प्रहरी कन्ट्रोल : १००
नेपा
EN

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम सम्पन्न

२०८२-०३-०६

  • A
  • A-
  • A+
Share

काठमाडौं, ६ असार

            काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ कार्यक्रम गोङ्गबु स्थित नयाँबसपार्कमा शुक्रबार सम्पन्न भएको छ ।   

           मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्ने, यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने र सडकप्रतिको नागरिक चेतना अभिवृद्धि गर्ने उद्देश्य सहित  सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्यूनिकरण अभियान-२०८२ शुभारम्भ गरिएको हो । जस अन्तर्गत काठमाडौँ उपत्यकाबाट छुट्ने लामो तथा मध्यम दुरीका सवारी साधनका सदस्यहरु तथा  यात्रुहरुको लागि बसपार्क लगायत विभिन्न १२ वटा स्थानमा नागरिक सहायता कक्ष स्थापना गरि मनसुन सम्बन्धी जानकारी दिने व्यवस्था गरिएकोमा आजै नागरिक सहायता कक्षको समेत समुद्‍घाटन गरिएको छ ।

            कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले वर्षाको समयमा मनसुनसँगै विभिन्न प्राकृतिक विपदहरूको जोखिम विशेष गरी बाढी, पहिरो र डुबानले  सडक अवरोध, सवारी दुर्घटना र जनधनको क्षति जस्ता घटनाहरू घट्ने हुदा मनसुन सम्बन्धी सूचना लिएर मात्र यात्रा गर्दा सुरक्षित हुने कुरामा जोड दिनुभयो । साथै मनसुनका बेला सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीको एकल प्रयासले मात्र पर्याप्त नहुनेहुदा सबै नागरिकको सजगता, सहभागिता र सहकार्य अपरिहार्य भएकाले सडक सुरक्षा सुनिश्चिताका लागि सबै सरोकारवाला पक्षको एक्यवद्धताको लागि अपिल समेत गर्नुभयो ।

        कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले वर्षातको समय नजिकिएसँगै मनसुनका कारण सडक र सवारी आवागमनमा यसको प्रत्यक्ष प्रभाव पर्ने भएकाले उक्त कार्यक्रमको आयोजना गरिएको स्पष्ट पार्नुभयो ।

            कार्यक्रममा नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द थापा,   नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राई, ट्राफिक व्यवस्थापन एवं सडक सुरक्षासँग आवद्ध सरोकारवाला निकाय एवं संघ-संस्थाका प्रतिनिधीहरु, नेपाल प्रहरीका कर्मचारीहरु, यातायात व्यवसायीहरु, नागरिक समाजका प्रतिनिधिहरु र सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार
चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०३

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित एक घरमा मंगलबार दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा सुन तथा चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू समेत फेला पारी बरामद गरेको छ ।              उनी उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ बस्ने २८ वर्षीय रविन्द्र मगरातीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             रविन्द्रले रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काटमाडौं महानगरपालिका-२९ पवत्रनगरबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत राजस्थान श्रीगंगानगर शहर घर भएका ३५ वर्षीय रोहित पथरियालाई प्रहरीले पक्राउ गरेको छ ।       काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेरको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल प्रिमियिर लिगमा संचालनमा रहेका क्रिकेट खेलहरूमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रूपैयाँ बराबरको रकम सट्टेबाजी मार्फत कारोबार गरेको खुल्न आएको छ । उनी उपर जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जना पक्राउ
२०८३-०८-०२

काठमाडौं, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर, भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय ३१ वर्षीय दिपक खड्का र काठमाडौं बत्तिसपुतली बस्ने काठमाडौं महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।