प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

२०८०-०३-०६

  • A
  • A-
  • A+
Share

काठमाण्डौ, ६ असार

            काठमाण्डौ महानगरपालिका-९ जयन्तीमार्ग बस्ने दिपक श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५२ वर्षीय राम नेपाल दाससहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ५५ रूपयाँसहित फेला पारी पक्राउ गरको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
सुरक्षित उपत्यका - हाम्रो प्रतिवद्धता एवं समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन
२०८२-०३-२२

आज मिति २०८२/०३/२२ गते दिनको १०:३० बजे   काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजना, Nepal Association of Rafting Agencies (NARA) को सहकार्य तथा नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीको सहयोगमा बाढी एवं डुवान जस्तो मनसुनजन्य विपद्का घटनाहरुको उद्दार एवं प्रतिकार्यको क्रममा परिचालित हुने सामुदायिक विपद् स्वयंम् सेवकहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल, टुडालदेवी, नीलसरस्वती एवम् नक्साल अन्तर्गतका कुल ५९ जना सामुदायिक विपद् स्वयंम् सेवकहरुका लागी काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित कमलपोखरीमा अनुशिक्षण अभ्यास शुरु गरिएको छ । काठमाडौं उपत्यका स्थित २९ वटा सामुदायिक प्रहरी सेवा केन्द्रबाट कुल ६०० जना सामुदायिक विपद् स्वयंम् सेवकहरुलाई विपद् सम्बन्धी अनुशिक्षण अभ्यास प्रदान गर्ने लक्ष्य सहित सुरु गरिएको यस विपद् उद्धार अनुशिक्षणले मनसुनजन्य विपद्का घटनाहरुमा तत्कालका लागि उद्दार एवं प्रतिकार्यमा सहायता पुग्नेछ ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ ।
२०८२-०३-२१

काठमाडौं, २१ असार     बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने सिन्धुली दुधौली नगरपालिका-८ घर भएका ३० वर्षीय प्रलाद खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका ३६ वर्षीय सुनिल लामा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका-७ चावहिल गंगाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरी नगरपालिका-५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ ।     

लक्जेम्बर्ग पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०३-२१

काठमाडौं, २१ असार     वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर कोन्ज्योसोम गाउँपालिका-४ बस्ने नवलपरासी पश्चिम सरावल गाउँपालिका-२ घर भएका ४० वर्षीय भुप नारायण चौधरीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्‍न ।
२०८२-०३-१६

मिति २०८२/०३/१६ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा तालुक गृह मन्त्रालय (सचिवस्तर) को मिति २०८२।०३।१५ गतेको निर्णयानुसार मिति २०८२।०३।१५ गतेबाट लागु हुने गरी जनपद तर्फ प्रहरी नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी निरीक्षक रामेश्वर खरेललाई दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ ।               दर्ज्यानी चिन्ह सुशोभन पश्चात समारोहलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले सरुवा बढुवा भनेको प्रहरी कर्मचारीको सेवामा प्रवेशदेखी अवकाससम्म नियमित प्रकृया भएकाले पदोन्नति हुनु भएका प्रहरी अधिकृतले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारी अनुरुप पदीय मर्यादा रहने गरी  राज्यले खटाएको स्थानमा कटिवद्ध रुपमा कार्य गर्न निर्देशन दिनुभयो ।         प्रहरी निरीक्षक रामेश्वर खरेलले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।
२०८२-०३-१२

काठमाडौं, १२ असार    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई Kedia Sewa Foundation का तर्फबाट १ थान रबर बोट, ६ थान प्याडल र १५ थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।     काठमाडौं उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसले जल उत्पन्न प्रकोपको अवस्थामा उद्दार कार्यलाई सहज मात्र नभई उद्धारकर्ता र जल उत्पन्न प्रकोपको प्रभावितलाई सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै Kedia Sewa Foundation को तर्फबाट उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले  काठमाडौं  उपत्यका प्रहरी कार्यालयले प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशललाई अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतमा कार्यरत ४८७ जना प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण प्रदान गरि सकिएको र उपत्यका स्थित विभिन्न प्रहरी गणहरुमा प्रहरी कर्मचारीहरु विपद्को समयमा तत्काल परिचालन हुने अवस्थामा राखिएको बताउनु भयो । हरेक वर्ष जल उत्पन्न प्रकोपले उपत्यकामा ठुलो मात्रमा क्षति गर्ने गरेको विगतलाई मध्यनजर गर्दै साधन श्रोतको कमीलाई महशुस गरि लाईफ ज्याकेट र रबर बोट तथा अन्य विपद् उद्दार सामाग्रीहरु सहयोगको रुपमा बिभिन्न निकायहरुबाट प्राप्त गरिरहेको जानकारी दिनु भयो । साथै प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्ने सेवाभावको कार्यमा सहयोग पुर्‍याउने Kedia Sewa Foundation लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्दै प्राप्त सामग्रीको सुरक्षित भण्डारण  तथा अत्याधिक उपभोगिताको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।     कार्यक्रममा Kedia Sewa Foundation का (अध्यक्ष) सुमित केडियाले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।    कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, Kedia Sewa Foundation का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।