प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १८ वैशाख

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-११ घर भई काठमाण्डौ तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढा मगर रहेका छन् ।   

पक्राउमध्ये उदिम बहादुरले युएसए पठाईदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७८ लाख रूपैयाँ ठगी गरेको र सन्ध्याले स्लोभाकिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उदिमलाई ललितपुर सातदोबाटो र सन्ध्यालाई  काठमाण्डौ मनमैजुबाट पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

सम्बन्धित समाचार
प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा ट्राफिक प्रहरीलाई सामाग्रीहरु हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८१-०२-०३

काठमाण्डौ, ०३ जेठ      मिति २०८०-०२-०३ गते ट्राफिक प्रहरीलाई सामाग्री हस्तान्तरण कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षता तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।      सवारी दुर्घटना न्यूनिकरण तथा सवारी आवागमनलाई सुव्यवस्थित गर्ने मुख्य उद्देश्यसहित कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीद्वारा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. पोषराज पोखरेललाई ट्राफिक सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले कागेश्वरी मनोहरा नगरपालिकाद्वारा ट्राफिक प्रहरीलाई प्रविधीमैत्री सामाग्रीहरु हस्तान्तरण गरी काठमाण्डौ उपत्यकामा सवारी साधनको व्यवस्थापनमा सुधार ल्याउन गरिएको प्रयास सराहनीय रहेकोले धन्यवाद व्यक्त गर्नु भयो ।साथै प्रविधीमैत्री ट्राफिक सामाग्रीहरुको सहयोगले प्रविधिमैत्री सवुद सङ्कलनमा सहजता हुने हुँदा ट्राफिक नियम उलङ्घन तथा सवारी दुर्घटना पश्चातको अनुसन्धानमा समेत सहयोग पुग्ने बताउँदै सवारी साधन चलाउदा ट्राफिक नियमहरु अनिवार्य रुपमा पालना गर्न सम्पूर्ण नागरिकलाई अनुरोध गर्नु हुँदै हरेक परिवार, समाज तथा स्थानीय सरकारको ऐक्यवद्वताले मात्र समाज अपराध रहित, सुव्यवस्थित तथा सुरक्षित हुने बताउनु भयो ।            कार्यक्रममा प्रहरी वरिष्ठ अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू/भद्र भलादमीहरू लगायतको उपस्थिति रहेको थियो ।

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
२०८१-०२-०२

काठमाण्डौ, २ जेठभिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाण्डौ तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका-८ घर भई काठमाण्डौ टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विक रहेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौ महानगरपालिका-६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो । उनीहरूले युएइ दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्‍याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको छ । पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट कुवेतस्थित नेपाली राजदुतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मावन बेचबिखन अनुसन्धान व्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ । 

गाडी चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८१-०२-०२

ललितपुर, २ जेठ ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका बा.१५ च ९८२५, बा.१२ च ४७०६ र बा.७ च ७७० नम्बरका ३ वटा पिकअप गाडीहरू श्रृखलावद्ध रूपमा चोरी भएको घटना संलग्न रहेको अभियोगमा रामेछाप दोरम्वा गाउँपालिका-५ घर भई ललितपुर सानेपा वस्ने २९ वर्षीय गणेश वहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उक्त गाडीहरू चोरी भएको घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बा.१५ च ९८२५ नम्बर र बा.१२ च ४७०६ नम्बरको गाडीहरूको ब्याट्री नभएको अवस्थामा नैकाप र सतुङ्गलबाट फेला परेको थियो । साथै बा.७ च ७७० नम्बरको पिकअप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानिखोलाबाट नियन्त्रणमा लिइएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा गौतमलाई काभ्रे भुम्लु गाउँपालिका-१० दोलालघाटबाट पक्राउ गरेको हो । उनलाई ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रहरी वरिष्‍ठ उपरीक्षक अरुण पौडेलको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०१-३०

काठमाण्डौ, ३० बैशाख नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०१।२७ गतेको निर्णयानुसार प्राविधिक प्रहरी समूह सञ्चार तर्फ प्राविधिक प्रहरी  जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्राविधिक प्रहरी सहायक हवल्दार रुपा श्रेष्‍ठ र प्राविधिक प्रहरी समूह सूचना प्रविधि तर्फ प्राविधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्राविधिक प्रहरी सहायक हवल्दार कल्पना कुमारी शाहीलाई प्रहरी वरिष्‍ठ उपरीक्षक अरुण पौडेलले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८१-०१-२४

काठमाण्डौ, २४ वैशाख      काठमाण्डौ ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान,  मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका-३० मैतिदेवी बस्ने ३४ वर्षीय संजय खड्गी रहेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौ धुमबाराहीबाट पक्राउ गरेको हो । विभिन्न मितिमा काठमाण्डौ उपत्यका अन्तर्गतका प्रहरी कार्यालयमा ५ पटक चोरी सम्बन्धी लगायतका कसूरमा उनीहरू उपर मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ  । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

इजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०१-२४

काठमाण्डौ, २४ वैशाख               इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।