प्रहरी कन्ट्रोल : १००
नेपा
EN

जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रम

२०८१-०५-२६

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २६ भदौ      

      विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालयस्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका साथ जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी  कागेश्वरी मनोहरा नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाण्डौंको साझेदारीमा कागेश्वरी मनोहरा नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालयका प्रधानध्यापकहरुसँग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम कागेश्वरी मनोहरा नगरपालिका स्थित गान्धी आदर्श मा.वि. को सभा हलमा  सम्मन्न भयो ।

उक्त कार्यक्रम कागेश्वरी नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । प्रहरी-समुदाय-स्थानिय तह-विद्यालय र सामाजिक संस्थाहरु बिच साझेदारीता निर्माण गरी समाजका सम्वेदनशिल वर्गका रुपमा रहेका बालबालिकाहरुमा सुरक्षा सचेतना बढाई अपराधको जोखिमबाट बचाउनु र विद्यालय स्तरमा नै जनचेतना अभिवृद्धि गर्नु मुख्य उद्धेश्यले जनचेतनामूलक पाठ्यसामाग्री तयार पारिएको हो ।

    जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले धेरै स्कुले बाल-बालिकाहरु नै कानुनको अनविज्ञता तथा सचेतनाको कमीले गर्दा अपराध कर्ममा फसेको हुदा लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी  नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम  स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउनु भयो । साथै,  कानुनले बर्जित गरेका कार्यहरुलाई  विद्यार्थी भाइवहिनीहरुले बुझ्ने गरी पाठयपुस्तकमै समावेश हुदा समाज सुधारमा सकारात्मक प्रभाव भई अपराध न्यूनिकरण हुनुका साथै  सुरक्षित हुने बताउनु भयो ।

      कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका उप-प्रमुख शान्ता थापा, जिल्ला प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक बसन्त रजौरे लगायत प्रहरी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधिहरू,विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू लगायत, स्थानीय भद्र भलादमीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-८ घर भएका ४८ वर्षीय पूर्ण बहादुर मल्ललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।            जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-९ एयरपोर्ट गोल्डेन गेटबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन् ।             पक्राउ मध्ये दावाले सर्विया र युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ११ लाख ४५ हजार रूपैयाँ र अनिलले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दावालाई भक्तपुर सूर्यविनायक नगरपालिका-९ बाट र अनिललाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।     उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका-३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८३-०३-३०

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित काठमाडौं नयाँ बसपार्क बस्ने पाँचथर फिदिम नगरपालिका-१४ घर भएका ३० वर्षीय रबिन मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गौँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने रसुवा उत्तरगैया गाउँपालिका-५ घर भएकी ३२ वर्षीया रबिना बर्देवासँग खरिद गरेको भन्ने खुल्न आएपछि रबिनाको कोठामा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २ लाख ८९ हजार ५ रूपैयाँ फेला पारी रबिनालाई समेत सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-५ राराहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, टापेन्टाडोल २० ट्याब्लेट, नाइट्राजेपाम १० ट्याब्लेट र नगद ५ हजार ४० रूपैयाँ सहित सोही नगरपालिका-५ पाँगा बसपार्क बस्ने ३७ वर्षीय संजिप कार्कीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.प्र.०२-०४३ प ९५४१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०३-२६

२०८३-०३-२६काठमाडौं,        वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु वाँणगंगा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।           माधवले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।            उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाइएको छ ।