प्रहरी कन्ट्रोल : १००
नेपा
EN

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रम” सम्पन्न ।

२०८२-०३-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं, ५ असार

    काठमाडौं उपत्यका प्रहरी कार्यालय को आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा  मिति २०८२/०२/२९ गतेदेखि ०३/०५ गतेसम्म सञ्चालित जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङको बिषेश आतिथ्यतामा सम्पन्न भएको छ ।

    काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई (NARA) का प्रशिक्षकहरुद्वारा काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका स्थित टौ दह तथा काठमाडौं जिल्ला काठमाडौ महानगरपालिका स्थित रानीपोखरीमा ‘विपद् सम्बन्धी १ दिने अनुशिक्षण’ अभ्यास कार्यक्रम सञ्चालन गरी ४८७ जना प्रहरी कर्मचारीहरुलाई  अनुशिक्षण प्रदान गरिएको थियो ।

    जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाभित्र आइपर्ने प्रकोपहरुको समयमा उद्धारका लागि विपद् सम्बन्धी पूर्वाभ्यास स्वरुप यस्ता अनुशिक्षण कार्यक्रमले मनसुनजन्य विपद्को समयमा उद्दारकर्तालाई सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्दै काठमाडौं महानगरपालिकाका प्रकोप उद्दार प्रतिकार्यको लागी सहयोग, समन्वय र सहकार्यको लागि सधै तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

     अनुशिक्षण तालिम समापन कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां काठमाण्डौ उपत्यका प्रहरी कार्यालय सिमित साधनका बावजुत जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्यका लागि साधान-स्रोत जुटाएर विपद्को समयमा नागरिकको उद्धारका लागि प्रहरी जनशक्ति तयारी हालतमा राख्न निरन्तर प्रयास गरिरहेको जानकारी दिदै आगामी दिनहरुमा विपद् उद्दारको लागी जनशक्ति तयार गर्न “तालिम पाठयक्रम” नै तयार गरेर अगाडि बढ्न आफूहरुले योजना बनाइरहेको समेत बताउनु भयो । जनताले विपद् पर्दा सबैभन्दा नजिक रहेको प्रहरी बिट तथा प्रहरी चौकी तत्पश्चात स्थानीय निकायलाई सम्झिने हुँदा प्रहरी र स्थानिय सरकारको सहकार्य गरेर अघि बढ्नु वर्तमान आवश्यकता रहेको औल्याउँदै सबै सरोकारबाला निकायहरुसँग सहकार्य गरेर अघि बढ्न नेपाल प्रहरी सधै प्रतिबद्ध रहेको उल्लेख गर्नु भयो ।

     सबै किसिमका विपद्-जोखिममा सबैले हातेमालो गरेर अघि बढ्दा जोखिमबाट राहत महसुस हुने चर्चा गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले उद्दारको समयमा सुरक्षाकर्मीहरूको साथमा समुदायको सक्रिय सहभागिताको आवश्यकलाई महशुस गरी समुदायका स्थानीय नागरिकहरूलाई विपद् व्यवस्थापनको पूर्वतयारी, प्रतिक्रिया, र पुनर्स्थापना प्रक्रियामा प्रशिक्षित गर्ने उद्देश्यका साथ सामुदायिक विपद् स्वयमसेवक (Community Disaster Volunteer Programme (CDVP)) कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिदै आगामी दिनहरुमा सामुदायिक विपद् स्वयमसेवकहरुलाई समेत विपद् प्रतिकार्य अनुशिक्षण प्रदान गर्ने उपत्यका प्रहरी कार्यालयको योजना रहेको बताउनु भयो ।

      कार्यक्रममा , Nepal Association of Rafting Agencies का अध्यक्ष कमल बहादुर ठकुरीले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीसंग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । सोही अवसरमा विभिन्न उद्दारको समयमा प्रहरी परिचालन को परिस्थितिजन्य लाईभ डेमो अभ्यास समेत प्रस्तुत गरिएको थियो । साथै जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिमलाई सफल बनाउन भूमिका खेल्ने केही व्यक्तित्वहरुलाई प्रशंसापत्र समेत वितरण गरिएको थियो ।

   काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शालिकग्राम शर्माले  तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, काठमाडौं महानगरपालिका-२७ का वडा अध्यक्ष योगेश खड्गी, शंखधर उधान रत्नपार्क तथा रानीपोखरी इकाइका प्रमुख दामोदार लामा, नागराजा-नागरानी बासस्थान समाज टौदह कीर्तिपुरका अध्यक्ष श्रीराम खड्का काठमाडौं महानगरपालिकाका प्रतिनिधिहरु, Nepal Association of Rafting Agencies का प्रशिक्षकहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।  

चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ
२०८३-०६-१६

काठमाडौं, १६ असोज ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको आयोजनामा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा चाडपर्व लक्षित यात्रु सहायता कक्ष–२०८३ शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।नजिकिँदै गरेका बडादशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी यात्रुहरूको सुरक्षित, सहज तथा व्यवस्थित यात्रा सुनिश्चित गर्ने उद्देश्यले नयाँ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले सहज टिकट व्यवस्था, तोकिएको भाडा कार्यान्वयन, सुरक्षित यातायात तथा ठगी र अनियमितता नियन्त्रणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।उहाँले बढी भाडा असुली, टिकटमा कालोबजारी, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा यात्रुसँग दुर्व्यवहार गर्ने कार्य नगर्न यातायात व्यवसायीलाई आग्रह गर्दै त्यस्ता गतिविधिमा संलग्नलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने स्पष्ट पार्नुभयो ।साथै, यात्रु सहायता कक्षमा प्राप्त गुनासा तथा समस्याको तत्काल सुनुवाइ र आवश्यक सहजीकरण गर्न प्रहरी तथा सम्बन्धित निकायलाई निर्देशन दिँदै यात्रुहरूलाई आधिकारिक काउण्टरबाट टिकट लिन, आफ्ना सामानको सुरक्षा गर्न तथा कुनै अनियमितता वा शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गर्नुभयो।चाडपर्वको अवधिमा बसपार्क तथा यात्रुको चाप बढी हुने स्थानमा आवश्यक सुरक्षा, निगरानी तथा प्रहरी परिचालन सुदृढ गरिने प्रमुख अतिथि राठौरज्यूले बताउनुभयो ।कार्यक्रममा विशिष्ट अतिथी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाज्यू,। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका कार्यालय प्रमुखज्यू, जिल्ला प्रहरी परिसर काठमाडौं र ललितपरका कार्यालय प्रमुख ज्यू, प्रहरी वृत्त बालाजु र महाराजगंजका कार्यालय प्रमुख, स्थानीय तहका जनप्रतिनिधिहरू,सार्वजनिक यातायात व्यवसायी तथा मजदुर प्रतिनिधिहरू, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घाटन
२०८३-०६-०७

अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घघाटनकाठमाडौं, ७ असोज । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यतामा अस्थायी प्रहरी प्रभाग तिलगंगाको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।स्थानीय समुदाय, जनप्रतिनिधि, संघ–संस्था, उद्योगी–व्यवसायी तथा सहयोगी दाताहरूको सहकार्यमा निर्माण भएको उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले प्रहरीको सबैभन्दा ठूलो शक्ति जनताको विश्वास, सद्भाव र सहयोग रहेको उल्लेख गर्दै समुदायको पहलमा निर्माण भएको भवन प्रहरी–समुदाय साझेदारीको महत्वपूर्ण उदाहरण भएको बताउनुभयो ।उहाँले पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक संवेदनशीलतालाई ध्यानमा राख्दै स्वदेशी तथा विदेशी पर्यटक, तीर्थयात्री र स्थानीयवासीको सुरक्षा, अपराध नियन्त्रण, भीड व्यवस्थापन तथा आकस्मिक प्रहरी सेवालाई प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।साथै, प्रहरी कर्मचारीको व्यवहार नम्र, सभ्य, सहयोगी, निष्पक्ष तथा नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै स्थानीय समुदायसँग निरन्तर समन्वय र सहकार्य गरी अपराध रोकथाम तथा प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा भवन निर्माण समितिका अध्यक्ष श्री टेकराज अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्र.ब.उ. दिलीप घिमिरे, प्र.ब.उ. रमेश थापा, प्रहरी वृत्त गौशालाका कार्यालय प्रमुख प्रकाश श्रीमल, जनप्रतिनिधि, भवन निर्माण समितिका पदाधिकारी तथा सदस्यज्यूहरू, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।