प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रम सम्पन्न ।

२०८१-०४-१६

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १६ साउन

      मिति २०८०-०४-१६ गते विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालयस्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट चाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी तारकेश्वर नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाण्डौंको साझेदारीमा तारकेश्वर नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालयका प्रधानध्यपकहरुसग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम तारकेश्वर नगरपालिकाका नगर प्रमुख प्रमुख कृष्णहरी महर्जनको अध्यक्षतामा तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मन्न भयो

प्रहरी-समुदाय-स्थानिय तह-विद्यालय र सामाजिक संस्थाहरु बिच साझेदारीता निर्माण गरि सामुदायिक सुरक्षालाई संस्थागत गर्नु तथा अपराध रहित, सुरक्षित, सभ्य र सु-संस्कृत समाजको निर्माणका लागि जघन्य अपराध, लाग औषध दुर्व्यसन, महिला बालबालिका विरुद्दका अपराध र हिंसा, ढदो साईवर अपराध, घरेलु हिंसा, ट्राफिक सचेतना तथा सामाजिक विकति विसंगति बिरुद्द सामाजिक सचेतना जगाउनु साथै सामुदायिक सुरक्षाला संगठित र दिगो रुपमा प्रवद्धन गर्नु लगायत समाजका सम्वेदनशिल वर्गका रुपमा रहेका वालवालिकाहरुमा सुरक्षा सचेतना ढाई अपराधको जोखिमबाट चाउनु र विद्यालय स्तरमा नै जनचेतना अभिवृद्धि गर्नु मुख्य उद्धेश्यले जनचेतनामूलक पाठ्यसामाग्री तयार पारिएको हो ।

    जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी  नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम  स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउदै साइबर अपराध जस्तो कु-कर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध समेत गर्नु भयो । साथै, हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षित हुने बताउनु भयो ।

    आधुनिक समयमा आधुनिक प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगका घटनाहरू बढेकोमा सामाजिक सञ्जालमा आउने विभिन्न चिठ्ठा तथा लोटरी परेको प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो ।

      कार्यक्रममा प्रहरी कर्मचारीहरू, स्थानय जनप्रतिनिधिहरू,विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०२

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज मिति २०८२/०३/०२ गते सम्म २७९ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

विपद् सम्बन्धी प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण कार्यक्रम सञ्चालन ।
२०८२-०३-०१

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रममा आज निति २०८२/०३/०१ गते सम्म २२३ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको छ । ५०० जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित मिति २०८२/०२/२९ गतेबाट ७ दिन सम्म  सञ्चालन गरिने  छ  ।

विपद् सम्बन्धी १ दिने अनुशिक्षण अभ्यास कार्यक्रम सम्पन्न ।
२०८२-०२-३०

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ५५ जना प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ दहमा आज मिति २०८२।०२।३० गते ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास सञ्चालन गरिएको छ ।

विपद् सम्बन्धी १ दिने अनुशिक्षण अभ्यास कार्यक्रम सम्पन्न ।
२०८२-०२-२९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा काठमाडौं उपत्यकामा घट्ने विपद्का विभिन्न घटनाहरु र निकट भविष्यमा नै मनसुन समेत सुरु हुन लागेकोले मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत  ५९ जना प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ दहमा आज मिति २०८२।०२।२९ गते ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास सञ्चालन गरिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी गीतकार सङ्घ नेपाल, सङ्गीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८२-०२-२६

काठमाडौं, २६ जेठ             प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी गीतकार सङ्घ नेपाल, संगीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिच अन्तरक्रिया कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा सोमबार सम्पन्न भएको छ ।        काठमाडौं उपत्यका प्रहरी कार्यलयको सहकार्यमा गीतकार सङ्घ नेपाल, संगीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिचमा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी संयुक्त अन्तरक्रिया कार्यक्रमको अवसरमा अधिवक्ता संगित ढुङ्गानाले “प्रतिलिपि अधिकार ऐन २०५९” सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।    कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कला, साहित्य, ज्ञानविज्ञान, सूचनाप्रबिधी तथा अन्य क्षेत्रमा मौलिक एंब बौद्दिक रुपले सिर्जना गरिएका रचनालाई प्रस्तुति एवम् प्रसारणमा स्रष्टालाई बौद्धिक सम्पत्तिका रुपमा कानूनद्वारा प्रदान गरिएको “प्रतिलिपि अधिकार” सम्बन्धी व्यवस्थालाई बुझाइमा एकरुपता ल्याउन यस कार्यक्रमले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।    कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सङ्गीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश चन्द्र अधिकारी, गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष अष्ट लामा, रोयल्टी सङ्कलन समाजका राम कुमार नेपाली, रोयल्टी सङ्कलन समाजका कृष्ण नेपाली, रोयल्टी संकलन समाजका बाल कुमार राई, गीतकार सङ्घ नेपालका महासचिव टीका राई (शिव) लगायत अन्य प्रतिनिधीहरु, उपत्यका प्रहरी कार्यालय तथा मातहतका कार्यालयका सिनियर प्रहरी अधिकृतहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न ।
२०८२-०२-२६

काठमाडौं, २६ जेठ        प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा काठमाडौं उपत्यका प्रहरी कार्यालयको  निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सोमबार सम्पन्न भएको छ ।  निरीक्षण भ्रमणका क्रममा प्रहरी महानिरीक्षक थापाले परिचालन कक्ष, प्रशासन शाखा, इन्टेलिजेन्स शाखा, अपराध अनुसन्धान शाखा लगायतका शाखाहरूको निरीक्षण तथा अवलोकन समेत गर्नुभयो ।    निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई काम गर्नुपर्ने बताउनुभयो । उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।             प्रहरी महानिरीक्षक थापाले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेत थप क्रियाशील हुनपर्ने बताउँदै हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउनुभयो । विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी विगतमा देखिएका कमीकमजोरीलाई मनन गर्दै भरपर्दो सुरक्षा व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।              प्रहरी महानिरीक्षक थापाले संगठनको आन्तरिक सुदृढिकरण र शुद्धिकरणलाई प्राथमिकतामा राखेर नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै सभ्य बोलीवचन, शिष्ट व्यवहार र सामुहिक भावनाका साथ व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक हितलाई केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । आ-आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी थप व्यावसायिकता प्रदर्शन गर्दै प्रभावकारी ढंगले प्रहरी परिचालन गरी उद्दारमा खटिन उहाँले निर्देशन दिनुभयो ।     काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुहुदैसंगठन प्रमुखज्यूबाट प्राप्त निर्देशनहरु तरारुकताका साथ पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।    उक्त कार्यक्रमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रविण धितालले मानवश्रोत व्यवस्थापन, कार्यालय व्यवस्थापन, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट गरिएका प्रयासहरू, सृजनशील कार्य, समस्या र चुनौतिहरू, आगामी कार्य दिशा/योजनाहरू र तालुक कार्यालयसँगको अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।             कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।