प्रहरी कन्ट्रोल : १००
नेपा
EN

अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

२०७९-१२-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं, २९ चैत

  अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ घर भई बुढानिलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

            उनले सयौँजना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाईदिन सक्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट करोडौँ रकम लिएर सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ कपनबाट पक्राउ गरेको हो ।

            उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि उक्त विभागमा पठाइएको छ ।             

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।  पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-२७

     काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।