प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध रूपमा भन्सार छली लैजान लागेको सामानसहित दुई जना पक्राउ

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, १३ वैशाख

भन्सार छली लैजान लागेको ५० ग्राम बराबरको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थान, आइफोन ३ थान  र विभिन्न भेपको लिक्युडसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-९ घर भएका ४२ वर्षीय जगदिश श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका-३ घर भएका ४३ वर्षीय राज कुमार श्रेष्ठ रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियामा उनीहरूले बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उक्त सामानहरू अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

सम्बन्धित समाचार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
२०८१-०१-२४

काठमाण्डौ, २४ वैशाख      काठमाण्डौ ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान,  मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाण्डौ महानगरपालिका-२७ बस्ने ३७ वर्षीय जोन खड्गी र सोही महानगरपालिका-३० मैतिदेवी बस्ने ३४ वर्षीय संजय खड्गी रहेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डौ धुमबाराहीबाट पक्राउ गरेको हो । विभिन्न मितिमा काठमाण्डौ उपत्यका अन्तर्गतका प्रहरी कार्यालयमा ५ पटक चोरी सम्बन्धी लगायतका कसूरमा उनीहरू उपर मुद्दा दर्ता भएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ  । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

इजरायल पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०१-२४

काठमाण्डौ, २४ वैशाख               इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेकोले काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डौ बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।  उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

वैदेशिक अध्ययन र रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
२०८१-०१-२१

काठमाण्डौ, २१ वैशाखवैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २ सय १९ जनालाई ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नियोनि एजुकेशनल कन्सल्टेन्सीका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ घर भई काठमाण्डौ कागेश्वरी बस्ने ३५ वर्षीय नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र सोही कन्सल्टेन्सीमा आवद्ध झापा गौरादह नगरपालिका-१ घर भई ललितपुर भैसीपाटी बस्ने ४६ वर्षीय पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेका छन् । उनीहरूले विभिन्न व्यक्तिको नागरिकता दुरूपयोग गरेको, विदेश जान चाहने युवायुवतीहरूलाई ४ लाखदेखि ७ लाख रूपैयाँ सम्म उठाउने गरेको, बैंक खातामा २ सय भन्दा बढि व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एटिएम कार्ड, कनेक्ट आइपिएस तथा चेकमार्फत रकम निकाली दुरूपयोग एवम् ठगी गरेको अनुसन्धानको क्रममा खुल्न आएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-१८

काठमाण्डौ, १८ वैशाख वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा म्याग्दी मंगला गाउँपालिका-२ घर भई ललितपुर, ललितपुर महानगरपालिका नखिपोट बस्ने ५३ वर्षीय उदिम बहादुर पुन र रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-११ घर भई काठमाण्डौ तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढा मगर रहेका छन् ।   पक्राउमध्ये उदिम बहादुरले युएसए पठाईदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७८ लाख रूपैयाँ ठगी गरेको र सन्ध्याले स्लोभाकिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उदिमलाई ललितपुर सातदोबाटो र सन्ध्यालाई  काठमाण्डौ मनमैजुबाट पक्राउ गरेको हो ।  उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौ पठाइएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०१-१६

काठमाण्डौ, १६ बैशाख गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८१।०१।१२ गतेको निर्णयानुसार मिति २०८१।०१।१५ गतेबाट लागू हुने गरी प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ उपनियम  (२ क) को खण्ड (क) बमोजिम प्रहरी वरिष्‍ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा पदोन्नती हुनु भएका हाल प्रहरी वृत गौशालामा कार्यरत प्रहरी निरीक्षक शिव गिरी,  नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८१।०१।१४ गतेको निर्णयानुसार प्राविधिक प्रहरी समूह सञ्चार तर्फ प्राविधिक प्रहरी  हवल्दार पदबाट प्राविधिक प्रहरी  बरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्रा.प्रहरी  बरिष्ठ हवल्दार अर्जुन कडेल र प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रा.प्र.ह. मणीराज दाहाललाई  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा आइतबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनु हुदै  प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८१-०१-१६

काठमाण्डौ,१६ बैशाखमिति २०८१।०१।१६ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नेपाल सरकार, गृह मन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को मिति २०८१।०१।१३ गतेको निर्णयानुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा,कास्की, प्रमुखको रुपमा सरुवा भई कार्यक्षेत्र तर्फ प्रस्थान गर्न लाग्नु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहको बिदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बिदाई तथा फेरी भेटौँला कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले विदाई भएर जान लाग्नु भएका प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले यस कार्यालयमा कार्यरत रहँदा आफूलाई प्रदान गरिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो । साथै सङ्गठको श्रीबृद्दिका खातिर निरन्तर लागिरहन निर्देशन समेत दिनु भयो । उक्त कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षक लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।