प्रहरी कन्ट्रोल : १००
नेपा
EN

कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

२०८१-०५-२४

  • A
  • A-
  • A+
Share

   काठमाण्डौ, २४ भदौ      

      काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले काठमाण्डौ उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग बार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ  ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यबीच गत भदौ ६ गते बार्षिक कार्यसम्पादन सम्झौता भए अनुसार काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सोमवार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

 कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहरा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय निमित्त प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक डम्बर बहादुर वि.क., काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक शेखर खनाल, जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक वसन्त रजौरे  र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक  वेद विष्ट बीच हस्ताक्षर भएको थियो ।

     कार्यक्रममा काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रमुख किरण बज्राचार्यले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारीरुपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुहुँदै आफ्नो मातहतहरूलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गरी सामूहिक रूपले उपत्यकाको शान्ति, सुरक्षा कायम गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आर्थिक वर्ष २०८१/०८२ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू पनि समावेश गरिएकाले उपत्यकालाई सुरक्षित गर्ने अभियानमा सबै मातहत कार्यालयको ऐक्यवद्दता रहने विश्वास  व्यक्त गर्नुभयो ।

सम्बन्धित समाचार
चोरीमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०३

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी बस्ने ३२ वर्षीय दीपेश डंगोललाई प्रहरीले पक्राउ गरेको छ ।             काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित एक घरमा मंगलबार दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको घर तलासी गर्दा सुन तथा चाँदीका जस्तो देखिने विभिन्न गरगहनाहरू समेत फेला पारी बरामद गरेको छ ।              उनी उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जना पक्राउ
२०८३-०८-०२

काठमाडौं, ललितपुर महानगरपालिका-४ नख्खु दोबाटो चोकबाट स्रोत नखुलेको नगद १ करोड ६७ लाख ३३ हजार २ सय ३० रूपैयाँ सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँ बस्ने ३२ वर्षीय जयराम केसी, काठमाडौं कोटेश्वर बस्ने भोजपुर, भोजपुर नगरपालिका-३ घर भएका ३१ वर्षीय ३१ वर्षीय दिपक खड्का र काठमाडौं बत्तिसपुतली बस्ने काठमाडौं महानगरपालिका-१० बानेश्वर घर भएका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सानेपाबाट सातदोबाटोतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च २७६५ नम्बरको गाडीलाई तलासी गर्दा उक्त नगद फेला पारी गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बेलारूस र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२९ बस्ने २८ वर्षीय रविन्द्र मगरातीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।             रविन्द्रले रोमानिया र बेलारूस पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ४ लाख २० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काटमाडौं महानगरपालिका-२९ पवत्रनगरबाट पक्राउ गरेको हो ।              उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८३-०८-०२

काठमाडौं, नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्ने भारत राजस्थान श्रीगंगानगर शहर घर भएका ३५ वर्षीय रोहित पथरियालाई प्रहरीले पक्राउ गरेको छ ।       काठमाडौं कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेरको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले नेपाल प्रिमियिर लिगमा संचालनमा रहेका क्रिकेट खेलहरूमा पटक-पटक गरी ८ लाख ७५ हजार ४० रूपैयाँ बराबरको रकम सट्टेबाजी मार्फत कारोबार गरेको खुल्न आएको छ । उनी उपर जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।