प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा द्वारा जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण कार्यक्रम सम्पन्न ।

२०८१-०४-१८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ,२१ साउन ,

         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा सोमबार जिल्ला प्रहरी परिसर ललितपुरको  निरीक्षण तथा निर्देशन कार्यक्रम  सम्पन्न भएको छ ।

            जिल्ला प्रहरी परिसर ललितपुरको विभिन्न शाखाहरु तथा हिरासत कक्षको निरीक्षण पश्चात उपस्थित प्रहरी कमचारीहरुलाई निर्देशन दिनु हुदैँ  प्रहरी अतिरिक्त महानिरीक्षक थापाले  नेपाल प्रहरीको सेवा प्रवाहलाई हरेक नागरिकनागरिक समाज लगायत राज्यका सम्पूर्ण संयन्त्रहरुबाट प्रत्यक्ष निगरानी हुनाले नेपाल प्रहरीका हरेक कर्मचारीले अझै उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नु पर्ने बताउनु भयो । नागरिक मैत्री प्रहरी सेवा प्रवाह गरि गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी  सूचना संकलनमा प्रभावकारी रूपमा लागि प्राप्त सूचनालाई प्रविधि र प्रहरीको परिचालन गरी ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत  काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिनु भयो ।

                  सोहि क्रममा परिसर ललितपुर तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई  अपराधिक गतिविधिहरू प्रति कठोर भई निर्भिकताका साथ कानूनी दायरामा ल्याउनुका साथै आफ्नो मातहतका प्रहरी कर्मचारीलाई उत्प्रेरणा गर्दै, प्रहरी संगठन प्रति बफादर र मानव अधिकारको उच्च सम्मान गर्दै, कानून सम्मत ढङ्गबाट कार्य गर्न समेत निर्देशन दिनुका साथै हरेक प्रहरी कर्मचारी अनुशासित ढंगले आफ्नो कमाण्डर प्रती पुर्ण विश्वासका साथ काम कार्वाही गर्न समेत निर्देशन दिनुभयो ।

          जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा  प्रहरी नायव महानिरिक्षक कृष्ण हरि शर्मा पोख्रेल, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।  पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-२७

     काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।