प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा भीड नियन्त्रण तथा प्रहरी कारवाही सम्बन्धमा अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

२०८१-१२-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, १९ चैत

           Learning By Experience” कार्यक्रम अन्तर्गत भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा ‍आज बिहान आयोजित भीड नियन्त्रण तथा प्रहरी कारवाही सम्बन्धमा अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रहरी सेवाको लामो अवधि काठमाडौं उपत्यका स्थित विभिन्न कार्यालयहरुमा अपरेशन अधिकृत, जिल्ला प्रहरी प्रमुख तथा उपत्यका प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्य गर्नुभई भीड नियन्त्रण तथा प्रहरी कारवाही सम्बन्धमा अनुभव तथा दक्षता हासिल गर्नुभएका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदी, नगर प्रहरी कार्यालयमा लामो समय भीड नियन्त्रण र प्रहरी कारवाहीको क्षेत्रमा काम गर्नु भएका हाल नेपाल प्रहरी युक्ती महाविद्यालय, जर्गाहका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  दीप शम्शेर ज.व.रा. तथा जिल्ला प्रहरी परिसर काठमाडौंमा अपरेशन अधिकृतको रुपमा लामो अवधि बिताउनु भएका हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरिक्षक पवन भट्टराईले भीड नियन्त्रण तथा प्रहरी कारवाही सम्बन्धमा आफूले विगतमा हासिल गरेका अनुभवहरु सुनाउदै आगामी दिनहरुमा प्रहरीले के कस्ता चुनौती सामना गर्ने अवस्थाहरु आउन सक्छन् र त्यसलाई कसरी समाधान गर्नुपर्छ भन्ने सम्बन्धमा अन्तर्क्रिया सम्पन्न भयो ।

     अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले विरोध तथा प्रदर्शनको समयमा प्रहरी कर्मचारीबाट हुन सक्ने कमि कमजोरीहरु तथा हुनसक्ने सम्भावित खतराको मूल्याङ्कन र उक्त खतराबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुलाई निष्तेज गर्न सम्बन्धित कमाण्डरको योग्यता,व्यवसायिकता साथै भिड नियन्त्रणमा खटिने प्रहरी कर्मचारीको मनोबल बृद्धिमा सम्बन्धित कमाण्डरले  निभाउनु पर्ने भूमिका लगायत बल प्रयोगको अवस्थामा अबलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्बन्धमा उपस्थित अधिकृतहरुलाई निर्देशन दिनु भएको थियो । साथै भीड नियन्त्रण तथा प्रहरी कारवाहीमा अनुभव प्राप्त बहालवाला तथा अवकास प्राप्त प्रहरी अधिकृतहरुको अनुभवलाई आत्मसाथ गर्दै आगामी दिनहरुमा पूर्ण व्यवसायिक तवरले प्रहरी कार्य गर्न समेत निर्देशन दिनु भयो ।

   कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद धिमिरे, जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी,काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेत,  जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अघिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी,  प्रहरी उपरीक्षकहरु, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ
२०८३-०४-२६

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-८ बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका-८ घर भएका ३० वर्षीय करण ऐर, काठमाडौं माहनगरपालिका-१२ बस्ने बुढानिलकण्ठ नगरपालिका-१३ घर भएकी ३० वर्षीया सुनिता श्रेष्ठ, भक्तपुर मध्यपुर थिमी नगरपालिका-५ बस्ने मोरङ बेलबारी नगरपालिका-२ घर भएका ३६ वर्षीय प्रेम पुरी, काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-६ घर भएका ४२ वर्षीय अच्युत दुलाल र काठमाडौं महानगरपालिका-२८ बस्ने कालिकोट खाँडाचक्र नगरपालिका-२ घर भएका ३५ वर्षीय बिर्ख बहादुर विक रहेका छन् ।  पक्राउ मध्ये करणले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, सुनिताले युरोप पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, प्रेमले जापान पठाइदिन्छु भन्दै १ सय १४ जना पीडितहरूबाट २ करोड २५ लाख रूपैयाँ, अच्युतले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३७ लाख रूपैयाँ र बिर्खबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले करण र सुनितालाई काठमाडौं महानगरपालिका-१२ बाट सोमबार, अच्युतलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ बाट आइतबार,  बिर्खबहादुरलाई काठमाडौं महानगरपालिका-१६ बाट शनिबार र प्रेमलाई काठमाडौं महानगरपालिका-३ बाट शुक्रबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने व्यक्ति पक्राउ
२०८३-०४-२६

काठमाडौं, अनधिकृत तवरले नेपाल सरकारको निशान छापको दुरूपयोग गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२२ बस्ने रौतहट चन्द्रपुर नगरपालिका-२ घर भएका २९ वर्षीय दिपेन्द्र कर्माचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको  छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-२२ टेवहालबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल सरकारको स्विकृती नलिई आर्थिक लाभ लिने उद्देश्यले सर्वसाधारणलाई झुक्यानमा पारी नेपाल सरकारबाट मान्यता प्राप्त जिपिएस ट्रर्‍याकर डिभाइस रहेको भनि झुठ्ठा प्रचार प्रसार गरी व्यवसायिक प्रयोजनको लागि चीनबाट आयात हुने जिपिएस ट्रर्‍याकर डिभाइसमा नेपाल सरकारको निशान छाप राख्न लगाई, निशान छापको दुरूपयोग गरी जिपिएस ट्रर्‍याकर बिक्री वितरण गरेको खुल्न आएको छ । प्रहरीले उनको साथबाट नेपाल सरकारको निशान छाप अंकित ५२ थान जिपिएस ट्रर्‍याकर डिभाइस बरामद गरेको छ । उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

लुटपाटमा संलग्न ४ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं, लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहतिले ४ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क बस्ने उदयपुर, उदयपुरगढी गाउँपालिका-५ घर भएका ३१ वर्षीय चुरन मगर, तनहुँ शुक्लागण्डकी नगरपालिका-५ घर भएका ३३ वर्षीय राज कुमार गुरूङ, महोत्तरी बर्दिबास नगरपालिका-३ घर भएका ३३ वर्षीय प्रशान्त जंग शाही र रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ३१ वर्षीय बिजय बाबु घिसिङ रहेका छन् । काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट शुक्रबार दिउँसो नगद तथा मोबाइल लुटपाट भएको घटनामा संलग्न उनीहरूलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बसपार्कस्थित होटलबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नगद ५७ हजार ९६ रूपैयाँ, मोबाइल ७ थान , ताल्चा १ थान र हेक्साँ ब्लेड १ थान बरामद गरेको छ ।उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

स्रोत नखुलेको नगद सहित २ जना पक्राउ
२०८३-०४-२५

काठमाडौं महानगरपालिका-२६ बाट स्रोत नखुलेको नगद १९ लाख ९४ हजार रूपैयाँ सहित सोही प्रहरीले  महानगरपालिका-१० बानेश्वर बस्ने स्याङ्जा वालिङ नगरपालिका-६ घर भएका ४१ वर्षीय ईश्वर थापालाई आइतबार राति पक्राउ गरेको छ । प्रहरी वृत्त दरबार्मार्गबाट खटिएको प्रहरीले केशरमहलतर्फ आउँदै गरेको बा.प्र ०२-०४२ प ५२०७ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक थापालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-२८ कमलादी गणेश मन्दिर नजिकबाट स्रोत नखुलेको नगद ४ लाख ८ हजार रूपैयाँ सहित प्रहरीले कठमाडौं कपन बस्ने ४२ वर्षीय सुदर्शन खड्कालाई गए राति पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बागमती एएए ७७२० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।