वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ
२०८३-०७-१७
- A
- A-
- A+
२०८३-०७-१७
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु
भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं
महानगरपालिका-३२ बस्ने उदयपुर घर भएका ४६ वर्षीय बिष्णु खत्री, काठमाडौं
महानगरपालिका-१६ बस्ने धादिङ घर भएकी २० वर्षीया आशिका सिम्खडा, काठमाडौं महानगरपालिका-१ बस्ने
सिन्धुली घर भएका ३५ वर्षीय दिनेश पाख्रेन तामाङ, काठमाडौं
टोखा नगरपालिका-६ बस्ने गोरखा घर भएका ३८ वर्षीय राजेश बराम र काठमाडौं
गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४८ वर्षीय छिरिङ शेर्पा रहेका छन् । पक्राउ मध्ये आशिकाले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार
रूपैयाँ, बिष्णुले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६
लाख रूपैयाँ, दिनेशले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट
२ लाख रूपैयाँ, राजेशले सिंगापुर पठाइदिन्छु भन्दै २ जना
पीडितहरूबाट १५ लाख ५० हजार रूपैयाँ र छिरिङले क्यानडा पठाइदिन्छु भन्दै २ जना
पीडितहरूबाट ७ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको
उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले
आशिकालाई काठमाडौं महानगरपालिका-१६ बाट बिहीबार, बिष्णुलाई
काठमाडौं महानगरपालिका-३२ बाट र दिनेशलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार,
राजेशलाई काठमाडौं महानगरपालिका-६ बाट शनिबार तथा छिरिङलाई काठमाडौं
गोकर्णेश्वर नगरपालिका-३ बाट आइतबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान
तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।