प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८०-०१-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, ३१ वैशाख

            गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेल बस्ने ज्ञानहरी लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दोलखा बिगु गाउँपालिका-३ घर भएका ५० वर्षीय निमा शेर्पासमेत ६ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई जुवा खेल्न प्रयोग भएको नगद ८६ हजार ३ सय ५० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा देखिएका समस्या र सुधारका उपाय सम्बन्धी काठमाण्डौ उपत्यका स्तरीय SOCO गोष्ठी कार्यक्रम सम्पन्न ।
२०८१-०१-०७

काठमाण्डौ, ७ वैशाख         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा देखिएका समस्या र सुधारका उपाय सम्बन्धी काठमाण्डौ उपत्यका स्तरीय  SOCO गोष्ठी-२०८१ सम्पन्न भएको छ ।     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक अरुण पौडेलले समुद्‌घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अनुसन्धान विद्यालय,महाराजगंज र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रस्तुतीकरण तथा घटनास्थल अनुसन्धान अधिकृतहरुले कार्यपत्र समेत प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।       समापनको चरणमा अन्तरक्रिया तथा छलफलको क्रममा उठेका जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले कार्य सम्पादन गर्ने विभिन्न प्रकृतिका कार्यहरु मध्ये सर्वाधिक जिम्मेवारीपूर्ण कार्य, अपराध अनुसन्धानमा अहोरात्र खटिई सेवा प्रदान गर्ने नेपाल प्रहरीका घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनकर्ता सम्पुर्ण SOCO अधिकृतहरुलाई धन्यवाद व्यक्त गर्दै सबुद संकलन गर्दा प्रविधि र अनुभवको समिश्रणले संकलित सबुत प्रमाण वर्षौ-वर्ष यथेष्ठ प्रमाण रहीरहने हुँदा घटनास्थलमा सबुद प्रमाण संकलनमा थप जिम्मेबार हुन निर्देशन दिनुभयो ।       साथै घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा देखिएका समस्याहरुलाई समाधान गर्ने सम्बन्धमा उठेका सुझावलाई समेत सम्बन्धित निकायहरुमा समन्वय गरी सम्बोधन गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।          कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-१२-२८

काठमाण्डौ, २८ चैततालुक गृह मन्त्रालय (सचिवस्तर) को  मिति २०८०।१२।२५ गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ बमोजिम पदोन्नती हुनु भएका प्रहरी नायव उपरीक्षक अन्जन कोईरालालाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज बुधबार आयोजित एक कार्यक्रमका बीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयद्वारा भएका गरेका प्रहरी कार्यहरुको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१२-२६

काठमाण्डौ, २६ चैत काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा सोमबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अडिटोरियम  हलमा  यस कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरुलाई भएका गरेका प्रहरी कार्यहरुको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले निकट भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीसँग समन्वय र सहकार्य गर्दै स्वतन्त्र,निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिनु भयो ।  साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा बल प्रयोगको  सिद्धान्तलाई अवलम्बन गर्दै थप सम्बेदनशील भई मानव अधिकारको उच्चतम सम्मान गर्दै कार्य सम्पादन गर्नतर्फ समेत जोड दिदै काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीलाई मानव अधिकार प्रति संबेदनसील बनाउन काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गर्न  निर्देशन समेत दिनु भयो । काठमाण्डौ उपत्यकामा गुण्डागर्दीमा सम्लग्न अपराधिक मनसायका व्यक्तिहरु समेतले विभिन्न प्रकृतिका घटनाहरु घटाउने हुदा गुण्डागर्दीलाई निर्ममताका साथ नियन्त्रण गर्न निर्देशन दिदै मातहतका प्रहरी कर्मचारी वा कार्यालय प्रमुखहरुले कानून विपरितका कार्यमा सम्लग्न भएमा कठोर कारवाही गर्ने निर्देशन दिनुभयो । कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका कार्यालय प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, यस कार्यालय तथा मातहत कार्यालयका, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सैनिक प्रहरी शिक्षार्थीहरुबाट अवलोकन भ्रमण सम्पन्न ।
२०८०-१२-२२

काठमाण्डौ, २२ चैत्रमिति २०८०/१२/२२ गते विहीवार नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डाका शिक्षार्थीहरुबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको अबलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख प्रहरी नायव उपरीक्षक कोपिला चुडालद्वारा ७० जना शिक्षार्थीहरूलाई  काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको काम, कर्तव्य, अधिकार तथा अन्य समासामयिक विषयको  बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । साथै सैनिक प्रहरी शिक्षार्थीहरुलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय परीसर भित्रका प्रहरी नियन्त्रण कक्ष (Control Room)  र CCTV कक्षको समेत अवलोकन गराइएको थियो ।

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
२०८०-१२-१८

काठमाण्डौ, १८ चैत चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु.२ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक उनलाई उक्त नगदगहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाण्डौ पुर्‍याइदिनू भनी श्रेष्ठलाई दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको  छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।