प्रहरी कन्ट्रोल : १००
नेपा
EN

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीज्यूको प्रमुख आतिथ्यतामा नेपाल स्काउट तालिम सम्पन्न

२०८०-०३-३०

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ३१ असार

 मिति २०८०/०३/३० गते उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवालीज्यूको प्रमुख आतिथ्यतामा नेपाल स्काउट तालिम शनिबार ककनीमा सम्पन्न भएको छ ।

तालिम समापन समारोहमा आफ्नो मन्तव्य राख्दै प्रहरी अतिरीक्त महानिरीक्षक श्यामलाल ज्ञवाली नेपाल स्काउटका साना स्काउट भाइ बहिनीलाई देखेर आप्नो बाल्यकालको स्काउट तालिमको क्षण स्मरण भएको वताउनुहुदै यस तालिममा प्राप्त गरेका विपद्को समयमा जोगिने सिद्दान्तहरु आफ्ना साथीभाई र आफन्तहरूलाई समेत प्रदान गर्न अनुरोध गर्नुभयो ।

उक्त तालिम नेपाल स्काउट बागमती प्रदेश कार्यालयका संयोजक शिवराम अर्याल,नेपाल स्काउट केन्द्र ककनीका संयोजक केश रत्न बज्राचार्य, नेपाल सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक बिनोद के.सी. नेपाल पुलिस स्कुलका प्रधानध्यायपक राम प्रसाद भुसाल  नेपाल पुलिस स्कुलका समादेशक उमेशमान अमात्य र नेपाल स्काउटका शिक्षकहरू नेपाल पुलिस स्कुलका शिक्षक/विद्यार्थीहरू, लगायतको उपस्थितीमा कार्यक्रममा सम्पन्न नेपाल स्काउट तालिममा नेपाल पुलिस स्कुलमा अध्ययनरत १३० जना विद्यार्थीहरूको सहभागिता थियो । 

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।  पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-२७

     काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।