प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

२०८०-०६-२०

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, २० असोज

     मिति २०८०-०६-२० गते मोर्डन बोर्डिङ सेकेण्डरी स्कुल र सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र,कटुञ्जे भक्तपुरको आयोजनामा उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा लागुऔषध नियन्त्रण सम्बन्धी अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रम भक्तपुर नगरपालिका ०१ सृजनानगरमा सम्पन्न भएको छ ।

       कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि सामुदायिक-प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदायिक प्रहरीसँग हातेमालो गर्दै प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्नको लागि सुझाव तथा सल्लाह दिई अपराध नियन्त्रण र अनुसन्धान कार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गर्दै ‘पीडितलाई न्याय र पीडकलाई सजाय’ दिलाउने पुनित कार्यमा हातेमालो गर्न अनुरोध समेत गर्नु भयो ।

      आधुनिक समाजमा आधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी ठगीका घटनाहरू बढेकोमा सो मध्ये सामाजिक संञ्जालको प्रयोग गरी ठगीको घटनाहरू अत्याधिक वृद्दी भएकाले सामाजिक संञ्जालमा आउने विभिन्न प्रलोभनमा नपर्न समेत अनुरोध गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले लागू औषध दुर्व्यसनका घटनाहरू बढेकाले यस्ता घटनालाई न्यूनीकरण गर्न सामुदायिक स्तरमा नै जन चेतनामूलक कार्यक्रम गर्नुका साथै हरेक स्थानिय निकायमा पुन:स्थापना केन्द्रहरू राख्न सुझाव समेत दिनुभयो ।

     कार्यक्रममा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रहरी उपरीक्षक चक्रराज जोसीले लागुऔषधको बारेमा प्रशिक्षण गर्नुहुदै लागुऔषध दुर्व्यसनमा नलाग्न अनुरोध गर्नुभयो ।

कार्यक्रमका सभापति मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलका प्राचार्य राजन कस्पालले लागुऔषध सेवनले समाजमा गम्भिर घटना घटन सक्नेहुदा त्यस तर्फ सचेत हुन विद्यार्थीहरूलाई अनुरोध गर्दै हरेक प्रहरमा खटि नागरीक तथा समाजको सुरक्षामा खटिने नेपाल प्रहरीलाई धन्यवाद व्यक्त गर्नु भयो ।  

        जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षक  बेद बिष्ट, प्रहरी वृत्त जगतीका प्रमुख प्रहरी नायव उपरीक्षक दिप्ति कार्की,सुर्यविनायक नगरपालिका ५ का वडा अध्यक्ष, भक्तपुर नगरपालिका वडा नम्वर ०१ का वडा  सदस्य, प्रहरी कर्मचारीहरू, स्थानिय जनप्रतिनिधिहरू,शिक्षक,विद्यार्थीहरू, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू र स्थानीय भद्र भलादमीहरू लगायत उपस्थिति रहेको कार्यक्रममा  सोही मोर्डन बोर्डिङ सेकेण्डरी स्कुलका विद्यार्थीहरूले  लागुऔषध  सम्बन्धी लघुनाटक तथा बिबिध संस्कृति प्रस्तुत गरिएको थियो ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८३-०२-२७

          काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ घर भएका २९ वर्षीय सुमन शाही, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-७ घर भएका ४७ वर्षीय वेद बहादुर सुनुवार, काठमाडौं टोखा नगरपालिका-६ बस्ने झापा भद्रपुर नगरपालिका-२ घर भएका ४५ वर्षीय अनिल अग्रवाल र ललितपुर, ललितपुर महानगरपालिका-१८ बस्ने तनहुँ भानु गाउँपालिका-१२ घर भएका ३७ वर्षीया विवेक अधिकारी रहेका छन् ।  पक्राउ मध्ये सुमनले क्रोएशिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १९ लाख रूपैयाँ, वेद बहादुरले स्विजरल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ, अनिलले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ र विवेकले फ्रान्स पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुमनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-३ बाट सोमबार तथा वेद बहादुरलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बाट, अनिल र विवेकलाई काठमाडौं टोखा नगरपालिका-६ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८३-०२-२७

     काठमाडौं महानगरपालिका-३२ कोटेश्वरस्थित आकाशेपुल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम, नियन्त्रित लागूऔषध ट्रामाडोल ७३ ट्याब्लेट र नाइट्राभेट १२ ट्याब्लेट सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्वर फुलबारी मार्ग बस्ने नुवाकोट घर भएका ३० वर्षीय साजन मगर र ललितपुर, ललितपुर महानगरपालिका-६ घर भएकी ३१ वर्षीया मञ्जु तामाङ महर्जन रहेका छन् । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको  प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।