प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

२०७९-०२-३०

  • A
  • A-
  • A+
Share

काठमाडौं: बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं गोकर्णेश्वर नगरपालिका-१२ बस्ने काभ्रेपलाञ्चोक पनौती नगरपालिका-१२ घर भएका ५६ वर्षीय डल्ले कामीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७७ मंसिर २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद, १० लाख ५० हजार रुपैयाँ जरिवाना र विगो रुकम १० लाख ५० हजार रुपैयाँ ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं धुम्बाराहीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीद्वारा Basic Installation and Operation Orientation Training for CCTV Networking and Video Management System (VMS) तालिम उद्‍घाटन
२०८१-०४-१०

काठमाण्डौ, १० साउन  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीद्वारा Basic Installation and Operation Orientation Training for CCTV Networking and VMS तालिम आज विहिबार  काठमाण्डौ उपत्यका प्रहरी कार्यालय,रानीपोखरीको सभहलमा उद्‍घाटन गर्नुभएको छ ।    तालिम उद्‍घाटन पश्चात कार्यक्रमलाई सम्बन्धोन गर्नुहुदै प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले ‘सुरक्षित काठमाण्डौ उपत्यका; हाम्रो प्रतिवद्धता’ अभियानलाई सार्थक बनाउन सात दिनसम्म सञ्चालन हुने यस तालिमबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु हुँदै उहाँले ‘अदालतमा साक्षीले सत्य नबक्न पनि सक्दछ, तर प्रविधि र भौतिक सवुदले सदैव सत्य नै बकिरेहेको हुन्छ’ ‘Witness can lie, but the technologies and physical evidences do not.’ अत: पीडितलाई न्याय र पीडकलाई सजायँ दिलाउने पुनित कार्यमा अहोरात्र खटिने प्रहरी प्रविधिमैत्री हुनु पर्ने आजको आवश्यकता भएको बताउनु भयो ।Artificial Intelligence मा आधारित Automatic Number Plate Recognition Camera (ANPR) र Face Recognition Camera (FRC) हरुले अपराध नियन्त्रण तथा अनुसन्धानमा सदैव सफलतातर्फ डोर्‍याउने हुनाले प्रशिक्षार्थीहरुले अधिकतम ज्ञान र सीप सिकी त्यसलाई व्यवहारमा प्रयोग गर्न निर्देशन दिनु भयो ।    कार्यक्रममा प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षक E Three Sales and Services PVT.LTD का पदाधिकारीहरू प्रशिक्षार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।    

सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु
२०८१-०४-०९

काठमाण्डौ, ९ साउनकाठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९ एन-एएमई विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी मृत्यु हुनेहरूमा विमानका को-पाइलट सुशान्त कटुवाल, विमानमा सवार अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुण्यरत्न शाही र यमनी नागरिक आरिफ रेडा रहेका छन् ।काठमाण्डौबाट पोखराका लागि उडान भरेको केही समयमा नै दाहिने तिर मोडिन गई धावनमार्गको पूर्वपट्टी रहेको स्थानमा उक्त विमान दुर्घटना भएको थियो । तत्काल नेपाली सेना, नेपाल प्रहरी, सशस्‍त्र प्रहरी बल, अग्नी नियन्त्रक लगायत नेपाल नागरिक उडड्यन प्राधिकरणको संयुक्त सहकार्यमा विमानमा लागेको आगो नियन्त्रणमा लिइएको थियो । विमान पूर्णरूपमा जलेर नष्‍ट भएको छ । साथै दुर्घटनामा घाइते भएका विमानका क्याप्टेन मनिषरत्न शाक्यको काठमाण्डौ मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको संयुक्त टोलीले आवश्यक उद्दार कार्य गरेको थियो । 

सुन जस्तो देखिने पहेंलो धातु सहित तीन जना पक्राउ
२०८१-०४-०४

काठमाण्डौ, ०४ साउन            भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५२ ग्राम तौल बराबरको सुन जस्तो देखिने पहेंलो धातुको बाला २ थान, औठी १ थान र चन्द्र बिन्दु १ थान सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाग्लुङ, बाग्लुङ नगरपालिका-४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवति गाउँपालिका-२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका-२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् । हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९/९ हजार रूपैयाँ दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त धातु साहेवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८१-०४-०१

काठमाण्डौ, ०१ साउन      तालुक श्री गृह मन्त्रालय, (सचिवस्तर) को मिति २०८१।०३।२८ गतेको निर्णयले मिति २०८१।०४।०१ गतेदेखि लागु हुने गरी प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम (२ क) को खण्ड (क) बमोजिम प्रहरी बरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी निरीक्षक राजु भण्डारी र तेज बहादुर बस्नेत तथा ऐ.नियमावलीको नियम १२९ को उपनियम (२क) को खण्ड (ख) बमोजिम प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी निरीक्षक नारायण बाबु भट्टलाई काठमाण्डौं उपत्यका प्रहरी कार्यालयमा आज मंगलबार आयोजित कार्यक्रमकाबीच काठमाण्डौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।           सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।             कार्यक्रममा प्रहरी नायव महानिरिक्ष कृष्ण हरि शर्मा पोख्रेल , सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्य सम्पादन सम्झौताको लक्ष्य र प्रगति सम्बन्धी छलफल, अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८१-०३-२९

काठमाण्डौ, २८ असार    मिति २०८१/०३/२८ गते काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरी शर्मा पोख्रेलको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्य सम्पादन सम्झौताको लक्ष्य र प्रगति सम्बन्धी छलफल, अन्तरक्रिया तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ ।    कार्यक्रमलाई निर्देशन सम्बोधन गर्नु हुँदै प्रहरी नायव महानिरीक्षक पोख्रेलले नेपाल प्रहरी कार्य योजना २०८० तथा कार्य सम्पादन सम्झौता बमोजिम काठमाण्डौ उपत्यका प्रहरी कार्यालय अन्तर्गत सम्पूर्ण प्रहरी कार्यालयहरुलाई दिइएको जिम्मेवारी पूर्ण रुपमा कार्यान्वयन गर्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन दिनु भयो ।       प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेले प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका अन्वेषण योजना तथा विकास शाखा र उजुरी छानबिन तथा मानव अधिकार शाखाका प्रहरी अधिकृतहरु तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्य योजना तथा कार्य सम्पादन सम्झौताका क्रियाकलापहरु कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेका प्रहरी अधिकृतहरु तथा  अन्य प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।