प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी गीतकार सङ्घ नेपाल, सङ्गीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०८२-०२-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, २६ जेठ

             प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी गीतकार सङ्घ नेपाल, संगीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिच अन्तरक्रिया कार्यक्रम काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा सोमबार सम्पन्न भएको छ । 

      काठमाडौं उपत्यका प्रहरी कार्यलयको सहकार्यमा गीतकार सङ्घ नेपाल, संगीतकार संङ्घ नेपाल र नेपाल प्रहरीका अनुसन्धान अधिकृत बिचमा प्रतिलिपि अधिकार ऐन २०५९ सम्बन्धी संयुक्त अन्तरक्रिया कार्यक्रमको अवसरमा अधिवक्ता संगित ढुङ्गानाले “प्रतिलिपि अधिकार ऐन २०५९” सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कला, साहित्य, ज्ञानविज्ञान, सूचनाप्रबिधी तथा अन्य क्षेत्रमा मौलिक एंब बौद्दिक रुपले सिर्जना गरिएका रचनालाई प्रस्तुति एवम् प्रसारणमा स्रष्टालाई बौद्धिक सम्पत्तिका रुपमा कानूनद्वारा प्रदान गरिएको “प्रतिलिपि अधिकार” सम्बन्धी व्यवस्थालाई बुझाइमा एकरुपता ल्याउन यस कार्यक्रमले सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

   कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सङ्गीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश चन्द्र अधिकारी, गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त वित्यासी थापा, सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष अष्ट लामा, रोयल्टी सङ्कलन समाजका राम कुमार नेपाली, रोयल्टी सङ्कलन समाजका कृष्ण नेपाली, रोयल्टी संकलन समाजका बाल कुमार राई, गीतकार सङ्घ नेपालका महासचिव टीका राई (शिव) लगायत अन्य प्रतिनिधीहरु, उपत्यका प्रहरी कार्यालय तथा मातहतका कार्यालयका सिनियर प्रहरी अधिकृतहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार
सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-३०

आज मिति २०८२/०३/३० गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरश्वर एवम् नगर प्रहरी काठमाडौं अन्तर्गतका कुल ६० जना प्रहरी कर्मचारीहरुलाई काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा विपद् सम्बन्धी अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२९

आज मिति २०८२/०३/२९ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा बानेश्वर-१० एवम् कोटेश्वर अन्तर्गतका कुल ३८ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणमा हाल सम्म कुल ३६२ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुले अनुशिक्षण प्राप्त गर्नु भएको छ भने यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२६

आज मिति २०८२/०३/२६ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण , गोंगबु, कृतिपुर, जोरपाटी एवम् बुढानिलकण्ठ अन्तर्गतका कुल ४४ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणमा हाल सम्म कुल २९० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुले अनुशिक्षण प्राप्त गर्नु भएको छ भने यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्‍न ।
२०८२-०३-२४

मिति २०८२/०३/२४ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०८२।०३।१६ गतेको पत्रले जनपद प्रहरी समूह तर्फ प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार पदम राज भट्ट, भक्त बहादुर मगर, हेम राज पाण्डेय, रमेश बहादुर खड्का, गोपाल के.सी., रामकृष्ण थापा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी सहायक हवल्दार पदम बहादुर जि.सी. र सम्झना कुमाललाई दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।               दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले पदोन्नति हुनु भएका सम्पूर्ण प्रहरी कर्मचारीहरुले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।         कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल, प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।  

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२३

आज मिति २०८२/०३/२३ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्र बालाजु, बौद्ध, जनसेवा, ठमेल एवम् स्वयम्भु अन्तर्गतका कुल ६२ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागि काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास सञ्चालन गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणमा हाल सम्म कुल १२१ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुले अनुशिक्षण प्राप्त गर्नु भएको छ भने यस अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२२

आज मिति २०८२/०३/२२ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल, टुडालदेवी, नीलसरस्वती एवम् नक्साल अन्तर्गतका कुल ५९ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागी काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास शुरु गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।