प्रहरी कन्ट्रोल : १००
नेपा
EN

२० औ साधारण सभा तथा सातौ अधिवेश कार्यक्रम सम्पन्न

२०८०-०६-०६

  • A
  • A-
  • A+
Share

काठमाण्डौ असोज

        मिति २०८०-०६-०६ गते अं.१२ बजे सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रपुरानोबषपार्कको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखप्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा २० औ साधारण सभा तथा सातौ अधिवेश कार्यक्रम काठमाण्डौ महानगरपालिका  वडा नं २८ सिटि म्याक्स हलमा सुरू भएको थियो ।

        साधारण सभा तथा अधिवेशनबाट निर्वाचित हुने पदाधिकारीहरूलाई शुभकामना व्यक्त गर्नुहुदै प्र.अ.म.नि. थापाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह   दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।

        लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना  केन्द्रहरू राख्नुपर्नेमा जोडदिनुहुदै प्र.अ.म.नि. थापाले प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यकाहाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो ।

        स्थानिय जनप्रतिनिधिहरूपूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २०० जनाको उपस्थितिमा अं.०२:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।  पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-२७

     काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।