प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्र.अ.म.नि रबिन्द्र बहादुर धानुकबाट मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन

२०७९-०५-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले मातहत कार्यालयका प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभा हलमा शुक्रवार विहान निर्देशन दिनु भएको छ ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखी चाडपर्व लक्षित भरपर्दो सुरक्षा योजना तयार गरि लागु गर्न निर्देशन दिनु भयो । विशेष गरी चाड पर्वमापाकेटमारीचोरीडकैती र लुटपाटका घटना हुन सक्ने तथा बैंकवित्तीय संस्थाअति भीडभाड हुने स्थानमेला लाग्ने मठमन्दिर लगायत क्षेत्रहरूमा भरपर्दो सुरक्षा व्यबस्था मिलाउन मातहत कार्यालयलाई निर्देशन दिनु भयो ।

समुदाय संगको सहकार्यले अपराध रोकथाम र नियन्त्रणमा उल्लेखनीय भुमिका खेल्ने बताउदै विद्यालत तथा समाजमा प्रहरीको काम कर्तव्य लगाएत साइवर क्राइम,लागुऔषध, ट्राफिक व्यवस्थापन लगाएतका सचेतनामुलक कार्यक्रमहरू अझ बढि संचालन गर्न पनि निर्देशन दिनु भयो ।

Punishment र Reward तत्कालै गर्ने भन्दै राम्रो काम गर्ने लाई तत्काल पुरस्कृ गर्ने र कोही कसैले प्रहरी आचरण विरुद्ध प्रहरी संगठनको आँच आउने कार्य गरेमा तत्कालै सजाय गर्न पनि उहाले बताउनु भयो । साथै उहाँले आफ्नो अधिकार क्षेत्र भित्र रहेर सोही अनुसार गर्न  मातहत कार्यालय प्रमुखहरूलाई समेत निर्देशन दिनु भयो ।  

आर्थिक पारदर्शितामहिला हिंसायौनजन्य हिंसालाई शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई योजना बनाई कार्यन्वयन गर्न तथा नागरिकहरूसंग प्रहरीको प्रत्यक्ष सम्पर्क हुने हुनाले आफ्ना कमी कमजोरीलाई सुधार गर्दै बोली वचन-व्यवहारमा शिष्टता र नम्रता अपना कानून कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।कार्यक्रममा यस कार्यालय तथा मातहत कार्यालयका प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ उपरीक्षकहरूप्रहरी उपरीक्षकहरूप्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-१२-२८

काठमाण्डौ, २८ चैततालुक गृह मन्त्रालय (सचिवस्तर) को  मिति २०८०।१२।२५ गतेको निर्णयानुसार प्रहरी नियमावली २०७१ (संसोधन सहित) को नियम १२९ उपनियम २ बमोजिम पदोन्नती हुनु भएका प्रहरी नायव उपरीक्षक अन्जन कोईरालालाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आज बुधबार आयोजित एक कार्यक्रमका बीच काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयद्वारा भएका गरेका प्रहरी कार्यहरुको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न
२०८०-१२-२६

काठमाण्डौ, २६ चैत काठमाण्डौ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाद्वारा सोमबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको अडिटोरियम  हलमा  यस कार्यालय तथा मातहत कार्यालयका कार्यालय प्रमुख र अन्य प्रहरी कर्मचारीहरुलाई भएका गरेका प्रहरी कार्यहरुको समिक्षा र आगामी दिनमा हुनसक्ने सुरक्षा चुनौति सम्बन्धी निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निर्देशन कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले निकट भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीलाई निष्तेज गर्न मातहतका कर्मचारीसँग समन्वय र सहकार्य गर्दै स्वतन्त्र,निष्पक्ष र भयरहित तवरले प्रहरी कार्य गर्दै आफ्नो व्यवसायिकता प्रस्तुत गर्न पनि निर्देशन दिनु भयो ।  साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा बल प्रयोगको  सिद्धान्तलाई अवलम्बन गर्दै थप सम्बेदनशील भई मानव अधिकारको उच्चतम सम्मान गर्दै कार्य सम्पादन गर्नतर्फ समेत जोड दिदै काठमाण्डौ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीलाई मानव अधिकार प्रति संबेदनसील बनाउन काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गर्न  निर्देशन समेत दिनु भयो । काठमाण्डौ उपत्यकामा गुण्डागर्दीमा सम्लग्न अपराधिक मनसायका व्यक्तिहरु समेतले विभिन्न प्रकृतिका घटनाहरु घटाउने हुदा गुण्डागर्दीलाई निर्ममताका साथ नियन्त्रण गर्न निर्देशन दिदै मातहतका प्रहरी कर्मचारी वा कार्यालय प्रमुखहरुले कानून विपरितका कार्यमा सम्लग्न भएमा कठोर कारवाही गर्ने निर्देशन दिनुभयो । कार्यक्रममा काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका कार्यालय प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, यस कार्यालय तथा मातहत कार्यालयका, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सैनिक प्रहरी शिक्षार्थीहरुबाट अवलोकन भ्रमण सम्पन्न ।
२०८०-१२-२२

काठमाण्डौ, २२ चैत्रमिति २०८०/१२/२२ गते विहीवार नेपाली सेना सैनिक प्रहरी गण जंगी अड्डाका शिक्षार्थीहरुबाट काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको अबलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख प्रहरी नायव उपरीक्षक कोपिला चुडालद्वारा ७० जना शिक्षार्थीहरूलाई  काठमाण्डौ उपत्यका प्रहरी कार्यालयको काम, कर्तव्य, अधिकार तथा अन्य समासामयिक विषयको  बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । साथै सैनिक प्रहरी शिक्षार्थीहरुलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालय परीसर भित्रका प्रहरी नियन्त्रण कक्ष (Control Room)  र CCTV कक्षको समेत अवलोकन गराइएको थियो ।

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
२०८०-१२-१८

काठमाण्डौ, १८ चैत चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रूपैयाँसहित रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु.२ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक उनलाई उक्त नगदगहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त रकम रूपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने ३७ वर्षीय देबेन्द्र न्यौपानेले काठमाण्डौ पुर्‍याइदिनू भनी श्रेष्ठलाई दिएको भन्ने खुल्न आएपश्चात प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको  छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलको प्रमुख आतिथ्यतामा दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
२०८०-१२-१६

काठमाण्डौ, १६ चैतनेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८०।१२।१५  को पत्रले प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका २ जना  प्रहरी सहायक हवल्दारहरुलाई   प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले  काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ ।    दर्ज्यानी चिन्ह सुशोभन पश्चात पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना  दिनुहुदै  प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेलले  सरुवा वढुबा प्रहरी सेवामा प्रवेशदेखी अवकाससम्म प्रहरी कर्मचारीको नियमित प्रकृया भएकाले प्रहरी ऐन तथा नियमावलीमा तोकिए बमोजिम आफ्नो पदिय दायित्व निर्वाह गर्न निर्देशन दिनुभयो । सुशोभन कार्यक्रममा, प्रहरी बरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षकहरू सिनियर प्रहरी अधिकृतहरू, जुनियर  प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।