विशिष्टिकृत कार्य रहेको उल्लेख गर्दै यसको समयानुकूल आधुनिकीकरण र परिमार्जनमा नेपाल प्रहरीले आफ्नो स्रोत साधनले भ्याएसम्म आफ्ना प्रयासहरू निरन्तर राखेको बताउनुभयो । आज शुभारम्भ भएको ई-चलान प्रविधिको प्रयोग गरी ट्राफिक कारवाहीलाई प्रविधिमैत्री बनाउन सहयोग सिद्ध हुने अपेक्षा लिएको उल्लेख गर्दै यो सेवा कम झन्झटिलो र गुनासो रहित हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।   काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक दिपेन्द्र प्रसाद साहले TVRS को विकासक्रम, TVRS र नागरिक एप Integration, ई-चलान कार्यान्वयनको अवस्था, कारवाहीको प्रकृया, अन्य नागरिकमैत्री एप्लिकेसन लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त अवसरमा ई-चलान सम्बन्धी संक्षिप्त श्रब्यदृश्य प्रदर्शनका साथै ई-चलान सम्बन्धमा अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधानमन्त्रीज्यूका सूचना प्रविधि विज्ञ, काठमाण्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, ट्राफिक व्यवस्थापन एवम् सडक सुरक्षासँग आवद्ध सरोकारवाला निकाय एवम् संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । 

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
२०८१-०७-०२

भक्तपुर, २ कात्तिकमध्यपुर ठिमी नगरपालिका-९ राधेराधेबाट स्रोत नखुलेको नगद ८ लाख ५० हजार रूपैयाँ सहित रौतहट गजुरा नगरपालिका-४ घर भई काठमाण्डौ महानगरपालिका-७ रातोपुल बस्ने ३७ वर्षीय शशीकान्त चौलागाईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त स्रोत नखुलको नगद, विभिन्न बैंकको एटिएम कार्ड ५ थान लगायतका सामानहरू सहित पक्राउ गरेको हो । उनी उपर हुण्डी सम्बन्धी कारोबार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम
२०८१-०६-२२

काठमाण्डौ, २२ असोज          काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा मंगलवार जिल्ला प्रहरी परिसर भक्तपुरको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।             जिल्ला प्रहरी परिसर भक्तपुरको भवनका विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित जिल्ला प्रहरी परिसर भक्तपुर मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले आगामी दिनहरूमा शान्ति सुरक्षा चुनौतीपूर्णरहेको हुँदा यहाँ कार्यरत प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।                                                              साथै नागरिकहरूलाई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै हरेक प्रहरी कर्मचारीले आफ्नो आचरण व्यवहारमा विशेष ध्यान दिदै आम नागरिकसंग विनम्रताका साथ प्रस्तुत हुन निर्देशन दिनुभयो ।         त्यसैगरी हरेक समस्याको समाधान सामूहिक कार्यबाट हुने हुनाले सामुहिक कार्यमा जोड दिंदै परिणाममुखी तथा प्रविधि मैत्री अनुसन्धानमा तल्लिन हुन निर्देशन दिदै चाड पर्वको सिजन सुरु भएको र चाडपर्वको बेलामा आपराधिक कृयाकलापहरु घट्न सक्ने हुनाले सुरक्षा योजना अनुरुप काम गर्न समेत निर्देशन दिनुभयो  ।                     जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक माधब प्रसाद बुढाथोकीले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ विनोद घिमिरे, जिल्ला प्रहरी परिसर भक्तपुर मातहतका प्रहरी वृत्त तथा प्रभागका प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख अतिथीमा शान्तिसुरक्षा सम्बन्धी अर्न्तक्रिया कार्यक्रम
२०८१-०६-२२

काठमाण्डौ, २२ असोज      काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख अतिथीमा शान्ति सुरक्षा सम्बन्धी अर्न्तक्रिया कार्यक्रम जिल्ला प्रहरी परिसर भक्तपुरको सभाहलमा सम्पन्न भएको छ ।          भक्तपुर जिल्लाको शान्तिसुरक्षा र विभिन्न अपराध र अपराधिक घटनाको बारेमा प्रहरी- स्थानिय नागरिक बिचको सम्बन्ध स्थापित गर्नु प्रमुख उद्धेश्यका साथ आयोजित उक्त कार्यक्रममा उठेका जिज्ञाशाहरुको सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले शान्तिपूर्ण एवं सुरक्षित समाज र अपराध न्यूनिकरणका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरी भय नभई भरोसा भएको भन्ने हरेक नागरीकहरुलाई प्रत्याभुती दिलाउन सक्नुपर्ने बताउनुभयो । साथै नजिकै आउँदै गरेका शुभ विजया दशमी, दिपावली, छठ साथै नेपाल संवत् ११४५ को हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वहरूलाई सुरक्षित साथ मनाउनका लागि समेत अनुरोध गर्नुभयो । कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ विनोद घिमिरे, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक माधब प्रसाद बुढाथोकी,स्थानिय बासिन्दा, पत्रकार, समाजसेवी, पूर्व प्रहरी कर्मचारी,  सिनिय प्रहरी कर्मचारीहरू, शिक्षक/शिक्षिकाहरु  लगायतको उपस्थिति रहेको थियो । 

अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न ।
२०८१-०६-२०

नेपाल प्रहरी वार्षिक कार्य सम्झौता २०८१, बमोजिम  नयाँ जिम्मेवारीमा आउने प्रहरी कर्मचारीहरुको लागि अभिमुखीकरण  (Induction) र जिम्मेवारी पश्‍चात हस्तान्तरण ( Handover) को प्रक्रियालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने साथै प्रहरी प्रशासन कार्यमा प्रभावकारिता अभिवृद्धी गर्नु पर्ने उद्वेश्यका साथ यस कार्यालय तथा मातहत समेतका गरी मिति २०८१।०६।१८ गते प्र.नि.-२३ सहित जम्मा ३० जना र आज मिति २०८१।०६।२० गते प्र.नि.-३ सहित जम्मा ३६ जना गरी कुल जम्मा ६६ जना प्रहरी कर्मचारीहरुलाई यस कार्यालयमा  १ (एक) दिनको अभिमुखिकरण (Induction)  अनुशिक्षण सम्पन्न गरिएको छ । अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले प्रहरी कर्मचारी बन्नु भनेको हरेक दृष्टिकोणबाट सबल र सक्षम हुनुपर्ने हुदाँ प्रहरी कर्मचारीले थप विशिष्टिकृत रुपमा सेवा प्रवाह गर्न साथै हरेक प्रहरी कर्मचारीले प्रहरी पोसाकको कदर गर्न तर्फ जोड दिनुभयो । काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीको प्रहरी सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुने र देशकै राजधानी सहर पनि रहेकाले काठमाण्डौ उपत्यकामा प्रहरी कर्मचारीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गरी ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनुभयो ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०६-१८

काठमाण्डौ, १८ असोजवैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दार्चुला घर भई हाल काठमाण्डौ कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय हरक सिंह धामी र धादिङ ज्वालामुखी गाउँपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-९ बस्ने ३३ वर्षीय हरि रम्तेल रहेका छन् । पक्राउ मध्ये हरक सिंहले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र हरिले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हरक सिंहलाई काठमाण्डौ कीर्तिपुर नगरपालिका-२ नयाँबजारबाट र हरिलाई काठमाण्डौ टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्‍न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
२०८१-०६-१६

काठमाण्डौ, १६ असोज            वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-९ गच्छेटोल घर भई काठमाण्डौ टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदन राज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाण्डौ टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाई र गुल्मी मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया बिन्दु केसी रहेका  छन् ।  पक्राउ मध्ये सुदनले १ जना पीडितबाट ५ लाख रूपैयाँ, अन्जनाले १ जना पीडितबाट २ लाख ९० हजार रूपैयाँ र बिन्दुले १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदनलाई काठमाण्डौ पुतलीसडकबाट, अन्जनालाई काठमाण्डौ नयाँबसपार्कबाट र बिन्दुलाई ललितपुर गोदावरीबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा २०८१ सालको चाडपर्व लक्षित सुरक्षा योजना जारी गरिएको
२०८१-०६-११

काठमाण्डौ, ११ असोज         नेपाली हिन्दुहरुको महान चाडपर्व बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,  काठमाण्डौ, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट संयुक्तरुपमा तयार पारिएको सुरक्षा योजना अनुरुप प्रविधिसमेतको उच्चतम प्रयोग गरी अति प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गरी समाजमा शान्ति, सुरक्षा, अमय चयन कायम गरिने छ । क)        चाडपर्वमा शान्ति, सुरक्षाका लागि खटिने प्रहरी:१.      यो सुरक्षा योजना मिति २०८१।०६।१२ गतेदेखि बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठपर्वसम्म कायम रहने छ । २.      काठमाण्डौ उपत्यकास्थित ३ वटै जिल्लाहरुमा पैदल गश्ती, मोवाइल गश्ती, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, CCTV, Walk Through Gate, Drone बाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका Pro-active Policing को माध्यमद्वारा चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।३.      बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर-गहनाको कारोवार हुने स्थानहरुमा सादा पोशाकमा सञ्‍चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिने छ ।४.      यात्रुहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न ३४ स्थानमा ट्राफिक प्रहरी सहितको यात्रु सहायता कक्ष (Public Help Desk) स्थापना गरिने छ ।५.      काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरु, मल- मार्टहरु र मुख्य-मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साथै केनाइन कार्यालयबाट तालीमप्राप्‍त कुकुरबाट चेकजाँच (Dog sniffing and search) गरिनेछ ।६.      उक्त कार्यका लागि ६६३० जना प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् । ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:           १. सवारी साधनको टिकटको कालो बजारी बढ्न सक्ने, एउटै टिकट पनि धेरैजनालाई बेचिन सक्ने, आरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्ने, यात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाई हुन सक्ने, छतमा यात्रु र सामान राखिन सक्ने, अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्ने, लामोदुरीका सवारी साधनहरुमा दुई वटा चालक नराखिन सक्ने, मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउन सक्ने, तीब्र गतिमा सवारी साधन चलाउन सक्ने जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउने ।२.         उक्त कार्यका लागि १७५७ जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।ग)        चाडपर्वमा जम्मा खटिने प्रहरी सुरक्षाकर्मीहरुको संख्या ८३८७ हुनेछ । घ)      थप प्रहरी जनशक्ति आवश्यक परेमा  रिजर्भमा राखिएको । प्रहरी सम्पर्कको लागि:-•           कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गरौँ,•           प्रहरी कन्ट्रोल- १००, ०१-५७२१०१५ र ९८५१२८३०२६,•           ट्राफिक प्रहरी कन्ट्रोल-१०३, ९८५१२९५१००•           महिला तथा बालबालिका खोज तलास केन्द्र, भृकुटीमण्डप -१०४ ।•          १०० मा SMSसाथै चाडपर्वमा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ: निम्न:१.   यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।२.   मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी कदापि सवारी नचलाऔँ ।३.   घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरौँ, घर तथा पसलहरुमा CCTV जडान गरी सुरक्षित बनाऔं  ।४.   लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गरौँ ।५.   चोरी र लुटपाटबाट बच्न अपरिचित व्यक्तिसगँ नगद कारोवार कदापि नगरौं ।६.   सामाजिक सञ्‍जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य कदापि नगरौँ । ७.   लङ्गुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बनौँ ।८.   सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोवार गर्ने गरौँ । आफ्नो मोवाइल बैंकिङको One time password (OTP) हरदम गोप्य राखौँ । चेकबाट कारोबार गर्नु पर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्ने गरौँ ।९. सुन र डलर साट्ने नाममा नक्कली सुन र कागजको पोको देखाई डलर भनी झुक्याई हुने ठगी बाट बचौं ।१०. म्यासेन्जर, भाईवर र ह्वाट्सयाप लगायतका सामाजिक सञ्‍जालहरुमा चिट्ठा पर्यो भनी आउने म्यासेजको बिस्वास नगरौं ।११. पट्का, भुईचम्पा, रकेट जस्ता विस्फोटक पदार्थको प्रयोग र बेचविखन नगरौं ।१२. धम्कीपूर्ण फोन आएमा सम्भव भएसम्म मोबाईलमा रेकर्ड गरी तुरुन्त प्रहरीमा खबर गरौं ।१३. कालोबजारी, अबैध मदिरा बिक्री वितरण, चन्दा, अपहरण, फिरौती र देह ब्यापारको सुचना समयमै दिने गरौं ।१४. नगद, वहुमूल्य सामान, गरगहना र महँगा मोवाइल फोन सहित भीडभाडमा नजाऔँ ।अन्त्यमा,“कानूनभन्दा कोही छैन माथी, सुख दु:खमा प्रहरी नै हो साथी”! प्रहरी वरिष्‍ठ उपरीक्षक (विनोद घिमिरे  )            प्रवक्ताकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी । सम्पर्क: ९८५१२६०४६०

टर्की पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०६-०९

काठमाण्डौ, ९ असोजवैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी टर्की पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु बाणगंगा नगरपालिका-७ घर भई काठमाण्डौ महानगरपालिका-१४ कलंकी बस्ने ५१ वर्षीय लिला बहादुर खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लिला बहादुरले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बाफलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
२०८१-०६-०८

काठमाण्डौ, ८ असोजवैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ब्रुनाई, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ फुङलिङ नगरपालिका-५ घर भई हाल काठमाण्डौ महानगरपालिका-३२ कोटेश्वर बस्ने २९ वर्षीय प्रज्ञान उप्रेती र मकवानपुर थाहा नगरपालिका-६ घर भई हाल काठमाण्डौ महानगरपालिका-१४ कलंकी बस्ने ३२ वर्षीय विश्वराज रूम्बा रहेका छन् । पक्राउ मध्ये प्रज्ञानले १ जना पीडितबाट ५ लाख रूपैयाँ र विश्वराजले १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले प्रज्ञानलाई काठमाण्डौ कोटेश्वरबाट र विश्वराजलाई कलंकीबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

झुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने व्यक्तिहरू पक्राउ
२०८१-०६-०८

काठमाण्डौ, ८ असोजझुठ्ठा विवरण पेश गरी नागरिकता बनाई दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई काठमाण्डौका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ नेत्रावती गाउँपालिका-१ घर भई हाल काठमाण्डौ महानगरपालिका-१० मनमैजु बस्ने ३१ वर्षीय मदन बहादुर तामाङ, धादिङ खनियाबास गाउँपालिका-५ घर भई हाल काठमाण्डौ सोह्रखुट्टे बस्ने ५६ वर्षीय रामेश्वर रिजाल, चीनको तिब्बतस्थित हिन्दे घर भई हाल काठमाण्डौ महानगरपालिका-६ महांकाल बस्ने ५३ वर्षीय छिरिङ ढुन्डुप र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-४ घर भई हाल काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४६ वर्षीय छिरिङ् वाङ्दीन शेर्पा रहेका छन् । जुवा सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा पक्राउ परेका तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनामको साथबाट बरामद भएको जिल्ला प्रशासन कार्यालय धादिङ, ना.प्र.न. २६-०१-८१-०३२१७ को नेपाली नागरिकता सम्बन्धमा अनुसन्धान गर्दै जाँदा उक्त नागरिकता छिरिङ ढुन्डुपले नगद ४ लाख रूपैयाँमा बनाई दिएको भन्ने खुल्न आएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले छिरिङ ढुन्डुप सहित ४ जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङ पठाइएको छ । 

अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८१-०६-०४

काठमाण्डौ, ४ असोजकाठमाण्डौ, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा लहान नगरपालिका-१७ बस्ने २२ वर्षीय शिव शंकर ठाकुर र २४ वर्षीय अर्जुन कुमार यादव रहेका छन् । प्रहरी प्रभाग नागढुङगा तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले सप्तरीदेखी काठमाण्डौतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २७२८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार शिव र अर्जुनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध लिन आएका सिराहा लहान नगरपालिका-४ बस्ने २८ वर्षीय संजिब कुमारलाई समेत प्रहरीले पक्राउ गरेको छ ।    

जापान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-३०

काठमाण्डौ, ३० भदौ             वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-७ घर भई काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-२ बस्ने ४२ वर्षीय राम कुमार जिमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको   छ । राम कुमारले जापान पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ महानगरपालिका-२५ सुन्धाराबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि अभिभावक शिक्षा सम्बन्धी अन्तक्रिया कार्यक्रम
२०८१-०५-२७

   काठमाण्डौ, २७ भदौ               ओमेगा कलेज र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, तिखेदेवल ललितपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि अभिभावक शिक्षा सम्बन्धी अन्तक्रिया कार्यक्रम ललितपुर महानगरपालिका -०५, ओमेगा कलेजमा सम्पन्न भएको छ ।      विभिन्न अपराध र अपराधिक घटनाको बारेमा सचेतना बढाउनु, कानूनको अज्ञानता क्षमा नहुने भन्ने बारे जानकारी प्रदान गर्नु साथै प्रहरी-शैक्षिक संस्था – अभिभावक बिचको सम्बन्ध स्थापित गर्नु प्रमुख उद्धेश्यका साथ आयोजित उक्त कार्यक्रममा उठेका जिज्ञाशाहरुको सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरी भय नभई भरोसा भएको भन्ने हरेक नागरीक तथा विद्यार्थीहरुलाई प्रत्याभुती दिलाउन सक्नु नेपाल प्रहरीको अभिलाषा बमोजिम काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहतले सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै  जनचेतना मूलक पाठ्यपुस्तक नै तयार गरी विभिन्न स्थानिय तहसग सम्झौता समेत गरिसकेको बताउनुभयो ।        प्रारम्भिक सूचनानै अपराध अनुसन्धानको मूल श्रोत हुनाले  समुदायका हरेक नागरिक पनि बिना वर्दीको प्रहरी भएको हुदा समयमै सूचना प्रहरीलाई दिन अनुरोध गदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले हरेक अभिभाभकले आफ्नो बाल- बालिकाको बारेमा बिषेश ख्याल गर्दै उनीहरुको मानसिक तथा शारिरीक परिवर्तनको सहयात्री बन्न अनुरोध गर्नुभयो । साथै नजिकै आउँदै गरेका शुभ विजया दशमी, दिपावली, छठ साथै नेपाल संवत् ११४५ को हार्दिक शुभकामना व्यक्त गर्दै चाडपर्वहरूलाई सुरक्षित साथ मनाउनका लागि समेत अनुरोध गर्नुभयो ।         कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, प्रहरी बरिष्ठ उपरिक्षक शेखर खनाल, प्रहरी कर्मचारीहरू, शिक्षक/शिक्षिकाहरु, अभिभावकहरु, विद्यार्थीहरु  लगायतको उपस्थिति रहेको थियो ।    

जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रम
२०८१-०५-२६

काठमाण्डौ, २६ भदौ             विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालयस्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी  कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाण्डौंको साझेदारीमा कागेश्वरी मनोहरा नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालयका प्रधानध्यापकहरुसँग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका स्थित गान्धी आदर्श मा.वि. को सभा हलमा  सम्मन्न भयो । उक्त कार्यक्रम कागेश्वरी नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । प्रहरी-समुदाय-स्थानिय तह-विद्यालय र सामाजिक संस्थाहरु बिच साझेदारीता निर्माण गरी समाजका सम्वेदनशिल वर्गका रुपमा रहेका बालबालिकाहरुमा सुरक्षा सचेतना बढाई अपराधको जोखिमबाट बचाउनु र विद्यालय स्तरमा नै जनचेतना अभिवृद्धि गर्नु मुख्य उद्धेश्यले जनचेतनामूलक पाठ्यसामाग्री तयार पारिएको हो ।    जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले धेरै स्कुले बाल-बालिकाहरु नै कानुनको अनविज्ञता तथा सचेतनाको कमीले गर्दा अपराध कर्ममा फसेको हुदा लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी  नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम  स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउनु भयो । साथै,  कानुनले बर्जित गरेका कार्यहरुलाई  विद्यार्थी भाइवहिनीहरुले बुझ्ने गरी पाठयपुस्तकमै समावेश हुदा समाज सुधारमा सकारात्मक प्रभाव भई अपराध न्यूनिकरण हुनुका साथै  सुरक्षित हुने बताउनु भयो ।       कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका उप-प्रमुख शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक बसन्त रजौरे लगायत प्रहरी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधिहरू,विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू लगायत, स्थानीय भद्र भलादमीहरूको उपस्थिति रहेको थियो ।

जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण तथा निर्देशन कार्यक्रम
२०८१-०५-२४

   काठमाण्डौ, २४ भदौ          काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा सोमवार जिल्ला प्रहरी परिसर ललितपुरको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।             जिल्ला प्रहरी परिसर ललितपुरको भवनका विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित    जिल्ला प्रहरी परिसर ललितपुर मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले ललितपुर जिल्लामा VVIP तथा VIP हरुको बसोबास रहेको साथै हरेक सरकारी तथा ग्रैह्र सरकारी निकायहरुबाट समेत विशेष निगरानी हुने हुदा थप  संवेदनशिल भई आफ्नो जिम्मेवारी उत्कृष्ठ ढंगले सम्पादन गर्नु पर्ने बताउनु भयो । साथै नागरिकहरूलाई नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै हरेक प्रहरी कर्मचारीले आफ्नो व्यवहारमा विशेष ध्यान दिदै आम नागरिकसग विनम्रताका साथ प्रस्तुत हुन निर्देशन दिनु भयो ।         त्यसैगरी हरेक समस्याको समाधान सामूहिक कार्यबाट हुने हुनाले सामुहिक कार्यमा जोड दिंदै परिणाममुखी तथा प्रविधि मैत्री अनुसन्धानमा तल्लिन हुन समेत निर्देशन दिनुभयो ।                     जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ विनोद घिमिरे, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल , प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यसम्पादन सम्झौतामा हस्ताक्षर
२०८१-०५-२४

   काठमाण्डौ, २४ भदौ            काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ  ।संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यबीच गत भदौ ६ गते बार्षिक कार्यसम्पादन सम्झौता भए अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सोमवार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय निमित्त प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक डम्बर बहादुर वि.क., काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक शेखर खनाल, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक वसन्त रजौरे  र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक  वेद विष्ट बीच हस्ताक्षर भएको थियो ।      कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख किरण बज्राचार्यले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरुपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुहुँदै आफ्नो मातहतहरूलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा कायम गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू पनि समावेश गरिएकाले उपत्यकालाई सुरक्षित गर्ने अभियानमा सबै मातहत कार्यालयको ऐक्यवद्दता रहने विश्वास  व्यक्त गर्नुभयो ।

प्रहरी नायव महानिरीक्षकको बिदाई तथा फेरि भेटौला कार्यक्रम
२०८१-०५-२१

काठमाण्डौ, २१ भदौमिति २०८१/०५/२१ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा नेपाल सरकार, गृह मन्त्रालय (माननीय गृहमन्त्रीस्तर) को मिति २०८१/०५/१७ गतेको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुर सरुवा भई जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माले यस कार्यालयमा कार्यरत रहँदा कार्यकुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो । साथै आगामी दिनमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई सामना गर्न तयार भई  सङ्गठको श्रीबृद्दिका खातिर निरन्तर लागिरहनुका साथै व्यवसायिक तथा जनमुखी सेवा प्रवाह गर्न निर्देशन समेत दिनु भयो । कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षक विनोद घिमिरे, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु, लगायत अन्य प्रहरी कर्मचारीहरु उपस्थिति रहेको थियो ।    

हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम
२०८१-०५-१९

काठमाण्डौ, १९ भदौ       नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज, २०८१ को अवसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।        कार्यक्रमका प्रमुख अतिथि काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले सम्पूर्ण नेपाली हिन्दु महिलाहरुका साथै नेपाल प्रहरी संगठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्नु भयो ।       कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेल, प्रहरी वरिष्‍ठ उपरीक्षक विनोद घिमिरे, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु, प्रहरी हवल्दार तथा जवानहरु लगायत काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण महिला प्रहरी कर्मचारीहरु उपस्थिति रहेको थियो ।             तत्पश्‍चात उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न
२०८१-०५-१७

आज मिति २०८१/०५/१७ गते दोश्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा आयोजित “ सुरक्षित विश्वको लागि अन्तर्राष्ट्रिय प्रहरी समन्वय” विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम रोयल ब्याङ्केट तीनकुने काठमाण्डौमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सोमवार सम्पन्न भयो ।   प्रतियोगितामा ग्लोबल कलेज अफ म्यानरजमेन्टका रुची खरेल प्रथम,जेभियर एकेडेमीका प्रत्यश महर्जन द्वितीय र विश्वनिकेतन माविका निर्मल बि.क. तृतीय भएका छन ।   नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालको आयोजना तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहकार्यमा आयोजित प्रतियोगिता काटमाण्डौ महानगरपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरथ विद्यार्थीहरूको सहभागिता रहेको थियो । इन्टरपोल स्थापना दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको रुपमा मनाउने घोषणा गरिए अनुरुप यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउने सन्दर्भमा उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

सिनियर प्रहरी अधिकृतहरुको बिदाई कार्यक्रम सम्पन्न
२०८१-०५-१६

आज मिति २०८१/०५/१६ गते प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सेवानिवृत्त हुनु भएका सिनियर प्रहरी अधिकृतहरुको बिदाई कार्यक्रम सम्पन्न भयो ।   मिति २०५१ भाद्र १६ गते प्रहरी सेवामा प्रवेश गरी अनवरत रुपमा ३० बर्ष प्रहरी सेवामा आबद्ध भई अनिवार्य अवकाश हुनु भएको हो । बिदाई हुनु भएका प्रहरी अधिकृतहरु प्र.व.उ. जीवन कुमार श्रेष्‍ठ, प्र.व.उ किसन सिंह थापा, प्र.व.उ दिनेश राज मैनाली, प्र.उ. कृष्ण प्रसाई, प्र.उ. अवदेश विष्‍ट क्षेत्री, प्र.ना.उ. सरोज कुमार ठकुराठी, प्र.ना.उ. भुवन भट्ट र प्र.ना.उ. उदय सिंह सिजापती हुनु हुन्छ ।    बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको कमर्ठ सिपाहीको रुपमा संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।          सेवा निवृत प्रहरी अधिकृतहरूको तर्फबाट प्रहरी सेवामा रहँदाको आफ्‍नो अनुभव सहितको मन्तब्य व्यक्त गर्दै प्रहरी वरिष्‍ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले प्रहरी सेवालाई प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनको उद्देश्य पुरा गर्नको निम्ति योगदान गरेको स्मरण गर्दै अवकाश पश्चात पनि नेपाल प्रहरी संगठनले महशुस गरेको हरेक समयमा सल्लाह, सुझाव र सहकार्य निरन्तर प्रदान गर्ने प्रतिवद्वता  व्यक्त गर्नुभयो ।      सोही अवसरमा बिदाई हुन लाग्नु भएका सिनियर प्रहरी अधिकृतहरुलाई कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले मायाको चिनो तथा कदर पत्र प्रदान गर्नुभएको थियो ।      कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेल, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०५-१३

काठमाण्डौ, १३ भदौ            वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रामेछाप गोकुलगंगा गाउँपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने ४२ वर्षीय सूर्य बहादुर सुनुवारलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । सूर्य बहादुरले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६० हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ नैकापबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा जिल्ला प्रहरी परिसर काठमाण्डौको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८१-०५-०७

काठमाण्डौ, ०७ भदौ         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा शुक्रवार जिल्ला प्रहरी परिसर काठमाण्डौको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।             जिल्ला प्रहरी परिसर काठमाण्डौको नव-निर्मित भवनका विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित प्रहरी परिसर काठमाण्डौ मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले काठमाण्डौ जिल्ला देशकै सबैभन्दा बढि जनसंख्या रहेको, VVIP तथा VIP हरुको बसोबास रहेको, Vital Installations रहेको तथा अपराधको समेत चापको कारणले सबैभन्दा बढि संवेदनशिल र चुनौतीपूर्णरहेको हुँदा यहाँ कार्यरत प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो ।                                                                  नव निर्मित सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा भवन जस्तै सुन्दर सेवा प्रवाह गरी नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी  सूचना सङ्कलनलाइ प्रभावकारी बनाउने, प्राप्‍त सूचनालाई प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनु भयो ।            सोहि क्रममा परिसर काठमाण्डौ तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आपराधिक गतिविधिहरू प्रति कठोर भई संलग्न उपर कानूनी कारवाही गर्नुका साथै प्रहरीको सेवा प्रवाहलाई अझ प्रभाबकारी तथा उत्कृष्ट ढङ्गबाट सम्पादन गर्न निर्देशन दिनु भयो ।त्यसैगरी हरेक समस्याको समाधान सामूहिक कार्यबाट हुने हुनाले सामुहिक कार्यमा जोड दिंदै परिणाममुखी तथा प्रविधि मैत्री अनुसन्धानमा तल्लिन हुन निर्देशन दिदै चाड पर्वको सिजन सुरु भएको र चाडपर्वको बेलामा आपराधिक कृयाकलापहरु घट्न सक।ने हुनाले चाडपर्व केन्द्रित सुरक्षा योजना बनाइ सोहि अनुरुप काम गर्न समेत निर्देशन दिनुभयो ।                      कार्यक्रममा  प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेल, काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली, जिल्ला प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८१-०५-०६

काठमाण्डौ, ०६ भदौ     मिति २०८१-०५-०६ गते नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा बिहिबार नेपाल पुलिस स्कुल सामाखुसी काठमाण्डौको  निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।       निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले शिक्षण पेशा मर्यादित पेशा भएकाले शिक्षक पेशामा आवद्व शिक्षक-शिक्षिकासँग बाल मनोविज्ञान  तथा मनोभाव पहिचान गर्ने क्षमता हुनेहुदाँ, हरेक बाल-बालिकाको बाल मनोविज्ञान बुझ्दै सोहि अनुरुपको शिक्षा दिन सकेमा मात्र असल व्यत्तित्व बन्न मद्दत पुग्ने बताउनु भयो ।        साथै विद्यालयको गुणस्तरीय नतिजा तथा विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नतर्फ विद्यालय सम्वद्व सम्पुर्ण पदाधिकारीहरु तथा  शिक्षकहरू एक्यवद्व हुर्दै देशकै उत्कृष्ठ विद्यालय निर्माण गरी हरेक अभिभावकको प्रिय विद्यालयको रुपमा विकास गर्नतर्फ अग्रसर हुन अनुरोध गर्नुहुर्दै शिक्षक शिक्षिकाहरुलाई  आधुनिक समयमा प्राविधिक शिक्षा  तथा प्रविधिको ज्ञान हुनुपर्नेमा समेत जोड दिनुभयो।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले नेपाल पुलिस स्कुलका कक्षाकोठा, पुस्तकालय, प्रयोगशाला लगायत अन्य विभागहरुको निरीक्षण गर्नुका साथै विद्यालयको बारेमा अन्य जानकारी लिनुभएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेल, नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु लगायत प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।  

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०५-०२

काठमाण्डौ, २ भाद्र      तालुक श्री गृह मन्त्रालय, (सचिवस्तर) को मिति २०८१।०४।२८ गतेको निर्णयले मिति २०८१।०५।०१ गतेदेखि लागु हुने गरी प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी निरीक्षक कल्पना राईलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज आईतबार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।           दर्ज्यानी चिन्ह सुशोभन पश्चात प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेलले सुशोभन समारोहलाई सम्बोधन गर्नुभएको उक्त कार्यक्रममा पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।             कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरू , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रम सम्पन्न ।
२०८१-०४-३१

काठमाण्डौ, ३१ साउनकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा बिहिबार प्रहरी वृत्त कीर्तिपुरको नवनिर्मित भवन परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको उपलक्ष्यमा २०८१ साउन २६ गतेबाट सुरुवात भएको वृक्षारोपण कार्यक्रमको पहिलो चरणको समापन कार्यक्रम अन्तर्गत उक्त वृक्षारोपण कार्यक्रम गरिएको थियो ।सोही क्रममा उपस्थित प्रहरी कर्मचारीलाई  निर्देशन सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले हरेक प्रहरी कर्मचारीले उच्च व्यवसायिकताका साथ सुरक्षा प्रदान गरेको खण्डमा मात्र नेपाल प्रहरीको छवि उच्च हुने बताउनु हुँदै मानव अधिकारको सम्मान गर्दै नागरीक मैत्री सेवा प्रवाह गर्न  प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो ।      कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली, सशस्त्र प्रहरी उपरीक्षक भानुभक्त लम्साल, प्रहरी वृत्त कीर्तपुर कार्यालयका  प्रहरी कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।  

प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८१-०४-२८

काठमाण्डौ, २८ साउनकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यद्वारा सोमबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको रानीहलमा यस कार्यालय तथा मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले काठमाण्डौ उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबिम्बको रुपमा रहने हुनाले उपत्यका प्रहरीले अति उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्नु पर्ने बताउनुभयो । हरेक प्रहरी कर्मचारीले उच्च व्यवसायिकताका साथ सुरक्षा प्रदान गरेको खण्डमा मात्र नेपाल प्रहरीको क्षवि उच्च हुने बताउनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक बज्राचार्यले निकट भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीसँग  समन्वय र सहकार्य गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिनु भयो ।      आधुनिक समयमा आपराधिक समूहद्वारा फरक-फरक तवरबाट आपराधिक गतिविधि गरिने हुँदा सूचना सङ्कलनमा प्रभावकारीरूपमा लागी प्राप्‍त हुन आएका सूचनालाई बिधि, प्रविधि र प्रहरीको प्रभावकारी तवरले परिचालन गरी काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनु भयो । प्रहरी उपरीक्षक सन्तोष आचार्यले यस कार्यालयको काम, कर्तव्य तथा क्षेत्राधिकार  सम्बन्धी प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेल, यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू,प्रहरी नायव उपरीक्षकहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षकको स्वागत तथा फेरी भेटौंला कार्यक्रम सम्पन्न ।
२०८१-०४-२८

काठमाण्डौ ,२८ साउनआज मिति २०८१।०४।२८ गते नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८१।०४।२२ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागबाट यस काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कार्यालय प्रमुखको रुपमा हाजिर हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई स्वागत गरिएको छ ।  साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीबाट केन्द्रीय अनुसन्धान ब्यूरो, लाजिम्पाट काठमाण्डौ सरुवा भई जान लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको विदाई तथा फेरी भेटौंला  कार्यक्रम सम्पन्न भएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०४-२४

 काठमाण्डौ, २४ साउन      तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।०४।२२ गतेको निर्णयानुसार संचार प्राविधिक तर्फ प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्राविधिक प्रहरी निरीक्षक अम्मर बहादुर खत्रीलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज बिहिवार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।           सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।             कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेल , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा द्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण कार्यक्रम सम्पन्न ।
२०८१-०४-१८

काठमाण्डौ,२१ साउन ,         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा सोमबार जिल्ला प्रहरी परिसर ललितपुरको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।            जिल्ला प्रहरी परिसर ललितपुरको विभिन्न शाखाहरु तथा हिरासत कक्षको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ  प्रहरी अतिरिक्त महानिरीक्षक थापाले  नेपाल प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुनाले नेपाल प्रहरीका हरेक कर्मचारीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो । नागरिक मैत्री प्रहरी सेवा प्रवाह गरि गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी  सूचना संकलनमा प्रभावकारी रूपमा लागि प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत  काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनु भयो ।                  सोहि क्रममा परिसर ललितपुर तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  अपराधिक गतिविधिहरू प्रति कठोर भई निर्भिकताका साथ कानूनी दायरामा ल्याउनुका साथै आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादर र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य गर्न समेत निर्देशन दिनुका साथै हरेक प्रहरी कर्मचारी अनुशासित ढंगले आफ्नो कमाण्डर प्रती पुर्ण विश्वासका साथ काम कार्वाही गर्न समेत निर्देशन दिनुभयो ।          जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा  प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेल, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।   

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको निरीक्षण कार्यक्रम सम्पन्न ।
२०८१-०४-१७

काठमाण्डौ,१७ साउन         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा बिहिवार काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।             काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको विभिन्न शाखाहरुको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ  प्रहरी अतिरिक्त महानिरीक्षक थापाले  विगतमा जघन्य तथा आमचासोका घटनाहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले सफल अनुसन्धान गरेको स्मरण गराउदै, आगामी दिनहरुमा समेत भविष्यको चुनौतिलाई मध्यनजर गरी  सूचना संकलनमा प्रभावकारी रूपमा लागि प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी सफल अनुसन्धान गर्न निर्देशन दिनु भयो । साथै सूचना संकलनमा खटिएका तथा सादा  पोशाकमा खटिएका प्रहरी कर्मचारीहरूले कुनैपनी लोभ लालच र प्रलोभनमा नपरी कर्तव्यनिष्ठ भएर कार्य सम्पादन गर्न निर्देशन दिदै आर्थिक प्रलोभनमा परि संगठनको छवीमा आचँ आउने कार्य गरेमा कसैलाई क्षम्य नगर्ने समेत बताउनु भयो ।           सोहि क्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अपराधिक गतिविधिहरू प्रति कठोर भई निर्भिकताका साथ कानूनी दायरामा ल्याउनुका साथै आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादर र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य गर्न समेत निर्देशन दिनु भएको थियो ।             कार्यक्रममा प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेल, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराई, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रम सम्पन्न ।
२०८१-०४-१६

काठमाण्डौ, १६ साउन      मिति २०८०-०४-१६ गते विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालयस्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी तारकेश्वर नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाण्डौंको साझेदारीमा तारकेश्वर नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालयका प्रधानध्यापकहरुसँग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम तारकेश्वर नगरपालिकाका नगर प्रमुख प्रमुख कृष्णहरी महर्जनको अध्यक्षतामा तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मन्न भयो । प्रहरी-समुदाय-स्थानिय तह-विद्यालय र सामाजिक संस्थाहरु बिच साझेदारीता निर्माण गरि सामुदायिक सुरक्षालाई संस्थागत गर्नु तथा अपराध रहित, सुरक्षित, सभ्य र सु-संस्कृत समाजको निर्माणका लागि जघन्य अपराध, लागू औषध दुर्व्यसन, महिला बालबालिका विरुद्दका अपराध र हिंसा, बढदो साईवर अपराध, घरेलु हिंसा, ट्राफिक सचेतना तथा सामाजिक विकृति विसंगति बिरुद्द सामाजिक सचेतना जगाउनु साथै सामुदायिक सुरक्षालाई संगठित र दिगो रुपमा प्रवद्धन गर्नु लगायत समाजका सम्वेदनशिल वर्गका रुपमा रहेका वालवालिकाहरुमा सुरक्षा सचेतना बढाई अपराधको जोखिमबाट बचाउनु र विद्यालय स्तरमा नै जनचेतना अभिवृद्धि गर्नु मुख्य उद्धेश्यले जनचेतनामूलक पाठ्यसामाग्री तयार पारिएको हो ।    जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी  नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम  स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउदै साइबर अपराध जस्तो कु-कर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध समेत गर्नु भयो । साथै, हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षित हुने बताउनु भयो ।     आधुनिक समयमा आधुनिक प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगीका घटनाहरू बढेकोमा सामाजिक सञ्जालमा आउने विभिन्न चिठ्ठा तथा लोटरी परेको प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो ।       कार्यक्रममा प्रहरी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधिहरू,विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा द्वारा जिल्ला प्रहरी परिसर काठमाण्डौको निरीक्षण कार्यक्रम सम्पन्न ।
२०८१-०४-१६

काठमाण्डौ,१६ साउन         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा बुधवार जिल्ला प्रहरी परिसर काठमाण्डौको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।             जिल्ला प्रहरी परिसर काठमाण्डौको नव-निर्मित भवनका विभिन्न शाखाहरु, हिरासत कक्ष तथा अन्य संरचनाको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ  प्रहरी अतिरिक्त महानिरीक्षक थापाले  प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिक, नागरिक समाज लगायत राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुने र देशकै राजधानी सहर पनि रहेकाले काठमाण्डौ उपत्यकामा प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो । भुकम्पबाट क्षतिग्रस्त भई तत्कालिन समयमा टेकुबाट सेवा प्रवाह गरी रहेको अबस्थामा नव निर्मित सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा भवन जस्तै सुन्दर सेवा प्रवाह गरि नागरिक मैत्री प्रहरी सेवा प्रवाह गरि  गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी  सूचना संकलनमा प्रभावकारी रूपमा लागि प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनु भयो ।                   सोहि क्रममा परिसर काठमाण्डौ तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  अपराधिक गतिविधिहरू प्रति कठोर भई निर्भिकताका साथ कानूनी दायरामा ल्याउनुका साथै आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादर र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य गर्न समेत निर्देशन दिनु भएको थियो ।            जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक नवराज अधिकारी प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा  प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेल, जिल्ला प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी नायव उपरीक्षक राकेश कुमार पोदारको बिदाई कार्यक्रम सम्पन्न ।
२०८१-०४-१६

काठमाण्डौ, १६ साउन         काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा यस कार्यालयमा कार्यरत रहनु भई उमेर हदको आधारमा अवकास भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक राकेश कुमार पोदारको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।          बिदाई कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले बिदाई भएर जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक राकेश कुमार पोदारले नेपाल प्रहरी संगठनमा निरन्तर रुपमा आफुलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै उच्च सम्मान व्यक्त गर्नु भयो । साथै अवकाश पश्चात पारिवारीक तथा सामाजिक जीवनयापन सुखमय रुपमा वितोस भन्ने सुभेच्छाका साथ संगठनको तर्फबाट शुभकामना व्यक्त गर्नु भयो ।         कार्यक्रममा प्रहरी नायव महानिरिक्ष कृष्ण हरि शर्मा पोख्रेल, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०४-१६

काठमाण्डौ, १६ साउन      तालुक गृह मन्त्रालय, (सचिवस्तर) को मिति २०८१।०४।०६ गतेको निर्णयानुसार, जनपद तर्फ प्रहरी निरीक्षक पदबाट, प्रहरी नायव उपरीक्षक पदमा, बढुवा हुनु भएका प्रहरी नायव उपरीक्षकहरु प्रहरी नायव उपरीक्षक सरोज कुमार ठकुराठी, प्रहरी नायव उपरीक्षक भुवन भट्ट र प्रहरी नायव उपरीक्षक उदय सिंह सिजापतिलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज बुधवार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।           सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।             कार्यक्रममा प्रहरी नायव महानिरिक्ष कृष्ण हरि शर्मा पोख्रेल , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीद्वारा Basic Installation and Operation Orientation Training for CCTV Networking and Video Management System (VMS) तालिम उद्‍घाटन
२०८१-०४-१०

काठमाण्डौ, १० साउन  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीद्वारा Basic Installation and Operation Orientation Training for CCTV Networking and VMS तालिम आज विहिबार  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीको सभहलमा उद्‍घाटन गर्नुभएको छ ।    तालिम उद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बन्धोन गर्नुहुदै प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले ‘सुरक्षित काठमाण्डौ उपत्यका; हाम्रो प्रतिवद्धता’ अभियानलाई सार्थक बनाउन सात दिनसम्म सञ्चालन हुने यस तालिमबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु हुँदै उहाँले ‘अदालतमा साक्षीले सत्य नबक्न पनि सक्दछ, तर प्रविधि र भौतिक सवुदले सदैव सत्य नै बकिरेहेको हुन्छ’ ‘Witness can lie, but the technologies and physical evidences do not.’ अत: पीडितलाई न्याय र पीडकलाई सजायँ दिलाउने पुनित कार्यमा अहोरात्र खटिने प्रहरी प्रविधिमैत्री हुनु पर्ने आजको आवश्यकता भएको बताउनु भयो ।Artificial Intelligence मा आधारित Automatic Number Plate Recognition Camera (ANPR) र Face Recognition Camera (FRC) हरुले अपराध नियन्त्रण तथा अनुसन्धानमा सदैव सफलतातर्फ डोर्‍याउने हुनाले प्रशिक्षार्थीहरुले अधिकतम ज्ञान र सीप सिकी त्यसलाई व्यवहारमा प्रयोग गर्न निर्देशन दिनु भयो ।    कार्यक्रममा प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षक E Three Sales and Services PVT.LTD का पदाधिकारीहरू प्रशिक्षार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।    

सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु
२०८१-०४-०९

काठमाण्डौ, ९ साउनकाठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी मृत्यु हुनेहरूमा विमानका को-पाइलट सुशान्त कटुवाल, विमानमा सवार अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र यमनी नागरिक आरिफ रेडा रहेका छन् ।काठमाण्डौबाट पोखराका लागि उडान भरेको केही समयमा नै दाहिने तिर मोडिन गई धावनमार्गको पूर्वपट्टी रहेको स्थानमा उक्त विमान दुर्घटना भएको थियो । तत्काल नेपाली सेना, नेपाल प्रहरी, सशस्‍त्र प्रहरी बल, अग्नी नियन्त्रक लगायत नेपाल नागरिक उडड्यन प्राधिकरणको संयुक्त सहकार्यमा विमानमा लागेको आगो नियन्त्रणमा लिइएको थियो । विमान पूर्णरूपमा जलेर नष्‍ट भएको छ । साथै दुर्घटनामा घाइते भएका विमानका क्याप्टेन मनिषरत्न शाक्यको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको संयुक्त टोलीले आवश्यक उद्दार कार्य गरेको थियो । 

सुन जस्तो देखिने पहेंलो धातु सहित तीन जना पक्राउ
२०८१-०४-०४

काठमाण्डौ, ०४ साउन            भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५२ ग्राम तौल बराबरको सुन जस्तो देखिने पहेंलो धातुको बाला २ थान, औठी १ थान र चन्द्र बिन्दु १ थान सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ, बाग्लुङ नगरपालिका-४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवति गाउँपालिका-२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका-२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९/९ हजार रूपैयाँ दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त धातु साहेवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०४-०१

काठमाण्डौ, ०१ साउन      तालुक श्री गृह मन्त्रालय, (सचिवस्तर) को मिति २०८१।०३।२८ गतेको निर्णयले मिति २०८१।०४।०१ गतेदेखि लागु हुने गरी प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम (२ क) को खण्ड (क) बमोजिम प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी निरीक्षक राजु भण्डारी र तेज बहादुर बस्नेत तथा ऐ.नियमावलीको नियम १२९ को उपनियम (२क) को खण्ड (ख) बमोजिम प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी निरीक्षक नारायण बाबु भट्टलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज मंगलबार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।           सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।             कार्यक्रममा प्रहरी नायव महानिरिक्ष कृष्ण हरि शर्मा पोख्रेल , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्य सम्पादन सम्झौताको लक्ष्य र प्रगति सम्बन्धी छलफल, अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८१-०३-२९

काठमाण्डौ, २८ असार    मिति २०८१/०३/२८ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरी शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्य सम्पादन सम्झौताको लक्ष्य र प्रगति सम्बन्धी छलफल, अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।    कार्यक्रमलाई निर्देशन सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक पोख्रेलले नेपाल प्रहरी कार्य योजना २०८० तथा कार्य सम्पादन सम्झौता बमोजिम काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अन्तर्गत सम्पूर्ण प्रहरी कार्यालयहरुलाई दिइएको जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयन गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो ।       प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका अन्वेषण योजना तथा विकास शाखा र उजुरी छानबिन तथा मानव अधिकार शाखाका प्रहरी अधिकृतहरु तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्य योजना तथा कार्य सम्पादन सम्झौताका क्रियाकलापहरु कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका प्रहरी अधिकृतहरु तथा  अन्य प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । 

प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८१-०३-२३

काठमाण्डौ, २३ असार‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउन दिइएको निर्देशन सम्बन्धी:    मिति २०८१/०३/२३ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।    कार्यक्रमलाई निर्देशन सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक पोख्रेलले प्रचलित कानूनका प्रावधानहरुलाई पालना गरी ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाई नागरीकलाई कानूनी राज्यको प्रत्याभूती दिलाउन साथै सेवाग्राहीहरुको गुनासो सम्बोधनलाई प्राथमिकता दिई नागरीक केन्द्रित प्रहरी सेवा प्रवाह गरी काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियानलाई सफल पार्न सहकार्य गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो ।      प्रहरी वरिष्ठ उपरीक्षक किसन सिंह थापाले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत सम्पूर्ण मुद्दा चल्ने २१ वटा  प्रहरी इकाइका अपराध अनुसन्धान शाखा प्रमुख, सहायक साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका प्रहरी कर्मचारीहरु लगायत अन्य प्रहरी कर्मचारीको समेत उपस्थिति रहेको थियो ।              

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कार्यालय सञ्चालन तथा प्रहरी परिचालन सम्बन्धमा जानकारीमूलक अवलोकन कार्यक्रम सम्पन्न ।
२०८१-०३-१८

काठमाण्डौ, १८ असार   आज मिति २०८१-०३-१८ गते मंगलबार नेपाल टेलिभिजन प्लस (NTV Plus) बाट हरेक बिहिवार साझ ७:३० बजे प्रशारण हुने हिड्दा-हिड्दै कार्यक्रम निर्माणको क्रममा काठमाण्डौ उपत्यकाका विभिन्न विद्यालयका ९ जना विद्याथीहरु तथा कार्यक्रम निर्माता तथा निर्देशक हेमन्त राज गौतम सहितको १२ जनाको टोलीद्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।   अवलोकन कार्यक्रमको क्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका, कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले यस कार्यालयको कार्यालय सञ्चालन तथा प्रहरी परिचालन सम्बन्धमा जानकारी दिनु भएको थियो । साथै प्रहरी नायव उपरीक्षक प्रमोद कुमार यादवले सिसिटिभि कक्षको बारेमा जानकारी दिनुभएको थियो ।  सोही अवसरमा अवलोकन टोलीद्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय स्थित प्रहरी नियन्त्रण कक्ष (Police Control Room) तथा सिसिटिभि  कक्षको समेत अवलोकन गरिएको थियो ।

अवैध रूपमा भन्सार छली सुनको कारोबार गर्ने व्यक्ति पक्राउ
२०८१-०३-१७

काठमाण्डौ, १७ असारअवैध रूपमा भन्सार छली सुनको कारोबार गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका-२९ ठेगाना भएका २९ वर्षीय सम्साद आलमलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ तिलगंगा एरियामा विदेशबाट आउने नेपाली यात्रुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भन्सार छली गरी ल्याएको सुन ओसार पोसार विक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले आलमलाई ५४ ग्राम ८ सय ७० मिलिग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो रंगको बाला २ थानसहित पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाण्डौमा पठाइएको छ  ।

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ
२०८१-०३-१७

काठमाण्डौ, १७ असारअवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित २ जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय  YAZDANYAR MAJIDIAHI र उनकै श्रीमती ३५ वर्षीया PEGAH TAHERI र रहेका छन् । श्रीलंकन एयरको उडानद्वारा काठमाण्डौबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग चेकिङ गर्ने क्रममा ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा १२ हजार ५ सय अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ४ हजार २ सय पाउण्ड स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारतीय रूपैयाँ र ८ लाख ४० हजार श्रीलंकन रूपी फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ । 

सुनको रिङ लुटपाट गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-०३-१४

काठमाण्डौ, १४ असारकाठमाण्डौ महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पीडितको घरमा भिख माग्ने बहाना बनाई आएका देवु र जेलिनाले दुवै कानमा लगाएको सुनको रिङ्ग लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना रहेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित तीन जना पक्राउ
२०८१-०३-१४

काठमाण्डौ, १४ असारभन्सार छली गरी अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कतार एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाण्डौ आएका अशोक र मोहम्मद जयसलाई आसिकाले उक्त धातु भन्सार छलि गर्न लगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका-१६ वतन भएका ३३ वर्षीय अशोक पासवान, धनुषा सबैला नगरपालिका-१३ वतन भएका ३० वर्षीय मोहम्मद जयस शेख र काठमाण्डौ तारकेश्वर नगरपालिका-२ वतन भएकी २४ वर्षीया आसिका केसी रहेका छन् । उनीहरूलाई आवश्‍यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको   छ । 

निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
२०८१-०३-१२

काठमाण्डौ, १२ असार     मिति २०८१-०३-१२ गते सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, सानेपा ललितपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवश (June 26, 2024) को अवसरमा अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम हेरिटेज गार्डेन, सानेपामा सम्पन्न भएको छ ।    पुरस्कार वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले भविष्यका कर्णधार स-साना विद्यार्थीहरू लागू औषध सेवन गरी समाजमा गम्भिर घटना घटाउन सक्ने हुदा त्यसतर्फ सचेत हुन तथा मनैदेखि ‘SAY NO TO DRUGS’ नारालाई पालना गर्न अनुरोध गर्नुभयो । साथै, लागूऔषध दुर्व्यसनका घटनाहरुलाई न्यूनीकरण गर्न हरेक स्थानिय तह, टोल-समाज, विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम तथा सम्पर्क समिति नै गठन गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको “सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता:” अभियानलाई मूर्तरूप दिन तथा बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी विभिन्न स्थानिय तह भित्रका सम्पूर्ण सार्वजानिक निजी तथा संस्थागत विद्यालयमा अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता भएकोमा  ललितपुर जिल्लाका स्थानिय तहलाई समेत सम्झौताको निम्ति अनुरोध गर्नु भयो ।    सो कार्यक्रममा नेपाल प्रहरी संगित विद्यालयका प्रहरी कर्मचारीहरुद्वारा नाटक तथा जनचेतनामूलक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।        कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ,  जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, स्थानिय जनप्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत बिभिन्न  विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण सम्बन्धी प्रभातफेरी, अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८१-०३-११

काठमाण्डौ, ११असार     मिति २०८१-०३-११ गते पारिजात बचत तथा ऋण सहकारी संस्था लि. र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, कटुञ्जे भक्तपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख तथा निमित्त प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय लागूऔषध विरुद्धको दिवश (June 26, 2024) को अवसरमा लागूऔषध नियन्त्रण सम्बन्धी प्रभातफेरी, अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सल्लाघारी भक्तपुरमा सम्पन्न भएको छ ।     कार्यक्रमलाई सम्बोधन गर्नुहुदै निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउदै भविष्यका कर्णधार विद्यार्थीहरू लागू औषध सेवन गरी समाजमा गम्भिर घटना घटाउन सक्ने हुदा त्यसतर्फ सचेत हुन तथा मनैदेखि ‘SAY NO TO DRUGS’ नारालाई पालना गर्न अनुरोध गर्नुभयो । साथै, वर्तमान समयमा लागूऔषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न हरेक स्थानिय तह, टोल-समाज, विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम तथा सम्पर्क समिति नै गठन गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन तथा बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी विभिन्न स्थानिय तह भित्रका सम्पूर्ण सार्वजानिक निजी तथा संस्थागत विद्यालयमा अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता भएकोमा  भक्तपुर जिल्लाका स्थानिय तहलाई समेत सम्झौताको निम्ति अनुरोध गर्नु भयो ।    कार्यक्रममा प्रहरी निरीक्षक सानु श्रेष्ठले लागू औषध सम्बन्धी प्रशिक्षण गर्नु हुदै लागू औषध दुर्व्यसनमा नलाग्न अनुरोध गर्नु भयो ।     कार्यक्रममा जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक बेद बिष्ट, प्रहरी वृत्त जगतीका निमित्त प्रमुख प्रहरी निरीक्षक रुपक थापा, स्थानिय जनप्रतिनिधिहरू, प्रहरी कर्मचारीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत बिभिन्न ९ विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो ।

प्रहरी नायव महानिरीक्षक कृष्णहरी शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा Safety Pin Campaign सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न
२०८१-०३-०९

काठमाण्डौ, ०९ असार    मिति २०८१/०३/०९ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रहरी नायव महानिरीक्षक कृष्ण हरी शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा Safety Pin Campaign सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।     सार्वजनिक सवारी साधन तथा सार्वजनिक स्थानमा हुने विभिन्न आपराधिक क्रियाकलाप साथै यौनजन्य हिंसा न्यूनिकरणको गर्न काठमाण्डौ उपत्यकाका विभिन्न रुटहरुमा चल्ने सवारी साधनमा प्रहरी कर्मचारीलाई सादा पोशाकमा खटाई Safety Pin Campaign लागु गरिएको थियो ।   कार्यक्रममा उठेका जिज्ञासालाई सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक पोख्रेलले काठमाण्डौ उपत्यका भित्र सवारी साधन तथा सार्वजनिक स्थानमा पकेटमारी तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक उपर हुने हिंसाका घटना न्यूनिकरण गर्न Safety Pin Campaign अभियानमा खटिएका सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु हुँदै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियानलाई सफल पार्ने  विश्‍वास समेत व्यक्त गर्नुभयो ।   कार्यक्रमा प्रहरी वरिष्ठ उपरीक्षककिसन सिंह थापा, प्रहरी उपरीक्षक संजय वहादुर राउत लगायत अन्य प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र Vice-Governor of Sichuan Province and Commissioner of Sichuan Public Security Department, People’s Republic of China का Mr. Ye Hanbing बीच शिष्टाचार भेटघाट ।
२०८१-०३-०६

काठमाण्डौ, ०६काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र Vice-Governor of Sichuan Province and Commissioner of Sichuan Public Security Department, People’s Republic of China का Mr. Ye Hanbing बीच बिहीबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरू बीच आपसी सहयोग, सुरक्षाका सम्बन्ध मजबुत बनाउने, द्विपक्षीय सहकार्य, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विविध विषयमा छलफल भएको थियो । साथै सोही अवसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय स्थित प्रहरी नियन्त्रण कक्ष (Police Control Room) को समेत अवलोकन गरिएको थियो । उक्त कार्यक्रममा चीनका प्रतिनिधि मण्डलका सदस्यहरु, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

ट्राफिक नियन्त्रण तथा रेखाचित्रण चौथो समूहको तालिम सञ्चालन
२०८१-०३-०३

काठमाण्डौ,२ असार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा ट्राफिक नियन्त्रण तथा रेखाचित्रण  चौथो समूहको तालिम सञ्चालन भएको छ ।काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जिवन कुमार श्रेष्ठले तालिम उद्घघाटन गर्दै बढ्दो सवारी दुर्घटनाको अनुसन्धानको सिलसिलामा सवारी दुर्घटनासँग सम्बन्धित विभिन्न किसिमका प्रमाणहरुलाई रेखाचित्रणको माध्यमबाट देखाउन सके अनुसन्धान सहज हुने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी  निरीक्षक शेखर जंग मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ७ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ हवल्दार १ जना, प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान २७ जना गरी कुल ४५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
२०८१-०३-०३

काठमाण्डौ,२ असारकाठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक प्रशासन तालिम २४ औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले तालिमका दौरानमा हासिल गरेका ज्ञान सीपलाई कार्यक्षेत्रमा ईमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । जनतालाई सुरक्षित र सहज ट्राफिक व्यवस्थापनको महशुस गराउनुका साथै सडकमा खटिँदा सहनशील र धैर्यवान भई आफ्नो स्वास्थ्यसमेतलाई ध्यानमा राखी प्राप्त जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत वैशाख २३ गतेदेखि संचालित ३५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो । 

वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०२-३०

काठमाण्डौ, ३० जेठवैदेशिक रोजगारीको नाममा अनलाइनमार्फत रकम ठगी गरेको अभियोगमा नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी पीडितहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा ई-भिसामा पठाईदिने र त्यहाँ पुगेपछि वर्क भिसा गराईदिन्छु भन्दै प्रलोभनमा पारी आफ्नो बैंक खातामा ५ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बानेश्‍वरबाट पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ । 

प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०२-२७

काठमाण्डौ, २७ जेठनेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०२।२५ गतेको निर्णयानुसार जनपद तर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी  हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार लक्ष्मी कुमारी थारुलाई प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी हवल्दार लक्ष्मी कुमारी थारुलाई बधाई तथा शुभकामना  दिनु हुदै  प्रहरी बरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

स्रोत नखुलेको रकमसहित चार जना चिनियाँ नागरिक पक्राउ
२०८१-०२-२४

भक्तपुर, २४ जेठसूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकम ६९ लाख ५ हजार रूपैयाँसहित ४ जना चिनियाँ नागरिकलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाण्डौ बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् । साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्‍व कार्यालय भक्तपुरमा बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।  

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८१-०२-२३

काठमाण्डौ, २३ जेठकाठमाण्डौ महानगरपालिका-२६ म्हैपी पुलस्थित सेलिन सेफाली खाजा घरबाट अवैध लागूऔषध ट्रामाडोल २ हजार २ सय ९० ट्याब्लेट, ८ हजार रूपैयाँ र २ थान मोइबाइलसहित खाजा घरका संचालक पाँचथर फिदिम नगरपालिका-७ घर भएकी ३८ वर्षीया निर्मला योङ्हाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यसैगरी काठमाण्डौ मित्रनगरस्थित किराना पसलबाट अवैध लागूऔषध ट्रामाडोल ४ हजार ५ सय १० ट्याब्लेट, १७ हजार रूपैयाँ र २ थान मोबाइलसहित उक्त पसलका संचालक गोरखा बारपाक सुलिकोट गाउँपालिका-६ घर भएकी २८ वर्षीया शान्ता वस्ती र सोही ठाउँ बस्ने ३२ वर्षीया सुस्मा कुँवरलाई समेत मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर टेकु र प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८१-०२-२३

काठमाण्डौ, २३ जेठवैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्‍चिम चौरजहारी नगरपालिका-१ घर भई काठमाण्डौ महानगरपालिका-३ सुकेधारा बस्ने ३९ वर्षीय रूपेश राज गिरी, स्याङजा आँधिखोला गाउँपालिका-६ घर भई काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही गाउँपालिका-४ घर भई काठमाण्डौ महानगरपालिका-३२ तिनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।   पक्राउमध्ये रूपेशले रोमानिया पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ, राजुले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र युवराजले पोल्याण्ड पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश राजलाई काठमाण्डौ आलोकनगरबाट, राजुलाई काठमाण्डौ नागपोखरीबाट र युवराजलाई काठमाण्डौ तिनकुनेबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०२-२०

काठमाण्डौ, २० जेठनेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०२।०८ गतेको निर्णयानुसार जनपद तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरिष्‍ठ नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी वरिष्‍ठ नायव निरीक्षक नेत्र बहादुर घ.म., नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०२।१७ गतेको निर्णयानुसार जनपद तर्फ प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी नायव निरीक्षक खेटराज थापा र प्रहरी नायव निरीक्षक दल बहादुर श्रेष्‍ठलाई  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनु हुदै  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो

पिक आवरको समयमा जेब्रा क्रसिङ तथा आकाशे पुलमा सामुदायिक प्रहरी परिचालन सम्बन्धमा समिक्षा र आगामी दिनहरुमा थप प्रभावकारी बनाउने सम्बन्धमा अनुशिक्षण कार्यक्रम सम्पन्न
२०८१-०२-१७

काठमाण्डौ, १७ जेठकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीद्वारा काठमाण्डौ उपत्यका स्थित विभिन्न २५ स्थानस्थित सामुदायिक प्रहरी सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई पिक आवरको समयमा (०९:००-११:०० बजे र १६:००-१८:०० बजे) महिला बालबालिका तथा जेष्ठ नागरिकलाई सडक वारपार गर्न र ट्राफिक प्रहरीलाई सहयोग गर्न २०८०/०३/०७ गतेबाट ड्यूटी परिचालन गरिएकोमा सो सम्बन्धी समिक्षा र आगामी दिनहरुमा निजहरुद्वारा सम्पादित कार्यलाई थप प्रभावकारी बनाउने सन्बन्धमा १ (एक) दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  

अनलाईन मार्फत रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८१-०२-१४

काठमाण्डौ, १४ जेठ   अनलाईन मार्फत रकम ठगी गरी Binance App मार्फत लगानी गरेको अभियोगमा रोल्पा माडी गाउँपालिका-६ घर भएका काठमाण्डौ कोटेश्वर बस्ने १९ बर्षीय विज्ञान घर्तीमगरलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बानेश्‍वरबाट पक्राउ गरेको हो । उनले सामाजिक संजाल फेसबुक, टेलिग्राम लगायतका एपहरूको माध्यमबाट साथी बनाई अनलाईनमा लगानी गरेमा दोब्बर हुन्छ भनि प्रलोभन देखाई विभिन्न ब्यक्तिहरुको नाममा रहेका बैंक खाता तथा वालेटमा पटक-पटक गरी जम्मा २ लाख १६ हजार रूपैयाँ ट्रान्सफर गरी ठगी गरेको खुल्न आएको छ । साथै उनले Binance App मार्फत हाल सम्म १ करोड ५१ लाख ७५ हजार ७४ रूपैयाँ कारोबार गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाइएको छ । 

सुन जस्तो देखिने पहेंलो धातुसहित एक जना पक्राउ
२०८१-०२-१३

काठमाण्डौ, १३ जेठभन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको बेरूवा औंठी ३ थानसहित चन्द्रागिरी नगरपालिका-१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

Law Enforcement, IT and Public Transport Management System सम्बन्धी प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न
२०८१-०२-०८

काठमाण्डौ, ०८ जेठमिति २०८१/०२/०८ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा Law Enforcement, IT and Public Transport Management System सम्बन्धी प्रस्तुतीकरण तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक तथा संस्थागत सवारी साधनको सुरक्षित परीचालन तथा समन्वयकारी निकायसँगको समन्वयमा सहज बनाउने  सम्बन्धमा Public Transport Management System को प्रयोग तथा यस सम्बन्धी कानूनी व्यवस्थाका बिषयमा कार्यक्रममा छलफल भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ‘Witness can lie but technology doesn’t’. साक्षीले सत्य नबक्न पनि सक्दछ तर प्रविधिले सदैव सत्य नै उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने कार्यमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय समयानूकुल प्रविधिमैत्री भईरहेको साथै यस्ता कार्यक्रमले थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।साथै, आधुनिक समयमा आधुनिक प्रविधिको प्रयोग गरी अपराध हुने हुँदा त्यसको न्यूनिकरणको निमित्त विद्यालय स्तरमै सचेतना अभियान उपयुक्त हुने हुँदा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा मातहतको प्रयासमा ५ वटा नगरपालिकामा जनचेतनामूलक पाठ्यसामाग्री निर्माण गरि कार्यान्वयनमा ल्याईएको साथै त्यसमा समयानुकुल परिमार्जन गरिने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा विभिन्न सामाजिक क्षेत्रमा आवद्व संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरू, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल  लगायत वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।   रामलक्ष्मण इनोभेसनको तर्फबाट लक्ष्मण रिमालले प्रस्तुतीकरण प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा अधिवक्त्ता डा. सरिता खनालले धन्यवाद ज्ञापन तथा समापन गर्नुभएको थियो । 

पिक आवरको समयमा जेब्रा क्रसिङ तथा आकाशे पुलमा सामुदायिक प्रहरी परिचालन सम्बन्धमा समिक्षा र आगामी दिनहरुमा थप प्रभावकारी बनाउने सम्बन्धमा अनुशिक्षण कार्यक्रम सम्पन्न
२०८१-०२-०८

काठमाण्डौ, ०८ जेठ काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीद्वारा काठमाण्डौ उपत्यका स्थित विभिन्न २५ स्थानमा, सामुदायिक प्रहरी सेवा केन्द्रहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई पिक आवरको समयमा (बिहान ०९:००-११:०० बजे र १६:००-१८:०० बजे) महिला बालबालिका तथा जेष्ठ नागरिकलाई सडक वारपार गर्न र ट्राफिक प्रहरीलाई सहयोग गर्न २०८०/०३/०७ गतेबाट डिउटी परिचालन गरिएकोमा सो सम्बन्धी समिक्षा र आगामी दिनहरुमा थप प्रभावकारी बनाउने सन्बन्धमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी जवानको हत्यामा संलग्न सात जना पक्राउ
२०८१-०२-०६

काठमाण्डौ, ६ जेठ  टोखा नगरपालिका-१० गोंगबु बस्ने खोटाङ मजुवागढि नगरपालिका-१ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय युवराज घिमिरेको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डौको बालाजु, जरंखु, मनमैजु लगायतका सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्दै आएका भक्तपुर चाँगुनारायण घर भएका २१ वर्षीय आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर घर भएकी १८ वर्षीया किशोरी, स्याङ्जा आधीखोला घर भएकी २१ वर्षीया बिपना/बसन्ती भन्ने बसुन्धारा कार्की तथा ५६ वर्षीया नुनमाया कार्की, नुवाकोट ताती घर भएका २१ वर्षीय बुद्द लामा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती घर भएका ३० वर्षीय दोर्जे भन्ने अमृत तामाङ र उदयपुर घर भएका १३ वर्षीय नाबालक रहेका छन् ।  काठमाण्डौ तारकेश्वर नगरपालिका-९ मनमैजु बासुकी नाग टोलस्थित निर्माणाधीन घरमा प्रहरी जवान घिमिरेको शव फेला परेपश्चात प्राविधिक विश्‍लेषण तथा अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरूलाई काठमाण्डौ महानगरपालिका-१६ स्थित बाईस धारा जंगलबाट पक्राउ गरेको हो । ड्युटी सकेर घर जाने क्रममा तारकेश्वर नगरपालिका-११ स्थित खाजा घरमा भेट भएका पूर्व परिचित सचिन र १८ वर्षीया किशोरीले बिरामी भएकोले आश्रयस्थल पुर्‍याईदिने बहानामा घटनास्थलमा लगी अन्य अभियुक्तहरूको सहयोगमा रड, इँटा समेतको प्रयोग गरी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । लुटपाट तथा महिलासँगको विवाद लगायतका कारण हत्या भएको हुन सक्नेतर्फ थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा ट्राफिक प्रहरीलाई सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८१-०२-०३

काठमाण्डौ, ०३ जेठ      मिति २०८०-०२-०३ गते ट्राफिक प्रहरीलाई सामाग्री हस्तान्तरण कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षता तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।      सवारी दुर्घटना न्यूनिकरण तथा सवारी आवागमनलाई सुव्यवस्थित गर्ने मुख्य उद्देश्यसहित कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. पोषराज पोखरेललाई ट्राफिक सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले कागेश्वरी मनोहरा नगरपालिकाद्वारा ट्राफिक प्रहरीलाई प्रविधीमैत्री सामाग्रीहरु हस्तान्तरण गरी काठमाण्डौ उपत्यकामा सवारी साधनको व्यवस्थापनमा सुधार ल्याउन गरिएको प्रयास सराहनीय रहेकोले धन्यवाद व्यक्त गर्नु भयो ।साथै प्रविधीमैत्री ट्राफिक सामाग्रीहरुको सहयोगले प्रविधिमैत्री सवुद सङ्कलनमा सहजता हुने हुँदा ट्राफिक नियम उलङ्घन तथा सवारी दुर्घटना पश्चातको अनुसन्धानमा समेत सहयोग पुग्ने बताउँदै सवारी साधन चलाउदा ट्राफिक नियमहरु अनिवार्य रुपमा पालना गर्न सम्पूर्ण नागरिकलाई अनुरोध गर्नु हुँदै हरेक परिवार, समाज तथा स्थानीय सरकारको ऐक्यवद्वताले मात्र समाज अपराध रहित, सुव्यवस्थित तथा सुरक्षित हुने बताउनु भयो ।            कार्यक्रममा प्रहरी वरिष्ठ अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू/भद्र भलादमीहरू लगायतको उपस्थिति रहेको थियो ।

गाडी चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८१-०२-०२

ललितपुर, २ जेठ ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका बा.१५ च ९८२५, बा.१२ च ४७०६ र बा.७ च ७७० नम्बरका ३ वटा पिकअप गाडीहरू श्रृखलावद्ध रूपमा चोरी भएको घटना संलग्न रहेको अभियोगमा रामेछाप दोरम्वा गाउँपालिका-५ घर भई ललितपुर सानेपा वस्ने २९ वर्षीय गणेश वहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उक्त गाडीहरू चोरी भएको घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बा.१५ च ९८२५ नम्बर र बा.१२ च ४७०६ नम्बरको गाडीहरूको ब्याट्री नभएको अवस्थामा नैकाप र सतुङ्गलबाट फेला परेको थियो । साथै बा.७ च ७७० नम्बरको पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोलाबाट नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा गौतमलाई काभ्रे भुम्लु गाउँपालिका-१० दोलालघाटबाट पक्राउ गरेको हो । उनलाई ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
२०८१-०२-०२

काठमाण्डौ, २ जेठभिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाण्डौ तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका-८ घर भई काठमाण्डौ टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विक रहेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौ महानगरपालिका-६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो । उनीहरूले युएइ दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्‍याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको छ । पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली राजदुतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । 

प्रहरी वरिष्‍ठ उपरीक्षक अरुण पौडेलको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०१-३०

काठमाण्डौ, ३० बैशाख नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०१।२७ गतेको निर्णयानुसार प्राविधिक प्रहरी समूह सञ्चार तर्फ प्राविधिक प्रहरी  जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्राविधिक प्रहरी सहायक हवल्दार रुपा श्रेष्‍ठ र प्राविधिक प्रहरी समूह सूचना प्रविधि तर्फ प्राविधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्राविधिक प्रहरी सहायक हवल्दार कल्पना कुमारी शाहीलाई प्रहरी वरिष्‍ठ उपरीक्षक अरुण पौडेलले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८१-०१-२४

काठमाण्डौ, २४ वैशाख      काठमाण्डौ ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान,  मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका-३० मैतिदेवी बस्ने ३४ वर्षीय संजय खड्गी रहेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौ धुमबाराहीबाट पक्राउ गरेको हो । विभिन्न मितिमा काठमाण्डौ उपत्यका अन्तर्गतका प्रहरी कार्यालयमा ५ पटक चोरी सम्बन्धी लगायतका कसूरमा उनीहरू उपर मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ  । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

इजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०१-२४

काठमाण्डौ, २४ वैशाख               इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

वैदेशिक अध्ययन र रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-०१-२१

काठमाण्डौ, २१ वैशाखवैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २ सय १९ जनालाई ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नियोनि एजुकेशनल कन्सल्टेन्सीका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ घर भई काठमाण्डौ कागेश्वरी बस्ने ३५ वर्षीय नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र सोही कन्सल्टेन्सीमा आवद्ध झापा गौरादह नगरपालिका-१ घर भई ललितपुर भैसीपाटी बस्ने ४६ वर्षीय पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेका छन् । उनीहरूले विभिन्न व्यक्तिको नागरिकता दुरूपयोग गरेको, विदेश जान चाहने युवायुवतीहरूलाई ४ लाखदेखि ७ लाख रूपैयाँ सम्म उठाउने गरेको, बैंक खातामा २ सय भन्दा बढि व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एटिएम कार्ड, कनेक्ट आइपिएस तथा चेकमार्फत रकम निकाली दुरूपयोग एवम् ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-१८

काठमाण्डौ, १८ वैशाख वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-११ घर भई काठमाण्डौ तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढा मगर रहेका छन् ।   पक्राउमध्ये उदिम बहादुरले युएसए पठाईदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७८ लाख रूपैयाँ ठगी गरेको र सन्ध्याले स्लोभाकिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उदिमलाई ललितपुर सातदोबाटो र सन्ध्यालाई  काठमाण्डौ मनमैजुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८१-०१-१६

काठमाण्डौ,१६ बैशाखमिति २०८१।०१।१६ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८१।०१।१३ गतेको निर्णयानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा,कास्की, प्रमुखको रुपमा सरुवा भई कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले विदाई भएर जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले यस कार्यालयमा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो । साथै सङ्गठको श्रीबृद्दिका खातिर निरन्तर लागिरहन निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०१-१६

काठमाण्डौ, १६ बैशाख गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।०१।१२ गतेको निर्णयानुसार मिति २०८१।०१।१५ गतेबाट लागू हुने गरी प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ उपनियम  (२ क) को खण्ड (क) बमोजिम प्रहरी वरिष्‍ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका हाल प्रहरी वृत गौशालामा कार्यरत प्रहरी निरीक्षक शिव गिरी,  नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०१।१४ गतेको निर्णयानुसार प्राविधिक प्रहरी समूह सञ्चार तर्फ प्राविधिक प्रहरी  हवल्दार पदबाट प्राविधिक प्रहरी  बरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्रा.प्रहरी  बरिष्ठ हवल्दार अर्जुन कडेल र प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रा.प्र.ह. मणीराज दाहाललाई  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनु हुदै  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रम सम्पन्न ।
२०८१-०१-१४

काठमाण्डौ, १४ बैशाख      मिति २०८०-०१-१४ गते विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालयस्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी गोकर्णेश्वर नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाण्डौंको साझेदारीमा गोकर्णेश्वर नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालय प्रधानध्यापकहरुसँग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख प्रमुख दिपक कुमार रिसालको अध्यक्षतामा तथा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मन्न भएको ।प्रहरी-समुदाय-स्थानिय तह-विद्यालय र सामाजिक संस्थाहरु बिच साझेदारीता निर्माण गरि सामुदायिक सुरक्षालाई संस्थागत गर्नु तथा अपराध रहित, सुरक्षित, सभ्य र सु-संस्कृत समाजको निर्माणका लागि जघन्य अपराध, लागु औषध दुर्व्यसन, महिला बालबालिका विरुद्दका अपराध र हिंसा, बढदो साईवर अपराध, घरेलु हिंसा, ट्राफिक सचेतना तथा सामाजिक विकृति विसंगति बिरुद्द सामाजिक सचेतना जगाउनु साथै सामुदायिक सुरक्षालाई संगठित र दिगो रुपमा प्रवद्धन गर्नु लगायत समाजका सम्वेदनशिल वर्गका रुपमा रहेका वालवालिकाहरुमा सुरक्षा सचेतना बढाई अपराधको जोखिमबाट बचाउनु र विद्यालय स्तरमा नै जनचेतना अभिवृद्धि गर्नु मुख्य उद्धेश्यले जनचेतनामूलक पाठ्यसामाग्री तयार पारिएको हो ।    जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी  नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम  स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउदै साइबर अपराध जस्तो कु-कर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध समेत गर्नु भयो । साथै, हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षित हुने बताउनु भयो ।      प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगीका घटनाहरू बढेकोमा बिशेष गरी  चिठ्ठा तथा लोटरी परेको प्रलोभन देखाई ठगीका घटनाहरू अत्याधिक वृद्धि भएकाले सामाजिक सञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो ।कार्यक्रममा प्रहरी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधिहरू,विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

अवैध रूपमा भन्सार छली लैजान लागेको सामानसहित दुई जना पक्राउ
२०८१-०१-१४

काठमाण्डौ, १३ वैशाखभन्सार छली लैजान लागेको ५० ग्राम बराबरको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थान, आइफोन ३ थान  र विभिन्न भेपको लिक्युडसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-९ घर भएका ४२ वर्षीय जगदिश श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका-३ घर भएका ४३ वर्षीय राज कुमार श्रेष्ठ रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियामा उनीहरूले बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उक्त सामानहरू अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा देखिएका समस्या र सुधारका उपाय सम्बन्धी काठमाण्डौ उपत्यका स्तरीय SOCO गोष्ठी कार्यक्रम सम्पन्न ।
२०८१-०१-०७

काठमाण्डौ, ७ वैशाख         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा देखिएका समस्या र सुधारका उपाय सम्बन्धी काठमाण्डौ उपत्यका स्तरीय  SOCO गोष्ठी-२०८१ सम्पन्न भएको छ ।     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक अरुण पौडेलले समुद्‌घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अनुसन्धान विद्यालय,महाराजगंज र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रस्तुतीकरण तथा घटनास्थल अनुसन्धान अधिकृतहरुले कार्यपत्र समेत प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।       समापनको चरणमा अन्तरक्रिया तथा छलफलको क्रममा उठेका जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले कार्य सम्पादन गर्ने विभिन्न प्रकृतिका कार्यहरु मध्ये सर्वाधिक जिम्मेवारीपूर्ण कार्य, अपराध अनुसन्धानमा अहोरात्र खटिई सेवा प्रदान गर्ने नेपाल प्रहरीका घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनकर्ता सम्पुर्ण SOCO अधिकृतहरुलाई धन्यवाद व्यक्त गर्दै सबुद संकलन गर्दा प्रविधि र अनुभवको समिश्रणले संकलित सबुत प्रमाण वर्षौ-वर्ष यथेष्ठ प्रमाण रहीरहने हुँदा घटनास्थलमा सबुद प्रमाण संकलनमा थप जिम्मेबार हुन निर्देशन दिनुभयो ।       साथै घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा देखिएका समस्याहरुलाई समाधान गर्ने सम्बन्धमा उठेका सुझावलाई समेत सम्बन्धित निकायहरुमा समन्वय गरी सम्बोधन गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।          कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-१२-२८

काठमाण्डौ, २८ चैततालुक गृह मन्त्रालय (सचिवस्तर) को  मिति २०८०।१२।२५ गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ बमोजिम पदोन्नती हुनु भएका प्रहरी नायव उपरीक्षक अन्जन कोईरालालाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज बुधबार आयोजित एक कार्यक्रमका बीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयद्वारा भएका गरेका प्रहरी कार्यहरुको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१२-२६

काठमाण्डौ, २६ चैत काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा सोमबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अडिटोरियम  हलमा  यस कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरुलाई भएका गरेका प्रहरी कार्यहरुको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले निकट भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीसँग समन्वय र सहकार्य गर्दै स्वतन्त्र,निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिनु भयो ।  साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा बल प्रयोगको  सिद्धान्तलाई अवलम्बन गर्दै थप सम्बेदनशील भई मानव अधिकारको उच्चतम सम्मान गर्दै कार्य सम्पादन गर्नतर्फ समेत जोड दिदै काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीलाई मानव अधिकार प्रति संबेदनसील बनाउन काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गर्न  निर्देशन समेत दिनु भयो । काठमाण्डौ उपत्यकामा गुण्डागर्दीमा सम्लग्न अपराधिक मनसायका व्यक्तिहरु समेतले विभिन्न प्रकृतिका घटनाहरु घटाउने हुदा गुण्डागर्दीलाई निर्ममताका साथ नियन्त्रण गर्न निर्देशन दिदै मातहतका प्रहरी कर्मचारी वा कार्यालय प्रमुखहरुले कानून विपरितका कार्यमा सम्लग्न भएमा कठोर कारवाही गर्ने निर्देशन दिनुभयो । कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका कार्यालय प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, यस कार्यालय तथा मातहत कार्यालयका, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सैनिक प्रहरी शिक्षार्थीहरुबाट अवलोकन भ्रमण सम्पन्न ।
२०८०-१२-२२

काठमाण्डौ, २२ चैत्रमिति २०८०/१२/२२ गते विहीवार नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डाका शिक्षार्थीहरुबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको अबलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख प्रहरी नायव उपरीक्षक कोपिला चुडालद्वारा ७० जना शिक्षार्थीहरूलाई  काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको काम, कर्तव्य, अधिकार तथा अन्य समासामयिक विषयको  बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । साथै सैनिक प्रहरी शिक्षार्थीहरुलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय परीसर भित्रका प्रहरी नियन्त्रण कक्ष (Control Room)  र CCTV कक्षको समेत अवलोकन गराइएको थियो ।

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
२०८०-१२-१८

काठमाण्डौ, १८ चैत चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु.२ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक उनलाई उक्त नगदगहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाण्डौ पुर्‍याइदिनू भनी श्रेष्ठलाई दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको  छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-१२-१६

काठमाण्डौ, १६ चैतनेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८०।१२।१५  को पत्रले प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका २ जना  प्रहरी सहायक हवल्दारहरुलाई   प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले  काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।    दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनुहुदै  प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा, प्रहरी बरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी नायव उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८०-१२-१४

काठमाण्डौ,१४ चैत्रमिति २०८०।१२।१४ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८०।१२।०७ गतेको निर्णयले सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भयो ।        बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले विदाई भएर जान लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरूले यस कार्यालयमा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँहरूलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो ।       प्रचलित कानूनलाई ध्यानमा राखेर मातहत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै परिणाममुखी, व्यवसायिक तथा जनमुखी सेवा प्रवाह गर्न निर्देशन दिनुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले आगामी दिनमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न तयार रहन र      संगठनप्रति निष्ठावान भई निरन्तर लागिरहन समेत निर्देशन दिनु भयो । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८०-१२-०७

काठमाण्डौ, ०७ चैत     मिति २०८०-१२-०७ गते नेक्सस् इन्टरनेशनल एकेडेमी र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,कोटेश्वरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम नेक्सस् इन्टरनेशनल एकेडेमी का.न.पा.३२ टाउन प्लानिङ कोटेश्वरमा सम्पन्न भएको छ ।       कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागूऔषध नियन्त्रण तथा साइबर अपराध न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम  स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु सान्दर्भिक भएको बताउदै साइबर अपराध जस्तो कु-कर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध समेत गर्नु भयो । साथै हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षित हुने बताउनु भयो ।       प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगीका घटनाहरू बढेकोमा बिशेष गरी  चिठ्ठा तथा लोटरी परेको प्रलोभन देखाई ठगीका घटनाहरू अत्याधिक वृद्धि भएकाले सामाजिक सञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानीय निकायहरुमा पुन:स्थापना केन्द्रहरूको आवश्यकता समेत औलाउनुभयो ।     कार्यक्रममा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी नायव उपरीक्षक प्रेम शाहीले लागूऔषध दुर्व्यसन,रोकथामका उपायहरुको बारेमा  तथा नेपाल प्रहरी साइबर व्यूरो भोटाहिटीका प्रहरी नायव उपरीक्षक ई. दिपेश जोशीले साइबर अपराध- सुरक्षा सम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो । साथै, कार्यक्रममा नेपाल प्रहरीद्वारा निर्मित लागूऔषध तथा साइबर अपराध सम्बन्धी विभिन्न जनचेतनामुलक भिडियो प्रसारण गरिनुका साथै  नेक्सस् इन्टरनेशनल एकेडेमीका  विद्यार्थीहरुद्वारा राष्ट्रभक्ति नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्दै कार्यक्रमका सभाअध्यक्ष नेक्सस् इन्टरनेशनल एकेडेमीका प्राचार्य तथा प्याब्सन केन्द्रिय कार्य समिति महासचिब आर.बी कटुवालले कार्यक्रमका विषयवस्तुको बारेमा जानकारी दिनुका साथै लागूऔषध सेवनले समाजमा गम्भिर घटनाहरु घटन सक्ने हुदा त्यसतर्फ सचेत हुन विद्यार्थीहरूलाई अनुरोध गर्दै साइबर अपराधका घटनामा हरेक नागरिकलाई सजग रहन अनुरोध समेत गर्नु भयो ।   कार्यक्रममा प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ
२०८०-१२-०६

काठमाण्डौ, ६ चैत क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका-७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा गाउँपालिका-६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाण्डौ गोकर्णेश्वर नगरपालिका-४ नामगेल बस्ने नुवाकोट शिवपुर गाउँपालिका-१ घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् । विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप  ५ थान र मोबाइल ११ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८०-१२-०५

काठमाण्डौ, ४ चैत            गोकर्णेश्‍वर नगरपालिका-३ बस्ने १८ वर्षीया सुष्मा लामाको हत्या गरेको अभियोगमा सोही नगरपालिका-३ तारेभिर बस्ने २१ वर्षीय रूपेन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ ।            सोही नगरपालिका-३ तारेभिरस्थित शिवपुरी राष्‍ट्रिय निकुन्जको जंगलमा फागुन २४ गते सुष्माको शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न  रूपेन्द्रलाई पक्राउ गरेको हो । सुष्मा एक्लै कलेज गईरहेको अवस्थामा बाटो छेकी प्रेम प्रस्ताव राखेकोमा ईन्कार गरेपश्चात रूपेशले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।              उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ । 

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा २०८० सालको महाशिवरात्री लक्षित सुरक्षा योजना
२०८०-११-२४

काठमाण्डौ, २४ फाल्गुण         मिति २०८०/११/२५ गते महाशिवरात्रीमा पशुपतिनाथको मन्दिर परिसरमा मेला लाग्ने र उक्त मेलामा स्वदेशी तथा बिदेशी भक्तजनहरुको अत्यधिक भीड हुने भएकोले सो क्षेत्रमा शान्ति सुरक्षा तथा सवारी व्यवस्थापन गर्नका लागि मिति २०८०/११/२४ गतेदेखि मिति २०८०/११/२६ गते मेला सम्पन्न नभएसम्मको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौबाट अनुरोध भई आएको ।साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवन र जिल्ला प्रहरी परिसर काठमाण्डौ समेत भई संयुक्त रुपमा तयार पारिएको एकीकृत सुरक्षा योजना अनुरुप प्रभावकारी तवरले प्रविधि र प्रहरीको परिचालन गरी पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा प्रदान गरिनुका साथै सवारी व्यवस्थापन गरिने छ ।·       कमाण्ड पोष्टः–  मिति २०८०/११/२४ गते १०:०० बजेदेखि मेला समाप्त नभएसम्मः-जिल्ला प्रहरी परिसर काठमाडौंका प्र.उ नवराज अधिकारी (K2) को कमाण्डमा मिति २०८०।११।२४ गते १०.०० बजेदेखि मेला सम्पन्न नभएसम्म  रहने ।·       मेलामा कर्डन, पिकेट, मोवाइल गश्ती, पैदल गश्ती, स्टाइकिङ, ड्रोन, सिसिटिभि क्यामेरा, बडी वर्न क्यामेरा लगायतका प्रविधिमार्फत निगरानी गरिने,·       नेपाल प्रहरी अस्पतालबाट चिकित्सकसहितको एम्बुलेन्स रहने,·       आपत विपद आई परेमा तालीम प्राप्‍त उद्दारकर्मीलाई रिजर्भमा राखिएको,·       सुरक्षाका अन्य अंगसँग समन्वय गरिने ।क)   मेलाको समयमा शान्ति, सुरक्षा तथा अमन चयन कार्यका लागि खटिने प्रहरी:    महाशिवरात्रीमा  सिफ्ट अनुसार परिचालिन जनशक्ति विवरण सिफ्ट पुरुष महिला जम्मा पहिलो ७१९ ३०५ १०२४ दोश्रो ७१९ ३०५ १०२४ अन्तिम ७१९ ३०५ १०२४ जम्मा २१५७ ९१५ ३०७२  मेला सुरु भएदेखि  समाप्‍त नभएसम्म कमाण्ड पोष्‍ट, सादा पोसाक, सञ्‍चार, ड्रोन अपरेटर, फोटोग्राफर, रिजर्भ  सहित परिचालित ४३९  माग बमोजिम ने.प्र.प्र.का, काउ.प्र.का र जि. प्र. परिसर काठमाण्डौ लगायतबाट कुल परिचालित जनशक्ति ३५११ ट्राफिक व्यवस्थापन तर्फ कुल परिचालित ५८३ कुल जम्मा ४०९४                 ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:           १.  मेलाको समयमा सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा यात्रुहरुको आवागमन सुरक्षित गराउने उद्देश्यले ट्राफिक प्रहरी परिचालित हुनेछ  ।         २. उक्त कार्यका लागि ५८३ जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।साथै महाशिवरात्री मेलामा सरिक हुँदा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ: निम्न:१.      आफ्नो स्वास्थ्यको ख्याल गरौँ ।२.     अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।३.     नगद, वहुमूल्य सामान, गर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔँ ।४.     मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी मेलामा नजाऔँ ।५.     ट्राफिक नियमको सदैव पालना गरौँ ।६.      महिला बालबालिका तथा जेष्‍ठ नागरिकलाई दर्शनका लागि सहजीकरण गरौँ ।७.     हर्षोल्लाससहित महाशिवरात्री मनाऔँ, आपराधिक कार्य नगरौँ । “यहाँहरु ढुक्कले महाशिवरात्री पर्व मनाउनुहोस, प्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैँछ नि”!प्रहरी सम्पर्कको लागि:-·         प्रहरी कन्ट्रोल कक्ष - १००, ०१-४२२८४३५, ९८५१२८३०२६,·         ट्राफिक कन्ट्रोल १०३,·         महिला तथा बालबालिका खोज तलास केन्द्र भृकुटीमण्डप १०४,·         जिल्ला प्रहरी परिसर काठमाण्डौ ९८५१२८३०१२, ललितपुर:९८५१२९४५५५ रभक्तपुर: ९८५१२९३१५०·       FB Page: https://www.facebook.com/ktmvalley.nepalpolice.gov.npNepal Police App  प्रहरी वरिष्‍ठ उपरीक्षक (दिनेश राज मैनाली)प्रवक्ताकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी । सम्पर्क: ९८५१२६०४६०

E - QRT (Equipping the Police QRT) को शुभारम्भ तथा QRT परेडको सुरुवात कार्यक्रम सम्पन्न ।
२०८०-११-२३

काठमाण्डौ, २३ फागुनमिति २०८०/११/२३ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख अतित्थ्यतामा e - QRT (Equipping The Police QRT) को शुभारम्भ तथा QRT(Quick Response Team) परेड कार्यक्रम सम्पन्न  भएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौमा बुधबार आयोजित एक कार्यक्रमबीच प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले e - QRT को शुभारम्भ साथै QRT परेड सुरुवात लगायत QRT कमान्डरलाई QRT ACCESSORIES  समेत हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रस्तुतीकरण प्रस्तुत गर्दै जिल्ला प्रहरी परीसर काठमाण्डौका प्रमुख प्रहरी  वरिष्ठ उपरीक्षक भूपेन्द्र वहादुर खत्रीले प्रहरी कर्मचारी तथा प्रहरी कार्य हमेसा जवाफदेही हुनुपर्ने हुँदा प्रविधीको सहयोगले समाजमा घटित अपराधलाई न्यूनिकरण गर्न तथा प्रमाणमुखी अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने बताउनुभयो । सो कार्यक्रमका विशेष अतिथि जिल्ला प्रशासन कार्यालयका प्रमुख, प्रमुख जिल्ला अधिकारी  जितेन्द्र कुमार बस्नेतले प्रहरी जनशक्तीलाई दक्ष र आधुनिक प्रविधियुक्त साधन श्रोत सम्पन्न बनाए सही सूचना तथा सही प्रमाण सङ्कलन हुने तथा अपराध अभियोजनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रविधिले सदैव सत्यलाई मात्र  उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउन अपरीहार्य भएको अवस्थामा यो कार्य सृजनशील भएको र यसबाट अपेक्षित लाभ हासिल हुन सक्ने तथा आधुनिक समयमा प्रविधिको प्रयोग गरी घटनाहरू घटाइने हुँदा  प्रविधियुक्त e - QRT ले डिजिटल प्रमाण प्रदान गर्ने हुँदा विभिन्न कसूरको अनुसन्धानमा सहज पुर्‍याउने साथै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन e – QRT टोली कोसेढुङ्गा सावित हुने विश्वास समेत व्यक्त गर्नुभयो । साथै  QRT ACCESSORIES को प्रयोगले  Real Time Location पहिचान गरी आकस्मिक उद्वार लगायतका प्रहरी कार्यमा प्रभावकारी तवरले प्रहरी परीचालन गर्नुका साथै Police Control Room संगको समन्वयमा सहज बनाउने तथा नागरीक र प्रहरी कर्मचारीको बोली व्यवहारमा समेत निगरानी हुने बताउदै काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर तथा भक्तपुरलाई समेत यस्तो सृजनशील कार्य तुरुन्त लागु गर्न निर्देशन समेत दिनुभयो । कार्यक्रममा काठमाण्डौ जिल्ला सरकारी कार्यालयका प्रमुख,सहन्याधिवत्ता सन्देश श्रेष्ठ, काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल,जिल्ला सुरक्षा समितिका अन्य पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायतका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

सुन जस्तो देखिने वस्तुसहित भारतीय नागरिक पक्राउ
२०८०-११-१३

काठमाण्डौ, १३ फागुन             त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रा शनिबार दिउँसो पक्राउ परेकी छिन् ।  नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाण्डौ आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी भन्सार कार्यालय गौचर पठाइएको छ ।  

सुन जस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिक पक्राउ
२०८०-११-०८

काठमाण्डौ, ८ फागुन             त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका छन् ।  फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाई छिपाई भन्सार छलि लैजान लागेको उक्त वस्तुसहित उनलाई प्रहरीले पक्राउ गरेको    हो ।             उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय पठाइनेछ । 

प्रहरी उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८०-११-०४

काठमाण्डौ,०४ फागुनमिति २०८०।११।०४ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८०।११।०१ गतेको निर्णयले सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी उपरीक्षकहरुको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले विदाई भएर जान लाग्नु भएका प्रहरी उपरीक्षकहरूले यस कार्यालयमा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँहरूलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो ।सङ्गठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुबाट अझैँ व्यवसायिक तथा जनमुखी सेवा प्रवाह गरिने अपेक्षा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले आगामी दिनमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न तयार रहन र सङ्गठको श्रीबृद्दिका खातिर निरन्तर लागिरहन निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-११-०४

काठमाण्डौ, ०४ फागुन नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको च.नं. ४६२९ मिति २०८०।११।०३  को पत्रले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा भएका ४ जना प्रहरी हवल्दारहरुलाई  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनु हुदै  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी नायव महानिरीक्षकको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८०-११-०२

काठमाण्डौ,०१ फागुनमिति २०८०।११।०१ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल सरकार, गृह मन्त्रालय (माननीय उप-प्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०।१०।२६ गतेको निर्णयानुसार मानव वेचबिखन अनुसन्धान व्यूरो काठमाण्डौमा सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी बरिष्ठ उपरीक्षकहरु ओम बहादुर राना ज्यूको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रहरी बरिष्ठ उपरीक्षकहरु ओम बहादुर रानाले  यस कार्यालयमा कार्यरत रहँदा कार्यकुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो । उक्त कार्यक्रममा प्रहरी नायव महानिरिक्षक गुर्गा सिंह, प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१०-२६

काठमाण्डौ, २६ माघ    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट शुक्रबार बिहान काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वर काठमाण्डौ उपत्यका सुरक्षाको लागि रिजर्व फौज भएकोले काठमाण्डौ उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा ड्यूटीमा खटिनु पर्ने हुँदा सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।  प्रहरी अतिरिक्त माहानिरीक्षक थापाले भीड नियन्त्रण गर्नु पर्ने अवस्था आएको खण्डमा बल प्रयोगका सिद्दान्त (Principle of use of force) अनुरुप सिलसिलेवार तवरले शक्तिको प्रयोग गर्न र मानव अधिकारको बिषयमा सदैव अति संवेदनशील भई पूर्ण व्यवसायिक दक्षता प्रदर्शन गर्न साथै नेपाल प्रहरी आम नागरिकहरूसँग प्रत्यक्ष रुपमा जोडिने हुदा प्रहरी कर्मचारीहरुले हरेक समय व्यवसायिक तवरले बोली, वचन र व्यवहारका साथ अति उत्कृष्‍ट तवरले प्रहरी कार्य गर्न समेत निर्देशन दिनुभयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरीद्वारा सम्पादित गरिने काम कारवाहीबारे जानकारी लिनु भएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१०-२५

काठमाण्डौ, २५ माघ     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट बिहिबार नेपाल प्रहरी पहरा गण, सामाखुशी तथा काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।     नेपाल प्रहरी पहरा गण, सामाखुशीको शाखाहरू निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक थापाले निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेपाल प्रहरी पहरा गण सामाखुशीबाट नेपालका विभिन्न महत्वपूर्ण धार्मिक स्थानहरु, ऐतिहासिक मठ मन्दिर, प्रतिष्ठान तथा विदेशी कुटनैतिक नियोग र राजदुतावासको सुरक्षार्थ प्रहरी ड्यूटी खटिने भएकाले नेपाल प्रहरी संगठनको मात्रै नभई राष्ट्रकै प्रतिनिधिको रूपमा व्यवसायिक तवरले बोली, वचन र व्यवहारका साथ अति उत्कृष्‍ट तवरले प्रहरी कार्य गर्न निर्देशन दिनु भयो ।     साथै काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, महाराजगञ्ज र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जका शाखाहरुको निरीक्षण पश्चात निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २ महाराजगञ्‍जबाट काठमाण्डौ उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा ड्यूटीमा खटिनु पर्ने हुँदा सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभयो ।प्रहरी अतिरिक्त माहानिरीक्षक थापाले भीड नियन्त्रण गर्नु पर्ने अवस्था आएको खण्डमा बल प्रयोगका सिद्दान्त (Principle of use of force) अनुरुप सिलसिलेवार तवरले शक्तिको प्रयोग गर्न र मानव अधिकारको बिषयमा सदैव अति संवेदनशील भई पूर्ण व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनु भयो ।  आधुनिक समयमा काठमाण्डौ उपत्यका प्रहरी शिक्षालयले प्रविधिमैत्री अनुसन्धानलाई समेत प्राथमिकतामा राखी तालीममा प्राविधिक ज्ञान प्रदान गर्नु पर्ने बताउँदै तालीमको समयमा प्राप्‍त सीप तथा कौशललाई व्यवहारमा लागु गर्न निर्देशन दिनु भयो ।   निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरीद्वारा सम्पादित गरिने काम कारवाहीबारे जानकारी लिनु भएको थियो ।

काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र जडान भईरहेका सिसिटिभि क्यामेराको अवलोकन कार्यक्रम सम्पन्न
२०८०-१०-२३

काठमाण्डौ, २३ माघ मिति २०८० साल १ महिना १२ गते काठमाण्डौ महानगरपालिकाको सहयोगमा रु. ६,००,००,०००/- (अक्षरेपी छ करोड) को सम्झौता-पत्र (Memorandum of Understanding, MoU) मा हस्ताक्षर सम्पन्न भई सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली, २०६४ बोजिम टेण्डर आह्वान भई जडान कार्य भईरहेका सिसिटिभि क्यामेराको आज मिति २०८०/१०/२३ गते काठमाण्डौ महानगरपालिकाको उप-प्रमुख सुनिता डंगोल, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, महानगरपालिकाका अन्य पदाधिकारीहरु र प्रहरी बरिष्ठ उपरीक्षकहरुद्वारा अवलोकन कार्यक्रम सम्पन्न भएको छ ।

बूढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र जडान सम्पन्न भएका सिसिटिभि क्यामेरा समुद्‍घाटन कार्यक्रम सम्पन्न
२०८०-१०-२१

काठमाण्डौ, २१ माघसुरक्षित काठमाण्डौ उपत्यका:हाम्रो प्रतिवद्दता अभियानलाई साकार पार्न प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिका बीच उक्त नगरपालिका क्षेत्र भित्र  विभिन्न स्थानमा सिसिटिभि क्यामेरा जडान गर्ने अभिप्रायले मिति २०८० साल १ महिना १२ गते बूढानीलकण्ठ नगरपालिकाको सहयोगमा रकम रु. ५,००,००,०००/- (अक्षरेपी पाँच करोड) मा सम्झौता-पत्र Memorandum of Understanding (MoU) सम्पन्न भएकोमा सार्वजनिक खरिद ऐन, २०६३ र खरिद नियमावली, २०६४ बोजिम टेण्डर आह्वान भई जडान गरिएका सिसिटिभि क्यामेराको आज समुद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ ।काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार आयोजित एक कार्यक्रम बीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र बूढानीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री मिठाराम अधिकारीले संयुक्त रुपमा सिसिटिभिको समुद्‍घाटन गर्नुभयो ।  उक्त योजना अन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग-चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा ७ PTZ सहित १७४ FIX सिसिटिभि क्यामेरा गरी जम्मा १८१ थान Artificial Intelligence (AI) मा आधारित सिसिटिभि क्यामेराहरु जडान गरिएका छन् ।कार्यक्रममा बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ इलाकामा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताउनु भयो । प्रथम चरणको सिसिटिभि जडान कार्यक्रमको सफलतापूर्वक समाप्‍ति पश्‍चात पुन: द्वितीय चरणमा समेत सहयोग उपलव्ध गराइने उहाँले जानकारी गराउनु भयो ।कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ‘सुरक्षित काठमाण्डौ उपत्यका:हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न प्रविधिमैत्री प्रहरीको अवधारणा बमोजिम बूढानीलकण्ठ इलाकामा जडति सिसिटिभि क्यामेराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाण्डौ उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताउनुभयो । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका उप-प्रमुख अनिता लामा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी वरिष्ठ उपरीक्षकहरु, वडा अध्यक्षहरु लगायतका पदाधिकारीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१०-१९

काठमाण्डौ, १९ माघ     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट शुक्रबार काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक थापाले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले डिउटी तथा सेवा प्रवाह गर्दा वोली, वचन र  व्यवहारमा बढी गुनासो आउने गरेको हुदा “जिव्रोको गरिमा मिठो बोलीमा” व्यवहारमा अवलम्वन गर्दै मुस्कान सहितको नागरिक मैत्री सेवा प्रदान गरी उच्च व्यवसायिकता प्रदर्शन गर्न निर्देशन दिनुभयो   ।     सोही क्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ तथा सो मातहतमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरुलाई सम्वोधन गर्दै काठमाण्डौ उपत्यकामा खटिने ट्राफिक प्रहरी प्रति राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायको ध्यान पुग्ने मानव अधिकारको प्रत्याभूति दिलाउदै कानून प्रति वफादार रही निर्धक्क भएर उच्च मनोवलका साथ विवेकपूर्ण रुपले कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभएको थियो ।      साथै, प्र.अ.म.नि. थापाले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले समयानुकुल प्रविधिको प्रयोग गरि ट्राफिक नियन्त्रण गर्दै आईरहेको अबस्थामा दुर्घटना तथा ट्राफिक नियम उलङ्घन पश्चात सि.सि.टि.भि. मनिटरिङ्को सहायताले समेत सफल अनुसन्धान तथा कार्वाही गरिएको वताउदै आउदा दिनहरुमा समेत विभिन्न तालुक  निकायसँग समन्वय गरी उच्च मनोवलका साथ ट्राफिक प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिनु भयो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, प्रहरी वरिष्ठ उपरीक्षक द्वय राजेन्द्र प्रसाद भट्ट र दिनेश राज मैनाली लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।  

प्र.अ.म.नि. दिपक थापाबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१०-१७

काठमाण्डौ, १७ माघ     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाण्डौको  निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अतिसंवेदनशील विषय भएकोले सोही बमोजिम विशेष ख्याल गरी सुक्ष्मरुपमा त्रुटीरहित तवरले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।       विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रियस्तरमा राष्‍ट्रको सुरक्षाको स्तर झल्काउने र नेपाल प्रहरीको गरिमा समेत अभिबृद्धि गर्ने हुँदा मानव अधिकारको संरक्षणका साथै नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।      प्र.अ.म.नि. थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सामान्य नागरिकदेखि अति विशिष्ठ व्यक्तिसम्म साथै आपराधिक मनसाय भएका स्वदेशी/विदेशी नागरिकको आवागमन हुने प्रमुख स्थान समेत भएकोले संभावित खतराको मूल्याङ्कन (Threat Assessment) गरी सोही बमोजिम सुरक्षा योजना (Operational Plan) बनाई विभिन्न निकायसँग समन्वय गरी उच्च मनोवलका साथ प्रहरी जनशक्ति र प्रविधिको प्रयोग पूर्ण व्यवसायिक तवरले गर्न निर्देशन दिनु भयो ।   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली लगायत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो ।

महिला वालवालिका तथा जेष्ठ नागरिक उपर हुने अपराध न्यूनिकरण सम्बन्धमा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१०-१५

काठमाण्डौ, १४ माघ मिति २०८०-१०-१४ गते  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको प्रमुख आतिथ्यतामा मातहत कार्यालयहरुका महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र र खोजतलास समन्वय शाखाहरूमा कार्यरत प्रहरी कर्मचारीहरुलाई महिला वालवालिका सम्बन्धी अपराधका सम्बन्धमा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै प्र.ना.म.नि. सिंहले महिला तथा वालवालिकासँग सम्बन्धित विषय अझ बढी सम्बेदनशिल हुने भएकाले उक्त कार्यमा खटिएका प्रहरी कर्मचारीहरुले जिम्मेवारीपूर्ण तवरले प्रहरी कार्य गर्न निर्देशन दिनुभयो ।आपराधिक कार्यमा संलग्न व्यक्तिहरुले महिला तथा वालवालिकाहरुलाई वेपत्ता बनाई विभिन्न गैह्र कानूनी कार्यमा लगाउने गरेको पाइएको हुनाले खोज तथा उद्दार गरी प्रहरीको रोहबरमा आउँदा निजहरु विभिन्न मनोवैज्ञानिक समस्याबाट ग्रस्त देखिने गरेकाले अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीले असल व्यवहार गरी मानवीय सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो ।नेपाल प्रहरीले ‘महिला वालवालिकाका तथा जेष्ठ नागरिक’ उपर हुने अपराधका सम्बन्धमा विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै अपराध न्यूनिकरण तथा रोकथाम गरेकोमा ‘सुरक्षित उपत्यका हाम्रो प्रतिवद्दता’ अभियानलाई प्रभावकारी बनाउन यस्ता प्रकारका Proactive Policing कार्यले समाजमा घटना कम गर्न सकिने भएकाले तदारुकताका साथ कार्य गर्न निर्देशन दिनु भयो । कार्यक्रममा प्रहरी वरिष्‍ठ उपरीक्षक, प्रहरी उपरीक्षक लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-१०-०९

‍‍‍‍‍‍‍‍‍‍‍‍‍ललितपुर,९ माघ            महालक्ष्मी नगरपालिका-४ ईमाडोलस्थित शम्भु विश्वकर्माको स्नेहा सिल्भर कारखानाबाट ३ किलो २०७.६ ग्राम चाँदी चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सिन्धुपालचोक  ईन्द्रावती नगरपालिका-९ फटकसिला घर भई हाल ललितपुर ईमाडोल बस्ने २५ वर्षीय अनिल बराईलीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । साथै उक्त चोरी भएको चाँदी खरिद गर्ने ललितपुर महानगरपालिका-१२ मंगलबजार बस्ने शिवली ज्वर्लसका संचालक ५४ वर्षीय राजन शाक्यलाई समेत प्रहरीले पक्राउ गरेको छ ।             कारखानाबाट उक्त परिमाणको चाँदी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न अनिललाई पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा चोरी गरेको चाँदी शिवली ज्वेलर्समा बिक्री गरेको खुल्न आएपछि शिवली ज्वलर्सका  संचालक  राजनलाई समेत प्रहरीले पक्राउ गरेक हो ।       उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको   छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-१०-०२

 काठमाण्डौ, ०२ माघ तालुक गृह मन्त्रालय (सचिवस्तर) को  मिति २०८०।०९।२५ गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ को २ क (ख) बमोजिम पदोन्नति हुनु भएका प्रहरी निरीक्षक रमानन्द चौधरीलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज मंगलबार आयोजित एक कार्यक्रमकाबीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ
२०८०-१०-०२

काठमाण्डौ, १ माघ हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका-५ घर भई काठमाण्डौ कपन बस्ने ३९ वर्षीय भिमसेन गौतम र चितवन राप्ती नगरपालिका-४ घर भई काठमाण्डौ सुकेधारा बस्ने ४२ वर्षीय राजु गौतम रहेका छन् ।काठमाण्डौ महानगरपालिका-२२ महाबौद्ध एरियामा भिमसेन गौतम समेतका व्यक्तिहरूले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरीत हुण्डी मार्फत बित्तिय कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुवै जनालाई काठमाण्डौ महाबौद्धबाट पक्राउ गरेको हो । भिमसेनको साथबाट नगद ८ लाख रूपैयाँ, राजु गौतमको महाबौद्धस्थित राधाकृष्ण जनरल स्टोरबाट नगद ५ लाख ७५ हजार रूपैयाँ र ७ लाख ९७ हजार रूपैयाँ उल्लेखित विभिन्न बैंक तथा सहकारीहरूको १७ वटा चेक समेत प्रहरीले बरामद गरेको छ ।उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।

प्रहरी नायव महानिरीक्षकको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८०-०९-२६

काठमाण्डौ २६ पुस,मिति २०८०।०९।२६ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल सरकार, गृह मन्त्रालय (माननीय उप-प्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८०।०९।२४ गतेको निर्णयानुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत सरुवा भई नयाँ कार्यक्षेत्रतर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यको  बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यले यस कार्यालयमा कार्यरत रहँदा कार्यकुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो ।सङ्गठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुबाट अझैँ व्यवसायिक तथा जनमुखी सेवा प्रवाह गरिने अपेक्षा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले आगामी दिनमा आउन सक्ने सम्भावित चुनौतिलाई सामना गर्न तयार रहन र सङ्गठको श्रीबृद्दिका खातिर निरन्तर लागिरहन निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

पाकेटमारीमा संलग्न २ जना पक्राउ
२०८०-०९-२५

काठमाण्डौ, २४ पुस काठमाण्डौ महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा सवार यात्रीको नगद १८ हजार रूपैयाँ पाकेटमारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भई काठमाडौं टोखा बस्ने ३५ वर्षीय विष्णु थापा रहेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौ पठाइएको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८०-०९-२५

काठमाण्डौ, २४ पुस काठमाण्डौ महानगरपालिका-३२ पेप्सिकोलास्थित एक्टिभ मोबाइल पसलबाट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सप्तरी कटौना गाउँपालिका-९ घर भई काठमाडौं पेप्सिकोला बस्ने ३२ वर्षीय रामानन्द मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।उक्त पसलबाट मंसिर १४ गते राति विभिन्न कम्पनिका २७ थान मोबाइल सेट तथा घडीहरू समेत गरी करिब ५ लाख ५२ हजार ९ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मण्डललाई काठमाण्डौ पेप्सिकोलाबाट चोरी गरेका १४ थान मोबाइलसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

४७ किलो अवैध चाँदीसहित ३ जना पक्राउ
२०८०-०९-२५

काठमाण्डौ, २४ पुस काठमाण्डौ महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका-३ का ३२ वर्षीय सुमन कुमार सरार्फ र बारा बिश्रामपुर गाउँपालिका-५ का २० वर्षीय मनिष सरार्फ रहेका छन् । भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरि बिल-बिजक बिना चाँदीका गरगहनाहरु भण्डार गरी बिक्री गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई राजस्व छली सम्बन्धी कसूरमा थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ । 

माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ
२०८०-०९-२५

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाण्डौ, २४ पुस            माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ घर भई हाल काठमाण्डौ टोखा नगरपालिका-५ धापासी बस्ने क्यापिटल मेनपावरको संचालक  ४४ वर्षीय टंक प्रसाद सुवेदी र झापा बिर्तामोड नगरपालिका-४ घर भई ललितपुर, ललिपतुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३४ वर्षीय विक्रम दाहाल रहेका छन् । वैदेशिक रोजगारीका लागि माल्टा पठाई प्रतिष्ठित होटलमा मासिक ८० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी टंक प्रसादले १ जना पीडितबाट ३ लाख रूपैयाँ र विक्रमले १ जनालाई मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ८ लाख ९० हजार रूपैयाँ ठगी गरेका थिए । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले टंक प्रसादलाई काठमाण्डौ बसुन्धराबाट र विक्रमलाई ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-२५

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाण्डौ, २४ पुस            पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा भक्तपुर चाँगुनारायण नगरपालिका-२ बस्ने ४७ वर्षीया शिवा न्यौपानेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई भक्तपुर चाँगुनारायण नगरपालिका-२ बाट पक्राउ गरेको  हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१९

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाण्डौ, १९ पुसमलेसिया पठाइदिन्छु भन्दै ४ लाख ९४ हजार ५ सय रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-५ घर भई काठमाण्डौ महानगरपालिका-३१ शान्तीनगर बस्ने २७ वर्षीय बलराम कुमार महतोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महतोले २ जनालाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ सिनामंगलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

जापान पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१९

काठमाण्डौ, १९ पुस जापान पठाइदिन्छु भन्दै ६ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा झापा कमल गाउँपालिका-४ घर भई काठमाण्डौ टोखा नगरपालिका-३ बानियाटार बस्ने ५० वर्षीय गणेश कुमार कुलुङ राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले २ जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाई प्रतिष्ठित होटलमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ माछापोखरीबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०९-१९

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाण्डौ, १९ पुस पोर्चुगल पठाइदिन्छु भन्दै ९ लाख ९० हजार रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट पंचकन्या गाउँपालिका-२ घर भई काठमाण्डौ टोखा नगरपालिका-११ मनमैजु बस्ने २२ वर्षीया रचना थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले १ जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मनमैजुबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न
२०८०-०९-०८

नेपाल प्रहरी संगठनमा मिति २०७२/०४/०१ गते भर्ना भई नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८०/०९/०४ गतेको निर्णयानुसार जनपद समुह तर्फ प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका ३ जना प्रहरी कर्मचारीहरूलाई  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ ।            दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव निरीक्षकहरु नविन्द्र दिप थापा, सरोज पौडेल र डिल्ली जङ्ग रोकाय रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनु हुदै  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा हरेक दर्जाका प्रहरी कर्मचारीको जिम्मेबारी तोकिएको हुँदा पदोन्नति सँगै प्राप्त जिम्मेवारीलाई नयाँ उर्जाकासाथ आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । साथै प्रहरी आचरण तथा व्यवहारमा रही बर्दी र प्रहरीको मर्यादा राखी कार्य गर्न समेत निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक,प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको भवन शिलान्यास
२०८०-०९-०४

काठमाण्डौ,  पुस ४         प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।        बागमती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालय, टोखा नगरपालिका, विभिन्न संघ संस्था तथा स्थानिय नागरीकको सामुहिक लगानीले करीव चार करोड रुपैयाको पुर्वानुमान गरी प्रहरी प्रभाग,गोंगबुँ र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,गोंगबुँको लागि भवन निर्माण गर्न लागिएको हो ।        शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले निर्माण हुन लागेका भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै  प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पूर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पूर्ण गोंगबुँ तथा टोखा नगरपालिकाबासीलाई धन्यवाद व्यक्त गर्नुभयो । अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै नयाँ निर्माण हुने भवनहरूले प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गर्दै आधुनिक युगमा आधुनिक प्रविधिको प्रयोग गर्दै समाजमा सुशासन कायम गर्न उपत्यका प्रहरी कटिवद्व रहेको बताउनुभयो । साथै गोंगबुँ नयाँ बसपार्क जस्तो संबेदनशिल स्थानमा प्रहरी  प्रभाग तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको भवन निर्माणले आपराधिक गतिविधि विरुद्व प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।     सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, गोंगबुँ संस्थाका अध्यक्ष केदारनाथ पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी, प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र वहादुर खत्री, टोखा नगरपालिकाका कार्यकारी अधिकृत शेर वहादुर बि.सी., प्रहरी वृत्त महाराजगंजका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री, प्रहरी प्रभाग गोंगबुँका कार्यालय प्रमुख प्रहरी निरीक्षक, पूर्व प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरू र स्थानीय भद्र भलादमीहरू लगायत अन्दाजी १५० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाबाट प्रहरी चौकी डोलेश्वरको नवनिर्मित भवनको उद्‍घाटन
२०८०-०८-२८

काठमाण्डौ,  मंसिर २८ प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रहरी चौकी डोलेश्वर भक्तपुरको नवनिर्मित कार्यालय भवन,व्यारेक तथा मेश भवनको बिहिबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो साथै, उहाँले नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।   नेपाल सरकारबाट प्राप्त बजेट अन्तर्गत रही नेपाल प्रहरी प्रधान कार्यालय,भौतिक पूर्वाधार निर्देशनालयबाट योजना बनाई जिल्ला प्रहरी परिसर भक्तपुरको मातहत प्रहरी चौकी डोलेश्वरको कार्यालय तथा व्यारेक,मेश,र शौचालय भवनहरूको सम्पूर्ण लागत १ करोड १२ लाख ५६ हजार ७ सय ६२ रुपैयाँ र १० पैसा मा निर्माण सम्पन्न भएको थियो ।   उद्घघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिएको विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै  प्रहरीलाई सेवा प्रवाहमा सहज पहल कदमी गर्ने सम्पुर्ण नागरिक समाज, जनप्रतिनिधि तथा सम्पुर्ण सिपाडोलबासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन उपत्यका प्रहरी शान्ति,सुरक्षा तथा सुशासनमा अझ व्यावसायिक बन्दै जाने प्रतिवद्वता व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट कानूनसम्मत तवरले प्रहरी कारवाही गर्न निर्देशन समेत दिनुभयो । साथै धार्मिक तथा पर्यटकिय स्थल डोलेश्वरमा प्रहरी चौकीको निर्माणले प्रहरी कार्यमा थप सहज हुने विश्वास व्यक्त गर्नुभयो ।       कार्यक्रममा बागमति प्रदेश सभाका सभासद माननिय किरण थापा, काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य, भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक वेद बिष्ट, प्रहरी वृत्त जगतीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दिप्ती कार्की, पूर्व प्रहरी कर्मचारीहरु, स्थानीय जनप्रतिनिधिहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. १५० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

CRV Patrol Tracking System (CPTS) का लागि (LOCOMO Device) हस्तान्तरण तथा जडान
२०८०-०८-२७

काठमाण्डौ, २७ मंसिरमिति २०८०/०८/२७ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापालाई  Sentinel Lab का संस्थापक अध्यक्ष प्रणव बुढाथोकी र LOCOMO का ब्राण्ड एम्बेस्डर सुरज सिंह ठकुरीद्वारा  CRV Patrol Tracking System (CPTS) का लागि LOCOMO Device हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । Control Room Vehicle (CRV) मा जडित Device बाट CRV भ्यानको Real Time Location पहिचान गरी विशिष्ट व्यक्तिहरूको सवारीको सुरक्षा, सवारी साधनहरूको चोरी नियन्त्रण तथा अनुसन्धान, विपद उद्दार तथा खोजी कार्य, आकस्मिक उद्वार लगायतका प्रहरी कार्यमा प्रभावकारी तवरले प्रहरी परीचालन गर्नुका साथै CRV भ्यान र Police Control Room को समन्वयमा सहज बनाउन LOCOMO डिभाइसको प्रयोग प्रभावकारी हुनेछ । Sentinel Lab का निर्देशक अनिता देवकोटाले LOCOMO Device को प्राविधिक पाटो बारे चर्चा गर्नु भएको उक्त कार्यक्रममा Brand Ambassador तथा संस्थापक सल्लाहकार सुरज सिंह ठकुरीले नागरिकहरु बिना वर्दीका प्रहरी हुने भएकाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा आफ्नो र संस्थाको तर्फबाट सदैव सहयोग हुने प्रतिवद्दता जनाउनु भयो ।हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले ‘Witness can lie but technology doesn’t’. साक्षीले सत्य नबक्न पनि सक्दछ तर प्रविधिले सदैव सत्य नै उजागर गरिराख्ने भएकोले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने कार्यमा यसबाट अपेक्षित लाभ हासिल हुन सक्ने तथा आधुनिक समयमा प्रविधिको प्रयोग गरी घटनाहरू घटाइने हुँदा प्रहरी कार्यलाई समेत थप प्रविधियुक्त बनाई समग्रमा सुरक्षा प्रदान गरिने र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता: अभियानलाई मूर्तरूप दिन LOCOMO Device कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक लाल मणी आचार्य, Sentinel Lab का पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृत लगायतका प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसा विरुद्वका विभिन्न पर्चा तथा पम्पेलेटहरू वितरण कार्यक्रम सम्पन्न
२०८०-०८-२४

काठमाण्डौ, २४ मंसिर हरेक वर्ष नोभेम्वर २५ देखि   डिसेम्वर १० तदनुसार (मंसिर ९ गतेदेखि २४ गतेसम्म)  अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्वता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत मिति २०८०/०८/२१ गते तथा २०८०/०८/२४ गते अभियान समापनको दिन यस उपत्यका प्रहरी कार्यालय महिला तथा वालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र  तथा सामुदायिक शाखाको संयुक्त आयोजनामा काठमाण्डौ महानगरपालिकाको विभिन्न क्षेत्रमा लैंगिक हिंसा विरुद्वका विभिन्न पर्चा तथा पम्पेलेटहरू वितरण तथा स्टीकरहरु टाँस गरिएको छ ।

लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा सचेतनामुलक कार्यक्रम सम्पन्न
२०८०-०८-२३

काठमाण्डौ, २३ मंसिरकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा तथा विकाश समाज, कोटेश्वर, प्रहरी वृत्त नयाँ बानेश्वर, काठमाण्डौ महानहरपालिका वडा नं. ३२ तथा सुभ अवसर ग्राम नेपाल सयुत्त  आयोजनामा लैंगिक हिंसा विरुद्वको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत प्रभात फेरी तथा  सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि   डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म  अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्वता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत  उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।         कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नेपाल प्रहरी वर्षमा १६ दिन मात्र नभएर ३६५ दिन नै अभियानको रुपमा लागेको साथै राज्य नै लैंगिक हिंसाको सवालमा संभेदनसिल भई लागेकाले कुनै पनि पिडा तथा हिंसामा परेका महिला,पुरुष तथा लैंगिक अल्पसंख्यक खुलेर आफ्नो हिंसा कानुनी दायरामा ल्याउन आह्वान गर्नुभयो ।  साथै उहाँले समायानुकुल ऐन, कानून तथा नियमावलीमा परिमार्जन गर्नका लागि समेत भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । कोटेश्वर चोकबाट सेती ओपी मार्गहुदै महादेव स्थान कोटेश्वरमा समापन भएको प्रभात फेरी कार्यक्रम पश्चात सामुदायिक सेवा तथा विकाश समाज, कोटेश्वरका कार्य बाहक अध्यक्ष रविन्द्र थापा सभापति रहेको सचेतनामुलक कार्यक्रममा बाग्मती प्रदेश सभाका सभासद माननिय सुनिल के.सी. ज्यु, बाग्मती प्रदेश सभाका सभासद माननिय सोना परियार ज्यु, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी बरीष्ठ उपरीक्षक भुपेन्द्र खत्री ज्यु, प्रहरी वृत्त नयाँ बानेश्वरका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकी ज्यु, पूर्व प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू,कोटेश्वर समाज सुधार युवा कल्बका पदाधिकारीहरू, कोटेश्वर महादेव क्षेत्र विकाश तथा व्यवस्थापन समाजका पदाधिकारीहरू, विद्यार्थीहरु, र स्थानीय भद्र भलादमीहरू लगायत अं. ५०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा नेपाल पुलिस स्कुल सामाखुसीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०८-२०

काठमाण्डौ, २० मंसिरमिति २०८०-०८-२० गते नेपाल पुलिस स्कुल सामाखुसीका संरक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा बुधबार नेपाल पुलिस स्कुल सामाखुसी काठमाण्डौको  निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले शिक्षण पेसा सबैभन्दा आदरणीय र जिम्मेवार पेसा भएकाले शिक्षक पेसामा शिक्षकसँग ज्ञान, सीप र दक्षता संगै दूरदृष्टि क्षमता, पहिचान शक्ति, राष्ट्रप्रतिको चिन्ता, जीवनप्रतिको संवेदनशीलता, पेसाप्रतिको इमान्दारिता भएमा भविष्यको लागी मानव जीवनका सर्वांगीण क्षेत्रमा सकारात्मक र जिम्मेवार  नागरिक विकास गर्न मद्दत पुग्ने बताउनुभयो । साथै स्कुलको गुणस्तरीय नतिजा तथा विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि स्कुलमा सम्वद्व सम्पुर्ण पदाधिकारीहरु तथा शिक्षकहरू एक्यवद्व हुन अनुरोध गर्दै शिक्षकहरुलाई  आधुनिक शिक्षा  तथा प्रविधिको ज्ञान हुनुपर्नेमा समेत जोड दिनुभयो। निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नेपाल पुलिस स्कुल परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै स्कुलका सम्वधमा जानकारी लिनुभएको थियो । कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य ,जिल्ला प्रहरी परिसर काठमाण्डौका  प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु लगायत प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो ।

लैंगिक हिंसाको वर्तमान अवस्था र लैंगिक हिंसा नियन्त्रणमा सञ्जालको प्रभावकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न
२०८०-०८-१९

काठमाण्डौ, १९ मंसिर मिति २०८०-०८-१९ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको रानीहलमा यस कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लैंगिक हिंसाको वर्तमान अवस्था र लैंगिक हिंसा नियन्त्रणमा सञ्जालको प्रभावकारिता बिषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष नोभेम्वर २५ देखि   डिसेम्वर १० तदनुसार (मंसिर ९ देखि २४) गतेसम्म  अन्तरराष्ट्रिय अभियानको रुपमा मनाउने लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान “लैंगिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्वता” भन्ने नाराका साथ मनाइएको यस वर्षको अभियान अन्तर्गत  उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । यस उपत्यका प्रहरी कार्यालय महिला तथा वालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रका शाखा प्रमुख प्रहरी नायव उपरीक्षक कोपिला चुडालले लैंगिक हिंसाको वर्तमान अवस्था र चुनौतिहरु सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यकाको तीनवटै जिल्लाको प्रतिनिधित्व गर्दै लैंगिक हिंसा नियन्त्रण सञ्जाल समिति काठमाण्डौका कोषाध्क्ष रशना ढकालले सञ्जालको गठन, उद्देश्य, प्रभावकारिता र वर्तमान अवस्थाको विषयमा आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूले आफ्नो जिज्ञासा तथा राय सुझाव राख्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञासा तथा राय सुझावलाई सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सामाजिक तथा मानवीय कार्य लैंगिक हिंसा विरुद्वको अभियानमा लाग्ने सम्पूर्ण महानुभाव, सञ्जालमा संलग्न संघ संस्थाहरुलाई धन्यवाद व्यक्त गर्दै नागरिक तथा सामाजिक संघ, संस्थाका प्रतिनिधिहरू पनि विना वर्दीका प्रहरी भएकाले सञ्जालको सक्रियतामा नेपाल प्रहरीले समन्वयात्मक तवरले सहकार्य गर्ने  तथा अगामी दिनका चुनौतीहरूलाई मध्यनजर गर्दै ३६५ दिन नै अभियानको रुपमा मनाउने बताउनुभयो । उहाँले समायानुकुल ऐन, कानून तथा नियमावलीमा परिमार्जन गर्नका लागि समेत भूमिका निर्वाह गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरु, लैंगिक हिंसा नियन्त्रण सञ्जालमा आवद्व विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।   

मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
२०८०-०८-१५

काठमाण्डौं, १५ मंसिर        मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा ललितपुरबाट ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ४ वटा मोटरसाइकल बरामद भएको छ ।        ललितपुरका विभिन्न स्थानबाट गत बुधाबर राति ४ थान मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३ घर भई काठमाण्डौ बौद्ध बस्ने बिजय श्रेष्ठ, मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ बस्ने अमित लामा, रौतहट चन्द्रनिगाहपुर नगरपालिका-२ घर भई ललितपुर महानगरपालिका-९ बालकुमारी खरिबोट  बस्ने पञ्चलाल ब्लोन र मकवानपुर हेटौंडा उपमहानगरपालिका-७ फापरबारी घर भई ललितपुर लुभु बस्ने पासाङ लामा रहेका छन् ।        चोरीको अनुसन्धान गर्ने क्रममा मंसिर १३ गते राति ललितपुर महानगरपालिका-१५ खुमलटार हाईटस्थित गल्लीभित्र बा.प्र.०२-०३७ प ०८६२ नम्बरको मोटरसाइकल लुकाई राखेको अवस्थामा फेला पारी चारै जनालाई प्रहरीले पक्राउ गरेको थियो । थप सोधपुछको क्रममा उनीहरूको मिलोमतोमा बा.प्र.०२-०३७प०८६२ नम्बरको मोटरसाइकल ललितपुर बोधीग्रामबाट र बा.प्र.०३१ प ५८१४ नम्बरको मोटरसाइकल ईमाडोल रातामकै चोकबाट चोरी गरी उक्त स्थानमा लुकाई राखेको र बा.प्र.०२-०४५ प ९५९२ नम्बरको मोटरसाइकल हात्तिवनबाट  तथा बा. ८२ प ७१२४ नम्बरको मोटरसाइकल हरिसिद्धीबाट चोरी गरी ललितपुर महानगरपालिका-२३ गैरीगाउँ टोलस्थित खाली स्थानमा लुकाई राखेको अवस्थामा फेला पारी ४ वटै मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूको साथबाट मोटरसाइकलको लक तोड्ने मास्टर चाबी, चाबी बिना डाईरेक्ट स्टार्ट गर्ने तारसहितको प्लक र साबुत चाबी १ थान र भाँचिएको चाबी १ थान र हेल्मेट १ थान बरामद भएको छ । उनीहरू उपर ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
२०८०-०८-१५

ललितपुर, १५ मंसिर        ललितपुर महानगरपालिका-२५ सैंबु आवास भैसेपाटी बस्ने डा.फाहद आलमको घरबाट अमेरिकी डलर, सुनको औठी, म्याकबुक, ल्यापटप, समेतका विभिन्न धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१८ बिनायक कोलोनी भैंसेपाटी बस्ने २३ वर्षीय सविन रोक्का, काठमाण्डौ नागार्जुन नगरपालिका-८ भिमढुङ्गा घर भई ललितपुर पुल्चोक बस्ने २७ वर्षीय मनोज नेपाली, मकवानपुर बागमती गाउँपालिका-१ बन्जरे बस्ने २० वर्षीय राजु तामाङ भन्ने राजु भोलन र रामेछाप गोठगाउँ गाउँपालिका-७ गोठगाउँ घर भई  भक्तपुर बालकोट डेरा गरी बस्ने ३९ वर्षीय उमेश श्रेष्ठ रहेका छन् । उनीहरूमध्ये सबिन र राजु चोरी गर्ने तथा मनोज र उमेश चोरी गरेको अमेरिकी डलर सटही गर्ने गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।  साथै प्रहरीले चोरी गरेका सामानहरु विभिन्न स्थानमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद गरेको छ । उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट डाँका चोरी कसुरमा ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।        यसैगरी ललितपुर महानगरपालिका-१८ भैंसेपाटीस्थित  कामेश्‍वर यादवको घरकोठा तथा उनकै घरमा डेरा गरी बस्ने शोभा ढकालको कोठा समेतबाट करिब १९ लाख ४२ हजार ६ सय रूपैयाँ बराबरको नगद तथा जिन्सी धनमाल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-३ शैलुङ्गेश्वरी घर भई ललितपुर बुंगमती बस्ने ४० वर्षीय अमर भन्ने अम्बर बहादुर तामाङलाई मंसिर ५ गते प्रहरीले पक्राउ गरेको छ । उनलाई अमेरिकी डलर ४ हजार ४ सय, भारतीय रूपैयाँ ५६ हजार ८ सय, सुनका जस्तो देखिने विभिन्न गरगहना लगायतका सामानसहित प्रहरीले पक्राउ गरेको हो ।         यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर            काठमाण्डौ, चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वान्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ५० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा बुधबारे गाउँपालिका-५ बस्ने ३० वर्षीय सन्तोष तिवारी र सोही गाउँपालिका-३ बस्ने ३९ वर्षीय हरि बहादुर बिक रहेका छन् । भद्रपुरबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.प्र०२-०३-००१ख ५५५० नम्बरको बसलाई प्रहरी प्रभाग ‍नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङगाबाट संयुक्त रूपमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई अन्डरवेयरभित्र ३ वटा पोकामा लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर             वैदेशिक रोजगारीको लागि कुवेत पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-३ बसुन्धारा बस्ने पाल्पा रब्दिकोट नगरपालिका-४ घर भएका ३३ वर्षीय चक्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              पोखरेलले १ जनालाई वैदेशिक रोजगारीको लागि कुवेत पठाई प्रतिष्ठित कम्पनीमा मासिक ६० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी १ लाख रूपैयाँ ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बसुन्धराबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।  

पोर्चुगल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर              वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-२६ गोंगबु बस्ने रोल्पा गंगादेव गाउँपालिका-३ घर भएका ३९ वर्षीय निमराज डाँगीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।                      डाँगीले १ जनालाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौको गोंगबुबाट पक्राउ गरेको हो ।             उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।  

अनलाईनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०८-११

काठमाण्डौ, ११ मंसिर             अनलाइनमार्फत १ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने सप्तरी कञ्चनरूप नगरपालिका-९ घर भएकी २७ वर्षीया सुजता चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।             चौधरीले आफू टर्किको नागरिक हो भनि फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडि, जुत्ता, सुनका गहना, मेकअप लगायतका सामानहरू पठाएको र उक्त सामान काठमाण्डौ एयरपोर्टमा आइपुगेकोले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरुको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।              उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

का.उ.प्र.का. र का.म.न.पा. , च:मती जग्गा एकीकरण आयोजनाबीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८०-०८-०६

काठमाण्डौ, ६ मंसिर        काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाबीच काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, सञ्चालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाको तर्फबाट आयोजना प्रमुख निर्मल राज बरालले रु.१,०१,२३,१२०/६६ (अक्षरेपी एक करोड एक लाख तेईस हजार एक सय बिस र पैसा छैसठ्ठी मात्र) रकमको सिसिटिभी जडान गर्ने उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।        सो कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  सिसिटिभि क्यामेरा जडानले शान्ति सुरक्षाका साथै आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आउँदा दिनमा समेत च:मती जग्गा एकीकण आयोजनासँग सहकार्य गर्दै जाने बताउनुभयो ।        काठमाण्डौ क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनीकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अनैतिक गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गर्न सिसिटिभि जडान गराउने सम्झौता-पत्रमा उल्लेख  गरिएको छ । साथै सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा एकिन गरिने तथा जडान हुने सिसिटिभि प्रणाली नेपाल प्रहरीले निर्धारण गरेको मापदण्ड अनुसारको हुने समेत सम्झौता-पत्रमा उल्लेख गरिएको छ ।        कार्यक्रममा काठमाण्डौ महानगरपालिका, च:मती जग्गा एकीकरण आयोजनाका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

स्रोत नखुलेको रकमसहित पक्राउ
२०८०-०८-०४

काठमाण्डौ, ४ मंसिर            काठमाण्डौ महानगरपालिका-१४ बल्खु चोकबाट स्रोत नखुलेको नगद ४ लाख ९ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाण्डौ ठमेल डेरा गरी बस्ने चीन घर भएका ३८ वर्षीय झाङ्ग विङ्ग र काठमाण्डौ नैकाप डेरा गरी बस्ने बानियाँटार घर भएकी २५ वर्षीया सरिता खड्का रहेका छन् । प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले बा.प्र ०२-०४४ प २६११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।            यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

जुवातास खेल्दा खेल्दै काठमाण्डौबाट २४ जना पक्राउ
२०८०-०८-०४

काठमाण्डौ, ४ मंसिर            काठमाण्डौ महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ‍‍‍‍‍‍‍‍६२ हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर (जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रूपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।            काठमाण्डौ महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।            सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

चाडपर्व लक्षित विशेष सुरक्षाको समिक्षा र आगामी सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०८-०२

काठमाण्डौ, ०२ मंसिरकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा शनिबार विहान नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अडिटोरियम  हलमा  यस कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुख, जुनियर प्रहरी अधिकृत तथा हबल्दार मेजर(ह.मे.) सम्मका प्रहरी कर्मचारीलाई चाडपर्व लक्षित विशेष सुरक्षाको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले उपत्यका प्रहरीको कार्यशैली राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबिम्बको रुपमा रहने हुनाले उपत्यका प्रहरीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो।चाडपर्वको समयमा प्रहरी कर्मचारीले उच्च व्यवसायिकताका साथ सुरक्षा प्रदान गरेकोमा धन्यवाद व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले निकट भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीसंग  समन्वय र सहकार्य गर्दै स्वतन्त्र,निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिनु भयो ।      गैरकानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी  सूचना संकलनमा प्रभावकारीरूपमा लागी प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनु भयो ।कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारी गरी जम्मा ४५३ प्रहरी कर्मचारीको उपस्थिति रहेको थियो । 

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १७ जना पक्राउ
२०८०-०८-०१

काठमाण्डौ, २८ कात्तिक            काठमाण्डौ, शंखरापुर नगरपालिका-१ नाङ्लेभारे बस्ने ५० वर्षीय विनानाथ दंगालको टहरामा जुवातास खेलिरहेको अवस्थामा दंगाल समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नाङ्लेभारेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७६ हजार ८ सय ३५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी नाङ्लेभारेस्थित शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ ढुङ्गाना गाउँ बस्ने ४२ वर्षीय मधु रमालसमेत ९ जनालाई गएराति  प्रहरीले पक्राउ गरेको छ । सोही चौकीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार ८ सय ५५ रुपैया र १ बुक ताससहित पक्राउ गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण सम्पन्न
२०८०-०७-२२

काठमाण्डौ,कार्त्तिक २२काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख दिपक थापाद्वारा बुधबार जिल्ला प्रहरी परिसर भक्तपुरको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको विभिन्न शाखाहरुको निरीक्षण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नागरीकमैत्री व्यवहार र प्रचलित कानून बमोजिम शान्ति, सुरक्षा तथा अमन चयन कायम गर्ने गरी प्रहरीको सेवा प्रवाह गर्न निर्देशन दिनु भयो ।साथै प्रहरी कर्मचारीले नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति, २०६० बमोजिम सामाजिक सञ्जालको प्रयोग गर्दा बिशेष ध्यान पुर्‍याउन निर्देशन दिनु भयो । प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलका साथ खटिई आपराधिक कार्यमा संलग्न व्यक्तिहरु उपर कठोर भई प्रस्तुत हुन तथा हदैसम्मको कानूनी कारबाही गर्न समेत निर्देशन दिनु भएको थियो ।

श्रोत नखुलेको २६ लाख ५७ हजार रकमसहित दुई जना पक्राउ
२०८०-०७-२२

काठमाण्डौ, २२ कात्तिक             काठमाण्डौ महानगरपालिका-२४ इन्द्रचोकबाट श्रोत नखुलेको नगद २६ लाख ५७ हजार रूपैयाँसहित २ जनालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।            पक्राउ पर्नेहरूमा बर्दिया गेरूवा गाउँपालिका-२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाण्डौ महानगरपालिका-१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल रहेका छन् । प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सोडारीलाई उक्त रकमसहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त रकम अभिषेकबाट लिएको भनी खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौंका विभिन्न स्थानबाट जुवातास खेल्दा खेल्दै एकै रातमा १३ जना पक्राउ
२०८०-०७-२२

काठमाण्डौ, २२ कात्तिक             काठमाण्डौमा जुवा खेल्दै गरेको अवस्थामा एकै रातमा १३ जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ ।             काठमाण्डौ, नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासमेत ६ जनालाई मङ्गलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय रूपैयाँ र ६ बुकतास सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाण्डौ, महानगरपालिका-४ धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीको टहरामा जुवातास खेल्दै गरेको अवस्थामा दोलखा भिमसेन नगरपालिका-५ घर भई काठमाण्डौ काँडाघारी बस्ने ४० वर्षीय किरन थापा समेत ७ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९२ हजार रुपैयाँ, २० हजार रूपैयाँको बैंक चेकथान-१ र ११ बुक ताससहित पक्राउ गरेको हो । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा जिल्ला प्रहरी परिसर भक्तपुरको निरीक्षण सम्पन्न
२०८०-०७-२२

काठमाण्डौ,कार्त्तिक २२काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख दिपक थापाद्वारा बुधबार जिल्ला प्रहरी परिसर भक्तपुरको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको विभिन्न शाखाहरुको निरीक्षण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नागरीकमैत्री व्यवहार र प्रचलित कानून बमोजिम शान्ति, सुरक्षा तथा अमन चयन कायम गर्ने गरी प्रहरीको सेवा प्रवाह गर्न निर्देशन दिनु भयो ।साथै प्रहरी कर्मचारीले नेपाल प्रहरीको सञ्चार माध्यम (मिडिया) सम्बन्धी नीति, २०६० बमोजिम सामाजिक सञ्जालको प्रयोग गर्दा बिशेष ध्यान पुर्‍याउन निर्देशन दिनु भयो । प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलका साथ खटिई आपराधिक कार्यमा संलग्न व्यक्तिहरु उपर कठोर भई प्रस्तुत हुन तथा हदैसम्मको कानूनी कारबाही गर्न समेत निर्देशन दिनु भएको थियो ।

अवैध रूपमा बाह्य मुलुक लैजान लागेको युरोसहित एक जना पक्राउ
२०८०-०७-२१

काठमाण्डौ, २० कात्तिक            अवैध रूपमा बाह्य मुलुक लैजान लागेको युरो ८ हजार २ सय ३० सहित नेपाली मुलका नेदरल्याण्ड्स नागरिक ३५ वर्षीय जोग गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।            नेपाल एयरलाईन्सको उडानद्वारा काठमाण्डौबाट दुबई हुँदै नेदरल्याण्ड्स जान लागेका उनलाई उक्त युरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट युरो ५ सय दरको ४ थान,  २ सय दरको ११ थान, १ सय दरको ३ थान, ५० दरको ७३ थान, २० दरको ३ थान र १० दरको २ थान बरामद भएको हो ।            यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

भन्सार छलिका मोबाइल लगायतका सामानसहित एक जना पक्राउ
२०८०-०७-२१

काठमाण्डौ, २० कात्तिक            अवैध रूपमा भन्सार छलि लैजान लागेको करिब ९ लाख १७ हजार रूपैयाँ मूल्य बराबरको मोबाइल लगायतका सामानसहित धनुषा जनकपुर उपमहानगरपालिका-५ ठेगाना भएका ३० वर्षीय मोहमद सजिबुल रेनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको  छ ।            कतार एयरलाईन्सको उडानद्वारा दोहा कतारबाट काठमाण्डौ आएका उनलाई अवैध रूपमा लुकाई छिपाई भन्सार छलि गरी लैजान लागेको मोबाइल लगायतका सामानसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट उक्त रूपैयाँ बराबरको आइफोन लगायत विभिन्न कम्पनीका मोबाइल ७ थान, स्मार्ट वाच ५ थान, वायरलेस एयर पड्स २ थान, एयरफोन १ थान बरामद भएको छ ।            यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

नक्कली नोट र फोटोकपी मेसिनसहित गुरूङ पक्राउ
२०८०-०७-२१

काठमाण्डौ, २० कात्तिक            काठमाण्डौ महानगरपालिका-६ सरस्वतीनगरबाट नक्कली नोट र नक्कली नोट फोटोकपी गर्ने मेसिनसहित काठमाण्डौ महानगरपालिका-६ महांकाल डेरा गरी बस्ने डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।            उक्त स्थानमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले गुरूङलाई पक्राउ गरेको हो । उनको कोठाबाट १ हजार दरको २ सय २५ थान नक्कली नोट, नक्कली नोट फोटोकपी गर्ने मेसिन १ थान, डिजिटल तराजु १ थान, नगद २६ हजार ८ सय रूपैयाँ, ल्यापटप १ थान र नोट छाप्न प्रयोग हुने मसिको बट्टा ४ थान बरामद भएको छ ।             यस सम्बन्धमा प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

नक्कली कागजात बनाउने चार जना पक्राउ
२०८०-०७-२१

काठमाण्डौ, २० कात्तिक            भिजिट भिसामा विदेश पठाई दिने भनी नक्कली कागजातहरू बनाएको अभियोगमा ४ जनालाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।            पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-५ घर भई काठमाण्डौ बालाजु बस्ने ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सानचोक गाउँपालिका-८ घर भई काठमाण्डौ बसुन्धारा बस्ने ३४ वर्षीय भक्त बहादुर थापा, काठमाण्डौ  महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीय दिपक केसी र सल्यान कालीमाटी रामपुर गाउँपालिका-३ घर भई काठमाण्डौ नागार्जुन बस्ने ४२ वर्षीय बल बहादुर रावत रहेका छन् ।            भिजिट भिषामा विदेश जाने व्यक्तिहरूको कागजात जाँच गर्ने क्रममा फेला परेका राहदानीसहितका कागजातहरू १ हजार ३२ थान तथा विभिन्न नक्कली कागजात २ सय ९६ थान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले थप अनुसन्धानको लागि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाएको थियो । अनुसन्धानको क्रममा उक्त कागजातहरू नक्कली भएको पुष्टी हुन आएको र उनीहरू नक्कली कागजातहरू बनाउने विभिन्न भूमिकामा रहेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।            उनीहरूबाट विभिन्न कलेज तथा विद्यालयका शैक्षिक प्रमाण र लेटरप्याड, जन्मदर्ता कागजातहरु, विभिन्न बैंकहरूको स्टेटमेण्ट तथा चेक, HSEB लेखिएको होलो ग्राम, CTEVT को स्टिकर, सवारी चालक अनुमतिपत्र, राहदानी, निर्वाचन पत्र, भारत सरकारको आधार कार्ड नागरिकताका कागजातहरू, विभिन्न सरकारी तथा निजि कार्यायहरूको छापहरु, लेमिनेसन मेसिन १ थान, ल्यापटप १ थान, प्रिन्टर २ थान र पेन्ड्राईभ २ थान बरामद भएको छ ।            उनीहरूलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाण्डौ पठाइएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-०७-१६

काठमाण्डौ, १६ कात्तिक        तालुक गृह मन्त्रालय (सचिवस्तर) को  मिति २०८०।०७।१३ गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ बमोजिम पदोन्नत हुनु भएका प्रहरी निरीक्षकहरुलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज बिहीबार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।        सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धि हुने कार्य गर्दै नेपाल राष्‍ट्र तथा नेपाल प्रहरीले राखेका अपेक्षा पूरा गर्नुका साथै राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।        उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी निरीक्षक चक्र बहादुर खड्का क्षेत्रीले पदोन्नतिले प्रहरी संगठनले आफूहरुको मूल्याङकन भएकोमा धन्यवाद दिदै थप जिम्मेवारीलाई कुशलतापूर्वक उच्च अनुशासनमा रही  प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो  । कार्यक्रममा प्रहरी नायव महानिरिक्षक, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अवैध रूपमा भन्सार छलि सुनको कारोबार गर्ने पाँच जना पक्राउ
२०८०-०७-१४

काठमाण्डौ, १४ कात्तिक        अवैध रूपमा भन्सार छलि सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाण्डौ महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका-९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका-८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका-१५ ठेगाना भएका २८ वर्षीय अर्जुन भट्टराई र गोरखा गण्डकी गाउँपालिका-२ घर भई हाल काठमाण्डौ महानगरपालिका-१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन् ।        कतारबाट आएका केही व्यक्तिहरूले भन्सार छलि अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाण्डौबाट खटिएको प्रहरीले उनीहरूलाई जम्मा २ सय १४ ग्राम ३६ मिलिग्राम तौल भएको सुनको ढिक्का ३ थान, जम्मा ५० ग्राम ०१ मिलिग्राम तौल भएको सिक्री ३ थान र नगद १ लाख १० हजार रूपैयाँसहित पक्राउ गरेको हो ।      उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाण्डौ पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८०-०७-१४

काठमाण्डौ, १४ कात्तिक        काठमाण्डौ महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यम कुमारी पुन समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।       यसैगरी काठमाण्डौ, तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

चितुवाको छाला जस्तो देखिने अखेटोपहारसहित तीन जना पक्राउ
२०८०-०७-१४

काठमाण्डौ, १४ कात्तिक        काठमाण्डौ महानगरपालिका-१६ नयाँबजारबाट बयस्क चितुवाको छालाजस्तो देखिने अखेटोपहार २ थानसहित नुवाकोट ककनी गाउँपालिका-३ घर भएका ७४ वर्षीय कृष्ण प्रसाद ढुङ्गाना समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।        उक्त स्थानमा संरक्षित वन्यजन्तु अखेटोपहारको अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा हिँडिरहेका उनीहरूलाई उक्त अखेटोपहारसहित पक्राउ गरेको हो ।        यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ
२०८०-०७-१३

काठमाण्डौ, १२ कात्तिक        काठमाण्डौ महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे मम: रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।        उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका-१६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्‍याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको  १२ थान सिमकार्डसहित पक्राउ गरेको हो ।        यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

“नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८०” अन्तर्गत काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा अनुगमन सम्पन्न
२०८०-०६-२४

काठमाण्डौ, २४ असोज        नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton) २०८० को पूर्व निर्धारित कार्यक्रम अनुसार २०८०-०६-२४ गते बुधबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।        “कार्यदक्षता मूल्याङकन (Police Baton) २०८०” केन्द्रीय मूल्याङ्कन समितिका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी सहितको मूल्याङकन टोलीबाट कार्यालयको निरीक्षण तथा अनुगमन गरिएको हो । निरीक्षणको क्रममा कार्यालयको भौतिक पुर्वाधारको अवस्था, उपलब्ध श्रोत साधनहरूको व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, प्रहरी कार्य र परिचालन कक्ष, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न शाखाहरूको काम कारवाहीको निरीक्षण भएको थियो ।        निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले प्रहरी कर्मचारीहरुका जिज्ञासा सम्बोधन गर्नु हुँदै काठमाण्डौ उपत्यका अन्तर्गत खटिने प्रहरी कर्मचारीहरू देशकै नमूना प्रहरी हुनुपर्ने हुँदा अझै व्यवसायिक भई कार्य सम्पादन गर्न साथै प्रहरी कार्य गर्दा बोली र व्यवहारमा अत्यन्त नरम तथा कानून पालनामा  कठोर हुन उपस्थित बरिष्ठ अधिकृत तथा जवानहरुलाई निर्देशन समेत दिनुभयो । उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ओम बहादुर रानाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय तथा मातहत समेतको काम कारवाहीको सम्बन्धमा प्रस्तुतीकरण गर्नु भएको थियो ।  

का.उ.प्र.का रानीपोखरीद्वारा २०८० सालको चाडपर्व लक्षित सुरक्षा योजना जारी गरिएको
२०८०-०६-२२

काठमाण्डौ, २१ असोज         नेपाली हिन्दुहरुको महान चाडपर्व बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठ पर्वको पावन अवसरमा ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्दता’ अभियानलाई साकार पार्न काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट मातहत काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ,  काठमाण्डौ, ललितपुर र भक्तपुरका ३ वटा परिसरहरु तथा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनबाट संयुक्तरुपमा तयार पारिएको सुरक्षा योजना अनुरुप प्रविधिसमेतको उच्चतम प्रयोग गरी अति प्रभावकारी तवरले प्रहरी जनशक्ति परिचालन गरी समाजमा शान्ति, सुरक्षा, अमय चयन कायम गरिने छ । क)        चाडपर्वमा शान्ति, सुरक्षा तथा अमन चयन कार्यका लागि खटिने प्रहरी:१.    यो सुरक्षा योजना मिति २०८०।०६।२१ गतेदेखि बडा दशैँ, शुभ दीपावली, नेपाल सम्वत र छठपर्वसम्म कायम रहने छ ।२.   काठमाण्डौ उपत्यकास्थित ३ वटै जिल्लाहरुमा पैदल गश्ती, मोवाइल गश्ती, क्यूआरटि, सिआरभी, कर्डन, सादा पोशाक, पिकेटिङ, स्ट्राइकिङ, रिजर्भ, आकश्मिक चेकजाँच, CCTV, Walk Through Gate, Drone, Body worn camera बाट निगरानी, ट्राफिक व्यवस्थापन, विपद व्यवस्थापन लगायतका Pro-active Policing को माध्यमद्वारा चाडपर्वमा प्रभावकारी सुरक्षा व्यवस्था गरिने छ ।३.     बैंक, वित्तीय संस्था तथा नगद र बहुमूल्य गर-गहनाको कारोवार हुने स्थानहरुमा सादा पोशाकमा सञ्‍चारका साधन र साना हतियारसहितका प्रहरी सुरक्षाकर्मी खटाई सुरक्षा प्रदान गरिने छ ।४.    यात्रुहरुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १७ (काठमाण्डौ-१२, ल.पु.-३ र भ.पु-२) स्थानमा जनपद प्रहरी र १४ स्थानमा ट्राफिक प्रहरीद्वारा गरी जम्मा ३१ स्थानमा यात्रु सहायता कक्ष (Help Desk) स्थापना गरिएको छ ।५.   काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरु, मल- मार्टहरु र मुख्य-मुख्य नाकाहरुमा आधुनिक प्रविधिका साथै केनाइन    कार्यालयबाट तालीमप्राप्‍त कुकुरबाट चेकजाँच (Dog sniffing and search) गरिनेछ ।६.     उक्त कार्यका लागि ५८३३ जना प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।ख)       सवारी आवागमन कार्यका लागि खटिने ट्राफिक प्रहरी:          १. सवारी साधनको टिकटको कालो बजारी बढ्न सक्ने, एउटै टिकट पनि धेरैजनालाई बेचिन सक्ने, आरक्षित सिट अन्य व्यक्तिले ओगट्न सक्ने, यात्रुको चाप अनुसार सवारी साधनको व्यवस्थापनमा कठिनाई हुन सक्ने, छतमा यात्रु र सामान राखिन सक्ने, अपरिचित व्यक्तिले नशालु पदार्थ खुवाई लुट्न सक्ने, लामोदुरीका सवारी साधनहरुमा दुई वटा चालक नराखिन सक्ने, मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउन सक्ने, तीब्र गतिमा सवारी साधन चलाउन सक्ने जस्ता कार्यबाट सर्वसाधारण यात्रुहरुमा पर्न जाने असुविधा तथा दुर्घटनालाई न्यूनीकरण गरी यात्रुहरुको आवागमन सुरक्षित गराउने ।            २.  उक्त कार्यका लागि १८०० जना ट्राफिक प्रहरी सुरक्षाकर्मीहरु परिचालित हुनेछन् ।ग)        चाडपर्वमा जम्मा खटिने प्रहरी सुरक्षाकर्मीहरुको संख्या ७६३३ हुनेछ ।प्रहरी सम्पर्कको लागि:-•           कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० मा प्रहरीलाई खबर गरौँ,•           प्रहरी कन्ट्रोल- १००, ०१-४२२८४३५ र ९८५१२८३०२६,•           ट्राफिक प्रहरी कन्ट्रोल-१०३,•           महिला तथा बालबालिका खोज तलास केन्द्र, भृकुटीमण्डप -१०४ ।साथै चाडपर्वमा निम्न बमोजिम सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज, र समग्र काठमाण्डौ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न हुन सम्पूर्ण आदरणीय नागरिकहरुमा  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय हार्दिक अनुरोध गर्दछ:निम्न:१.         अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाऔँ ।२.         नगद, वहुमूल्य सामान, गर गहना र महँगा मोवाइल फोनसहित भीडभाडमा सकेसम्म नजाऔँ ।३.         घर तथा पसल बाहिर जानुपरेमा घरको झ्याल ढोका राम्रोसँग बन्द गरेको छ / छैन एकिन गरौँ र सकेसम्म साइरन जडित ताल्चा जडान गरौँ ।४.         लामो समय घर पसल छोडी बाहिर जानु परेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खवर गर्ने गरौँ ।५.         सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोवार गर्ने गरौँ । आफ्नो मोवाइल बैंकिङको One time password (OTP) हरदम गोप्य राखौँ । चेकबाट कारोबार गर्नु पर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अङ्कको मात्र चेक जारी गर्ने गरौँ ।६.         सामाजिक सञ्‍जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य कदापि नगरौँ ।७.         लङ्गुरबुर्जा, तास, जुवा लगायतका हारजित हुने खेल खेल्दा उठिबास हुन सक्नेतर्फ सचेत बनौँ ।८.         मादक पदार्थ सेवन (मापसे), लागु पदार्थ सेवन (लापसे) गरी कदापि सवारी नचलाऔँ ।९.         ट्राफिक नियमको सदैव पालना गरौँ ।१०.       हर्षोल्लास सहित चाडपर्व मनाऔँ, अपराध कार्यलाई भगाऔँ ।अन्त्यमा,“यहाँहरु ढुक्कले चाडपर्व मनाउनुहोस, प्रहरी त सदैव यहाँहरुको सुरक्षामा छदैँछ नि”!

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८०-०६-२०

काठमाण्डौ, २० असोज     मिति २०८०-०६-२० गते मोर्डन बोर्डिङ सेकेण्डरी स्कुल र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,कटुञ्जे भक्तपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम भक्तपुर नगरपालिका ०१ सृजनानगरमा सम्पन्न भएको छ ।       कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।      आधुनिक समाजमा आधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी ठगीका घटनाहरू बढेकोमा सो मध्ये सामाजिक संञ्जालको प्रयोग गरी ठगीको घटनाहरू अत्याधिक वृद्दी भएकाले सामाजिक संञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।     कार्यक्रममा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक चक्रराज जोसीले लागुऔषधको बारेमा प्रशिक्षण गर्नुहुदै लागुऔषध दुर्व्यसनमा नलाग्न अनुरोध गर्नुभयो । कार्यक्रमका सभापति मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलका प्राचार्य राजन कस्पालले लागुऔषध सेवनले समाजमा गम्भिर घटना घटन सक्नेहुदा त्यस तर्फ सचेत हुन विद्यार्थीहरूलाई अनुरोध गर्दै हरेक प्रहरमा खटि नागरीक तथा समाजको सुरक्षामा खटिने नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गर्नु भयो ।           जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक  बेद बिष्ट, प्रहरी वृत्त जगतीका प्रमुख प्रहरी नायव उपरीक्षक दिप्ति कार्की,सुर्यविनायक नगरपालिका ५ का वडा अध्यक्ष, भक्तपुर नगरपालिका वडा नम्वर ०१ का वडा  सदस्य, प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको कार्यक्रममा  सोही मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलका विद्यार्थीहरूले  लागुऔषध  सम्बन्धी लघुनाटक तथा बिबिध संस्कृति प्रस्तुत गरिएको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८०-०६-२०

काठमाण्डौ, २० असोज     मिति २०८०-०६-२० गते मोर्डन बोर्डिङ सेकेण्डरी स्कुल र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,कटुञ्जे भक्तपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम भक्तपुर नगरपालिका ०१ सृजनानगरमा सम्पन्न भएको छ ।       कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।      आधुनिक समाजमा आधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी ठगीका घटनाहरू बढेकोमा सो मध्ये सामाजिक संञ्जालको प्रयोग गरी ठगीको घटनाहरू अत्याधिक वृद्दी भएकाले सामाजिक संञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।     कार्यक्रममा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक चक्रराज जोसीले लागुऔषधको बारेमा प्रशिक्षण गर्नुहुदै लागुऔषध दुर्व्यसनमा नलाग्न अनुरोध गर्नुभयो । कार्यक्रमका सभापति मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलका प्राचार्य राजन कस्पालले लागुऔषध सेवनले समाजमा गम्भिर घटना घटन सक्नेहुदा त्यस तर्फ सचेत हुन विद्यार्थीहरूलाई अनुरोध गर्दै हरेक प्रहरमा खटि नागरीक तथा समाजको सुरक्षामा खटिने नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गर्नु भयो ।           जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक  बेद बिष्ट, प्रहरी वृत्त जगतीका प्रमुख प्रहरी नायव उपरीक्षक दिप्ति कार्की,सुर्यविनायक नगरपालिका ५ का वडा अध्यक्ष, भक्तपुर नगरपालिका वडा नम्वर ०१ का वडा  सदस्य, प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको कार्यक्रममा  सोही मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलका विद्यार्थीहरूले  लागुऔषध  सम्बन्धी लघुनाटक तथा बिबिध संस्कृति प्रस्तुत गरिएको थियो ।

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा चार जना पक्राउ
२०८०-०६-१८

काठमाण्डौ, १७ असोज        काठमाण्डौ महानगरपालिका-२४ हनुमानढोका परिसर अगाडि ओखलढुङ्गा लिखु गाउँपालिका-४ घर भई काठमाण्डौ क्षेत्रपाटी बस्ने १७ वर्षीय सनि कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका-१९ घर भई ललितपुर लुकुसी बस्ने २० वर्षीय सोनिया श्रेष्ठ खड्गी, ललितपुर महानगरपालिका-१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्गी, मकवानपुर हेटौंडा उपमहानगरपालिका-‍२ घर भई काठमाण्डौ महानगरपालिका-२४ बस्ने १९ वर्षीया भुमी मल्ल र ललितपुर गोदावरी नगरपालिका-५ घर भई हाल ललितपुर नागाबाहल बस्ने १९ वर्षीय अरबिन ठकुरी रहेका छन् ।        धारिलो हतियार प्रहारबाट सोमबार राति गम्भीर घाइते भएका सनि कार्कीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सपलान्ट सेन्टर महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाको अनुसन्धानको क्रममा घटनास्थलबाट भाग्न लागेको अवस्थामा सन्देश खड्गी र सोनिया श्रेष्ठ खड्गीलाई सोही दिन काठमाण्डौ महानगरपालिका-२४ मखनबाट, भुमी मल्ललाई काठमाण्डौ क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका-१६ बाट घटनामा प्रयोग भएको चक्कुसहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।        उनीहरू उपर काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त जनसेवाबाट थप अनुसन्धान भइरहेको छ । 

अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित पक्राउ
२०८०-०६-१८

काठमाण्डौ, १७ असोज        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ, ६ लाख ७ हजार ४ सय ९६ नेपाली रूपैयाँ र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचिन मुद्राहरु ६४ थानसहित अमेरीकी नागरिक ७० वर्षीय DAVID ALAN HARWOOD लाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।        थाई उडानद्वारा काठमाण्डौबाट बैंकक जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच तथा तलासी गर्ने क्रममा अबैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न दर र सिक्कामा रहेका उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
२०८०-०६-१३

काठमाण्डौ, १३ असोज     मिति २०८०-०६-१३ गते प्रहरी वृत्त सातदोवाटो तथा सामुदायिक प्रहरी सेवा केन्द्र,तिखेदेवल ललितपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम ललितपुर महानगरपालिका तिखेदेवल चुमलुङ भवनमा सम्पन्न भएको छ।        नागरिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्र.अ.म.नि. थापाले चाडपर्वको सुरक्षाको लागि सम्बन्धि निकायहरूसँग समन्वय गरी एकिकृत सुरक्षा व्यवस्था गर्ने बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।      प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिने बारे जानकारी गराउनु भयो । लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।     कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पण्डितले प्रहरी सरकारको प्रतिनिधि भएको र नागरिकहरूको सुझावबाट समाजको सुरक्षा व्यवस्थाको लागि मागदर्शन हुने बताउनु भयो ।       पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा.गोविन्द प्रसाद थापा लगायत पुर्व प्रहरी कर्मचारीहरू, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धि विक्रम शाह, ललितपुर महानगरपालिका १४ र १५ का वडा अध्यक्ष, ललितपुर महानगरपालिका वडा १३ का वडा सदस्य,प्रहरी कर्मचारीहरू स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
२०८०-०६-१३

काठमाण्डौ, १३ असोज     मिति २०८०-०६-१३ गते प्रहरी वृत्त सातदोवाटो तथा सामुदायिक प्रहरी सेवा केन्द्र,तिखेदेवल ललितपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम ललितपुर महानगरपालिका तिखेदेवल चुमलुङ भवनमा सम्पन्न भएको छ।        नागरिक सुनुवाई कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्र.अ.म.नि. थापाले चाडपर्वको सुरक्षाको लागि सम्बन्धि निकायहरूसँग समन्वय गरी एकिकृत सुरक्षा व्यवस्था गर्ने बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।      प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिने बारे जानकारी गराउनु भयो । लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।     कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पण्डितले प्रहरी सरकारको प्रतिनिधि भएको र नागरिकहरूको सुझावबाट समाजको सुरक्षा व्यवस्थाको लागि मागदर्शन हुने बताउनु भयो ।       पुर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा.गोविन्द प्रसाद थापा लगायत पुर्व प्रहरी कर्मचारीहरू, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धि विक्रम शाह, ललितपुर महानगरपालिका १४ र १५ का वडा अध्यक्ष, ललितपुर महानगरपालिका वडा १३ का वडा सदस्य,प्रहरी कर्मचारीहरू स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
२०८०-०६-०७

काठमाण्डौ, ०६ असोज        मिति २०८०-०६-०६ गते अं.८ बजे देखी सुरू भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेबी काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम काठमाण्डौ महानगरपालिका  वडा नं. ४ बैष्णबी टुँडालदेबी माताको मन्दिरको प्राङगणमा जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१०:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।        कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई  चिर्न नागरिकको  भुमिका पुलको रुपमा रहेको बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह  दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।        प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो ।  लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना  केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।        जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
२०८०-०६-०६

काठमाण्डौ, ०६ असोज        मिति २०८०-०६-०६ गते अं.८ बजे देखी सुरू भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेबी काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम काठमाण्डौ महानगरपालिका  वडा नं. ४ बैष्णबी टुँडालदेबी माताको मन्दिरको प्राङगणमा जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१०:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।        कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई  चिर्न नागरिकको  भुमिका पुलको रुपमा रहेको बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह  दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।        प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो ।  लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना  केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।        जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

२० औ साधारण सभा तथा सातौ अधिवेश कार्यक्रम सम्पन्न
२०८०-०६-०६

काठमाण्डौ, ०६ असोज        मिति २०८०-०६-०६ गते अं.१२ बजे सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानोबषपार्कको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा २० औ साधारण सभा तथा सातौ अधिवेश कार्यक्रम काठमाण्डौ महानगरपालिका  वडा नं २८ सिटि म्याक्स हलमा सुरू भएको थियो ।        साधारण सभा तथा अधिवेशनबाट निर्वाचित हुने पदाधिकारीहरूलाई शुभकामना व्यक्त गर्नुहुदै प्र.अ.म.नि. थापाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह   दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।        लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना  केन्द्रहरू राख्नुपर्नेमा जोडदिनुहुदै प्र.अ.म.नि. थापाले प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो ।        स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २०० जनाको उपस्थितिमा अं.०२:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०८०-०५-३१

काठमाण्डौ, ३१ भदौ            नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज, २०८० को अवसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरी वरिष्‍ठ उपरीक्षक दिनेश राज मैनालीले स्वागत गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रहरी महानिरीक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सम्पूर्ण नेपाली हिन्दु महिलाहरुका साथै नेपाल प्रहरी संगठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्नु भयो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय उपाध्यक्ष रुपा पौडेल थापाद्वारा शुभकामना मन्तव्यसहित कार्यक्रमको औपचारिक समारोहको समापन गरिएको थियो । तत्पश्‍चात उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०५-२९

काठमाण्डौ, २६ भदौ            अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-९ सिनामंगल बस्ने झापा बिर्तामोड नगरपालिका-४ घर भएकी २५ वर्षीया सुधा चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।             वैदेशिक रोजगारमा अल्वानिया जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्यकिङमा मासिक ७२ हजार रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ७२ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।              उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाण्डौ पठाइएको छ ।

भन्सार छलि अवैध रूपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ
२०८०-०५-२९

काठमाण्डौ, २६ भदौ            भन्सार छलि लुकाई छिपाई ल्याएको ९ सय ६० ग्राम तौलको अवैध सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काभ्रे खानीखोला गाउँपालिका-३ घर भई पनौती नगरपालिका-५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका-३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका-३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका छन् । हिमालयन एयरलाईन्सद्वारा सोमबार बिहान दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाई छिपाई ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपलिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको धातु सहित तत्काल फेला पारी पक्राउ गरेको थियो ।             थप सोधुपछ एवम् अनुसन्धानको क्रममा जगत लामा र दोर्जे स्यान्तानलाई समेत काठमाण्डौ महानगरपालिका-१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०१-२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२-०३० प ८५१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको छ । 

विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को शुभारम्भ
२०८०-०५-२५

काठमाण्डौ, २५ भदौकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर,वललितपुरद्वारा आयोजित विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को ललितपुर महानगरपालिका झम्सिखेलमा सोमबार शुभारम्भ गरिएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले आत्महत्या नै अन्तिम विकल्प नभएकाले एक पटक असफल हुदैमा जीवन नसकिने तथा लडेर उठ्नु नै जीवन भएकाले एक पटक मात्र पाएको आफ्नो अमूल्य समय बर्वाद नगर्न अनुरोध गर्दै यस जनचेतना मूलक वृत्तचित्रले थप चेतना फैलाउने र अमूल्य मानव जीवन बचाउन टेवा पुर्‍याउने अपेक्षासमेत व्यक्त गर्नुभयो ।साथै उपत्यका अन्तर्गत हुने आत्महत्याका घटनाहरूलाई न्यूनीकरण गर्न समुदाय स्तरमा नै जनचेतना अभिवृद्धि गर्दै आत्महत्या जस्तो गम्भीर प्रकृतिका घटनालाई न्यूनीकरण गर्न आफ्नो परिवार, टोल तथा सम्पूर्ण समाजकै ऐक्यवद्दता हुनुपर्नेमा जोड दिदै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवदद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरुबाट १०३ वटा कार्यक्रमहरू सञ्चालन गरिसकिएको बताउनु भयो ।ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षले आत्महत्या न्यूनीकरण सम्बन्धमा आ-आफ्नो धारणा राखेको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्दी विक्रम शाहले जनचेतनामूलक लघु चलचित्र “माया जाल” को वृतचित्र निर्माणमा सहयोगी संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।कार्यक्रममा सामुदायिक केन्द्र तिखेदेवलका अध्यक्ष तथा पूर्व प्र.अ.म.नि. गोविन्द प्रसाद थापा, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, उपत्यकाका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षकहरू, जिल्ला सुरक्षा समिति ल.पु. का पदाधिकारीहरु,  महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, शुभ मिडिया होम प्रा.लि.का सरोज ओली, प्रभु बैकका CEO अशोक शेरचन, नेपाल मेडिसिटी अस्पतालका पङ्कज बाँस्कोटा तथा Medical Superintendent डा. रोज राणा, पूर्व प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, नेशनल ल कलेज लगायतका शिक्षक, विद्यार्थीहरु, र स्थानीय भद्र भलादमीहरू लगायत अं. २०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को शुभारम्भ
२०८०-०५-२५

काठमाण्डौ, २५ भदौकाठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर,वललितपुरद्वारा आयोजित विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को ललितपुर महानगरपालिका झम्सिखेलमा सोमबार शुभारम्भ गरिएको छ ।कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले आत्महत्या नै अन्तिम विकल्प नभएकाले एक पटक असफल हुदैमा जीवन नसकिने तथा लडेर उठ्नु नै जीवन भएकाले एक पटक मात्र पाएको आफ्नो अमूल्य समय बर्वाद नगर्न अनुरोध गर्दै यस जनचेतना मूलक वृत्तचित्रले थप चेतना फैलाउने र अमूल्य मानव जीवन बचाउन टेवा पुर्‍याउने अपेक्षासमेत व्यक्त गर्नुभयो ।साथै उपत्यका अन्तर्गत हुने आत्महत्याका घटनाहरूलाई न्यूनीकरण गर्न समुदाय स्तरमा नै जनचेतना अभिवृद्धि गर्दै आत्महत्या जस्तो गम्भीर प्रकृतिका घटनालाई न्यूनीकरण गर्न आफ्नो परिवार, टोल तथा सम्पूर्ण समाजकै ऐक्यवद्दता हुनुपर्नेमा जोड दिदै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवदद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरुबाट १०३ वटा कार्यक्रमहरू सञ्चालन गरिसकिएको बताउनु भयो ।ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षले आत्महत्या न्यूनीकरण सम्बन्धमा आ-आफ्नो धारणा राखेको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्दी विक्रम शाहले जनचेतनामूलक लघु चलचित्र “माया जाल” को वृतचित्र निर्माणमा सहयोगी संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।कार्यक्रममा सामुदायिक केन्द्र तिखेदेवलका अध्यक्ष तथा पूर्व प्र.अ.म.नि. गोविन्द प्रसाद थापा, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, उपत्यकाका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षकहरू, जिल्ला सुरक्षा समिति ल.पु. का पदाधिकारीहरु,  महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, शुभ मिडिया होम प्रा.लि.का सरोज ओली, प्रभु बैकका CEO अशोक शेरचन, नेपाल मेडिसिटी अस्पतालका पङ्कज बाँस्कोटा तथा Medical Superintendent डा. रोज राणा, पूर्व प्रहरी कर्मचारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, नेशनल ल कलेज लगायतका शिक्षक, विद्यार्थीहरु, र स्थानीय भद्र भलादमीहरू लगायत अं. २०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ
२०८०-०५-२२

काठमाण्डौ, २२ भदौ            चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाइट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने ३० वर्षीय अन्सारूल अन्सारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न
२०८०-०५-२१

काठमाण्डौ, २१ भदौ        आज मिति २०८०/०५/२१ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको रानीहलमा तालुक नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको बिभिन्न मितिको पत्रादेश अनुसार सरुवा हुनुभएका प्रहरी अधिकृतहरूको फेरि भेटौला तथा उपत्यका प्रहरी कार्यालयमा  हाजिर हुन आउनु भएका प्रहरी अधिकृतहरूको स्वागत कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।          स्वागत तथा फेरि भेटौला कार्यक्रमलाई  सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सरुवा बढुवा प्रहरी संगठनको निरन्तर गतिविधि भएकाले आफूलाई दिइएको जिम्मेवारी निष्ठापूर्वक तथा कसैको लोभ लालचमा नपरी निर्वाह ‍गर्न निर्देशन दिनुका साथै यस कार्यालयमा रहदा कुसलतापूर्वक कार्य सम्पादन गरेकोमा धन्यवाद दिनुहुदै नयाँ हाजिर हुन आउनु भएका प्रहरी कर्मचारीबाट समेत सामूहिक रुपमा कार्य सम्पादन गर्नु हुने विश्वास व्यक्त गर्नुभयो ।        उक्त कार्यक्रममा प्रहरी उपरीक्षक वासुदेव खतिवडाले नयाँ कार्यक्षेत्रमा कार्य सम्पादन गर्दा संगठनको मूल्य मान्यतामा रही कुसलता पूर्वक कार्य सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।        प्रहरी वरिष्‍ठ उपरीक्षक, प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, प्रहरी निरिक्षक लगायतका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम समापन पश्वात  सामूहिक फोटो लिइएको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०५-१८

काठमाण्डौ, १८ भदौ        प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा सोमबार काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।                काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको निरीक्षण गर्नुहुदै प्रहरी महानिरीक्षक कुँवरले संगठनलाई सुधार, थप सुदृढ एवम् बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूको नि:स्वार्थ सेवा भावना रहनुपर्नेमा जोड दिनुहुदै प्रहरी कर्मचारीहरूले व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई कार्य सम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न निर्देशन दिनुभयो । आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले बताउनुभयो ।        प्रहरीले  बल प्रयोग गर्नुपर्ने अवस्थामा बल प्रयोगको  सिद्धान्तलाई अवलम्बन गर्दै थप सम्बेदनशील भई मानव अधिकारको उच्चतम सम्मान गर्दै कार्य सम्पादन गर्नतर्फ समेत उहाँले जोड दिनुभयो । साथै उपत्यकामा विदेशी पाहुनाहरुलाई सुरक्षाको प्रत्याभूति हुने गरी सुरक्षाको वातावरण मिलाउन हुन समेत निर्देशन दिनुभयो ।        कार्यक्रममा धन्यवाद ज्ञापन प्रदान गर्नुहुदै काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले यस कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  अपराधिक गतिविधिहरू प्रति कठोर भई कानूनी दायरामा ल्याउनुका साथै प्रहरी संगठनप्रति बफादर रहि कानून सम्मत ढङ्गबाट निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न निर्देशन दिनुका साथै मातहतका प्रहरी कर्मचारी वा कार्यालय प्रमुखहरुले कानून विपरितका कार्यमा सम्लग्न भएमा कठोर कारवाही गर्ने श्रीमान् संगठन प्रमुख समक्ष प्रतिवद्धता समेत  व्यक्त गर्नुभयो । निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी परिचालन कक्षमा रहेको सि.सि.टि.भी.रूमको अवलोकन साथै कार्यालयको अन्य काम कारवाहीबारे जानकारी लिनुभएको थियो ।        कार्यक्रममा प्रहरी नायव महानिरीक्षक,प्रहरी वरिष्ठ उपरीक्षक,प्रहरी उपरीक्षक लगायत सिनियर प्रहरी अधिकृत,जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयका प्रमुखहरुसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर
२०८०-०५-१७

काठमाण्डौ, १७ भदौ        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ  ।        संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर  र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच गत श्रावण १५ गते बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।        कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धि बिक्रम शाह, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख भुपेन्द्र बहादुर खत्री, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.बीच हस्ताक्षर भएको थियो ।        कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुखले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरूपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई समेत निर्देशन दिनुहुँदै आफ्नो मातहतहरूलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा कायम गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । कार्य सम्पादन सम्झौता सुशासनको मापन भएकाले आ-आफ्नो कार्यालयको कार्य सम्पादनको प्रकृति अनुसार कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन सम्झौता उपलब्धिमूलक हुने तथा आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू पनि समावेश गरिएकाले उपत्यकालाई सुरक्षित गर्ने अभियानमा सबै मातहत कार्यालयको ऐक्यवद्दता रहने विश्वास  व्यक्त गर्नुभयो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालयका प्रमुखहरुसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर
२०८०-०५-१७

काठमाण्डौ, १७ भदौ        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ  ।        संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर  र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच गत श्रावण १५ गते बार्षिक कार्य सम्पादन सम्झौता भए अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।        कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्द ठकुरी, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शिद्धि बिक्रम शाह, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख भुपेन्द्र बहादुर खत्री, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित के.सी.बीच हस्ताक्षर भएको थियो ।    कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुखले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरूपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई समेत निर्देशन दिनुहुँदै आफ्नो मातहतहरूलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा कायम गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । कार्य सम्पादन सम्झौता सुशासनको मापन भएकाले आ-आफ्नो कार्यालयको कार्य सम्पादनको प्रकृति अनुसार कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन सम्झौता उपलब्धिमूलक हुने तथा आर्थिक वर्ष २०८०/०८१ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू पनि समावेश गरिएकाले उपत्यकालाई सुरक्षित गर्ने अभियानमा सबै मातहत कार्यालयको ऐक्यवद्दता रहने विश्वास  व्यक्त गर्नुभयो ।

प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा सामुदायिकको १६ औं साधारण सभा तथा ‘शान्ति र सुरक्षा सम्बन्धी अन्तरक्रिया’ एवं स्वागत कार्यक्रम सम्पन्न ।
२०८०-०५-१६

काठमाण्डौ, १६ भदौ      मिति २०८०-५-१६ गते अं.११बजे सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, इचङ्गुनारायण काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा १६ औं साधारण सभा तथा ‘शान्ति र सुरक्षा सम्बन्धी अन्तरक्रिया’ एवं स्वागत कार्यक्रम नागार्जुन नगरपालिका वडा नं. ३ लिटल क्लाइम्वर्स स्कुलमा सुरू भएको थियो ।प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने कार्यमा नागरिकको अहम् भूमिका रहने भएकाले नागरिकसँग सहकार्य गर्दै प्रहरीले आफ्नो कर्तव्य निर्वाह गर्नु गर्नु पर्ने बताउनु भयो ।साथै शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  समुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै गुण्डागर्दीलाई निर्ममताका साथ नियन्त्रण गरिने बताउँदै उहाँले कुनै पनि सामान्य घटनालाईसमेत प्रहरी सामु ल्याई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।आत्महत्या, लागु औषधको प्रयोग र साइवर अपराधका घटनाहरूलाई न्यूनीकरण गर्न सामुदायिक स्तरमानै जन चेतना अभिवृद्दि गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत: काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरुबाट प्रविधिको समेत यथोचित प्रयोग गरी प्रभावकारी तवरले प्रहरी परिचालन गराई समग्रमा सुरक्षा प्रदान गरिने बारे जानकारी गराउनु भयो । जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. ५५० जनाको उपस्थितिमा अं.२ बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

लुटिएको सुनको मुन्द्रासहित दुई जना पक्राउ
२०८०-०५-१५

काठमाण्डौ, १५ भदौलुटिएको करिब आधा तोला सुनको मुन्द्रा २ थानसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-१३ घर भएका २४ राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका   छन् ।  चन्द्रागिरि नगरपालिका-१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरुलाई उक्त मुन्द्रासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

कटुवा पेस्तोलसहित एक जना पक्राउ
२०८०-०५-१४

काठमाण्डौ, १४ भदौ भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट कटुवा पेस्तोल २ थान र सोही पेस्तोलको गोली १ राउण्ड सहित उदयपुर बलैया नगरपालिका-५ घर भई हाल भक्तपुर लोकन्थली बस्ने ४० वर्षीय जंगे माझीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल र गोलीसहित फेला पारी पक्राउ गरेको हो । उनले प्रयोग गरेको बा. ४३ प ९००० नम्बरको स्कुटर प्रहरीले बरामद गरेको छ । साथै प्रहरीले जाँच गर्ने क्रममा हाल फरार भएका माझीसँगै रहेका हाल वतन नखुलेका ३० वर्षीय अश्विन दाहालको खोजी गरिरहेको छ । 

एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना पक्राउ
२०८०-०५-१०

काठमाण्डौ, १० भदौ एक हजार दुई सय २३ केजी पटाकासहित ३ जनालाई  शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट राजदेवी नगरपालिका-१ घर भई हाल काठमाण्डौ महानगरपालिका-१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दिपक मण्डल, भारत बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाण्डौ महानगरपालिका-१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका- ५ घर भई गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेका छन् । काठमाण्डौ जिल्लामा केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटाका, भुईचम्पा लगायतका आतिसवाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाण्डौ ताहाचल, मान्टारबाट पक्राउ गरेको हो । उनीहरूलाई विष्फोटक पदार्थ सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ । 

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने चार जना पक्राउ
२०८०-०५-१०

काठमाण्डौ, १० भदौ वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी देवचुली नगरपालिका-८ घर भई काठमाण्डौ टोखा नगरपालिका-३ बस्ने ३० वर्षीय समिर आले मगर, रामेछाप उमाकुण्ड गाउँपालिका-१ घर भई काठमाण्डौ कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ३५ वर्षीया शर्मिला सुनुवार, सल्यान कपुरकोट गाउँपालिका-३ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-१ बस्ने ५१ वर्षीय जगत बहादुर खड्का र कास्की पोखरा महानगरपालिका घर भई ललितपुर महानगरपालिका-१४ नख्खीपोट बस्ने ४० वर्षीया तारा गुरूङ रहेका   छन् । उनीहरूमध्ये मगरले २ जनालाई क्यानडा पठाई प्रतिष्ठित मार्केटमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितहरूबाट ५ लाख ४५ हजार रुपैयाँ ठगी गरेको, सुनुवारले १ जनालाई क्रोएसिया पठाई फुड प्याकिङमा मासिक १ लाख रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ ठगी गरेको, खड्काले १ जनालाई कुवेत पठाई बाइक राइडरमा मासिक ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटकपटक गरी १ लाख ९४ हजार रुपैयाँ ठगी गरेको र गुरूङले १ जनालाई नेदरल्याण्ड पठाई सुपर मार्केटमा मसिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ४५ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाण्डौ टोखाबाट, सुनुवारलाई काठमाडौं मनोहराबाट तथा खड्कालाई काठमाण्डौ सामाखुशीबाट शुक्रबार र गुरूङलाई ललितपुर नख्खिपोटबाट आइतबार पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८०-०५-१०

काठमाण्डौ, १० भदौ काठमाण्डौ, बुढानिलकण्ठ नगरपालिका-११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो । यसै गरी काठमाण्डौ, टोखा नगरपालिका-१ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका-७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।   दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षकको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न ।
२०८०-०५-०९

काठमाण्डौ ९ भदौ,आज मिति २०८०।०५।०९ गते नेपाल सरकार मन्त्रिपरिषदको मिति २०८०।०४।३० गतेको निर्णयानुसार यस काठमाण्डौ उपत्यका प्रहरी कार्यालयबाट नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागमा सरुवा भई जानुभएका श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको विदाई र नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको कार्यालय प्रमुखमा हाजिर हुनुभएका श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको स्वागत कार्यक्रम सम्पन्न भएको छ । 

अवैध लागु औषधसहित १४ जना पक्राउ
२०८०-०५-०६

काठमाण्डौ, ६ भदौ        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ११ केजी ७ सय ग्रामसहित २ जनालाई मङ्गलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्जुङ दोर्दी गाउँपालिका-५ फोर्जुङ घर भएका ३४ वर्षीय सुन्दर गुरूङ र लम्जुङ छैलुङ घर भएका ४७ वर्षीय औता राम गुरूङ रहेका छन् । बाटिक एयरको उडानद्वारा मलेसिया हुँदै थाइल्यान्ड जान लागेका उनीहरूको लगेजभित्र फल्स बटम बनाई टेपले र्‍यापिङ गरिएको अवस्थामा सुन्दरको साथबाट ६ केजी र औता रामको साथबाट ५ केजी ७ सय ग्राम उक्त पदार्थ फेला परेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि लागु औषध नियन्त्रण व्यूरो कोटेश्‍वरमा बुझाइएको  छ ।        यसैगरी काठमाण्डौ महानगरपालिका-३२ स्थित खाजा पसलबाट अवैध लागु औषध गाँजा करिब ५० ग्रामसहित काठमाण्डौ जडिबुटी बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-२ घर भएका २६ वर्षीय धिरज लामासहित ८ जनालाई मङ्गलबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा गाँजा सेवन गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

नगद तथा सुनका विभिन्न गहना चोरी
२०८०-०५-०६

काठमाण्डौ, ६ भदौ        ललितपुर, महालक्ष्मी नगरपालिका-४ इमाडोल डकीटोल बस्ने रमेश ज्ञवालीको घरबाट कोही नभएको अवस्थामा ढोका फोडी नगद तथा सुनका विभिन्न गहना गरी करिब ४ लाख २ हजार ५ सय रूपैयाँ बराबरको धनमाल मङ्गलबार साँझ चोरी भएको छ ।        भक्तपुर, चाँगुनारायण नगरपालिका-८ कलामसीको नेपाल गाउँस्थित रामकृष्ण गिरीको घरबाट कोही नभएको अवस्थामा मुल गेटको ताला फोडी करिब ८ लाख ६ हजार रूपैयाँ बराबरको सुनका विभिन्न गहना मङ्गलबार दिउँसो चोरी भएको छ ।        प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त नकवजनी चोरी मुद्दामा कारागारमा रहेको पुष्टि
२०८०-०४-३०

काठमाण्डौ, २९ साउन        कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-३ तल्लो पोखरा घर भएका ४६ वर्षीय शिवराम अधिकारी नाम परिवर्तन गरी नकवजनी चोरी गरेको मुद्दामा कारागारमा रहेको पुष्टि भएको छ ।        काठमाण्डौ महानगरपालिका-१४ बल्खु बोक्सीदह डाँडामा मकवानपुर मनहरा गाउँपालिका-३ बस्ने ५० वर्षीया अप्सरा भन्ने नारायणी तिमिल्सिना २०७४ पुस ३० गते मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको लागि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा नारायणीको हत्यामा उनीसँगै ज्यामी काम गर्ने शिवराम अधिकारी संलग्न भएको खुल्न आएको तथा घटना पश्चात फरार रहेका अधिकारी र केन्द्रीय कारागार सुन्धारामा रहेका अर्जुन अधिकारी एउटै व्यक्ति रहेको पुष्टि हुन आएको हो । अधिकारी २०७९ कात्तिक ६ गते थानकोटमा चोरी गर्दागर्दै पक्राउ परी नकवजनी चोरी मुद्दामा २०७९ कात्तिक २९ गते ३ वर्ष कैद सजाय ठहर भई अर्जुन अधिकारी नाममा उक्त कारागारमा रहेको खुल्न आएको छ ।         उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त कालिमाटीमा पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ ।  

बालयौन दुरुपयोग गरेको अभियोगमा चाइल्ड केयर सेन्टरका संचालक पक्राउ
२०८०-०४-३०

ललितपुर, २९ साउन        बालयौन दुरूपयोग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट गाउँपालिका-६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको छ ।        दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको र बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ ।          उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

लिखत सम्बन्धी कसूरमा एक जना पक्राउ
२०८०-०४-२६

काठमाण्डौ, २६ साउन लिखत सम्बन्धी कसूरमा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-६ भालुखोप बस्ने ५५ वर्षीय जित बहादुर कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरको छ । कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २०७२ पुस २२ मा भएको फैसलाले कार्की समेत सफाई पाउने गरी फैसला भएकोमा उक्त मुद्दाको फैसलाको प्रतिलिपीमा व्यहोरा थपघट गरी शिक्षक पेशामा पुनर्वहालीको लागि उक्त फैसला कार्यान्वयन गरी पाउँ भनि सर्वोच्च अदालतमा पेस गरेकोमा उक्त फैसलाको प्रतिलिपीमा व्यहोरा थपघट गरी लिखत सम्बन्धी कसूर गरेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाण्डौबाट ७ दिन म्याद थप गरी लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८०-०४-२६

काठमाण्डौ, २६ साउन             बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-१ घर भई काठमाण्डौ महानगरपालिका-१ बस्ने ३६ वर्षीय दिनेश कोइरालालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ महानगरपालिका-१ भाटभटेनीस्थित राधा देवी गुप्रका संचालक दिनेशले आफ्नो नाममा रहेको बिभिन्न बैंकहरुको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी बिभिन्न ब्यक्तिहरुलाई भुक्तानी दिनुपर्ने रकमको बैंक चेक दिएको तर पीडितहरुको रकम फिर्ता नगरी फरार रहेको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ चन्द्रागिरीबाट पक्राउ गरेको हो । उनी उपर काठमाण्डौ उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसूरमा १९ वटा, ठगीमा १ र केही सार्वजनिक अपराध कसूरमा १ वटा गरी जम्मा २१ वटा कसूरमा मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  उनी उपर बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत काठमाण्डौ बाट ५ दिन म्याद थप गरी जिल्ला प्रहरी परिसर काठमाण्डौबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

नक्कली जस्तो देखिने ५२ लाख ७५ हजार रूपैयाँसहित नौ जना पक्राउ
२०८०-०४-२६

काठमाण्डौ, २६ साउन नक्कली जस्तो देखिने नेपाली एक हजार दरका नोट ५ हजार २ सय ७५ थान गरी जम्मा ५२ लाख ७५ हजार रूपैयाँ र विभिन्न सामानसहित ९ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाञ्चोक कोठे बस्ने २५ वर्षीय शुशिल कार्की, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय शिव भण्डारी, सिन्धुपाञ्चोक बलेफी गाउँपालिका-७ बस्ने ४० वर्षीय अर्जुन सुबेदी, सिन्धुपाञ्चोक सुनकोशी गाउँपालिका-६ बस्ने २३ वर्षीय मिलन भण्डारी, सुनकोशी गाउँपालिका-६ बस्ने २४ वर्षीय श्रीकृष्ण भण्डारी, झापा कमल गाउँपालिका-३ बस्ने २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका-३ बस्ने २१ वर्षीय अर्जुन बुढा, गुल्मी वाडागाउँ गाउँपालिका-२ बस्ने ३४ वर्षीय सागर आचार्य र नवलपरासी सरावल गाउँपालिका-१ बस्ने ५३ वर्षीया पार्वती नेपाली रहेका छन् । उनीहरूमध्ये अर्जुन सुबेदी उपर चोरी, बैंकिङ कसूर, ठगी तथा ठगी र एक्सटर्सन गरी ७ वटा मुद्दा समेत चलेको खुल्न आएको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा लुम्बिनीबाट काठमाण्डौतर्फ आउँदै गरेको लु. १ प ५ नम्बरको पर्यटक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्दा ढोका छेउको सामान राख्ने डिक्कीमा र्‍याप गरी राखिएको चाउचाउको कार्टुनभित्र नक्कली जस्तो देखिने एक हजार दरका ३ हजार ५ सय ७३ थान गरी जम्मा ३५ लाख ७३  रूपैयाँ फेला परेको थियो । उक्त बसका चालक तथा सह-चालकलाई नियन्त्रणमा लिई थप सोधपुछको क्रममा उक्त कार्टुन लुम्बिनी बसपार्कबाट एक जना मानिसले अचार हो काठमाण्डौ लगिदिनु काठमाण्डौ बसपार्कमा रिसिभ गर्न मानिस आउँछ भनि पठाएको खुल्न आएपछि प्रहरी वृत्त थानकोट समेतबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ गोंगबु बसपार्क र भक्तपुर चाँगुनारायण नगरपालिका-४ बुढाथोकी गाउँबाट थप नक्कली जस्तो देखिने १ हजार दरका १ हजार ७ सय २ थान गरी जम्मा १७ लाख २ हजार रूपैयाँसहित उनीहरूलाई पक्राउ गरेको हो ।  अनुसन्धानको क्रममा कम्प्युटर सेट १ थान, पेपरकटर मेसिन १ थान, कलर प्रिन्टर १ थान, प्रिन्ट पेपर १ रिम, खुल्ला पेपर २ सय पेज, विभिन्न रङका मसी, कलर केमिकल प्लाष्टिकको बोतल २ वटा, केमिकल, डेकोरेटिङ पाउडर ४ पत्ता, र्‍यापलिङ टेप १ बण्डल, एक हजार दरको नोटको साईजको पेपर ९ थान, बा.६३ प २०७५ नम्बर, बा.प्र. ०२-०३९प ९४०७ नम्बर, बा.प्र. ०२-०३८ प ५६४२ नम्बरको मोटरसाइकल, बा.प्र.०२-०२८ प १३०६ नम्बरको स्कुटर, मोबाइल १२ थान र अर्जुन सुबेदीको नाममा जिल्ला अदालत चितवनको तारेख पर्चा १ थान प्रहरीले बरामद गरेको छ । उनीहरू उपर मुद्रा सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाण्डौबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको छ । 

सामाजिक संजालबाट ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०४-२६

काठमाण्डौ, २६ साउन             सामाजिक संजालबाट ठगी गरेको अभियोगमा जिल्ला सुनसरी इटहरी उपमहानगरपालिका-९ बस्ने ५५ वर्षीया कमला देवी श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             सामाजिक संजाल Tiktok र  WhatsApp मार्फत कुराकानी गर्ने क्रममा आफूलाई U.K. को नागरिक भन्दै पीडितलाई विभिन्न Gift  पठाएको भनी प्रलोभनमा पारी custom Charge  बापतको रकम पठाउन पर्छ भन्दै ९२ हजार रूपैयाँ पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न कमला देवी श्रेष्ठलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।             उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ । 

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ
२०८०-०४-२६

काठमाण्डौ, २६ साउन             वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा जिल्ला गोरखा गण्डकी गाउँपालिका-६ घर भई काठमाण्डौ महानगरपालिका-१५ बस्ने ५० वर्षीया एक माया पुलामी मगर,जिल्ला सुनसरी रामधुनी नगरपालिका-३ घर भई काठमाण्डौ महानगरपालिका-३२ बस्ने ४० वर्षीय सन्दिप कुमार चौधरी र जिल्ला धादिङ थाक्रे गाउँपालिका-४ घर भई काठमाण्डौ कलंकी बस्ने ४५ वर्षीय सालिक राम अर्याल रहेका छन् ।              उनीहरूमध्ये मगरले १ जनालाई पोर्चुगल पठाई कृषि कम्पनीमा मासिक १ लाख ३० हजार रुपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पटकपटक २ लाख ५६ हजार रूपैयाँ ठगी गरेको, चौधरीले १ जनालाई फ्रान्स पठाई प्रतिष्ठित होटलमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ५५ हजार रुपैयाँ ठगी गरेको र अर्यालले १ जनालाई क्रोसिया पठाई फुड डेलिभरीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।              साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मगरलाई काठमाण्डौ नयाँ बसपार्कबाट बुधबार, चौधरीलाई काठमाण्डौ नयाँ बानेश्वरबाट बिहीबार तथा अर्याललाई काठमाण्डौ टोखा नगरपालिका-७ बाट बिहीबार पक्राउ गरेको हो ।              उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

पहिरोका कारण विभिन्न १० स्थानमा सडक अवरोध
२०८०-०४-२३

काठमाडौं, २३ साउन              गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा नुवाकोट, मकवानपुर, चितवन, पाल्पा, कैलाली, काभ्रे, सिन्धुली र बागलुङका विभिन्न १० ठाउँमा सडक अवरोध भएको छ ।             पहिरोका कारण नुवाकोट ककनी गाउँपालिका-४ निगालेस्थित पासाङ ल्हामु राजमार्ग, मकवानपुर बकैया गाउँपालिका-११ लामराङस्थित कान्ती लोकपथ तथा भिमफेदी गाउँपालिका-२ ज्यालटारस्थित हेटौंडा-भैसे-भिमफेदी-कुलेखानी-काठमाडौं सडकखण्ड, चितवन ईच्छाकामना गाउँपालिका-६ नारायणगढ-मुग्लिङ सडकखण्ड, पाल्पा तिनाउ गाउँपालिका-३ ड्याम साईड नजिकै सिद्धार्थ राजमार्ग, कैलाली गोदावरी नगरपालिका-४ बुढीतोलास्थित भिमदत्त राजमार्ग तथा चुरे गाउँपालिका-५ गोपालेस्थित भिमदत्त राजमार्ग, काभ्रे रोशी गाउँपालिका-९ नार्के लगायत बिपि राजमार्गको विभिन्न स्थान, सिन्धुली सुनकोशी गाउँपालिका-२ कमेरेफाटस्थित बिपि राजमार्ग र बागलुङ, बागलुङ नगरपालिका-१० गलुवास्थित बागलुङबाट बलेवातर्फ जाने कालिगण्डकी करिडोरमा सडक अवरोध भएको हो । पहिरो गएका स्थानहरूमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।  

अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेका विदेशी मुद्रासहित पक्राउ
२०८०-०४-२३

काठमाडौं, २३ साउन             त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित भारतीय नागरिक ४७ वर्षीय बरूनेश चन्द्रलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई बिमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त भारतीय रूपैयाँ फेला परेको हो ।              यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ सय ४२ थान गरी १४ हजार २ सय अमेरिकी डलरसहित साउदी अरेबियन नागरिक ५३ वर्षीय अलयम्नी अबदुल्लाह अबदुलरहमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरको उडानद्वारा मलेसिया जान लागेका उनलाई बिमानस्थलको ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको अमेरिकी डलर फेला परेको हो ।              उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व विभाग हरिहरभवनमा बुझाउने प्रयोजनार्थ प्रहरी वृत गौशलामा पठाइएको छ ।  

डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गर्ने व्यक्ति पक्राउ
२०८०-०४-२३

काठमाडौं, २३ साउन डर त्रास दिई व्यवसाय संचालन गर्न अवरोध गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठहिटि ठेगाना भएका ५२ वर्षीय दिपक मानन्धरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । मानन्धरले काठमाडौं महानगरपालिका-३० रातोपुलस्थित एनआरके फिटनेस जिमहलमा साउन १७ गते दिउँसो प्रवेश गरी कर्मचारीहरु तथा सर्वसाधारण व्यक्तिहरुलाई विभिन्न किसिमका धाक धम्की दिई जिमहल बाहिर निकाली डर त्रासमा पारी जिमहल संचालन गर्न नदिने भन्दै हस्त लिखित पर्चा टाँसी उक्त जिम हल बन्द गराउने कार्यमा संलग्न नेपाल कम्युनिष्ट पार्टीको काठमाडौं जिल्ला सेक्रेटरी भन्ने मानन्धरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं दरवारमार्गबाट पक्राउ गरेको हो । उनी उपर अपराधिक लाभ लिन नहुने सम्बन्धी कसूरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

चोरी मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ
२०८०-०४-२३

काठमाडौं, २३ साउन             चोरी मुद्दाका फरार प्रतिवादी सल्यान कुमाख गाउँपालिका-४ वस्नेतज्यूला घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।             जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन कैद भुक्तान गरी सकेको तथा जरिवाना र बाँकी कैद १ महिना ५ दिन भुक्तान गर्ने बाँकी रही फरार रहेका उनलाई कठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराइएको छ ।   

सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ
२०८०-०४-१८

काठमाण्डौ, १८ साउन        काठमाण्डौ उपत्यकाको बौद्ध जोरपाटी लगायतका स्थानहरूमा सर्वसाधारणलाई डर धम्की दिई उच्छृङ्खल गतिविधि गरेको अभियोगमा ५ जनालाई काठमाण्डौ जोरपाटीबाट मंगलबार प्रहरीले पक्राउ गरेको छ ।        पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची घर भई काठमाण्डौ गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्याम बहादुर लामा, काठमाण्डौ कागेश्वर मनहरा डाँछी बस्ने ३६ वर्षीय भिम बहादुर बस्नेत, कागेश्वर मनहरा मुलपानी बस्ने ३५ वर्षीय गोविन्द गजमेर, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी घर भई काठमाण्डौ गोकर्णेश्वर बस्ने ३५ वर्षीय प्रविण तामाङ र रामेछाप गोकुलगंगा घर भई काठमाडौं जोरपाटी बस्ने २८ वर्षीय बिक्की लामा (बाफ्ले) रहेका छन् । सर्वसाधारणलाई कुटपिट, गैरकानुनी रूपमा रकम माग गर्ने लगायतका आपराधिक गतिविधिमा संलग्न रहेका उनीहरूलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।        उनीहरूलाई अभद्र व्यवहार गर्न नहुने कसूरमा थप अनुसन्धानको लागि प्रहरी वृत्त बौद्ध काठमाण्डौमा पठाइएको छ ।

अवैध लागूऔषध सहित ६ जना पक्राउ
२०८०-०४-१८

काठमाण्डौ, १८ साउन        काठमाण्डौ, कागेश्वरी मनोहरा नगरपालिका-५ थलीबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३२ एम्पुल, बुप्रोनोर्फिन ३२ एम्पुल र डाईजेपाम ३२ एम्पुल, ७ थान सिरिन्ज र नगद १० हजार रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-७ भोटेचौर भएका ३१ वर्षीय शालिकराम खतिवडा र रामेछाप गोकुल गंगा गाउँपालिका घर भएका ३० वर्षीय सुविन सुनुवार रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा.७७ प १५३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।           ललितपुर, ललितपुर महानगरपालिका-२५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, डाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुलसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर चिसोपानी नगरपालिका-९ घर भई हाल ललितपुर धापाखेल बस्ने २४ वर्षीय दिपेश कार्की, सिन्धुली मरिण गाउँपालिका-३ घर भई हाल ललितपुर धापाखेल बस्ने  २२ वर्षीय दिपेश तामाङ र सिन्धुपाल्चोक निशंखु गाउँपालिका घर भई भक्तपुर बस्ने २६ वर्षीय सजन तामाङ रहेका छन् । यसैगरी ललितपुर महालक्ष्मी नगरपालिका-३ टिकाथली झोलुङगे पुल नजिकबाट नियन्त्रित लागूऔषध भेनस १० पिस, स्पास्पेन १० पिस र वरनेकस १ पिससहित रौतहट बडियापुर नगरपालिका-८ घर भई हाल ललितपुर इमाडोल बस्ने २१ वर्षीय रतन जी लाई प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले  पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुहुँदै
२०८०-०४-१८

काठमाण्डौ, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८० साउन ०९ गतेको निर्णयले प्रहरी वरिष्‍ठ नायव निरीक्षकबाट  प्रहरी निरीक्षक पदमा पदोन्नति हुनु भएका राम बहादुर महतरा क्षेत्री तथा विभिन्न मितिमा भर्ना भई नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८०/०४/१७ गतेको पत्रादेशानुसार प्रहरी नायव निरीक्षकबाट  प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका  प्रहरी कर्मचारीहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी वरिष्‍ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनु भएका १ जना, प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्‍ठ नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका २८ जना गरी कुल २९ जना प्रहरी अधिकृतहरू रहनु भएको छ । सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धि हुने कार्य गर्दै नेपाल राष्‍ट्र तथा नेपाल प्रहरीले राखेका अपेक्षा पूरा गर्नुका साथै राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी वरिष्‍ठ नायव निरीक्षक निरू सुवेदीले पदोन्नतिबाट प्राप्‍त भएको जिम्मेवारीलाई प्रहरी कार्यमा कुशलतापूर्वक उच्च अनुशासनमा रही  प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्‍ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०४-१६

काठमाण्डौ, १५ साउन        साइप्रस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भई काठमाण्डौ महानगरपालिका-१५ डल्लु बस्ने ३३ वर्षीय राजन गिरीलाई आइतबार प्रहरीले पक्राउ गरेको  छ ।           गिरीले १ जनालाई वैदेशिक रोजगारका लागि साइप्रस पठाइ प्रतिष्ठित कम्पनीमा १ लाख रुपैयाँभन्दा बढी तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाण्डौ लाजिम्पाटबाट पक्राउ गरेको हो ।              उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी पक्राउ
२०८०-०४-१६

काठमाण्डौ, १५ साउन        बैंकिङ कसूर र ठगी मुद्दाका प्रतिवादी सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटालाई शनिबार  राति प्रहरीले पक्राउ गरेको छ ।        बैंकिङ कसूर र ठगी सम्बन्धी कसूर मुद्दामा भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भएका उनलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले भक्तपुर दुवाकोटबाट पक्राउ गरेको हो ।           उनलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

विभिन्न स्थानमा धनमाल चोरी
२०८०-०४-१६

काठमाण्डौ, १५ साउन        काठमाण्डौ महानगरपालिका-१६ माछापोखरी बसन्तनगर डेरा गरी बस्ने काभ्रे नवबुद्ध दरैलीपोखरी नगरपालिका-७ घर भएकी २२ वर्षीया शिवानी रूम्बा श्रेष्ठको कोठाबाट ताला फुटाई नगद ४० हजार रूपैयाँ र सुन तथा चाँदीका विभिन्न गहना समेत गरी करिब ४ लाख २७ हजार ८ सय रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।          ललितपुर, महालक्ष्मी नगरपालिका-५ खड्का गाउँ डेरा गरी बस्ने काभ्रे तेमाल घर भएका २८ वर्षीय रंजित तामाङ समेत ३ जनाको कोठाबाट नगद तथा सुनचाँदीका विभिन्न गहना समेत गरी करिब ३ लाख ८१ हजार रूपैयाँ बराबरको धनमाल आइतबार दिउँसो चोरी भएको छ ।          प्रहरीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

भालुको पित्त जस्तो देखिने वस्तुसहित दुई जना पक्राउ
२०८०-०४-११

काठमाण्डौ, ११ साउन               काठमाण्डौ महानगरपालिका-२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट भालुको पित्त जस्तो देखिने वस्तु २ थानसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका-१० घर भई काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ३९ वर्षीय तेन्दोर्जी तामाङ र काभ्रेपलाञ्चोक नेताचोक घर भई काठमाण्डौ बौद्ध बस्ने २९ वर्षीय नाम्गेल तामाङ रहेका छन् । उक्त सेकुवा कर्नरमा अवैध रूपमा भालुको पित्त जस्तो देखिने बस्तुको बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।             उनीहरूलाई बरामद वस्तुसहित थप कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तिसर काठमाण्डौमा पठाइएको छ ।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाई दिने प्रलोभनमा पारी रकम ठगी गर्ने तीन जना पक्राउ
२०८०-०४-११

काठमाण्डौ, ११ साउन               वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाई दिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-७ घर भई भक्तपुर सूर्य विनायक बस्ने ३१ वर्षीय मौसम मग्राती, सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका-५ घर भई काठमाण्डौ महानगरपालिका-३२ कोटेश्‍वर बस्ने ३२ वर्षीय अनन्त प्रकाश श्रेष्ठ र उदयपुर ताप्ली गाउँपालिका-४ घर भई ललितपुर महानगरपालिका नखिपोट बस्ने ३० वर्षीय प्रचलन राई रहेका छन् ।             उनीहरूमध्ये मौसम मग्रातीले १ जनालाई माल्टा पठाई आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट रकम ठगी गरेको, अन्नत श्रेष्ठले १ जनालाई पोल्याण्ड पठाई प्रतिष्ठित कम्पनीमा मासिक २ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ८ लाख रुपैयाँ ठगी गरेको र प्रचलन राईले १ जनालाई क्रोसिया पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ६ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।              साथै उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई काठमाण्डौ जोरपाटी नारायणटारबाट मंगलबार तथा  मग्रातीलाई काठमाण्डौ काँडाघारीबाट र राईलाई ललितपुर नखिपोटबाट बुधबार पक्राउ गरेको हो ।              उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने व्यक्तिहरू पक्राउ
२०८०-०४-०८

काठमाण्डौ, ८ साउन        विश्व खाद्य कार्यक्रम (WFP)को नाममा कार्यालय खोली ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४७ वर्षीय जयराम केसी भन्ने घन श्याम कटुवाल र मकवानपुर बागमती गाउँपालिका-९ घर भई काठमाण्डौ बुढानीलकण्ठ नगरपालिका-५ बस्ने ४० वर्षीय दिनेश भन्ने लिला बहादुर भोलोन रहेका छन् ।                बुढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय संचालन गरी नक्कली कर्मचारीहरु खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याड समेत बनाई विभिन्न राष्ट्रिय दैनिक पत्रिकामा टेण्डर आह्वानको विज्ञापन छपाई ठगी गरेको भन्ने सूचना गत जेठ २९ गते प्राप्त भएपछि   जिल्ला प्रहरी परिसर काठमाण्डौ र प्रहरी वृत्त महाराजगंजबाट खटिएको संयुक्त प्रहरीले अनुसन्धानको क्रममा उनीहरुलाई भक्तपुरबाट पक्राउ गरेको हो ।           उनीहरूको साथबाट नगद २ लाख रूपैयाँ, नेपालको राष्ट्रिय झण्डाहरु, अन्तर्राष्ट्रिय खाद्य सुरक्षा कार्यक्रम लेखिएको छाप १ थान तथा लेटर प्याड ३ थान, फायल रजिस्टर १ थान, हाजरी रजिष्टर १ थान, ह्वाइट बोर्ड १ थान, बोर्ड नेमप्लेट, टेवल नेमप्लेट, घरभाँडा सम्झौतापत्र, विभिन्न स्टेशनरीका सामानहरु, विभिन्न फर्निचरका सामानहरु, प्रिन्टर ४ थान, कम्प्युटर ४ थान र खरिद आदेश प्राप्त भएको कागज समेत प्रहरीले बरामद गरेको छ ।            उनीहरु उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाण्डौबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको छ ।

मेट्रो ट्राफिक एफएमको ११औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८०-०४-०८

काठमाण्डौ, ८ साउन        मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलको प्रमुख आतिथ्यमा मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको ११औं वार्षिकोत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ ।        काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक पोखरेलले विज्ञापन दाताहरू र सूचना दाताहरूलाई कदरपत्र एवम् एफएममा कार्यरत उत्कृष्ट ३ जना प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।        उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले जनसंख्या र सवारी साधनको वृद्धिले ट्राफिक व्यवस्थापन र अपराधिक गतिविधि दिन प्रतिदिन नयाँनयाँ ढंगबाट बढ्दै गइरहेको र समय अनुरुप चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो । यस्तो अवस्थामा मेट्रो ट्राफिक एफएमले प्रसारण गर्ने सूचना तथा कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरण तथा अपराध रहित समाजको निर्माणमा ठूलो भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो । सडक प्रयोग गर्ने सही तरिकाको बारेमा ट्राफिक जनचेतना फैलाउँदै दुर्घटना न्यूनीकरण गर्न उद्देश्यका साथै सडक पुन:निर्माण, जोखिम न्यूनीकरण तथा अपराध विरूद्ध जनचेतना जागृत गर्न थप योगदान पुर्‍याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।         कार्यक्रममा मेट्रो ट्राफिक एफएमका स्टेशन म्यानेजर प्रहरी नायव उपरीक्षक ई.विशाल ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्दै मेट्रो ट्राफिक एफएमको गतिविधि तथा आगामी कार्ययोजनाबारे जानकारी दिनुभएको थियो । सो अवसरमा विज्ञापन दाताहरूमध्ये जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका प्रमुख डा.अर्चना श्रेष्ठ र सहकारी विभागका शाखा अधिकृत प्रेम राज लुइटेलले आ-आफ्नोतर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।        कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समुदाय-प्रहरी साझेदारी समितिका प्रतिनिधिहरु, प्रहरी अधिकृतहरु लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।  

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित बंगलादेशी नागरिक पक्राउ
२०८०-०४-०८

काठमाण्डौ, ८ साउन        त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार र बंगलादेशी टाका ४९ हजारसहित बंगलादेशी नागरिक ३९ वर्षीय जहङ्गीर आलोमलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।        विमान बंगलादेश एयरलाईन्सको उडानद्वारा काठमाण्डौबाट बंगलादेश जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो ।          उनलाई थप अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ । 

ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०४-०८

काठमाण्डौ, ८ साउन             प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै विश्वास दिलाई पीडितबाट ४५ लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काठमाण्डौ नागार्जुन नगरपालिका-८ बस्ने ४४ वर्षीय राजेन्द्र प्रसाद खनाल र २३ वर्षीय बिशाल खनाल रहेका छन् । उनीहरूले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वास दिलाई विभिन्न कागजातहरूमा सही छाप गराई उक्त रकम ठगी गरेको तथा ना.४ च ८६७० नम्बरको स्कारपियो जिप समेत लिई फरार रहेकोमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौ कोटेश्वरबाट पक्राउ गरेको हो ।             उनीहरूलाई थप अनुसन्धान एवम् कारवाहीको लागि ईलाका प्रहरी कार्यालय दमक झापा पठाइएको छ । 

लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८०-०४-०८

काठमाण्डौ, ८ साउन             लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनको गहना जबरजस्ती लिई ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-१३ एकान्तकुना ठेगाना भएका ३० वर्षीय सम्राट, समिर, रागब भन्ने राजु परियार र कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक काठमाण्डौ महानगरपालिका-१४ कलंकी सुनारगाउँ ठेगाना भएका ३६ वर्षीय ब्रम्हा रिसाल रहेका छन् । उनीहरुमध्ये राजुले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै उक्त रकम तथा सुन ठगी गरेको र ब्रम्हाले ठगी गरेको सुन खरिद गरेको खुल्न आएको छ । अनुसन्धानको क्रममा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले राजुलाई ललितपुर महालक्ष्मी नगरपालिका-७ लुभुबाट शनिबार र ब्रम्हा रिसाललाई काठमाण्डौ कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको ११ ग्राम ६ सय ८० मिलिग्राम सुनसहित आइतबार पक्राउ गरेको हो ।             उनीहरू उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ ।

प्र.अ.म.नि. श्याम लाल ज्ञवालीद्वारा सामुदायिक प्रहरी कर्मचारीहरूलाई व्यवसायिक क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान
२०८०-०४-०३

काठमाण्डौ, ३  साउन        संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षकद्वारा सार्वजनिक गरिएको कार्य योजना, २०८० मा उल्लेखित ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्वता’ अभियान अनुरुप आज मिति २०८०/०४/०३ गते बुधबार दिउँसो उपत्यका प्रहरी कार्यालय मातहतका ८३ जना सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा व्यवसायिक क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान गरिएको छ ।           कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले ‘सुरक्षित उपत्यका: हाम्रो प्रतिवद्धता’ अभियानलाई कार्यान्वयन गर्ने प्रयोजनार्थ दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि प्रत्येक दिन पिक आवर समयमा जेब्रा क्रसिङ तथा आकाशे पुलमा सामुदायिक प्रहरी परिचालन गरेको बताउनुहुँदै समुदायमा अपराध न्यूनीकरणको लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्‍चालन गरी आपराधिक क्रियाकलापहरुको सूचना सङ्कलन गर्न निर्देशन दिनुभयो ।  

प्र.अ.म.नि. श्याम लाल ज्ञवालीद्वारा बागमती नदी करिडोरमा सि.सि.टि.भी. जडान गर्न सम्बन्धमा छलफल
२०८०-०४-०३

काठमाण्डौ, ३  साउन           संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षकद्वारा सार्वजनिक गरिएको कार्य योजना, २०८० मा उल्लेखित ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्वता’ अभियान अनुरुप आज मिति २०८०/०४/०३ गते बुधबार दिउँसो काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले बागमती नदी करिडोरको गोकर्णदेखि बल्खुसम्मको सडकक्षेत्रमा अपराध रोकथाम तथा नियन्त्रणको उद्देश्यले प्रविधमैत्री प्रहरी कार्यको लागि सि.सि.टि.भी. क्यामेरा जडान गर्न बागमती सभ्यता एकीकृत विकास समिति र एसियाली विकास बैंकको Nepal Residence Mission (NRM) प्रतिनिधिहरूसँग छलफल गर्नु भएको छ  । 

प्र.अ.म.नि. श्याम लाल ज्ञवालीद्वारा नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षकहरूलाई क्षमता अभिवृद्दि तालिमको उद्घाटन
२०८०-०४-०२

काठमाण्डौ, २ साउन             काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुशीका शिक्षकका लागि अभिमुखीकरण तालिमको मंगलबार नेपाल जेसुइट सामाजिक संस्था (NJSI) पुल्चोक ललितपुरमा उद्घाटन भएको छ ।      तीन दिने अभिमुखीकरण तालिमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले एक दक्ष प्रशिक्षित शिक्षकको काँधमा  विद्यार्थीहरूको व्यक्तिगत आवश्यकताहरू पूरा गर्दै बच्चाको क्षमता र कमजोरीहरू पहिचान गरी उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रको मेरुदण्डकोरुपमा विकाश गर्ने पवित्र जिम्मेवारी पूरा गर्ने दायित्व रहेको वताउनुभयो ।        छोटो अवधि भए पनि यस अभिमुखीकरण कार्यक्रमले  शिक्षकहरूमा आधुनिक शिक्षा  तथा प्रविधिको ज्ञान हुने बताउनु हुँदै प्रहरी अतिरीक्त महानिरीक्षक ज्ञवालीले गुणस्तरीय शिक्षाको लागि बिगतमा नेपाल जेसुइट सामाजिक संस्था (NJSI) ले  नेपाल पुलिस स्कुल सामाखुशीलाई पूर्वाधार तथा तालिमको लागि सहयोग गरेको स्मरण गर्दै हालको सहयोगको लागि समेत धन्यवाद व्यक्त गर्नु भयो ।        कार्यक्रममा  विद्यालय व्यवस्थापनका अध्यक्ष तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्‍ठ उपरीक्षक शिद्दी विक्रम शाह, नेपाल जेसुइट सोसाइटी संरक्षक तथा सेन्ट जेभियर स्कुल जावालाखेलका पूर्व प्रिन्सिपल, सेन्ट मेरीज स्कुल काठमाण्डौकी प्रिन्सिपल, सेन्ट जेभियर कलेज माइतिघरका निर्देशक, सेन्ट जेभियर स्कुल जावालाखेलका प्रिन्सिपल लगायत अन्य व्यवस्थापकपहरू तथा नेपाल जेसुइट सामाजिक संस्था (NJSI) रोय सवेस्टयन लगायत प्रशिक्षक समूह, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु समेतको रहेको थियो । 

अवैध रूपमा लैजाने लागेको १० हजार अमेरिकी डलरसहित एक जना पक्राउ
२०८०-०४-०२

काठमाण्डौ, २ साउन नेपाल एयरलाइन्सको उडानद्वारा काठमाण्डौबाट दुबई जान लागेका लेबनानी नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

व्यवसायिक क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान गरिएको
२०८०-०४-०२

काठमाण्डौ, २ साउन                 संगठन प्रमुख श्रीमान प्रहरी महानिरीक्षकद्वारा सार्वजनिक गरिएको कार्य योजना, २०८० मा उल्लेखित ‘सुरक्षित उपत्यका; हाम्रो प्रतिवद्वता’ अभियान अनुरुप आज मिति २०८०/०४/०२ गते मंगलबार दिउँसो उपत्यका प्रहरी कार्यालय र मातहत ४७ जना प्रहरी वरिष्ठ नायव निरीक्षक/प्रहरी नायव निरीक्षक (सुवेदार मेजर) हरुलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा व्यवसायिक क्षमता अभिवृद्दिको लागि एक दिने अनुशिक्षण प्रदान गरिएको छ ।           कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी अतिरीक्त महानिरीक्षक ज्ञवालीले सुवेदार मेजर कर्मचारीलाई मातहतको गुनासो समयमै सम्बोधन गर्नुका साथै गुनासो सम्बोधनको निम्ती पुलको रुपमा काम गर्न निर्देशन दिनुभयो । 

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा नेपाल पुलिस स्कुल सामाखुसीका शिक्षकहरूलाई क्षमता अभिवृद्दि तालिमको उद्घाटन
२०८०-०४-०२

काठमाण्डौ, २ साउन             काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस स्कुल सामाखुशीका शिक्षकका लागि अभिमुखीकरण तालिमको मंगलबार नेपाल जेसुइट सामाजिक संस्था (NJSI) पुल्चोक ललितपुरमा उद्घाटन भएको छ ।      तीन दिने अभिमुखीकरण तालिमको उद्घाटन गर्नुहुदै प्रमुख अतिथि प्रहरी अतिरीक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले एक दक्ष प्रशिक्षित शिक्षकको काँधमा  विद्यार्थीहरूको व्यक्तिगत आवश्यकताहरू पूरा गर्दै बच्चाको क्षमता र कमजोरीहरू पहिचान गरी उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी राष्ट्रको मेरुदण्डकोरुपमा विकाश गर्ने पवित्र जिम्मेवारी पूरा गर्ने दायित्व रहेको वताउनुभयो ।        छोटो अवधि भए पनि यस अभिमुखीकरण कार्यक्रमले  शिक्षकहरूमा आधुनिक शिक्षा  तथा प्रविधिको ज्ञान हुने बताउनु हुँदै प्रहरी अतिरीक्त महानिरीक्षक ज्ञवालीले गुणस्तरीय शिक्षाको लागि बिगतमा नेपाल जेसुइट सामाजिक संस्था (NJSI) ले  नेपाल पुलिस स्कुल सामाखुशीलाई पूर्वाधार तथा तालिमको लागि सहयोग गरेको स्मरण गर्दै हालको सहयोगको लागि समेत धन्यवाद व्यक्त गर्नु भयो ।        कार्यक्रममा  विद्यालय व्यवस्थापनका अध्यक्ष तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्य, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्‍ठ उपरीक्षक शिद्दी विक्रम शाह, नेपाल जेसुइट सोसाइटी संरक्षक तथा सेन्ट जेभियर स्कुल जावालाखेलका पूर्व प्रिन्सिपल, सेन्ट मेरीज स्कुल काठमाण्डौकी प्रिन्सिपल, सेन्ट जेभियर कलेज माइतिघरका निर्देशक, सेन्ट जेभियर स्कुल जावालाखेलका प्रिन्सिपल लगायत अन्य व्यवस्थापकपहरू तथा नेपाल जेसुइट सामाजिक संस्था (NJSI) रोय सवेस्टयन लगायत प्रशिक्षक समूह, नेपाल पुलिस स्कुल सामाखुशीका प्राचार्य, समादेशक र शिक्षक शिक्षिकाहरु समेतको रहेको थियो । 

खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित भारतीय नागरिक पक्राउ
२०८०-०४-०१

काठमाण्डौ, १ साउन             चन्द्रागिरी नगरपालिका-२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४८ ग्रामसहित भारत सुपौल भगवानपुर-११ बस्ने २१ वर्षीय रोशन कुमार पासवानलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।             प्रहरी प्रभाग नागढुंगा र लागू औषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले झापाबाट काठमाण्डौ तर्फ आउँदै गरेको प्र.०२-००१ ख ५५४९ नम्बरको  बसलाई जाँच गर्ने क्रममा बसमा सवार पासवानलाई लुकाई ल्याएको उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।             यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन तथा डाईमन्डसहित एक जना पक्राउ
२०८०-०४-०१

काठमाण्डौ, ३१ असार            त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ सय ७० ग्राम सुन र डाईमन्ड सि‌+ ५४ ग्राम ७५ मिलिग्रामसहित नेपाली मुलका अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्‍वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।             मलेसियन एयरलाईन्सको उडानद्वारा काठमाण्डौबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा उक्त सुन तथा डाईमन्ड फेला परेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ । 

प्र.अ.म.नि. श्यामलाल ज्ञवालीद्वारा उद्घोषण तथा क्षमता अभिवृद्धि तालिमको समापन
२०८०-०३-३१

काठमाण्डौ, ३१ असार            उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा उद्घोषण तथा क्षमता अभिवृदी तालिम सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको आयोजना र साथी श्रम प्रशिक्षण केन्द्र काठमाण्डौको सहकार्यमा आइतबार स्टार फुट ल्याण्ड कुलेश्वरमा समापन भएको छ ।        उद्घोषण तथा क्षमता अभिवृदी तालिममा प्रमाणपत्र वितरण गर्नुहुदै प्रमुख अतिथी प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले नेपाल प्रहरी समाजको अभिन्न अंगको रूपमा रहकाले सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरूले सामुहिक अभ्यासमा विश्वास राखी सदैव सभ्य, शिष्‍ट व्यवहार प्रहरीको काम, कर्तव्य पूर्ण व्यवसायिक तवरले निर्वाह गर्न निर्देशन दिनु भयो । २०८०|०३|२२ गते देखी १० दिन सम्म संचालित तालिममा ३४ जना प्रहरी र २ जना अन्य गरी ३६ जनाले तालिमको लाभ लिनुभएको थियो । उक्त कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नं १४ का अध्यक्ष सुमन श्रेष्ठ, पुर्व राजदुत महेशराज दाहाल र शिक्षार्थीहरू आ-आफ्ना मन्तव्य राख्नु  भएको थियो ।  जिल्ला प्रहरी परिसर,काठमाडौंका प्रहरी वरिष्ट उपरीक्षक दान बहादुर कार्की,प्रहरी वृत्त कालीमाटीका प्रमुख, स्थानीय जनप्रतिनिधिहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थितीमा कार्यक्रम सोही स्थानमा सम्पन्न भएको थियो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीज्यूको प्रमुख आतिथ्यतामा नेपाल स्काउट तालिम सम्पन्न
२०८०-०३-३०

काठमाण्डौ, ३१ असार मिति २०८०/०३/३० गते उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीज्यूको प्रमुख आतिथ्यतामा नेपाल स्काउट तालिम शनिबार ककनीमा सम्पन्न भएको छ । तालिम समापन समारोहमा आफ्नो मन्तव्य राख्दै प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवाली नेपाल स्काउटका साना स्काउट भाइ बहिनीलाई देखेर आप्नो बाल्यकालको स्काउट तालिमको क्षण स्मरण भएको वताउनुहुदै यस तालिममा प्राप्त गरेका विपद्को समयमा जोगिने सिद्दान्तहरु आफ्ना साथीभाई र आफन्तहरूलाई समेत प्रदान गर्न अनुरोध गर्नुभयो । उक्त तालिम नेपाल स्काउट बागमती प्रदेश कार्यालयका संयोजक शिवराम अर्याल,नेपाल स्काउट केन्द्र ककनीका संयोजक केश रत्न बज्राचार्य, नेपाल सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक बिनोद के.सी. नेपाल पुलिस स्कुलका प्रधानध्यायपक राम प्रसाद भुसाल  नेपाल पुलिस स्कुलका समादेशक उमेशमान अमात्य र नेपाल स्काउटका शिक्षकहरू नेपाल पुलिस स्कुलका शिक्षक/विद्यार्थीहरू, लगायतको उपस्थितीमा कार्यक्रममा सम्पन्न नेपाल स्काउट तालिममा नेपाल पुलिस स्कुलमा अध्ययनरत १३० जना विद्यार्थीहरूको सहभागिता थियो । 

अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित १ जना पक्राउ
२०८०-०३-२६

काठमाण्डौ, २६ असार        त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १ सय दरको ३ सय ८० थान र श्रीलंकन रूपी ५ हजार दरको ५३ थान, १ हजार दरको ४ थान, ५० दरको ५ थान र २० दरको ५ थानसहित अमेरिकी नागरिक ४९ वर्षीय केभिन वेस्ले फिलिप्सलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।        भिस्टारा एयरलाइन्सको उडानद्वारा काठमाण्डौबाट भारतको दिल्ली प्रस्थान गर्न लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको ऐक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको व्यागबाट उक्त विदेशी मुद्रा फेला परेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ । 

श्रृङ्खलाबद्ध रूपमा जबरजस्ती सुनको सिक्री लुटपाट गर्ने पाँच जना पक्राउ
२०८०-०३-२४

काठमाण्डौ, २४ असार              काठमाण्डौ उपत्यकाका विभिन्न आठ स्थानमा श्रृङ्खलाबद्ध रूपमा जबरजस्ती सुनको सिक्री लुटपाटमा संलग्न ५ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पक्राउ पर्नेहरूमा रामेछाप लिखु गाउँपालिका-१ दुरागाउँ घर भई काठमाडौं हाडीगाउँ बस्ने ३२ वर्षीय रबिन दमाई, सुनसरी धरान उपमहानगरपालिका-८ घर भई काठमाण्डौ चाबहिल बस्ने १८ वर्षीय किशोर, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-७ घर भई काठमाण्डौ बानेश्वर बस्ने २६ वर्षीय उमेश क्षेत्री, धनकुटा लेगुवा गाउँपालिका-७ घर भई काठमाण्डौ महानगरपालिका-९ राममन्दिर बस्ने ३० वर्षीय राहुल माझी र भारत पश्चिम बगाल घर भई काठमाण्डौ न्यूरोड बस्ने ४२ वर्षीय श्रीकान्ता माइती रहेका छन् ।             काठमाण्डौ उपत्यकाका विभिन्न स्थानहरूमा मोटरसाइकलको प्रयोग गरी विशेषत बिहानको समयमा मनिङवाकमा हिँडिरहेका महिलाहरूले घाँटीमा लगाएको सुनका सिक्रीहरू जबरजस्ती लुटपाट हुने गरेको घटनाको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा लुटपाटमा संलग्न उनीहरूलाई काठमाण्डौ बुढानिलकण्ठ तथा उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरूबाट लुटपाटमा प्रयोग भएका मोटरसाइकल २ थान, सुनको ढिक्का ११.२ ग्राम, मोबाइल ६ थान र सुनको नेक्लेस ४७ ग्राम बरामद भएको छ । उनीहरूलाई चोरी सम्बन्धी कसूरमा थप अनुसन्धान भई रहेको  छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा नेपाल प्रहरी पहरा गण, सामाखुशीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-२०

काठमाण्डौ, २० असार        काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बुधबार बिहान नेपाल प्रहरी पहरा गण सामाखुशीको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ‘नेपाल प्रहरी पहरा गण सामाखुशीबाट विभिन्न विदेशी कुटनैतिक नियोग तथा राजदुतवासको सुरक्षार्थ प्रहरी ड्यूटी खटिने भएकोले नेपाल प्रहरी संगठनको मात्रै नभई राष्ट्रकै प्रतिनिधिको रूपमा व्यवसायिक तवरले सभ्य बोली, वचन र व्यवहारका साथ उत्कृष्‍ट कार्य गर्न’ निर्देशन दिनु भयो ।     प्रहरी कर्मचारीद्वारा यदाकदा गैरव्यवसायी कार्यहरू भएका गुनासाहरू समेत प्राप्‍त हुने हुँदा गण प्रमुख आफै उच्च अनुशासनमा रही मातहत सकल दर्जालाई उत्प्रेरित गरी संगठनले अंगिकार गरेको लक्ष्य प्राप्‍तिमा अग्रसर हुन पर्ने जोड दिनुभयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरी काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-१५

काठमाण्डौ, १५ असार    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा शुक्रबार बिहान काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाण्डौ उपत्यका प्रहरी विशेष सुरक्षा गण, त्रिपुरेश्वर काठमाण्डौ उपत्यका सुरक्षाको लागि रिजर्व फौज भएकोले उपत्यकाको सुरक्षाको लागि जुनसुकै समयमा खटिन पर्ने हुँदा हरदम तयार रहन निर्देशन दिनुभयो ।     मानव अधिकारको बिषयमा सदैव संवेदशील भई भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग गरी व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनुहुँदै प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्न ज्ञवालीले निर्देशन दिनुभयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भिड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै प्रहरी काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-१४

काठमाण्डौ, १४ असार    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बिहिबार बिहान काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा खटिन सक्ने हॅुदा सदैव तयार रहन निर्देशन दिनुभयो ।     भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग र मानव अधिकारको बिषयमा सदैव संवेदशिल भई व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनुहुदै प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भिड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-१४

काठमाण्डौ, १४ असार    काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बिहिबार बिहान काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, र काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय महाराजगञ्जको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।      निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले काठमाण्डौ उपत्यका सशस्त्र प्रहरी गण नं. २, उपत्यकाको शान्ति सुरक्षाको लागि हरहमेसा खटिन सक्ने हॅुदा सदैव तयार रहन निर्देशन दिनुभयो ।     भिड नियन्त्रणको क्रममा सिलसिलेवार शक्तिको प्रयोग र मानव अधिकारको बिषयमा सदैव संवेदशिल भई व्यवसायिक दक्षता प्रदर्शन गर्न निर्देशन दिनुहुदै प्रहरी कर्मचारीहरूले सदैव सभ्य, शिष्‍ट व्यवहारद्वारा नागरिकमैत्री प्रहरीको भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।       निरीक्षणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले भिड नियन्त्रणको नमूना प्रदर्शनको अवलोकन र कार्यालय परिसर भित्रका विभिन्न स्थलहरूको निरीक्षण गर्नुका साथै काम कारवाहीबारे जानकारी लिनुभएको थियो । 

“अन्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध” दिवसको अवसरमा आयोजित प्रतियोगितात्मक कार्यक्रमहरुको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असार             काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीको प्रमुख आतिथ्यतामा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाद्वारा “अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको” अवसरमा आयोजित प्रतियोगितात्मक पुरस्कार वितरण कार्यक्रम हेरिटेज गार्डेन सानेपा मङ्गलबार दिउँसो सम्पन्न भएको छ ।               कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले “अन्तर्राष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा” अन्तरविद्यालय स्तरीय विभिन्न प्रतियोगिताका विजेताहरूलाई प्रमाणपत्र तथा शिल्ड वितरण गर्नुहुदै समाजमा घट्ने घटनाहरू न्यूनिकरणको लागि उपत्यका प्रहरी सदैव सचेत रहँदै, समुदायसँगको समन्वय र सहकार्यमा अपराध रोकथाम तथा नियन्त्रण लागि विभिन्न महानगरपालिका र नगरपालिकाहरुसँग सि.सि.टि.भी.राख्ने सम्झौता भएको जानकारी गराउनु भयो । साथै अन्य स्थानीय तहसँग पनि उक्त कार्यका समन्वय  भईरहेको बताउनुभयो । प्रविधिको दुरूपयोगबाट समेत अपराधका घटना घट्ने गरेको बताउनु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उज्जवल भविष्यका सपना बोकेका विद्यार्थीहरू लागु औषध जस्तो दुर्व्यवसनीमा फस्न सक्ने तथा साइवर अपराधमा समेत पर्न सक्ने र जीवन बर्वाद हुने भएकाले त्यसतर्फ  सचेत रहन आग्रह गर्दै  सामाजिक सञ्‍जालको प्रयोगमा असाध्यै सावधानी अपनाउन आग्रह गर्नु भयो । कार्यक्रममा जिल्ला प्रहरी परिसर,ललितपुरका  प्रहरी वरिष्ठ उपरीक्षक सिद्धीविक्रम शाह, स्थानीय जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, शिक्षक/विद्यार्थीहरू, स्थानीय भद्र भलादमीहरू लगायतको उपस्थिति रहेको थियो ।

यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी तथा नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असार             काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी र नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका र माइती नेपालद्वारा आयोजित कार्यक्रम पशुपति बुटिक होटल पिङगलास्थानमा  मङ्गलबार बिहान सम्पन्न भएको छ ।         कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले ‘माइती नेपाल संस्था’ ले नेपालबाट बाहिरिने विभिन्न नाकामा कार्यालय खोली मानव बेचबिखन नियन्त्रण गर्ने पुनित कार्यमा अहोरात्र खटिई सेवा प्रदान गर्नुका साथै पीडितलाई समाजमा पुनर्स्थापना गरेको बारे चर्चा गर्नु भएको थियो । साथै नेपाल प्रहरीले कानून कार्यान्वयनमा विभिन्न संस्थाहरुसँगको समन्वय तथा सहकार्यमा ‘यौनजन्य हिंसा न्यूनिकरण’ का कार्यहरु गरिरहेको बताउँदै मनोरञ्जन क्षेत्र (दोहोरी, डान्सबार, डिस्कोथेक, क्लव, होटल तथा रेष्‍टुरेन्ट लगायत) मा काम गर्ने व्यक्तिहरुलाई कम्तिमा एक साताको अभिमुखीकरण सचेतना प्रदान गर्नु पर्ने र सक्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेकोसमेत बताउनु भयो । उहाँले नागरिकहरुको वास्तविक समस्यामा नेपाल प्रहरी जहिलेपनि  सकारात्मक कामको लागि हातेमालो गर्न अहोरात्र तयार भएको बताउनुभयो  ।

प्रहरीसँग ‘एक दिन’ कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असारकाठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण बहादुर धितालले सेन्टेनियल माध्यमिक विद्यालय जोरपाटीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा मङ्गलवार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सचेतना सम्वन्धी प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणको क्रममा विद्यार्थीहरुलाई सामाजिक सञ्‍जालको प्रयोगमा असाध्यै सावधानी अपनाउन, पासवर्ड कसैसँग पनि शेयर नगरी गोप्य राख्न, भिडियो कल गर्दा real world मा जे जे गरिन्छ त्यो मात्र virtual world मा गर्न हुन अनुरोध गरिएको थियो । त्यसैगरी प्रहरी नियन्त्रण कक्ष  १०० (Police Control Room 100) मा नागरिकद्वारा दिइएको सूचनामार्फत प्रहरी परिचालन गराई काठमाण्डौ उपत्यकालाई सुरक्षित राख्न गरिएको प्रयास बारे समेत विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

अनलाइनमार्फत सट्टाबाजी खेल खेलाउने कार्यमा संलग्न चार जना पक्राउ
२०८०-०३-१२

काठमाण्डौ, १२ असार            विभिन्न अनलाइन ग्याम्बलिङ/अनलाइन क्यासिनो गेमहरूमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-९ घर भई हाल काठमाण्डौ महानगरपालिका-१४ कलङ्की बस्ने २४ वर्षीय राजा चौधरी, बारा जितपुर सिमरा उपमहानगरपालिका-८ घर भई हाल काठमाण्डौ महानगरपालिका- १४ कलङ्की बस्ने २५ वर्षीय विबेक चौधरी, काठमाण्डौ महानगरपालिका-२६ ठमेल बस्ने २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका-२ कुरिया घर भई हाल काठमाण्डौ महानगरपालिका-२६ ठमेल बस्ने २४ वर्षीया आशा गुरुङ रहेका छन् । राजा चौधरी समेतका व्यक्तिहरूले सट्टावाजी खेल खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले आफ्नो मोबाइलमा इन्स्टल भएको २ एकाउन्ट्स भन्ने एप्लिकेसन मार्फत विभिन्न अनलाइन ग्याम्बलिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो गेमहरूमा रकमको बाजी लगाई सट्टाबाजी गराई खेल खेलाउने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई आवश्यक कारबाही एवम् अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ । 

यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी तथा नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असार             काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी र नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका र माइती नेपालद्वारा आयोजित कार्यक्रम पशुपति बुटिक होटल पिङगलास्थानमा  मङ्गलबार बिहान सम्पन्न भएको छ ।         कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले ‘माइती नेपाल संस्था’ ले नेपालबाट बाहिरिने विभिन्न नाकामा कार्यालय खोली मानव बेचबिखन नियन्त्रण गर्ने पुनित कार्यमा अहोरात्र खटिई सेवा प्रदान गर्नुका साथै पीडितलाई समाजमा पुनर्स्थापना गरेको बारे चर्चा गर्नु भएको थियो । साथै नेपाल प्रहरीले कानून कार्यान्वयनमा विभिन्न संस्थाहरुसँगको समन्वय तथा सहकार्यमा ‘यौनजन्य हिंसा न्यूनिकरण’ का कार्यहरु गरिरहेको बताउँदै मनोरञ्जन क्षेत्र (दोहोरी, डान्सबार, डिस्कोथेक, क्लव, होटल तथा रेष्‍टुरेन्ट लगायत) मा काम गर्ने व्यक्तिहरुलाई कम्तिमा एक साताको अभिमुखीकरण सचेतना प्रदान गर्नु पर्ने र सक्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेकोसमेत बताउनु भयो । उहाँले नागरिकहरुको वास्तविक समस्यामा नेपाल प्रहरी जहिलेपनि  सकारात्मक कामको लागी हातेमालो गर्न अहोरात्र तयार भएको बताउनुभयो  ।

“अन्तराष्ट्रिय लागुपदार्थ तथा अवैध तस्करी विरुद्ध” दिवसको अवसरमा आयोजित प्रतियोगितात्मक कार्यक्रमहरुको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असार             काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको प्रमुख आतिथ्यतामा यौनजन्य हिंसा न्यूनिकरणमा प्रहरी र नागरिक समाजको भूमिका सम्बन्धी अन्तरक्रिया काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका र माइती नेपालद्वारा आयोजित कार्यक्रम पशुपति बुटिक होटल पिङगलास्थानमा  मङ्गलबार बिहान सम्पन्न भएको छ ।         कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले ‘माइती नेपाल संस्था’ ले नेपालबाट बाहिरिने विभिन्न नाकामा कार्यालय खोली मानव बेचबिखन नियन्त्रण गर्ने पुनित कार्यमा अहोरात्र खटिई सेवा प्रदान गर्नुका साथै पीडितलाई समाजमा पुनर्स्थापना गरेको बारे चर्चा गर्नु भएको थियो ।साथै नेपाल प्रहरीले कानून कार्यान्वयनमा विभिन्न संस्थाहरुसँगको समन्वय तथा सहकार्यमा ‘यौनजन्य हिंसा न्यूनिकरण’ का कार्यहरु गरिरहेको बताउँदै मनोरञ्जन क्षेत्र (दोहोरी, डान्सबार, डिस्कोथेक, क्लव, होटल तथा रेष्‍टुरेन्ट लगायत) मा काम गर्ने व्यक्तिहरुलाई कम्तिमा एक साताको अभिमुखीकरण सचेतना प्रदान गर्नु पर्ने र सक्रिय रुपमा अनुगमन गर्न आवश्यक रहेकोसमेत बताउनु भयो । उहाँले नागरिकहरुको वास्तविक समस्यामा नेपाल प्रहरी जहिलेपनि  सकारात्मक कामको लागी हातेमालो गर्न अहोरात्र तयार भएको बताउनुभयो  ।कार्यक्रममा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सरोकारवाला निकायहरुको समन्वय र सहकार्यले मात्र‘यौनजन्य हिंसा न्यूनिकरण’ मा अहं भूमिका खेल्ने हुनाले सम्पूर्ण सरोकारवाला निकायहरुले निष्पक्ष भई कार्य गर्नुपर्ने बताउनुयो । ­­­­­­­­     उक्त कार्यक्रम जिल्ला प्रहरी परिसर, काठमाण्डौ र ललितपुरका प्रहरी प्रमुख, वडा ९ का अध्यक्ष, प्रहरी वृत्त/प्रभागका प्रमुखहरू र मनोरञ्जन क्षेत्रमा कार्यरत संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थितीमा सम्पन्न भएको थियो ।

प्रहरीसँग ‘एक दिन’ कार्यक्रम सम्पन्न
२०८०-०३-१२

काठमाण्डौ, १२ असारकाठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण बहादुर धितालले सेन्टेनियल माध्यमिक विद्यालय जोरपाटीमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा मङ्गलवार समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरक्षा सचेतना सम्वन्धी प्रशिक्षण दिनुभएको छ । प्रशिक्षणको क्रममा विद्यार्थीहरुलाई सामाजिक सञ्‍जालको प्रयोगमा असाध्यै सावधानी अपनाउन, पासवर्ड कसैसँग पनि शेयर नगरी गोप्य राख्न, भिडियो कल गर्दा real world मा जे जे गरिन्छ त्यो मात्र virtual world मा गर्न हुन अनुरोध गरिएको थियो । त्यसैगरी प्रहरी नियन्त्रण कक्ष  १०० (Police Control Room 100) मा नागरिकद्वारा दिइएको सूचनामार्फत प्रहरी परिचालन गराई काठमाण्डौ उपत्यकालाई सुरक्षित राख्न गरिएको प्रयास बारे समेत विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

श्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
२०८०-०३-११

काठमाण्डौ, ११ असार             गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानबाट श्रोत नखुलेको नेपाली नगद ६ लाख रुपैयाँ र २ हजार चिनियाँ युआनसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने चिनयाँ नागरिक ४६ वर्षीय झु झियान छियान र ४५ वर्षीय झु जिनफाङ्ग रहेका छन् ।             गोकर्णेश्वर नगरपालिका-३ सुन्ताखानस्थित भाडामा बस्दै आएका चिनियाँ नागरिकहरुले गैह्र कानूनी क्रियाकलाप गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर टेकु र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले झु झियान छियान  र झु जिनफाङ्गलाई उक्त श्रोत नखुलेको रकमसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

स्कुटर चोरीमा संलग्न ३ जना पक्राउ
२०८०-०३-१०

भक्तपुर, १० असारभक्तपुर नगरपालिका-१० कमलबिनायक पाइपलाइनस्थित पार्किङ गरी राखिएको बा. ८१ प. ८७६६ नम्बरको स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा खोटाङ दिक्तेल डाँडागाऊँ गाउँपालिका घर भई भक्तपुर कमलबिनायक बस्ने १४ वर्षीय किशोरसहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  उक्त स्कुटर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जगातिबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूलाई उक्त स्कुटर चोरी गरी लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
२०८०-०३-१०

काठमाण्डौ, १० असार            काठमाण्डौ, तारकेश्वर नगरपालिका-१० मनमैजु घलेपुल बस्ने चितवन भरतपुर महानगरपालिका-१३ घर भएकी ५० वर्षीया घममाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ७ सय २० रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।             यसैगरी काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने सिन्धपाल्चोक बाह्रबिसे घर भएकी ३८ वर्षीया छायाँ देबी गुरुङको होटलमा जुवातास खेलिरहेको अवस्थामा रामेछाप दोरम्भा घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नारायणटार बस्ने ४८ वर्षीय हिरा बहादुर तामाङसहित ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ७ सय ९० रूपैयाँ, १ हजार ६ सय भारतीय रूपैयाँ र १ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न
२०८०-०३-०६

काठमाण्डौ, ०६ असार     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचर, काठमाण्डौको  निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।          निरीक्षण तथा निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अति संवेदनशील विषय भएकोले सोही बमोजिम विशेष ख्याल गरी विभिन्न निकायहरूसँगको समन्वय र सहकार्यमा त्रुटीरहित तवरले सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो ।  विमानस्थलको सुरक्षा व्यवस्थाले अन्तर्राष्ट्रि