प्रहरी कन्ट्रोल : १००
नेपा
EN

विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को शुभारम्भ

२०८०-०५-२५

  • A
  • A-
  • A+
Share

काठमाण्डौ२५ भदौ

काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुखप्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी परिसर,वललितपुरद्वारा आयोजित विश्व आत्महत्या रोकथाम दिवश २०८० अवसरमा आत्महत्या न्यूनीकरण सम्बन्धी जनचेतनामूलक लघु चलचित्र “माया जाल”को ललितपुर महानगरपालिका झम्सिखेलमा सोमबार शुभारम्भ गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले आत्महत्या नै अन्तिम विकल्प नभएकाले एक पटक असफल हुदैमा जीवन नसकिने तथा लडेर उठ्नु नै जीवन भएकाले एक पटक मात्र पाएको आफ्नो अमूल्य समय बर्वाद नगर्न अनुरोध गर्दै यस जनचेतना मूलक वृत्तचित्रले थप चेतना फैलाउने र अमूल्य मानव जीवन बचाउन टेवा पुर्‍याउने अपेक्षासमेत व्यक्त गर्नुभयो ।

साथै उपत्यका अन्तर्गत हुने आत्महत्याका घटनाहरूलाई न्यूनीकरण गर्न समुदाय स्तरमा नै जनचेतना अभिवृद्धि गर्दै आत्महत्या जस्तो गम्भीर प्रकृतिका घटनालाई न्यूनीकरण गर्न आफ्नो परिवारटोल तथा सम्पूर्ण समाजकै ऐक्यवद्दता हुनुपर्नेमा जोड दिदै ‘सुरक्षित उपत्यकाहाम्रो प्रतिवदद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहत परिसरहरुबाट १०३ वटा कार्यक्रमहरू सञ्चालन गरिसकिएको बताउनु भयो ।

ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितसामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्षले आत्महत्या न्यूनीकरण सम्बन्धमा आ-आफ्नो धारणा राखेको उक्त कार्यक्रममा जिल्ला प्रहरी परिसरललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्दी विक्रम शाहले जनचेतनामूलक लघु चलचित्र “माया जाल” को वृतचित्र निर्माणमा सहयोगी संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा सामुदायिक केन्द्र तिखेदेवलका अध्यक्ष तथा पूर्व प्र.अ.म.नि. गोविन्द प्रसाद थापाललितपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतउपत्यकाका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षकहरूजिल्ला सुरक्षा समिति ल.पु. का पदाधिकारीहरु,  महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतशुभ मिडिया होम प्रा.लि.का सरोज ओलीप्रभु बैकका CEO अशोक शेरचननेपाल मेडिसिटी अस्पतालका पङ्कज बाँस्कोटा तथा Medical Superintendent डा. रोज राणापूर्व प्रहरी कर्मचारीहरुविभिन्न संघ संस्थाका पदाधिकारीहरुस्थानीय जनप्रतिनिधिहरूसामुदायिक सेवा केन्द्रका पदाधिकारीहरूनेशनल ल कलेज लगायतका शिक्षकविद्यार्थीहरुर स्थानीय भद्र भलादमीहरू लगायत अं. २०० जनाको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका पासीकोट बस्ने रूकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका-८ घर भएका ४८ वर्षीय पूर्ण बहादुर मल्ललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।            जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुढानिलकण्ठ नगरपालिका-९ एयरपोर्ट गोल्डेन गेटबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगार सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोल बस्ने रूकुम मुसिकोट नगरपालिका-३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार न्यायधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर महालक्ष्मी नगरपालिका-२ इमाडोलबाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८३-०३-३२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने दोलखा शैलुङ गाउँपालिका-४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका-४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन् ।             पक्राउ मध्ये दावाले सर्विया र युएई पठाइदिन्छु भन्दै ७ जना पीडितहरूबाट ११ लाख ४५ हजार रूपैयाँ र अनिलले मलेसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दावालाई भक्तपुर सूर्यविनायक नगरपालिका-९ बाट र अनिललाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बाट पक्राउ गरेको हो ।     उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८३-०३-३०

काठमाडौं, काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित काठमाडौं नयाँ बसपार्क बस्ने पाँचथर फिदिम नगरपालिका-१४ घर भएका ३० वर्षीय रबिन मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गौँगबुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त पदार्थ तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने रसुवा उत्तरगैया गाउँपालिका-५ घर भएकी ३२ वर्षीया रबिना बर्देवासँग खरिद गरेको भन्ने खुल्न आएपछि रबिनाको कोठामा तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ३ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २ लाख ८९ हजार ५ रूपैयाँ फेला पारी रबिनालाई समेत सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।              यसैगरी काठमाडौं, कीर्तिपुर नगरपालिका-५ राराहिलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट, टापेन्टाडोल २० ट्याब्लेट, नाइट्राजेपाम १० ट्याब्लेट र नगद ५ हजार ४० रूपैयाँ सहित सोही नगरपालिका-५ पाँगा बसपार्क बस्ने ३७ वर्षीय संजिप कार्कीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किर्तिपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.प्र.०२-०४३ प ९५४१ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३-०३-२६

२०८३-०३-२६काठमाडौं,        वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कपिलवस्तु वाँणगंगा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याललाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।           माधवले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।            उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काठमाडौं पठाइएको छ ।