प्रहरी कन्ट्रोल : १००
नेपा
EN

मनसुनजन्य विपद्को लागी तयारी अभियान अन्तर्गत “विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रम” सम्पन्न ।

२०८२-०३-०३

  • A
  • A-
  • A+
Share

काठमाडौं, ३ असार

    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई सिप्रदी Trading Private Limited तर्फबाट २०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको छ ।

    काठमाडौँ उपत्यकामा प्रत्येक वर्ष मनसुनजन्य विपद् जस्तै बाढी तथा डुबान बाट प्रभावित भई भौतिक तथा मानवीय क्षति व्यहोर्नु परिरहेको अवस्थामा उक्त क्षति न्यूनीकरणका लागि विपद् उद्दार सामाग्रीहरु अपरिहार्य रहेको छ । जसमध्ये लाईफ ज्याकेटलाई महत्वपूर्ण उद्दार सामाग्री मानिन्छ जसले उद्दार कार्यलाई सहज मात्र नभई जल उत्पन्न प्रकोपको अवस्थामा सुरक्षित समेत गराउन मद्दत गर्दछ यस विषयलाई मध्यनजर गर्दै सिप्रदी Trading Private Limited को सहयोगमा २०० थान लाईफ ज्याकेट हस्तान्तरण गरिएको हो ।

   विपद् उद्दार सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले प्राकृतिक विपत्तिलाई रोक्न नसकिने तर यसको क्षतीलाई न्यूनिकरण गर्न सकिने हुदां विपद्को समयमा नेपाल प्रहरी अग्र पङ्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले उक्त प्राकृतिक विपत्तिलाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउने सिप्रदी Trading Private Limited लाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट धब्यबाद व्यक्त गर्नु भयो ।  काठमाडौं उपत्यका मातहत काठमाडौं उपत्यका बिशेष सुरक्षा गण त्रिपुरेश्वर, काठमाडौ उपत्यका सशस्त्र प्रहरी गण नं.२ महाराजगंञ्ज र पहरा गण सामाखुसीलाई तत्काल ५०/५० थान हस्तान्तरण  गरी  कुनै पनि समय परिचालन हुने अवस्थामा रहेने गरी स्टयान्ड वाईका रुपमा राख्ने समेत बताउनु भयो ।

   साथै काठमाडौँ उपत्यकामा हुने  मनसुनजन्य विपद् लगायत विपद्का घटनाहरुको उद्दार एवं विपद् प्रतिकार्य उद्दारको क्रममा परिचालित हुँदा प्रहरी कर्मचारीहरुको ज्ञान, सिप तथा कौशलमा अभिवृद्धि गर्न यस कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरुलाई विपद् सम्बन्धी अनुशिक्षण कार्यक्रम  सञ्चालन गरिरहेको समेत जानकारी दिनु भयो ।

   कार्यक्रममा सिप्रदी Trading Private Limited का प्रमुख कार्यकारी अधिकृत राजिब बाबु श्रेष्ठले मन्तव्य व्यक्त गर्दै  विपद्को समयमा अग्र पङ्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो ।

   कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी वरिष्ठ अधिकृतहरू, सिप्रदी Trading Private Limited का COO (Chief Operating Officer) राजेश प्रसाद गिरी, सिप्रदी Trading Private Limited का VP (Vice President) सौरभ राज थपलिया साथै सिप्रदी Trading Private Limited का प्रतिनिधिहरु लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    

सम्बन्धित समाचार
सुन जस्तो देखिने धातुका गरगहना सहित एक जना पक्राउ ।
२०८३-०६-०३

काठमाडौं, ३ असोजकाठमाडौं, काठमाडौं महानगरपालिका-२६ भेडासिंह डेरा गरी बस्ने भारत घर भएका ४१ वर्षीय मानिक दासलाई १ किलो ४ सय ६६ ग्राम ६ सय ८० मिलिग्राम तौल बराबरको सुन जस्तो देखिने धातुका विभिन्न गरगहनाहरू र नगद ७ लाख ५६ हजार रूपैयाँ सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।   काठमाडौंको न्यूरोड एरियामा अवैध रूपमा सुनका गरगहनाहरू भण्डारण तथा बिक्रि बितरण भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई उक्त गरगहना र नगद सहित काठमाडौं महानगरपालिका-२६ भेडासिंहबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

मोटरसाइकल चोरीमा संलग्न रही फरार रहेका व्यक्ति पक्राउ ।
२०८३-०५-२३

काठमाडौं, २३ भदौकाठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रही फरार रहेका काठमाडौं महानगरपालिका-१४ बस्ने धादिङ गजुरी गाउँपालिका-७ घर भएका २१ वर्षीय दावा तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।    नागार्जुन नगरपालिका-९ स्युचाटारस्थित पार्किङ गरी राखेको बा.प्र.०२-०२२ प ३०९७ नम्बरको मोटरसाइकल २०८१ कार्तिक २९ गते चोरी गरी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

सामाजिक सञ्जाल मार्फत अफवाह, त्रास फैलाउने विरूद्ध निर्मम रूपमा प्रस्तुत हुँदै नेपाल प्रहरी
२०८३-०५-२२

काठमाडौं, सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्त भिडियो सामाग्री प्रशारण गर्ने काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने बैतडी सुर्नया गाउँपालिका-७ घर भएका २४ वर्षीय बिरेन्द्र मडै पक्राउ परे । उनलाई साइबर ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको हो । बिरेन्द्रले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षति सम्बन्धमा विभिन्न जात जातिलाई लक्षित गरी होच्याउने, अपमानित गर्ने तथा उक्त विपत्तिमा खुशी व्यक्त गर्ने भिडियो सामाग्री बनाई सामाजिक सञ्जाल फेसबुकको रिलमा प्रशारण गरेका    थिए । बिरेन्द्र त प्रतिनिधि पात्र मात्रै हुन् । पछिल्लो समयमा सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्ने, संवेदनशील घडीमा पीडामा रहेका मानिसहरूले व्यक्त गरेका विचारहरूमाथि अनावश्यक टिप्पणी गरी होच्याई थप पीडा दिन खोज्ने जस्ता घटनाहरूको निगरानी गरी त्यसलाई नियन्त्रण तथा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी निर्मम रूपमा प्रस्तुत भइरहेको छ ।    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘बाढीको कारण भएको मानवीय क्षति तथा भौतिक क्षतिको यस दु:खद घडिमा विभिन्न व्यक्ति, समुह तथा अराजक मानसिकता बोकेका व्यक्तिहरूले हृदय विदारक, विभत्स तस्विरहरू तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी जनमानसमा पीडा माथि थप पीडा हुने गरी त्रास फैलाउन एवम् सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने गतिविधि नियन्त्रण गर्न प्रहरी थप सचेत भई निरन्तर रूपमा कार्य गरिरहेको छ ।’ पछिल्लो तथ्याङ्क अनुसार सामाजिक सञ्जाल फेसबुकमा १ सय ६८ वटा, टिकटकमा ४ वटा र इन्स्टाग्राममा १ वटा गरी कुल १ सय ७३ वटा गलत सूचना र अफवाह सहितका समाचार सामाग्रीहरू प्रशारण भएको देखिन्छ । जसमध्ये साइबर सक्रियतामा फेसबुकबाट ७९ वटा र टिकटकबाट ४ गरी जम्मा ८३ वटा त्यस्ता सामाग्रीहरू सामाजिक सञ्जालबाट हटाइएको छ । यस प्रकारका घटनाहरूको सामाजिक सञ्जालमा मोनिटरिङ गरी उक्त सामाग्री तत्कालै हटाउन र त्यस्ता गतिविधिलाई रोक्न साइबर ब्यूरोका प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरी यस सम्बन्धमा प्रभावकारी रूपमा कार्य समेत भइरहेको छ । समितिले सामाजिक सहिष्णुतामा आघात पुर्‍याउने कार्यमा संलग्न उपर अनुसन्धान एवम् पहिचान समेत गरी सम्बन्धित प्रहरी कार्यालय वा सरोकारवाला निकायसँग समन्वय, सहकार्य गरी कानुनी कारबाही गर्नेछ । समितिको काम कारबाहीका सम्बन्धमा प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्य भन्नुहुन्छ, ‘सामाजिक सञ्जाल मार्फत गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रशारण गर्नेलाई तत्काल कानुनी दायरामा ल्याउन समिति अझ बढि क्रियाशील भई कार्य गरिरहेको छ । सामाजिक सञ्जाल मार्फत अनजानमा पोष्ट गरेका वा सेयर गरेका समाचारहरूको गाम्भिर्यता हेरी सचेत गराई हटाउन लगाइएको छ ।’   विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रण गर्न, विपद्को मौका छोपी राहत संकलनको नाममा हुन सक्ने ठगीलाई पनि नियन्त्रण गर्न समेत नेपाल प्रहरी सक्रिय छ । सामाजिक सञ्जालमार्फत प्रवाह भएको गलत सूचना, अफवाह, भ्रामक समाचार लगायतका सामग्री प्रतिको निगरानीलाई अझ तीव्र बनाउँदै सामाजिक सहिष्णुतामा आघात पुर्‍याउनेलाई कानुनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव कटिवद्ध छ ।

एनपिएस सामाखुसी चेस च्याम्पियनसिप सम्पन्न ।
२०८३-०५-२१

 नेपाल पुलिस स्कुल, सामाखुसीको आयोजनामा सञ्चालित उपत्यकाव्यापी तेस्रो एनपिएस सामाखुसी चेस च्याम्पियनसिप २०८३ को पुरस्कार वितरण तथा समापन समारोह सम्पन्न भएको छ ।काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विजेता खेलाडी तथा विद्यालयलाई बधाई दिँदै सहभागी सबै खेलाडीलाई आगामी दिनमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । भदौ २० र २१ गते सञ्चालित प्रतियोगितामा काठमाडौं उपत्यका तथा आसपासका १०४ विद्यालयका २३८ खेलाडी सहभागी थिए। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया लगायत प्रहरी अधिकारी, विद्यालयका प्राचार्य, शिक्षक, अभिभावक तथा चेस एकेडेमीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

इचंगुनारायण सामुदायिक सेवा केन्द्रको १९औँ वार्षिक साधारण सभा सम्पन्न
२०८३-०५-२०

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायण, नागार्जुनको १९औँ वार्षिक साधारण सभा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरज्यूले विगत १९ वर्षदेखि समुदायसँग सहकार्य गर्दै संस्थाले पुर्‍याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उहाँले प्रहरी र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै समाजमा हुने विकृति, अपराध तथा सामाजिक समस्याको नियन्त्रणमा सामुदायिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । बदलिँदो सुरक्षा चुनौतीतर्फ सचेत हुन आग्रह गर्दै उहाँले लागूऔषध, साइबर अपराध, अनलाइन ठगी तथा डिजिटल माध्यमबाट महिला र बालबालिकामाथि हुने अपराध नियन्त्रणका लागि प्रहरीसँगै समुदायको सक्रिय सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । सो अवसरमा उहाँले भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । कार्यक्रममा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र इचंगुनारायणका अध्यक्ष प्रताप दानीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । सभामा जिल्ला प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरे, नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारी, प्रहरी वृत्त स्वयम्भुका कार्यालय प्रमुख मोहनमणि अधिकारी, स्थानीय जनप्रतिनिधि, प्रहरी कर्मचारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी तथा स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो ।

दुबई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ ।
२०८३-०५-१९

काठमाडौं, १९ भदौकाठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-८ बस्ने महोत्तरी बलवा नगरपालिका-९ घर भएका ४० वर्षीय अंसगर नदाफलाई प्रहरीले पक्राउ गरेको छ ।   अंसगरले दुबई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख १२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ बाट पक्राउ गरेको हो ।   उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।