प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीद्वारा प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुहुँदै

२०८०-०४-१८

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८० साउन ०९ गतेको निर्णयले प्रहरी वरिष्‍ठ नायव निरीक्षकबाट  प्रहरी निरीक्षक पदमा पदोन्नति हुनु भएका राम बहादुर महतरा क्षेत्री तथा विभिन्न मितिमा भर्ना भई नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८०/०४/१७ गतेको पत्रादेशानुसार प्रहरी नायव निरीक्षकबाट  प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका  प्रहरी कर्मचारीहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक श्याम लाल ज्ञवालीले काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्रहरी वरिष्‍ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनु भएका १ जना, प्रहरी नायव निरीक्षकबाट प्रहरी वरिष्‍ठ नायव निरीक्षक पदमा पदोन्नति हुनु भएका २८ जना गरी कुल २९ जना प्रहरी अधिकृतहरू रहनु भएको छ ।

 सुशोभन समारोहलाई सम्बोधन गर्नुहुर्दै प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले पदोन्नति हुनु भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धि हुने कार्य गर्दै नेपाल राष्‍ट्र तथा नेपाल प्रहरीले राखेका अपेक्षा पूरा गर्नुका साथै राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी वरिष्‍ठ नायव निरीक्षक निरू सुवेदीले पदोन्नतिबाट प्राप्‍त भएको जिम्मेवारीलाई प्रहरी कार्यमा कुशलतापूर्वक उच्च अनुशासनमा रही  प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 समारोहमा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्‍ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
अवैध रूपमा भन्सार छली लैजान लागेको सामानसहित दुई जना पक्राउ
२०८१-०१-१४

काठमाण्डौ, १३ वैशाखभन्सार छली लैजान लागेको ५० ग्राम बराबरको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थान, आइफोन ३ थान  र विभिन्न भेपको लिक्युडसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-९ घर भएका ४२ वर्षीय जगदिश श्रेष्ठ र नवलपरासी कावासोती नगरपालिका-३ घर भएका ४३ वर्षीय राज कुमार श्रेष्ठ रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन पार्किङ एरियामा उनीहरूले बाह्य मुलुकबाट नेपाल आएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई उक्त सामानहरू अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्‍यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय गौचरमा बुझाइएको छ । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रम सम्पन्न ।
२०८१-०१-१४

काठमाण्डौ, १४ बैशाख      मिति २०८०-०१-१४ गते विद्यालय स्तरका बाल-बालिकालाई लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालयस्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी लगायत बिभिन्न समाजिक विकृति विसंगतिबाट बचाउन एवम् विद्यालयमा शिक्षक वर्ग मार्फत विद्यार्थी एवम् अभिभावकहरुलाई सचेतना अभिवृद्धि गरि अपराध न्यूनिकरण एवम् नियन्त्रण गर्ने प्रमुख लक्ष्यका जिल्ला प्रहरी परिसर, काठमाण्डौबाट जनचेतनामूलक पाठ्यसामाग्री तयार गरी गोकर्णेश्वर नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाण्डौंको साझेदारीमा गोकर्णेश्वर नगरपालिका भित्रका सम्पूर्ण सार्वजानिक नीजि तथा संस्थागत विद्यालय प्रधानध्यापकहरुसँग अनिवार्य पठन पाठन हुने गरी जनचेतनामूलक पाठ्यसामाग्री हस्तान्तरण तथा सम्झौता कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख प्रमुख दिपक कुमार रिसालको अध्यक्षतामा तथा काठमाण्डौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्मन्न भएको ।प्रहरी-समुदाय-स्थानिय तह-विद्यालय र सामाजिक संस्थाहरु बिच साझेदारीता निर्माण गरि सामुदायिक सुरक्षालाई संस्थागत गर्नु तथा अपराध रहित, सुरक्षित, सभ्य र सु-संस्कृत समाजको निर्माणका लागि जघन्य अपराध, लागु औषध दुर्व्यसन, महिला बालबालिका विरुद्दका अपराध र हिंसा, बढदो साईवर अपराध, घरेलु हिंसा, ट्राफिक सचेतना तथा सामाजिक विकृति विसंगति बिरुद्द सामाजिक सचेतना जगाउनु साथै सामुदायिक सुरक्षालाई संगठित र दिगो रुपमा प्रवद्धन गर्नु लगायत समाजका सम्वेदनशिल वर्गका रुपमा रहेका वालवालिकाहरुमा सुरक्षा सचेतना बढाई अपराधको जोखिमबाट बचाउनु र विद्यालय स्तरमा नै जनचेतना अभिवृद्धि गर्नु मुख्य उद्धेश्यले जनचेतनामूलक पाठ्यसामाग्री तयार पारिएको हो ।    जनचेतनामुलक पाठ्य सामाग्री २०८१ हस्तान्तरण एवम् सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनी, साईवर अपराध, विद्यालय स्तरमा हुने यौन हिंसा तथा यौनजन्य अपराध, सवारी दुर्घटना, चोरी  नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम  स्कुले विद्यार्थी भाइवहिनीहरुलाई प्रदान गर्नु समय सान्दर्भिक भएको बताउदै साइबर अपराध जस्तो कु-कर्ममा नफस्न सम्पुर्ण नागरीकलाई अनुरोध समेत गर्नु भयो । साथै, हरेक परिवार,समाज तथा स्थानीय सरकारको एक्यवद्वताले मात्र समाज सुधार हुने तथा अपराध रहित तथा सुरक्षित हुने बताउनु भयो ।      प्रविधिको प्रयोग गरी बिभिन्न किसिमका साईवर अपराध तथा ठगीका घटनाहरू बढेकोमा बिशेष गरी  चिठ्ठा तथा लोटरी परेको प्रलोभन देखाई ठगीका घटनाहरू अत्याधिक वृद्धि भएकाले सामाजिक सञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो ।कार्यक्रममा प्रहरी कर्मचारीहरू, स्थानीय जनप्रतिनिधिहरू,विद्यालयका प्रधानाध्यापकहरु तथा शिक्षकहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको थियो ।

घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा देखिएका समस्या र सुधारका उपाय सम्बन्धी काठमाण्डौ उपत्यका स्तरीय SOCO गोष्ठी कार्यक्रम सम्पन्न ।
२०८१-०१-०७

काठमाण्डौ, ७ वैशाख         काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा देखिएका समस्या र सुधारका उपाय सम्बन्धी काठमाण्डौ उपत्यका स्तरीय  SOCO गोष्ठी-२०८१ सम्पन्न भएको छ ।     काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरीष्ठ उपरीक्षक अरुण पौडेलले समुद्‌घाटन गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अनुसन्धान विद्यालय,महाराजगंज र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रस्तुतीकरण तथा घटनास्थल अनुसन्धान अधिकृतहरुले कार्यपत्र समेत प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।       समापनको चरणमा अन्तरक्रिया तथा छलफलको क्रममा उठेका जिज्ञासा तथा सुझावलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले कार्य सम्पादन गर्ने विभिन्न प्रकृतिका कार्यहरु मध्ये सर्वाधिक जिम्मेवारीपूर्ण कार्य, अपराध अनुसन्धानमा अहोरात्र खटिई सेवा प्रदान गर्ने नेपाल प्रहरीका घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनकर्ता सम्पुर्ण SOCO अधिकृतहरुलाई धन्यवाद व्यक्त गर्दै सबुद संकलन गर्दा प्रविधि र अनुभवको समिश्रणले संकलित सबुत प्रमाण वर्षौ-वर्ष यथेष्ठ प्रमाण रहीरहने हुँदा घटनास्थलमा सबुद प्रमाण संकलनमा थप जिम्मेबार हुन निर्देशन दिनुभयो ।       साथै घटनास्थल जाँच र भौतिक सबुद प्रमाण संकलनमा देखिएका समस्याहरुलाई समाधान गर्ने सम्बन्धमा उठेका सुझावलाई समेत सम्बन्धित निकायहरुमा समन्वय गरी सम्बोधन गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।          कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-१२-२८

काठमाण्डौ, २८ चैततालुक गृह मन्त्रालय (सचिवस्तर) को  मिति २०८०।१२।२५ गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ बमोजिम पदोन्नती हुनु भएका प्रहरी नायव उपरीक्षक अन्जन कोईरालालाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज बुधबार आयोजित एक कार्यक्रमका बीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयद्वारा भएका गरेका प्रहरी कार्यहरुको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१२-२६

काठमाण्डौ, २६ चैत काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा सोमबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अडिटोरियम  हलमा  यस कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरुलाई भएका गरेका प्रहरी कार्यहरुको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले निकट भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीसँग समन्वय र सहकार्य गर्दै स्वतन्त्र,निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिनु भयो ।  साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा बल प्रयोगको  सिद्धान्तलाई अवलम्बन गर्दै थप सम्बेदनशील भई मानव अधिकारको उच्चतम सम्मान गर्दै कार्य सम्पादन गर्नतर्फ समेत जोड दिदै काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीलाई मानव अधिकार प्रति संबेदनसील बनाउन काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गर्न  निर्देशन समेत दिनु भयो । काठमाण्डौ उपत्यकामा गुण्डागर्दीमा सम्लग्न अपराधिक मनसायका व्यक्तिहरु समेतले विभिन्न प्रकृतिका घटनाहरु घटाउने हुदा गुण्डागर्दीलाई निर्ममताका साथ नियन्त्रण गर्न निर्देशन दिदै मातहतका प्रहरी कर्मचारी वा कार्यालय प्रमुखहरुले कानून विपरितका कार्यमा सम्लग्न भएमा कठोर कारवाही गर्ने निर्देशन दिनुभयो । कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका कार्यालय प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, यस कार्यालय तथा मातहत कार्यालयका, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।