प्रहरी कन्ट्रोल : १००
नेपा
EN

‘आधारभूत आत्मरक्षा र प्रहरी कारवाही सम्बन्धी १ दिने अनुशिक्षण’ सम्पन्न ।

२०८१-११-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, २२ फागुन    

   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यता आधारभूत आत्मरक्षा र प्रहरी कारवाही सम्बन्धी १ दिने अनुशिक्षण सम्पन्न भएको छ ।

  काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यरत प्रहरी कर्मचारीहरूले भिड नियन्त्रण तथा प्रहरी कारवाहीको सिलसिलामा अपनाउनु पर्ने  आधारभूत आत्मरक्षा तथा हतकडीको विवेकसम्मत उपयोगका साथै संकित व्यक्तिको नियन्त्रणमा अपनाउनु पर्ने सुरक्षा सतर्कता सम्बन्धी आधारभूत ज्ञान प्रदान गरी प्रहरी कार्यमा प्रभावकारिता लगायत समसामयिक बनाउने उद्देश्यका साथ आज मिति २०८१।११।२२ गते उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका गरी जम्मा ७० जना प्रहरी कर्मचारीहरुलाई यस कार्यालयमा ‘आधारभूत आत्मरक्षा र प्रहरी कारवाही सम्बन्धी १ दिने अनुशिक्षण’ प्रदान गरिएको छ ।

   कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले यस अनुशिक्षण पश्चात सम्बन्धित कर्मचारीले आधारभूत आत्मरक्षा र प्रहरी कारवाहीको सम्बन्धमा आफ्नो कार्यालयका प्रहरी कर्मचारीलाई समेत अनुशिक्षण प्रदान गर्न सक्ने सक्षम जनशक्ति तयार गर्ने यस अनुशिक्षणको उद्देश्य रहेको वताउनु भयो । साथै यस अनुशिक्षणले भिड नियन्त्रणको सिलसिलामा प्रहरी कर्मचारीद्वारा अपनाउने भिड नियन्त्रण सम्बन्धी कार्यविधी तथा हुल दंगामा प्रहरी कर्मचारीहरुले अपनाउन सक्ने व्यक्तिगत सुरक्षाका सिद्धान्तका साथै  कम जनशक्तिका बावजुत संकित व्यक्तिको नियन्त्रणमा अपनाउन सक्ने व्यवहारीक पक्षको ज्ञान  हुनेमा विश्वाश समेत व्यक्त गर्नु भयो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जबाट प्रशिक्षकहरु पाल्नु भई प्रशिक्षण प्रदान गर्नु भएको उक्त कार्यक्रमको समापन सत्रमा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले आधारभूत आत्मरक्षा र प्रहरी कारवाही सम्बन्धी सैदान्तिक ज्ञानको महत्वको विषयमा प्रकाश पार्नु भएको थियो ।  कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०३

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित एक घरमा मंगलबार दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा सुन तथा चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू समेत फेला पारी बरामद गरेको छ ।              उनी उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ बस्ने २८ वर्षीय रविन्द्र मगरातीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             रविन्द्रले रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काटमाडौं महानगरपालिका-२९ पवत्रनगरबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत राजस्थान श्रीगंगानगर शहर घर भएका ३५ वर्षीय रोहित पथरियालाई प्रहरीले पक्राउ गरेको छ ।       काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेरको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल प्रिमियिर लिगमा संचालनमा रहेका क्रिकेट खेलहरूमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रूपैयाँ बराबरको रकम सट्टेबाजी मार्फत कारोबार गरेको खुल्न आएको छ । उनी उपर जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जना पक्राउ
२०८३-०८-०२

काठमाडौं, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर, भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय ३१ वर्षीय दिपक खड्का र काठमाडौं बत्तिसपुतली बस्ने काठमाडौं महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।