सिनियर प्रहरी अधिकृतहरुको बिदाई कार्यक्रम सम्पन्न
२०८१-०५-१६
- A
- A-
- A+
आज मिति
२०८१/०५/१६ गते प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सेवानिवृत्त
हुनु भएका सिनियर प्रहरी अधिकृतहरुको बिदाई कार्यक्रम सम्पन्न भयो ।
मिति २०५१ भाद्र १६ गते प्रहरी सेवामा प्रवेश गरी अनवरत रुपमा ३०
बर्ष प्रहरी सेवामा आबद्ध भई अनिवार्य अवकाश हुनु भएको हो । बिदाई हुनु भएका
प्रहरी अधिकृतहरु प्र.व.उ. जीवन कुमार श्रेष्ठ, प्र.व.उ किसन सिंह थापा, प्र.व.उ दिनेश
राज मैनाली, प्र.उ. कृष्ण प्रसाई, प्र.उ. अवदेश विष्ट क्षेत्री, प्र.ना.उ. सरोज कुमार
ठकुराठी, प्र.ना.उ. भुवन भट्ट र प्र.ना.उ. उदय सिंह सिजापती हुनु हुन्छ ।
बिदाई समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त
महानिरीक्षक बज्राचार्यले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिदैं संगठनको
कमर्ठ सिपाहीको रुपमा संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका
साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति
धन्यबाद व्यक्त गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त
गर्नुभयो ।
सेवा निवृत प्रहरी अधिकृतहरूको तर्फबाट प्रहरी
सेवामा रहँदाको आफ्नो अनुभव सहितको मन्तब्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक
जीवन कुमार श्रेष्ठले प्रहरी सेवालाई प्रभावकारी तथा नगारिकमैत्री बनाउनका
लागि आफ्नो जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनको उद्देश्य
पुरा गर्नको निम्ति योगदान गरेको स्मरण गर्दै अवकाश पश्चात पनि नेपाल प्रहरी
संगठनले महशुस गरेको हरेक समयमा सल्लाह, सुझाव र सहकार्य निरन्तर प्रदान गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
सोही अवसरमा बिदाई हुन लाग्नु भएका सिनियर प्रहरी
अधिकृतहरुलाई
कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले मायाको चिनो तथा कदर पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कृष्ण हरि
शर्मा पोख्रेल, प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो
।