प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधन सम्पन्न

२०७७-१२-०९

  • A
  • A-
  • A+
Share

महानगरीय प्रहरी कार्यालयको आयोजनामा  राष्ट्रिय सभा गृह भृकुटीमण्डप काठमाण्डौमा  विहिवार मातहत कार्यालयका कार्यालय प्रमुख सहित ३३१ प्रहरी अधिकृत तथा जवानहरुलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले  निर्देशन सम्बोधन गर्नु भएको हो । निर्देशन कार्यक्रम लाई सम्वोधन गर्नुहुँदै कार्यालय प्रमुख पालले समाजमा हुने कानून विपरितका गतिविधिलाई नियन्त्रण गर्न प्रभावकारी सुरक्षा योजना बनाएर लागु गर्नुपर्ने बताउनु भयो । प्रहरीले गर्ने व्यवहारबाट नै  नागरिकले प्रहरी प्रतिको धारणा बनाउने हुदाँ आम नागरिक प्रति उत्तरदायी भई  पिडीतमैत्री व्यवहार गरि सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो । 

महिला तथा बालबालिका, बृद्ध, फरक क्षमता भएकाहरू संलग्न घटनालाई संबेदनशिल भई प्राथमिकताका साथ अनुसन्धान गर्नु पर्ने, मातहतका कर्मचारीहरूले गरेको गल्तीको जिम्मेवारी कार्यालय प्रमुखले लिनु पर्ने भन्दै मातहतका कर्मचारीहरूको काम कारबाही, आचरण व्यवहार तर्फ विशेष ध्यान दिई आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तता दिई जनतासँगको सम्बन्धलाई सुदृढ गर्दै समाजमा लुकेका अपराधहरूको सुचना संकलन गरी त्यस्ता अपराधलाई कानूनी दायरामा ल्याउने र  प्रहरी कारवाही गर्दा मानवअधिकारको सम्मान गर्दै कानून बमोजिम मात्र वल प्रयोग गरि निर्दिष्ट कानूनको पालना गरी  हिरासत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा विशेष ध्यान  दिंदै  प्रहरी कार्यालयबाट सुचना प्रवाह गर्दा “नेपाल प्रहरीको मिडिया नीति २०६०”  बमोजिम मात्र  गर्न तथा प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा प्रहरीको Uniform को प्रयोग नगर्न समेत निर्देशन दिनु भयो ।

सोही क्रममा आउँदै गरेको फागु पुर्णिमा (होली) लाई सुव्यवस्थित र मर्यादित बनाउन सुरक्षा योजना बनाई प्रभावकारी कार्यान्वयन मार्फत पर्वहरूको व्यवस्थापन गराउन पनि विशेष निर्देशन दिनु भयो ।

सम्बन्धित समाचार
नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
२०८०-०६-०७

काठमाण्डौ, ०६ असोज        मिति २०८०-०६-०६ गते अं.८ बजे देखी सुरू भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, टुँडालदेबी काठमाण्डौको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा नागरिक सुनुवाई कार्यक्रम काठमाण्डौ महानगरपालिका  वडा नं. ४ बैष्णबी टुँडालदेबी माताको मन्दिरको प्राङगणमा जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१०:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।        कार्यक्रममा उठेका प्रश्न तथा गुनासाहरूलाई सम्बोधन गर्दै प्र.अ.म.नि. थापाले समाजमा शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नुका साथै समाजमा रहेका कुरीति तथा विसंगतिहरुलाई  चिर्न नागरिकको  भुमिका पुलको रुपमा रहेको बताउनु भयो । शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह  दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।        प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो ।  लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना  केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।        जिल्ला प्रहरी परिसर, काठमाण्डौका प्रहरी वरिष्‍ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री, स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २५० जनाको उपस्थितिमा अं.१० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

नागरिक सुनुवाई कार्यक्रम सम्पन्न
२०८०-०६-०६

२० औ साधारण सभा तथा सातौ अधिवेश कार्यक्रम सम्पन्न
२०८०-०६-०६

काठमाण्डौ, ०६ असोज        मिति २०८०-०६-०६ गते अं.१२ बजे सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, पुरानोबषपार्कको आयोजनामा काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा २० औ साधारण सभा तथा सातौ अधिवेश कार्यक्रम काठमाण्डौ महानगरपालिका  वडा नं २८ सिटि म्याक्स हलमा सुरू भएको थियो ।        साधारण सभा तथा अधिवेशनबाट निर्वाचित हुने पदाधिकारीहरूलाई शुभकामना व्यक्त गर्नुहुदै प्र.अ.म.नि. थापाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि  सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह   दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।        लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायहरूमा पुन:स्थापना  केन्द्रहरू राख्नुपर्नेमा जोडदिनुहुदै प्र.अ.म.नि. थापाले प्रविधि मैत्री प्रहरीको अबधारणा अन्तर्गत प्रविधिको यथोचित प्रयोग गर्दै ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्धता’ अभियान अन्तर्गत:काठमाण्डौ उपत्यका प्रहरी कार्यालय र मातहतका प्रहरी कर्मचारीले परिवर्तित समाजमा नागरिकलाई समायानुकुल व्यवहार गर्दै सुरक्षा प्रदान गरिनेबारे जानकारी गराउनु भयो ।        स्थानिय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू,सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत अं. २०० जनाको उपस्थितिमा अं.०२:०० बजे उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

हरितालिका तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
२०८०-०५-३१

काठमाण्डौ, ३१ भदौ            नेपाली हिन्दु महिलाहरूको महान चाड हरितालिका तीज, २०८० को अवसरमा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा शुभकामना आदान प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई प्रहरी वरिष्‍ठ उपरीक्षक दिनेश राज मैनालीले स्वागत गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रहरी महानिरीक्षक तथा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले सम्पूर्ण नेपाली हिन्दु महिलाहरुका साथै नेपाल प्रहरी संगठनमा कार्यरत महिला प्रहरी कर्मचारीहरूलाई शुभकामना व्यक्त गर्नु भयो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी कर्मचारीहरु, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रीय उपाध्यक्ष रुपा पौडेल थापाद्वारा शुभकामना मन्तव्यसहित कार्यक्रमको औपचारिक समारोहको समापन गरिएको थियो । तत्पश्‍चात उक्त कार्यक्रममा शुभकामना आदान प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
२०८०-०५-२९

काठमाण्डौ, २६ भदौ            अल्वानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका-९ सिनामंगल बस्ने झापा बिर्तामोड नगरपालिका-४ घर भएकी २५ वर्षीया सुधा चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।             वैदेशिक रोजगारमा अल्वानिया जानको लागि ८ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्यकिङमा मासिक ७२ हजार रूपैयाँ भन्दा बढी तलब हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी २ लाख ७२ हजार रूपैयाँ लिई सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।              उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाण्डौ पठाइएको छ ।

भन्सार छलि अवैध रूपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ
२०८०-०५-२९

काठमाण्डौ, २६ भदौ            भन्सार छलि लुकाई छिपाई ल्याएको ९ सय ६० ग्राम तौलको अवैध सुन जस्तो देखिने पहेंलो धातु बरामद भएको घटनाको अनुसन्धानको क्रममा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।             पक्राउ पर्नेहरूमा काभ्रे खानीखोला गाउँपालिका-३ घर भई पनौती नगरपालिका-५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका-३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र काभ्रे महाभारत गाउँपालिका-३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान रहेका छन् । हिमालयन एयरलाईन्सद्वारा सोमबार बिहान दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाई छिपाई ल्याएको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाण्डौबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपलिका-९ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका बाबुलाललाई मलद्वारमा लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको धातु सहित तत्काल फेला पारी पक्राउ गरेको थियो ।             थप सोधुपछ एवम् अनुसन्धानको क्रममा जगत लामा र दोर्जे स्यान्तानलाई समेत काठमाण्डौ महानगरपालिका-१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०१-२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२-०३० प ८५१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप कारवाहीको लागि भन्सार कार्यालय गौचर पठाइएको छ ।