प्रहरी कन्ट्रोल : १००
नेपा
EN

सुरक्षित काठमाडौं उपत्यका : हाम्रो भूमिका, दायित्व र चुनौती विषयक अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न ।

२०८१-११-२८

  • A
  • A-
  • A+
Share

फागुन २८,

     काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा सुरक्षित काठमाडौं उपत्यका : हाम्रो भूमिका, दायित्व र चुनौती विषयक अन्तरकृया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

  काठमाडौं उपत्यकाको शान्ति सु-व्यवस्था कायम राख्ने, अपराधको रोकथाम तथा नियन्त्रण गर्ने, विशिष्टिकृत तथा वैज्ञानिक प्रविधिको प्रयोगमा वृद्धि गर्ने, अपराध अनुसन्धानमा स्रोत साधन र क्षमता अभिवृद्धि गर्दै प्रमाणमुखी तथा प्रविधिमैत्री अनुसन्धानमा जोड दिने, खतराको मुल्याङकन(Threat Analysis)को आधारमा  सुरक्षाको वर्गीकरण गरी वैज्ञानिक प्रविधिको अधिकतम प्रयोग गर्ने, भौतिक स्रोत साधनको व्यवस्थापनको साथ-साथै प्रहरी कर्मचारीहरुमा व्यवसायिक सुदृढीकरणको माध्यमबाट प्रहरी सेवामा गुणस्तर वृद्धि गरी काठमाडौं उपत्यकाको शान्ति सु-व्यवस्था कायम राख्न काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरक्षित काठमाडौं उपत्यका (Safer Kathmandu Valley) को अवधारणा अघि सारि अभियानसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरु संग अन्तर्क्रिया तथा छलफल गरी प्राप्त सुझावका आधारमा त्रिवर्षिय कार्ययोजना निर्माण प्रयोजनार्थ आजको कार्यक्रम आयोजना गरिएको थियो ।

    कार्यक्रममा यस अभियान संग सम्बन्धित नेपाल चेम्वर अफ कमर्श, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदूर संघ, अखिल नेपाल यातायात मजदूर संघ उपत्यका ट्याक्सी विशेष समिति, नेपाल यातायात मजदूर संग, नेपाल मीटर ट्याक्सी संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, PABSON, NPABSON, HISSAN, Fishtail Security Company, British Security Service, HAN, NATT,TAAN, नेपाल पत्रकार महासंघ काठमाडौं, अभिभावक महासंघ, कालीमाटी तथा तरकारी व्यवसायी संस्था, नेपाल उपभोक्ता महासंघ/ मञ्च, नेपाल बैकर्स संघ, पूर्व प्रहरी उपत्यका समन्वय समिति, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कन्द्र टुडालदेवी तथा इचंगुनारायण, काठमाडौं रात्रिकालिन व्यवसायी संघ, ढुवानी व्यवसायी संघ, रेष्टुरेण्ट व्यवसायी संघ, ठमेल पर्यटक विकास परिषद, नेपाल लोक दोहोरी व्यवसायी संघ, क्लव डिस्को व्यवसायी संघ नेपाल, दोहोरी साँझ कोटेश्वर एरिया, नेपाल उधोग वाणिज्य संघ काठमाडौं, नेपाल औषधी व्यवसायी  महासंघ, अखिल नेपाल यातायात मजदुर संघका प्रमुख तथा प्रतिनिधिहरुको निमन्त्रणा रहेको कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले आफ्नो राय तथा सुझावहरु राख्नु भएको थियो ।

     कार्यक्रममा उपस्थित अतिथिहरुबाट उठेका राय तथा सुझावहरुको सम्बोधन गर्नुहुदै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले अभियानसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुको अमूल्य सुझावले यस अभियानलाई सफल र सार्थक तुल्याउन अहम् भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।  साथै आगामी दिनहरुमा समेत यस अभियानलाई थप समय सापेक्ष तथा व्यवस्थित बनाउन अन्य सरोकारवाला निकायहरुलाई समेत समेटनुका साथै प्राप्त राय सुझावहरुको सम्बन्धमा थप अध्ययन गरी व्यवहारमा लागू गर्ने प्रतिवद्वता व्यक्त गर्नु भयो ।

   सुरक्षित काठमाडौं उपत्यका निर्माणको सम्बन्धमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक प्रविण धितालले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद धिमिरे, जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौर, काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश कुमार बस्नेत,  जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अघिकारी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी,  सिनियर प्रहरी अधिकृतहरू तथा अभियानसँग सम्बन्धित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ५ जना पक्राउ
२०८३-०६-२९

२०८३-०६-२९            काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध आईस (मेथाम्फेटामाईन) जस्तो देखिने पदार्थ १५ ग्राम सहित ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका-१ घर भएका २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ घर भएका २९ वर्षीय सुनिल तामाङ, काठमाडौं तारकेश्वर बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका २२ वर्षीय योना तामाङ र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय १० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-५ जोरपाटी बस्ने सर्लाही लालबन्दी नगरपालिका-३ घर भएका ३८ वर्षीय कृष्ण बहादुर विश्वकर्मा र  काठमाडौं महानगरपालिका-६ तिनचुली बस्ने काभ्रे तेमाल गाउँपालिका-३ घर भएका २९ वर्षीय बिसाल तामाङ रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।             यसैगरी काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ अत्तरखेलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ७ ट्याब्लेट सहित सोही नगरपालिका-८ माकलबारी बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-८ घर भएका २१ वर्षीय बिकेश नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ
२०८३-०६-२७

२०८३-०६-२७काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।          पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने बागलुङ तमानखोला गाउँपालिका-४ घर भएका २२ वर्षीय दिपक श्रीपाली, ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ३४ वर्षीया नेहा अधिकारी, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने पाँचथर याङवरक गाउँपालिका-६ घर भएका ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरी नगरपालिका-६ बस्ने ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन् ।  पक्राउ मध्ये दिपकले टर्की पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ४८ हजार रूपैयाँ, नेहाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६७ लाख रूपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सुस्मिताले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपकलाई टोखा नगरपालिका-३ बाट शुक्रबार, नेहालाई काठमाडौं महानगरपालिका-११ बाट शनिबार, सुमनलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बाट आइतबार र सुस्मितालाई काठमाडौं महानगरपालिका-१७ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

चोरीमा संलग्न ५ जना पक्राउ
२०८३-०६-२६

२०८३-०६-२६काठमाडौं, सुनको गरगहना, नगद र ल्यापट चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२२ न्यूरोड बस्ने २८ वर्षीय सिजल तामाङ भन्ने राजन स्याङ्बो, सोही महानगरपालिका-२३ बस्ने दोलखा घर भएकी २७ वर्षीया रिया कार्की, नागार्जुन नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३३ वर्षीय प्रकाश कडुवाल, काठमाडौं महानगरपालिका-१३ ताहाचल बस्ने ३७ वर्षीय रोमन श्रेष्ठ र सोही महानगरपालिका-१६ माछापोखरी बस्ने नुवाकोट घर भएका ४५ वर्षीय जित बहादुर विश्वकर्मा रहेका छन् ।   भक्तपुर मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित घरबाट असोज १८ गते सुनको गरगहना, नगद र ल्यापट समेत गरी करिब ८४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट ६ तोला ८९ लाल बराबरका सुनका विभिन्न गरगहनाहरू, चाँदीको औठी २ थान, ल्यापटप १ थान, मोबाइल ३ थान र नगद २ लाख ७० हजार रूपैयाँ समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको छ ।